काठमाडौँ । आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य एक हजार चार सयले बढेर एक लाख ६९ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलामा एक लाख ६८ हजार २०० सयमा कारोबार भएको थियो।
त्यस्तै चाँदी प्रतितोला १५ रुपैयाँ बढेको छ । आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले बढेर तोलाको १९७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।