क्रिकेटको घर’ मानिन्ने लर्डस् क्रिकेट मैदानमा नेपालले घरेलु टोली मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) सामु २१८ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ ।
लर्डसमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले एमएमसीविरुद्ध ५० ओभरमा खेल्दैँ अाठ विकेटकाे क्षतिमा २१७ रन बनाएकाे हाे ।
नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्ल ३९ रन, कप्तान पारस खड्का ३० र सरद भेषवाकरले २७ रन बताए । सागर पुन २६, राजु रिजाल २४, साेमपाल कामीले २०, बिनोद भण्डारी ९, अनिल कुमार मण्डल २ रनमा आउट भए । त्यस्तै बसन्त रेग्मीले २४ र शक्ति गौचन शुन्य बनाउँदैँ अविजित रहे ।एमसिसीको लागि कप्तान किथ डचले २, चाड बारेटले २ तथा क्लिनटन पेर्रेन, स्टिभ काल्र्क, मार्क राइनगोल्डले एक एक विकेट लिए ।
[su_youtube url=”https://youtu.be/1sIdXDorVtk” width=”920″ height=”940″]