नेप्सेको परिसुचक दोहोरो अंकले घट्दा कारोबार पनि खुम्चियो
काठमाडौँ । साताको दोस्रो कारोबार दिन‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसुचक दोहोरो अंकले घटेको छ । आईतबार घटेको नेप्सेले सोमबार पनि निरन्तरता पाउँदा आज परिसुचक १०।९८ अंकले घटेर २६ सय ७७।३२ को विन्दुमा झरेर रोकिएको हो ।
आज कारोबार अवधिभर कुल ३ सय २२ कम्पनीका १ करोड ४४ लाख ४३ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब ९६ करोड २ लाख रुपैयाँमा खुम्चिएको हो । यसअघि आईतबार कारोबार रकम साढे ८ अर्ब नजिक पुगेको थियो ।
आज कारोबारमा आएकामध्ये १ सय ६१ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा ७७ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ । सेयरमूल्य बढेकामध्ये न्यादी हाइड्रोपावर र गार्जियन लघुवित्त वित्तीय संस्थाको सेयरमुल्यमा सकारात्मक सर्किट लागेको छ । आज कारोबारमा आएकामध्ये अतिरिक्त र ट्रेडिङबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् ।