काठमाडौं, २५ माघ । त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृंखलाको अन्तिम खेलमा थाइल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङको निर्णय लिइन् । नेपाल पहिलो जितको खोजिमा छ । यसअघि नेपालले नेदरल्यान्ड्ससँग २० रन, १५ रन र १० विकेट तथा थाइल्यान्डसँग चार विकेट र पाँच रनको हार बेहोरेको थियो ।
यता थाइल्यान्ड भने जित निकाल्दै च्याम्पियन बन्ने लक्ष्यमा छ ।
यसअघि थाइल्यान्डले नेदरल्यान्ड्सलाई आठ विकेट र १७ रनले हराएको थियो । यस्तै थाइल्यान्ड पछिल्लो खेलमा भने नेदरल्यान्ड्ससँग एक विकेटले पराजित भएको थियो ।