मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
साताको प्रारम्भमा कार्यक्षेत्रमा परिश्रम गरेर कार्य सिद्ध गर्न सकिनेछ । नोकरी वा पेशामा राम्रो लाभ आर्जन गर्न सकिनेछ । साताको मध्यमा दाम्पत्य जीवन सुखमय रहनेछ । व्यापार व्यवसायमा आफन्तहरूको सहयोग मिल्नेछ । कार्य क्षेत्रमा अधिकारी वर्गहरुबाट प्रशंसा पाइनेछ । साताको अन्तिममा स्वास्थ्यलाई लिएर ध्यान राख्नुहोला । विदेशतिरको सोचविचार छ भने नयाँ अवसर मिल्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
साताको प्रारम्भमा सन्तानको प्रगतिलाई लिएर चिन्ता रहनेछ । प्रेम सम्बन्धलाई विवाहमा टुङ्ग्याउन सकिनेछ । साताको मध्यमा प्रतिस्पर्धामा सफलता मिल्नेछ । साहित्य वा कलाको क्षेत्रमा निखार आउनेछ । साताको अन्तिममा साझेदारी व्यापारबाट लाभ मिल्नेछ । प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
व्यापार व्यवसायमा श्रीवृद्धि हुनेछ । घरको साज साजाबटमा धन खर्च हुनेछ । घरमा शुभ मांगलिक कार्यको रूपरेखा बन्नेछ । साताको मध्यमा सन्तानको स्वास्थ्य र शैक्षिक क्षेत्रमा सम्मान पाइनेछ । दिगो कार्य प्रारम्भ गर्ने समय रहेको छ । साताको मध्यमा वित्तीय वा सरकारी संस्थाबाट लाभ मिल्नेछ । प्रशासनिक क्षेत्रमा प्रभाव बढ्नुको साथै अड्किएको कार्य सम्पादन हुनेछ । साताको अन्तिममा पेट सम्बन्धी समस्याले सताउनेछ । सवारी साधन चलाउँदा सचेत रहनुहोला । श्रमको उचित मूल्यांकन मिल्नेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
साताको प्रारम्भमा धैर्य र पराक्रममा वृद्धि हुनेछ । साहसिक कार्य गर्ने समय रहेको छ । व्यापार व्यवसायमा प्रतिष्ठित व्यक्तिहरूलाई प्रभावित गर्न सकिनेछ । साताको मध्यमा जग्गा जमिनबाट विशेष लाभ प्राप्त हुनेछ । हजुरले सोचेजस्तो परिवारको साथ र सहयोग नमिल्ला । साताको अन्तिममा व्यापार व्यवसायलाई लिएर गरिएको यात्राबाट लाभ मिल्नेछ । कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
साताको प्रारम्भमा बोलिको प्रभावले कार्य सिद्ध गर्न सकिनेछ । सानोतिनो कुरालाई लिएर सम्बन्धमा मनमुटाब हुन सक्ला । साताको मध्यमा विद्यार्थीहरूको लेखनकलामा निखार आउनेछ । उद्योग जगतमा नयाँ कीर्तिमान स्थापित गर्न सकिनेछ । साताको अन्तिममा मेहनतले अध्ययनमा सफलता हासिल गर्न सकिनेछ । अरुको लागि श्रम वा बुद्धि खर्च गर्नुपर्ला ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
साताको प्रारम्भमा समाजिक क्षेत्रमा दायित्व निर्वहन गर्नमा सहयोगीहरुको सहयोग प्राप्त हुनेछ । छर छिमेकीसँगको मनमुटाव सुल्झिनेछ । साताको मध्यमा रोकिएको कार्य प्रारम्भ हुनु साथै नयाँ कार्यतर्फ अग्रसर भइनेछ । आफन्तहरूसंग रमाइलो समय बित्नेछ । साताको अन्तिममा कार्यको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग भेटघाट हुनेछ । अरुलाई सल्लाह दिनदेखि बच्नुहोला ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
साताको प्रारम्भमा वैदेशिक रोजगारमा सफलता मिल्नेछ । कार्य क्षेत्रमा कार्य समयमा सम्पादन नहुनाले अधिकारी वर्गहरु असन्तुष्ट रहन सक्छन् । साताको मध्यमा बौद्धिक क्षमताले लक्ष्य पहिल्याउन सकिनेछ । भौतिक संसाधन जुटाउन सकिनेछ । साताको अन्तिममा ठेकापट्टाको कामबाट लाभ मिल्नेछ । न्यायिक वा कानुनी समस्याहरू सुल्झिनेछन् ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
साताको प्रारम्भमा कार्य क्षेत्रमा परिवारको पूर्ण सहयोग मिल्नेछ । व्यापार व्यवसायमा नयाँ कार्य थालनीको लागि उपयुक्त समय रहेको छ । साताको मध्यमा इच्छाशक्ति जुट्नुको साथै लक्ष्य प्राप्ति गर्नमा सहायता मिल्नेछ । व्यापार व्यवसायमा इष्टमित्रको सहयोग मिल्नेछ । साताको अन्तिममा लाभदायी कामको जिम्मेवारी प्राप्त हुनेछ । शत्रुहरू पराजित हुनेछन् ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
साताको प्रारम्भमा व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ । टाढाका साथी भाइहरूसँग यात्राका योग छन् । साताको मध्यमा आलोचकहरूले दु:ख दिन सक्छन् । अवसरवादीहरूले लाभ उठाउने चेष्टा गर्नेछन् । साताको अन्तिममा व्यापार व्यवसायमा लाभको समय रहेको छ, गोपनीयतामा ध्यान दिनुहोला ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
साताको प्रारम्भमा धार्मिक यात्राका योग छन् । अरुलाई सल्लाह दिनदेखि बच्नुहोस् । साताको मध्यमा नोकरी वा पेशामा पदोन्नतिका योग छन् । जीवन साथीको स्वास्थ्यलाई लिएर चिन्ता हुनेछ । घरमा बुजुर्गहरूको स्वास्थ्यमा ध्यान राख्नुहोला । साताको अन्तिममा लगनशीलताले अप्ठ्यारो काम पनि समयमा सम्पादन गर्न सकिनेछ । शेयर बजारबाट धन आर्जन गर्न सकिनेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
सत्ताको प्रारम्भमा विद्यार्थीहरूलाई वैदेशिक शिक्षाको नयाँ अवसर मिल्नेछ । नयाँ कार्य थालिनको लागि समय उपयुक्त छैन । आकस्मिक धनहानिका योग छन् । साताको मध्यमा पहिला गरिएको कार्यहरूबाट मनग्य लाभ प्राप्त हुनेछ । विगतका कमजोरीले मनमा पछुतो पार्नेछ । साताको अन्तिममा खानपानलाई लिएर स्वास्थ्यमा सजग रहनुहोला । पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
साताको प्रारम्भमा कार्यक्षेत्रमा कार्यलाई टाल्नुभन्दा कार्यलाई सम्पादन गर्नमा विश्वास राख्नुहोस् । विश्वास पात्रहरूबाट भनेजस्तो सहयोग नमिल्ला । साताको मध्यमा महत्वकांक्षी कार्य प्रारम्भ गर्नुभन्दा अघि सोचविचार गरेर निर्णय लिनुहोला । नोकरी वा पेशामा सकेसम्म अरुको विवादस्पद मामिलामा हस्तक्षेप न गर्नुहोस् । साताको अन्तिममा विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ साथै परीक्षामा उचित परिणाम पनि मिल्नेछ । घर परिवारसँग मनोरञ्जनात्मक पल बित्नेछ
– ज्याे. पं. धर्मेन्द्र कृष्ण पौडेल