व्यवस्थापिका संसद अन्तर्गतको महाअभियोग सिफारिस समिति गठन भएको छ ।
प्रधानमन्त्री प्रचण्डले संसदमा सम्बोधन गर्नुअघि सभामुखले बोलाएको सचेतकहरुको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेका चार–चार तथा नेकपा माओवादी केन्द्रका दुईजना प्रतिनिधि समितिमा रहनेछन् ।
एमालेले केशव बडाल, सुशीला नेपाल, पार्वत गुरुङ र रेवतीरमण भण्डारीलाई महाअभियोग सिफारिस समितिमा पठाउने निर्णय गरिसकेको छ । यसैगरी माओवादी केन्द्रबाट अमनलाल मोदी र रामनारायण बिडारी सदस्य रहने छन् ।
नेपाली कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की र फरमुल्लाह मन्सुरको नाम निश्चित भएको छ । कांग्रेसबाट थप दुई जनाको नाम टुंगो लाग्न बाँकी छ ।