बेलायत युरोपियन युनियनबाट बाहिरिएको छ । सो विषयलाई लिएर गराईएको जनमतसंग्रहमा बेलायती जनताले युरोपेली संघबाट बाहिरिनुपर्ने पक्षमा मतदान गरेका छन ।
जनमत संग्रहमा बेलायती जनताले ईयूबाट बाहिरिनु पर्ने पक्षमा ५२ प्रतिशत मत दिएका छन । इयुमै आवद्ध रहनुपर्ने पक्षमा ४८ प्रतिशत मत परेको थियो ।
लण्डन, नर्दन आयरल्याण्ड र स्कटलण्डले इयुमा नै रहने पक्षमा मतदान गरेपनि उत्तरी ब्रिटेन र बेल्सले इयुमा बाहिरिने पक्षमा मतदान गरेका थिए ।
जनमत संग्रहको परिणामसँगै युरोपेली संघ गठन भएयता उसको सदस्यता त्याग्ने ब्रिटेन पहिलो राष्ट्र बन्ने छ । तर २८ वटा राष्ट्र सम्मिलित युरोपेली संघबाट उसको बहिर्गमन तत्कालै हुने छैन् ।
उक्त प्रकिया पूरा हुन न्युनतम दुई वर्ष लाग्नेछ र इयुबाट बाहिरिनुपर्ने पक्षका अभियानकर्ताहरुले जनमत संग्रहअघि सन् २०२० मा आगामी आम चुनाव हुने बेलासम्म उक्त प्रकिया पूरा हुन नहुने बताएका थिए ।