नेपाल प्रहरीले जानकारी केन्द्र लाइ बताए अनुशार एनजीओको आवरणमा ठगी गर्ने बुद्धिष्ट जनाधिकार मंच, नेपाल नामको गैरसरकारी संस्थाका अध्यक्ष काठमाडौं बुढानिलकण्ठ नगरपालिका–४ बस्ने ५७ वर्षीय सकुन शेरचन्द र संस्थाका महासचिव सप्तरी पाटो गाविस–१ बस्ने ३५ वर्षीय अमरकान्त चौधरीलाई प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरोको प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा संस्था दर्ता गरी राहत तथा सहयोगका नाममा अमेरिकास्थित “गो फण्ड मि,” मलेशियाको शाक्यमुनि फाउण्डेसन र दुवईको मेकान्नी जस्ता संस्था तथा सयौं मानिसहरुबाट राहतस्वरुप पटक–पटक गरी संस्थाको बैंक खातामा जम्मा भएको ३ करोड १७ लाख ४६ हजार ५ सय १ रुपैंयामध्ये १ करोड ६७ लाख ७८ हजार ५ सय रुपैंया भुकम्प पिडितलाई राहत वितरण गरेको देखाइ ठगी गरेको भन्ने सम्बन्धमा अनुसन्धान तथा कारवाहीको लागि शेरचन्दलाई भदौ ८ गते र चौधरीलाई १० गते व्यूरोले पक्राउ गरीएको बताइएको छ ।
एनजीओको आवरणमा ठगी गर्ने दुईजना पक्राउ
एनजीओको आवरणमा ठगी गर्ने दुईजना पक्राउ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु