काठमाडौं । असाधारण बिक्री, बजार हिस्सा र ग्राहक सन्तुष्टि लगायतका उपलब्धिहरूको कदर स्वरूप द एमएडब्लू अर्थमुभर्स प्रा.लि.ले दक्षिण एसिया क्षेत्रका लागि डिलर अफ द इयर २०२५ प्राप्त गर्न सफल भएको छ।
कम्पनीका अनुसार अवार्डले निःशर्त प्रतिबद्धता र बलियो ग्राहक सम्बन्धमा उत्कृष्ट काम भएको प्रतिबिम्बित गर्दछ। यो उपलब्धी हासिल गर्न सहयोग गर्ने सबैलाई कम्पनीले धन्यवाद दिएको छ । जेसीबी इन्डिया लिमिटेडलाई सफलतातर्फ डोऱ्याउने कार्यकारीहरू ग्राहम म्याकडोनाल्ड र दीपक शेट्टीले संस्थाका तर्फबाट उक्त अवार्ड प्रदान गरेका थिए।
नवप्रवर्तन र उत्कृष्ट सेवाहरूप्रति कम्पनीको समर्पणले सबै सरोकारवालाहरूलाई असाधारण मूल्य प्रदान गर्दै उद्योगका मापदण्डहरू अझै उच्च बनाउन उत्प्रेरित गरेको बताइएको छ ।