मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मेष राशिहरूको लागि यो महिना सामान्य रहनेछ । आर्थिक पक्ष सामान्य रहनेछ भने व्यापार व्यवसायमा पनि सामान्य लाभ रहनेछ । नयाँ कार्य थालनिको लागि उपयुक्त समय नहोला । स्वास्थ्यमा आँखा सम्बन्धी समस्याले सताउन सक्छ । वैदेशिक रोजगारमा सफलता मिल्नेछ । सानो प्रयासले जीवनशैलीमा बदलाव लेर आउन सकिएला । मान सम्मानका साथ प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ । विद्यार्थीहरूको प्रतिभाको उच्च मूल्यांकन हुनेछ । साहित्य वा लेखनको क्षेत्रमा निखार आउनेछ । विश्वास मात्रबाट धोखा पाइएला सचेत रहनुहोस् ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
वृष राशिहरूको लागि यो महिना लाभदायक रहनेछ । व्यापार व्यवसायमा लाभ रहनेछ भने सन्तानको प्रगतिलाई लिएर मन प्रसन्न रहनेछ । कलाको क्षेत्रमा विशेष सफलता मिल्नेछ । कठीन काम पनि सजिलै सम्पादन हुनेछन् । पद प्रतिस्ठामा वृद्धि हुनुका साथै सेवामुलक कार्यबाट आफूलाई चिनाउन सकिनेछ । घर परिवार होस् वा व्यापार व्यवसाय शुभचिन्तकहरूको राम्रो सहयोग मिल्नेछ । शेयर बजारबाट लाभ हुनेछ । पायक स्थानमा भ्रमणका योग छन् । कार्य क्षेत्रमा आटले थप कार्य लिन सकिनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो महिना अत्यन्त शुभ रहनेछ । कार्य क्षेत्रमा पदोन्नतिका योग छन् । पिताको कार्य क्षेत्रमा सम्मान बढ्नेछ । लोकसेवा आदिको परिणाममा सफलता मिल्नेछ । सरकारी नोकरीको लागि कार्यरत हुनुहुन्छ भने सफलता मिल्नेछ । बेरोजगारहरूलाई नयाँ नोकरीको मार्ग प्रशस्त हुनेछ । जग्गा जमिनको किनबेचबाट मनग्य लाभ प्राप्त हुनेछ । अविवाहित हुनुहुन्छ भने विवाहका प्रस्ताव आउनेछन् । पारिवारिक उल्झनहरू सुल्झिने छन् । युवा छात्र छात्राहरू मौज मस्तीभन्दा पढाइमा ध्यान दिनुपर्ने हुन्छ । कार्यक्षेत्रमा विशेष पदको जिम्मेवारी मिल्नेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो महिना कर्कट राशिहरूको लागि उत्तम रहनेछ । समाजमा प्रतिष्ठा बढ्नुको साथै दिगो कार्य प्रारम्भ गर्ने समय रहेको छ । व्यापार व्यवसायमा थप लगानीबाट लाभ मिल्नेछ । साझेदारी व्यापारमा लाभको साथै नयाँ सम्पर्कहरूबाट लाभ मिल्नेछ । व्यापार र आर्थिक कारोबारलाई विस्तार गर्ने उचित समय रहेको छ । घर परिवारमा मांगलिक कार्यको शुभारम्भ हुनेछ । धर्म कर्ममा रुचि बढ्नेछ । विद्यार्थीहरूलाई प्रतियोगी परीक्षामा सफलता मिल्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सिंह राशिहरूको लागि यो महिना सामान्य रहनेछ । आत्मविश्वासमा कमी आउनेछ । यात्रा कष्टदायी रहनेछ । साना बच्चाहरूलाई मौसमी बिमारीबाट जोगाउनु पर्ने हुन्छ । कार्य क्षेत्रमा बोलीको विपरीत अर्थ लाग्नेछ । चलिरहेको कार्यमा प्रशासनिक र राजकीय पक्षबाट बाधा आउनेछ । नयाँ कार्य प्रारम्भ गर्नमा उपयुक्त समयको प्रतिक्षा गर्नुहोस् । आफ्नो सोचलाई सकारात्मक राखेर अगाडि बढ्दा सफलता मिल्नेछ । स्वास्थ्य र आहारविहारमा विशेष ध्यान दिनुपर्ने हुन्छ । परिवारमा सम्पत्तिलाई लिएर वाद विवादको सम्भावना रहेको छ । विद्यार्थीहरूलाई पठन पाठनमा मेहनत धेरै गर्नुपर्ला । आकस्मिक धन लाभका योग छन् । व्यापार व्यवसायमा लाभ रहनेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
कन्या राशिहरूको लागि यो महिना श्रेष्ठ रहनेछ । नोकरी वा पेशामा विवादास्पद मामिलाहरू सुल्झाउन सक्नुहुनेछ । व्यापार व्यवसायमा लाभ रहनेछ । साझेदारी व्यापारबाट लाभ मिल्ला । प्रेम सम्बन्धलाई लिएर सचेत रहनुहोस् । व्यापार व्यवसायमा विस्तारको लागि योजनाहरू बन्नेछन् । दाम्पत्य जीवन सुमधुर रहनेछ । कार्य क्षेत्रमा मेहनतको उचित प्रतिफल मिल्नेछ । युवा वर्गहरूलाई करियरलाइ लिएर सही मार्गदर्शन मिल्नेछ । उद्योग व्यापारबाट धन लाभ हुनेछ । आत्मबलमा वृद्धिको योग छ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो महिना सामान्य रहनेछ । उद्योग जगतबाट लाभ प्राप्त होला । शत्रुहरू पराजित हुनेछन् । राजकीय र प्रशासनिक क्षेत्रमा सफलता मिल्नेछ । शुभचिन्तकहरूको साथ र सहयोगले व्यापार विस्तारको लागि योजनाहरू बन्नेछन् । कार्य क्षेत्रमा लोकप्रियता हासिल गर्न सकिनेछ । पुरुषार्थी कामले लाभ उठाउन सकिनेछ । आर्थिक समस्याहरू सुल्झिनेछन् । पति पत्नीको मामिलाहरूमा केही असमझदारी बढ्न सक्ला । शेयर बजारको कार्यमा जानकारको सल्लाह लिएर निर्णय लिनुहोला । आयआर्जनका नयाँ स्रोतहरू प्राप्त हुनेछन् । विद्यार्थीहरूलाई पठन पाठनमा मन लाग्नेछ र नयाँ सिक्ने मौका मिल्नेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
वृश्चिक राशि हुनेहरूको लागि यो महिना श्रेष्ठ रहनेछ । कार्यक्षेत्रमा शुभचिन्तकहरूको साथ र सहयोग मिल्ला । करियर र कारोबारलाई लिएर सही दिशामा उठाएको कदमले हजुरको सुनौलो भविष्यको निर्माण गर्नेछ । नियमित दिनचर्यामा आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस् । आयुर्वेद वा मेडिकलको क्षेत्रमा विशेष सफलता मिल्नेछ । प्रेम सम्बन्धमा अरूको कुरा सुनेर निर्णय नलिनुहोला । व्यापार व्यवसायमा मनग्य लाभ आर्जन गर्न सकिनेछ । आयआर्जनका नयाँ स्रोतहरू बन्नेछन् । सन्तान पक्षबाट कुनै सुखद समाचार मिल्नेछ । व्यापार व्यवसायको विस्तारको लागि शुभ समय रहेको छ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
धनु राशि हुनेहरूको लागि यो समय सामान्य रहेको छ । कार्यक्षेत्र होस् या व्यापार व्यवसाय मनमा चिन्ता रहनेछ । आफन्तहरूको भने जस्तो साथ र सहयोग नमिल्ला । कार्य क्षेत्रमा सीनियर वा जुनियर दुवै पक्षबाट प्रशंसा मिल्नेछ । रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि पौष्टिक भोजनको सेवन गर्नुहोला । प्रेम सम्बन्ध सुमधुर रहनेछ । कानूनी मामिलाहरूमा पक्ष कमजोर हुन सक्ला सावधान रहनुहोला । जीवनसाथीको स्वास्थ्यमा विशेष ध्यान दिनुहोस् । कुनै विशिष्ट व्यक्तिसंगको भेटघाटले मन आनन्दित रहनेछ । इष्टमित्रहरूबाट सहयोग पाइएला ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
मकर राशि हुनेहरूको लागि यो महिना मिलाजुला रहनेछ । कार्य क्षेत्रमा विरोधीहरूबाट सतर्क रहनुपर्ने हुन्छ । जग्गा जमिन वा सामान किनबेच गर्नुभन्दा अघि कागजातको जाँच अवश्य गर्नुहोस् । विद्यार्थीहरूको अध्ययन अध्यापनमा रुचि बढ्नेछ । धैर्य र पराक्रम वृद्धि हुनेछ । शुभचिन्तकहरूको सुझावलाई ध्यान दिनुहोला । कार्य क्षेत्रलाई लिएर अर्थपूर्ण यात्रा गर्नुपर्ला । मनमा रहेको शंकाहरूको समाधान हुनेछ । स्वास्थ्यले साथ दिनेछ । साथै पुरानो रोगबाट मुक्ति पनि पाइएला ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
कुम्भ राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ । व्यापार व्यवसायमा लाभ रहनेछ । यस्तो कुनै वाचा नगर्नुहोला जुन कुरा भविष्यमा निभाउन गाह्रो हुनेछ । आफ्नो क्षमताभन्दा धेरै कसैसंग तुलना नगरौँ । उद्योग व्यापारमा बजारको भाउ तलमाथि रहन सक्छ । जीवन साथीको भावनालाई वेवास्ता नगर्नुहोस् । स्वरोजगारको प्रयासमा सफलता मिल्ला । प्रतिष्ठित व्यक्तिहरूबाट धोखा मिल्न सक्छ । स्वास्थ्यले साथ दिनेछ । विद्यार्थीहरूको पठन पाठनमा मन लाग्नेछ । साना बच्चाहरूलाई मौसमी बिमारीबाट जोगाउनुहोस् । कार्य क्षेत्रमा प्रतिभाको उचित मूल्यांकन हुनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो महिना मीन राशि हुनेहरूलाई श्रेष्ठ रहनेछ । समाजमा मान सम्मान बढ्नेछ । राजनीतिक पेशामा प्रभाव बढ्नेछ । कार्य क्षेत्रमा गरेका कार्यहरूको प्रशंसा हुनेछ । जग्गा जमिन र वाहनको किनबेचमा सफलता मिल्नेछ । कार्य क्षेत्रमा हतारिएर निर्णय नलिनुहोला । कमजोरी प्रति टिप्पणी वा गुनासो बढ्नेछ । लगनशीलताले लक्ष्य सम्म पुग्न गाह्रो नहोला । प्रेम सम्बन्धलाई गुप्त राख्ने प्रयास गर्नुहोला । स्वास्थ्य सबल रहनेछ । आफन्तहरूको साथमा भ्रमण वा स्वादिष्ट भोजनको प्राप्ति होला । जीवनसाथीबाट उपहार पाइएला । नयाँ क्षेत्रमा उद्योग व्यापार प्रारम्भ गर्न सक्नुहुनेछ ।
– ज्याे. पं. धर्मेन्द्र कृष्ण पौडेल