काभ्रे बस दुर्घटनामा ३३ जनाको मृत्यु घाइतेलाई काठमाडौं ल्याइयो
काठमाडौंबाट दोलालघाटको मादनकुदारीतर्फ जाँदै गरेको बा ३ ख १०६ नम्बरको यात्रुबाहक बस काभ्रेको बिर्ता देउरालीस्थित खहरेखोलामा सोमबार दिउँसो दुर्घटना हुँदा ३३ जनाको निधन भएको छ ।
गृह मन्त्रालयका अनुसार अहिलेसम्म दुर्घटनामा ३३ जनाको मृत्यु भएको छ । २८ जना घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । तीमध्ये १५ जनाको विर अस्पतालस्थित् ट्रमा सेन्टर र १३ जनाको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
धुलिखेलबाट ५० किमी टाढा पर्ने खहरेखोलामा सडकबाट एकसय ५० मिटर मुनि खसेको थियो । बसमा ८० जना जति थिए ।