• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, जेठ ३१, २०८२
शुक्रबार, जेठ ३१, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल जेठ ३१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

के तपाई लामखुट्टेको टोकाइबाट हैरान हुनुहुन्छ ? यस्ता छन् घरेलु उपाय

हिमालयन बैंकबाट पाकिस्तानी बैंक हबिब बाहिरिँदै, पौने ३ करोड कित्ता शेयर बिक्रीमा

एमजीले नेपाली बजारमा भित्र्यायो अपग्रेडेड ‘कमेट इभी’: सहरी मोबिलिटीको भविष्य केन्द्रित एक स्मार्ट र स्टाइलिश फेसलिफ्ट

आजको मौसमः काेशी र लुम्बिनमा बर्षा हुन सक्ने

भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा कुमारी बैंकका ग्राहकले ड्राइभिङ कोर्स छुट पाउने

लुयान र सारथी स्कुटरमा “मनसुन म्याजिक अफर” : १० हजार सम्म नगद छुट

२०८२ साल जेठ ३० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

दिपलले पार गर्यो पाँच लाख युनिट डेलिभरीको कोशेढुंगा

लोकप्रिय समाचार

  • १. २०८२ साल जेठ २४ गतेदेखि ३० गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल जेठ २८ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल जेठ २७ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल जेठ २५ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल जेठ २६ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल जेठ २९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. अन्तरिक्षमा आज जाँदैछ ‘जल भालु’, जाे सहन्छ आणविक बम देखी -२७३ डिग्री तापक्रम

  • ८. रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार

  • ९. मृगौंला सुरक्षित गर्नका लागि नियमित खानुहोस यी ४ कुरा

  • १०. आमिर खानकी आमाले ९१ बर्षमा गरिन बलिउडमा डेब्यु

हाेटलको एकै कोठामा बस्न श्रीमान्–श्रीमती भएको प्रमाण देखाउनु पर्ने

हत्यासम्मका घटना बढ्न थालेपछि चितवनका होटल तथा लज व्यवसायीले सुरक्षाका कडा उपाय अपनाउने तयारी थालेका छन्। चितवन होटल व्यवसायी संघले शनिबार नारायणगढमा आयोजना गरेको छलफल कार्यक्रममा बिनापरिचयपत्र आउनेलाई लजमा नराख्ने सहभागीले बताए।
लजको भर्‍याङ र रिसेप्सनमा सिसी क्यामेरा राख्दा सुरक्षाका दृष्टिले राम्रो हुने व्यवसायीको भनाइ थियो।
असार २७ गते नारायणगढको कलश लजमा मृत भेटिएकी युवतीको हत्या आरोपित व्यक्ति लजको सिसी क्यामेरामा कैद भएको पहिचानको आधारमा भोलिपल्टै धादिङबाट समातिएका थिए । ‘त्यसैले २–४ हजारको लोभ नगर्नुहोस, सुरक्षा राम्रो भए व्यापार बढ्ने हो । सिसी क्यामेरा राख्नुहोस,’ छलफल कार्यक्रममा सहभागी चितवनका प्रहरी उपरीक्षक (एसपी) वसन्त कुँवरले भने ।
उनले लजमा बस्न आउनेको विवरण पनि प्रस्ट रुपमा राख्न व्यवसायीलाई अनुरोध गरे । ‘कतिजना बस्ने हुन् सबैको परिचय खुल्ने कागजपत्र माग्नुहोस । नागरिकता होला, परिचयपत्र होला, एटिएम कार्डसम्म पनि त हुन्छ, ती माग्नुहोस । दिएनन् भने ती शंकास्पद हुन् निगरानीमा राख्नुहोस, प्रहरीलाई खबर गर्नुहोस,’ एसपी कुँवरले भने । परिचय खुल्नेसहितका रेकर्ड राख्न कडाइ गरे अपराध निरुत्साहित हुने उनले बताए।
चितवनका लजमा श्रीमान–श्रीमती भएको पक्का हुने कागजपत्र नदेखाउँदासम्म कुनै महिला र पुरुष एउटै कोठामा बस्न नपाउने नियम छ। यसमा हेलचक्र्याइँ हुँदा बेलाबेलामा दुःखद घटना हुने गरेको प्रहरीको भनाइ छ।
‘एउटा होटलले परिचयपत्र नभए राख्दिन भन्यो भने त्यहाँबाट निस्केको व्यक्तिलाई अर्को होटलले पनि राख्नु भएन। यो कडाइ हाम्रो व्यवसायको सुरक्षा र शुद्धताका लागि हो भन्ने बुझ्नुपर्‍यो,’ होटल सञ्चालक उमेश शर्माले भने । व्यवसायीले बेलाबेलामा प्रहरीले पनि दुःख दिने गरेको गुनासो गरेपछि एसपी कुँवरले त्यस्ताको सूचना आफूलाई दिन आग्रह गरे ।
‘हेर्नुस बिदाका बेलामा पनि कुनै प्रहरीले आफ्नो कार्य क्षेत्रभित्र पैसा नै तिरेर रक्सी खान्छ भने त्यो मर्यादाभित्रको काम होइन । झनै अरु गर्छ भने त्यस्तालाई सहँदै नसहनुहोस सिधै मलाई खबर गर्नुहोस्। मेले ५५ जनालाई कारबाही गरेको छु। त्यस्ता कुहिएका आलुलाई बोराबाट मिल्काउनै पर्छ,’ एसपी कुँवरले भने। ग्राहकले मागेपछि यौन कार्यका लागि युवती उपलब्ध गराउने होटल पनि रहेको उनले बताए।
‘समस्या भएको ठाउँमा मिलेर काम गर्ने हो। पुलिसले होस वा लज सञ्चालकले व्यावसायिक मर्यादा कायम राख्दैन भने त्यस्तालाई उम्कन दिनु हुँदैन,’ एसपी कुँवरले भने । चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजन गौतमले लजमा बस्न आउने शंकास्पद लागेमा प्रहरीको सहयोग लिएर समस्यामा पर्नबाट जोगिन व्यवसायीलाई सल्लाह दिए ।
प्रहरी र चितवन होटल व्यवसायी संघको संयुक्त पहलमा जिल्लाका होटल लजका लागि आचारसंहिता पनि जारी भएको छ । सो आचारसंहिता अनुसार काम गरे धेरै समस्या निराकरण हुने व्यवसायीको मत थियो। दोहोरी रेस्टुरेन्टले अनिवार्य सिसी क्यामेरा राख्ने भनिए पनि लागू नगरेको प्रहरीको भनाइ थियो ।
चितवन होटल व्यवसायी संघका अध्यक्ष ढासिराम ढकालका अनुसार चितवनमा दुई सयभन्दा धेरै लज छन् । केही वर्षयता केही ठूला होटलहरुले सिसी क्यामेरा राख्न थालेका छन् । तर यो संख्या धेरै कम छ । हालसम्म १५–२० वटा लजमा मात्र सिसी क्यामेरा राखिएको व्यावसायी बताउँछन् । कलश होटल प्रकरणपछि भने सिसी क्यामेराको महŒव धेरैले बुझेका छन् ।
‘२०–२५ हजार रुपैयाँमा राख्न सकिने भएपछि अहिले धेरैले राख्ने चाहना गरेका छन् । संघले यसको समन्वय गर्दै छ,’ चितवन होटल संघका वरिष्ठ उपाध्यक्ष कमल शर्माले भने । चितवनका लजमा श्रीमान–श्रीमती भएको पक्का हुने कागजपत्र नदेखाउँदासम्म कुनै महिला र पुरुष एउटै कोठामा बस्न नपाउने नियम छ। यसमा हेलचक्र्याइँ हुँदा बेलाबेलामा दुःखद घटना हुने गरेको प्रहरीको भनाइ छ।
नागरिकबाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रौतहटमा लुटपाट गर्ने गिरोहका दुईजना पक्राउ
    रौतहटमा १५ जना फरार प्रतिवादी पक्राउ
    कम्तीमा १० वर्षदेखि सरकारी, ऐलानी, पर्तिमा बस्नेले लालपुर्जा पाउने

    लोकप्रिय

    २०८२ साल जेठ २४ गतेदेखि ३० गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ २८ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ २७ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ २५ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ २६ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साल जेठ ३१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    के तपाई लामखुट्टेको टोकाइबाट हैरान हुनुहुन्छ ? यस्ता छन् घरेलु उपाय

    हिमालयन बैंकबाट पाकिस्तानी बैंक हबिब बाहिरिँदै, पौने ३ करोड कित्ता शेयर बिक्रीमा

    एमजीले नेपाली बजारमा भित्र्यायो अपग्रेडेड ‘कमेट इभी’: सहरी मोबिलिटीको भविष्य केन्द्रित एक स्मार्ट र स्टाइलिश फेसलिफ्ट

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल जेठ ३१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल
    • के तपाई लामखुट्टेको टोकाइबाट हैरान हुनुहुन्छ ? यस्ता छन् घरेलु उपाय
    • हिमालयन बैंकबाट पाकिस्तानी बैंक हबिब बाहिरिँदै, पौने ३ करोड कित्ता शेयर बिक्रीमा
    • एमजीले नेपाली बजारमा भित्र्यायो अपग्रेडेड ‘कमेट इभी’: सहरी मोबिलिटीको भविष्य केन्द्रित एक स्मार्ट र स्टाइलिश फेसलिफ्ट
    • आजको मौसमः काेशी र लुम्बिनमा बर्षा हुन सक्ने

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.