इलेक्ट्रिक Archives - Jankari Kendra

याडियाको इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’ नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?
काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडियाले आफ्नो बहुप्रतिक्षित याडिया किनेसलाई नेपालमा सार्वजनिक गरेको छ । नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रा.लि. मार्फत सार्वजनिक गरिएको किनेसले नेपाली बजारमा पर्फर्मेन्स इलेक्ट्रिक मोटरसाइकलको नयाँ अनुभव दिलाएको बताइएको छ ।

कम्पनीका अनुसार, दैनिक आवतजावतका लागि मात्रै केन्द्रित परम्परागत इलेक्ट्रिक दुई पांग्रे सवारीसाधनभन्दा फरक याडिया किनेसलाई गति प्रदर्शन, रोमाञ्चक राइडिङ अनुभव र आकर्षक डिजाइनलाई प्राथमिकतामा राखेर विकास गरिएको छ ।

आधुनिक प्रविधि, शक्तिशाली प्रदर्शन र प्रिमियम अनुभव खोज्ने राइडरहरुलाई लक्षित गर्दै यो मोटरसाइकल तयार गरिनुका साथै याडिया किनेसमा ११ किलोवाट क्षमताको उच्च प्रदर्शनयुक्त मिड-ड्राइभ मोटर जडान गरिएको छ, जसले ३०० एनएम टर्क उत्पादन गर्ने जनाइएको छ ।

यसले तीव्र एक्सेलेरेसन र उत्कृष्ट सड़क प्रदर्शन सुनिश्चित गर्छ भने किनेसले ० देखि ५० किलोमिटर प्रतिघण्टाको गति केवल ३ सेकेन्डमा प्राप्त गर्न सक्छ भने यसको अधिकतम गति १०० किलोमिटर प्रतिघण्टा रहेको बताइएको छ । यी विशेषताले यसलाई नेपालकै उत्कृष्ट र शक्तिशाली इलेक्ट्रिक मोटरसाइकलहरू मध्ये एक बनाएको कम्पनीले जनाएको छ ।

नेपालका फरक-फरक सडक र उकालो बाटोलाई ध्यानमा राखेर बनाइएको किनेसले २० डिग्रीसम्मको ढलान सजिलै पार गर्न सक्नेगरी बनाइएको यस मोटरसाइकलले कठिन सडकमा पनि सहज र भरपर्दो राइडिङ अनुभव दिने कम्पनीको दाबी छ ।

किनेसमा ४.६ किलोवाट घण्टा क्षमताको ब्याट्री प्रयोग गरिएको छ, जसलाई ४० भन्दा बढी सुरक्षा सुविधासहितको स्मार्ट ब्याट्री व्यवस्थापन प्रणालीले सुरक्षित र भरपर्दो बनाउनुका साथै यसले ब्याट्रीलाई सुरक्षित, भरपर्दो र लामो समयसम्म टिकाउ बनाउँदै सहज र विश्वसनीय राइडिङ अनुभव प्रदान गर्ने कम्पनीको विश्वास रहेको छ ।

कम्पनीका अनुसार, याडिया किनेसले अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित रेड डट डिजाइन अवार्ड समेत प्राप्त गरिसकेको छ, जसले याडियाको उत्कृष्ट डिजाइन र आधुनिक विद्युतीय प्रविधि प्रतिको प्रतिबद्धता देखाउँछ।

कार्यक्रमका अवसरमा कुजुका प्रतिनिधिले भने, ‘याडिया किनेस केवल यातायातको साधन होइन, यो शक्ति, प्रदर्शन र रोमाञ्चको अनुभव हो। हामी आशावादी छौं कि यो कार्यक्रमले नेपालमा इलेक्ट्रिक मोटरसाइकललाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउनेछ ।’

याडिया किनेस नेपालमा ...

The post याडियाको इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’ नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ? appeared first on Jankari Kendra.

आईकार भी२३ ले जित्यो रेड डट अवार्ड : डिजाइन कन्सेप्ट २०२६
काठमाडौं । आईकारको नवीनतम इलेक्ट्रिक एसयूभी सुपर भी२३ ले विश्वप्रसिद्ध रेड डट अवार्ड : डिजाइन कन्सेप्ट २०२६ जित्न सफल भएको छ। जर्मनीमा प्रदान गरिने यो सम्मानले आईकारको मौलिक डिजाइन क्षमता तथा भविष्यको मोबिलिटीप्रतिको दूरदर्शी सोचलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिएको कम्पनीले जनाएको छ।

सन् १९५५ मा स्थापना भएको रेड डट डिजाइन अवार्डलाई आईएफ डिजाइन अवार्ड तथा आईडीईए (इन्टरनेसनल डिजाइन एक्सिलेन्स अवार्ड) सँगै विश्वकै तीन प्रतिष्ठित डिजाइन सम्मानमध्ये एक मानिन्छ। उत्कृष्ट डिजाइन तथा नवप्रवर्तनलाई सम्मान गर्ने यस अवार्डलाई प्रायः “डिजाइनको ओस्कार” भनेर पनि चिनिन्छ।

यो उपलब्धिले आईकारको मौलिक डिजाइन क्षमताको महत्वपूर्ण प्रमाण प्रस्तुत गर्नुका साथै आईकार भी२३ ले क्लासिक डिजाइन, उपयोगी इन्टेरियर स्पेस तथा बहुआयामिक प्रयोग अनुभवका क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरका उच्च मापदण्ड पूरा गरेको पुष्टि गरेको कम्पनीले बताएको छ।

डिजाइनका दृष्टिले आईकार भी२३ ले पूर्ण रूपमा इलेक्ट्रिक प्लेटफर्मका विशेषताहरूलाई उपयोग गरेको छ। यसको फोर ह्विल्स एट द कर्नर लेआउट, ४३ डिग्री एप्रोच एङगल, ४१ डिग्री डिपार्चर एङगल तथा २१० एमएम ग्राउन्ड क्लियरेन्सले यसलाई बलियो र अफरोड क्षमतायुक्त स्वरूप प्रदान गरेको छ। झण्डै १ः१ चौडाई-उचाई अनुपात, बक्स आकारको बाह्य संरचना तथा स्पष्ट रेखाहरूले गाडीलाई अझ मजबुत र आकर्षक बनाएका छन्।

हाल विश्वव्यापी रूपमा बक्सी डिजाइनप्रतिको आकर्षण पुनः बढिरहेको छ। परम्परागत सोचभन्दा फरक, स्वतन्त्र र मौलिक डिजाइन दर्शनका कारण आईकार भी२३ ले प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारसँगै उपभोक्ताहरूको समेत व्यापक प्रशंसा प्राप्त गरिरहेको छ।

आगामी दिनमा पनि आईकारले नवप्रवर्तन तथा मौलिक डिजाइनलाई केन्द्रमा राख्दै युवा पुस्ताका लागि विशिष्ट मूल्य प्रदान गर्ने उत्पादनहरू विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। यस दर्शनलाई विश्वव्यापी ‘राइड टु चियर’ अभियानमार्फत व्यवहारमा उतारिएको छ, जसअन्तर्गत आउटडोर यात्राहरू, कस्टमाइजेसन टुरहरू तथा शोरुम अनुभवहरूमार्फत ग्राहकहरूसँग रमाइला क्षणहरू साझा गरिँदै आएको बताइएको छ।

The post आईकार भी२३ ले जित्यो रेड डट अवार्ड : डिजाइन कन्सेप्ट २०२६ appeared first on Jankari Kendra.

सगरमाथा संरक्षण अभियानमा साईमेक्स बीवाइडी च्यारिटी फाउन्डेसनको दीर्घकालीन सहकार्य
काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसरमा सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपीसीसी र साईमेक्स बीवाइडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ्र) ले हिमाली पारिस्थितिक प्रणाली संरक्षणप्रतिको आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेका छन् । ‘एभरेष्ट १° इनिसियटिभ’ अन्तर्गत दुवै संस्थाले सगरमाथा क्षेत्रको दिगो फोहोर व्यवस्थापन, स्वच्छ ऊर्जा प्रवर्द्धन, जलवायु सहनशीलता अभिवृद्धि तथा वातावरणीय संरक्षणका क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाएका हुन् ।

बीवाइडीको “कूल द अर्थ बाई १° सेल्सियस” अवधारणाबाट प्रेरित भई सीबीसीएफले सन् २०२५ देखि एसपीसीसी सँग सहकार्य सुरु गरेको थियो । यस सहकार्यको उद्देश्य सगरमाथा र खुम्बु क्षेत्रले सामना गरिरहेका वातावरणीय चुनौतीहरू समाधानका लागि नवीन तथा दीर्घकालीन उपायहरू विकास गर्नु हो ।

पछिल्ला दशकहरूमा बढ्दो पर्वतारोहण गतिविधि र जलवायु परिवर्तनका कारण सगरमाथा क्षेत्रको वातावरणीय सन्तुलनमाथि गम्भीर दबाब परेको छ । विभिन्न अध्ययनहरू अनुसार हिमालमा अझै पनि ८० टनभन्दा बढी फोहोर, अक्सिजन सिलिन्डर, प्लास्टिक, आरोहण सामग्री तथा मानवजन्य फोहोर बाँकी रहेको अनुमान छ । यसले हिमनदी, जलस्रोत तथा स्थानीय समुदायमाथि प्रत्यक्ष असर पारिरहेको छ ।

यसैबीच, सन् २०२६ को वसन्तकालीन आरोहण सिजनमा ‘एभरेष्ट १° इनिसियटिभ’ अन्तर्गत महत्वपूर्ण उपलब्धि हासिल भएको छ । सीबीसीएफ को सहयोगमा एसपीसीसी ले पहिलो पटक क्याम्प–२ मा ‘एभरेष्ट रेन्जर्स बेस’ स्थापना गरेको छ। उच्च हिमाली क्षेत्रमा परिचालित दुई जना एभरेष्ट रेन्जर्सले वातावरणीय मापदण्ड पालना, फोहोर व्यवस्थापन अनुगमन, आरोही सचेतना अभिवृद्धि तथा आपतकालीन सहयोग सेवामा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

आरोहण सिजनभर रेन्जर्सहरूले आधार शिविरभन्दा माथिका क्षेत्रमा फोहोर व्यवस्थापन गतिविधिको निगरानी गरेका थिए । विशेष गरी क्याम्प–३ र क्याम्प–४ बाट प्रत्येक आरोहीले अनिवार्य रूपमा कम्तीमा २ केजी फोहोर फिर्ता ल्याउनुपर्ने व्यवस्थाको प्रभावकारी अनुगमन गरिएको एसपीसीसीले जनाएको छ ।

सन् २०२६ को वसन्तकालीन आरोहण सिजनले वातावरणीय व्यवस्थापनका दृष्टिले उल्लेखनीय नतिजा दिएको छ । यस वर्ष सगरमाथा, ल्होत्से र नुप्त्से गरी कुल ७०१ जना आरोही सहभागी भएका थिए, जुन यी हिमालहरूको इतिहासकै उच्च सहभागिता मानिएको छ ।

एसपीसीसी को फोहोर व्यवस्थापन तथा अनुगमन प्रणालीमार्फत क्याम्प–३ र साउथ ...

The post सगरमाथा संरक्षण अभियानमा साईमेक्स बीवाइडी च्यारिटी फाउन्डेसनको दीर्घकालीन सहकार्य appeared first on Jankari Kendra.

ईभी उत्पादन क्षमता विस्तार गर्दै प्रोटोन, नेपालमा पनि नयाँ मोडल ल्याउने तयारी
काठमाडौं । नेपालमा प्रोटोन ई.मास सेबेन १६० किलोवाटको सफल सुरुवातपछि, नेपालका लागि प्रोटोन सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपाली बजारमा आफ्नो विद्युतीय सवारी (ईभी) पोर्टफोलियो विस्तार गर्ने तयारी तीव्र बनाएको छ । बजारमा आएको छोटो समयमै प्रोटोन ई.मास सेबेनले नेपाली उपभोक्ताबाट उत्साहजनक र सकारात्मक प्रतिक्रिया प्राप्त गरेपछि कम्पनीले आफ्नो ईभी विस्तार योजनालाई अझ गति दिने निर्णय गरेको कम्पनीले जनाएको छ ।

मलेसियामा प्रोटोनले हासिल गरेको उल्लेखनीय सफलता हेर्दा कम्पनीको आगामी दिशा स्पष्ट देखिन्छ । सन् २०२६ को जनवरीदेखि अप्रिलसम्मको अवधिमा मलेसियामा प्रोटोनको विद्युतीय सवारी (ईभी) बिक्रीमा ३२९ प्रतिशतको वृद्धि भएको छ भने केवल चार महिनामै ११ हजार ६१७ भन्दा बढी ग्राहकलाई हस्तान्तरण गरिएको छ । यही उच्च मागलाई सम्बोधन गर्न प्रोटोनले तान्जुङ मालिमस्थित आफ्नो ईभी उत्पादन कारखाना विस्तारका लागि ३७ मिलियन मलेसियन रिङ्गिट लगानी गर्ने घोषणा गरेको छ । यससँगै कम्पनीले आफ्नो वार्षिक उत्पादन क्षमता दोब्बरभन्दा बढी बढाएर ४२ हजार युनिट पुर्याउने लक्ष्य राखेको बताएको छ ।

जगदम्बा मोटर्सका प्रतिनिधिले भने, “नेपालमा प्रोटोन ई.मास सेबेनले प्राप्त गरेको प्रतिक्रिया अत्यन्त उत्साहजनक रहेको छ । यसले नेपाली उपभोक्ता विद्युतीय सवारीतर्फ आकर्षित भइसकेका छन् र गुणस्तरीय विकल्पको खोजीमा रहेको स्पष्ट संकेत दिएको छ । आगामी योजनाहरूलाई लिएर हामी निकै उत्साहित छौँ ।”

हाल नेपाली ग्राहकहरूले १६० किलोवाट क्षमताको विद्युतीय मोटरद्वारा सञ्चालित प्रिमियम इलेक्ट्रिक एसयूभी प्रोटोन ई.मास सेबेन १६०किलोवाटको अनुभव लिइरहेका छन् । यस गाडीले एनइडिसी मापदण्डअनुसार एकपटकको पूर्ण चार्जमा अधिकतम ४७५ किलोमिटरसम्म यात्रा गर्न सक्छ । यसमा ३६० डिग्री सराउन्ड भ्यु क्यामेरा, उन्नत हेडरेस्ट स्पिकर प्रणाली, अत्याधुनिक ड्राइभिङ प्रविधि तथा फराकिलो र आधुनिक भित्री सजावटका साथै अत्याधुनिक सुरक्षा र कनेक्टिभिटी सुविधाहरू समावेश छन्।

हाल ई.मास सेबेन खरिद गर्ने ग्राहकहरूले एक वर्षको निःशुल्क बीमा, एक वर्षको सडक कर छुट, निःशुल्क ७ किलोवाट क्षमताको होम चार्जर, ८ वर्षको वारेन्टी तथा आकर्षक नगद छुटजस्ता विशेष सुविधाहरू प्राप्त गरिरहेका छन् ।

यस उत्साहलाई अझ बढाउँदै जगदम्बा मोटर्सले निकट भविष्यमा प्रोटोन ई.मास फाईबलाई ...

The post ईभी उत्पादन क्षमता विस्तार गर्दै प्रोटोन, नेपालमा पनि नयाँ मोडल ल्याउने तयारी appeared first on Jankari Kendra.

चक्रपथमा महानगर यातायातको सेवा विस्तार, १६ नयाँ विद्युतीय बस सञ्चालनमा
काठमाडौं । महानगर यातायात प्रा.लि. ले आफ्नो सेवा विस्तार गर्दै १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ । बुधबारदेखि काठमाडौं उपत्यकाको चक्रपथमा सञ्चालनमा आएका यी बसहरूले सार्वजनिक यातायातलाई थप आधुनिक र वातावरणमैत्री बनाउने अपेक्षा गरिएको छ ।

३३ सिट क्षमताका नयाँ विद्युतीय बसहरू उभिएर यात्रा गर्ने यात्रुका लागि पनि सहज हुने गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ । एक पटकमा करिब ७० यात्रु सहज रूपमा यात्रा गर्न सक्ने क्षमता भएका यी बसहरूमा अत्याधुनिक सुविधा समावेश गरिएको छ । आरामदायी सिट व्यवस्था, यात्रु सुरक्षाका आधुनिक प्रणाली तथा व्यवस्थित संरचनाका कारण बसहरूलाई सुविधासम्पन्न मानिएको छ ।

शशिला मोटर्स प्रा.लि.ले चीनबाट आयात गरेको यी बसहरूमा १४४ किलोवाट क्षमताको सीएटीएल ब्याट्री जडान गरिएको बताइएको छ । एक पटक पूर्ण चार्ज गरेपछि यी बसले करिब २०० किलोमिटर दूरी तय गर्न सक्ने क्षमता राख्छन् । प्रत्येक बसको मूल्य १ करोड ३१ लाख ९० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

सेवा शुभारम्भ कार्यक्रममा महानगर यातायात प्रा।लि।का सचिव केशव नेपालले विद्युतीय सवारी साधनको विकल्प अब अनिवार्य बन्दै गएको उल्लेख गर्दै कम्पनीले यस क्षेत्रमा थप विस्तार गर्ने योजना रहेको जानकारी दिए । उनले प्रारम्भिक लगानी उच्च भए पनि विद्युतीय बस व्यवसायिक रूपमा उपयुक्त रहेको र आम्दानीका हिसाबले पनि प्रभावकारी देखिएको बताए । त्यस्तै, अन्य यातायात व्यवसायीलाई पनि विद्युतीय सवारीतर्फ आकर्षित हुन उनले सुझाव दिए ।

उनले हाल ५० युनिटभन्दा बढी विद्युत खपतमा लगाइएको करका कारण विद्युतीय सवारी सञ्चालनमा असर परेको भन्दै सरकारले छुटको व्यवस्था गर्नुपर्ने मागसमेत राखे ।

त्यसैगरी, महानगर यातायात प्रा.लि.का सञ्चालक समिति सदस्य धर्मराज रिमालले यसअघि १२ वटा विद्युतीय बस सफलतापूर्वक सञ्चालनमा आइसकेको जानकारी दिँदै पछिल्लो चरणमा थप बसहरू विस्तार गरिएको बताए । उनका अनुसार विद्युतीय बस सञ्चालन खर्च कम र प्राविधिक सरल भएकाले डिजेल बसको तुलनामा झण्डै चार गुणा बढी आम्दानी भइरहेको छ । शशिला मोटर्सको बिक्रीपछिको सेवा प्रभावकारी र विश्वसनीय भएकाले सहकार्य निरन्तर अघि बढाइएको पनि उनले बताए ...

The post चक्रपथमा महानगर यातायातको सेवा विस्तार, १६ नयाँ विद्युतीय बस सञ्चालनमा appeared first on Jankari Kendra.

विराटनगरमा ओमोडा ई५ प्रो को आगमन, पहिलो ५० ग्राहकलाई विशेष छुट
काठमाडौं । नेपालका लागि ओमोडा एन्ड जेइकोका गाडीहरुको आधिकारिक वितरक पायोनियर मोटोकर्प प्रा.लि.ले आज विराटनगरमा नयाँ ओमोडा ई५ प्रो ईभी आधिकारिक रुपमा सार्वजनिक गरेको छ ।

नेपालमा पहिले नै १ हजार ५०० भन्दा बढी युनिट सडकमा गुडिसकेको ओमोडा ई५ को उत्कृष्ट सफलतालाई निरन्तरता दिँदै, नयाँ ओमोडा ई५ प्रो अझ उन्नत प्रविधि, प्रिमियम फिचर र अत्याधुनिक ड्राइभिङ अनुभवसहित आएको बताइएको छ।

कम्पनीका अनुसार, नेपालमा लन्च भएदेखि नै ओमोडा ई५ आफ्नो फ्युचरिस्टिक डिजाइन, उत्कृष्ट रेन्ज, उच्च ग्राउन्ड क्लियरेन्स र आधुनिक प्रविधिका कारण देशकै सबैभन्दा लोकप्रिय इलेक्ट्रिक एसयूभी मध्ये एक बन्न सफल भएको छ। नयाँ ओमोडा ई५ प्रोले यसै विरासतलाई अझ सुदृढ बनाउँदै नयाँ डिजाइन, स्मार्ट फिचर र आधुनिक नेपाली ग्राहकलाई लक्षित प्रिमियम अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।

नयाँ ओमोडा ई५ प्रोमा ५०.७ किलोवाट आवर ब्याट्री प्याक, ९९ किलोवाट इलेक्ट्रिक मोटर र २८८ एनएम टर्क रहेको छ, जसले ३५० किलोमिटर डब्लुएलटीपी रेन्ज प्रदान गर्नुका साथै १९१ एमएम ग्राउन्ड क्लियरेन्सका कारण यो नेपालका विभिन्न सडक अवस्थाका लागि उपयुक्त रहेको बताइएको छ। यसमा १८–इन्च अलोय ह्विलहरू पनि समावेश छन्, जसले यसको स्पोर्टी र प्रिमियम उपस्थिति अझ आकर्षक बनाउँने कम्पनीको विश्वास रहेको छ।

बाहिरी डिजाइन ओमोडाको फ्युचरिस्टिक डिजाइन फिलोसफीमा आधारित छ, जसमा बोल्ड फ्रन्ट फेसिया, एरोडायनामिक प्रोफाइल र विशेष फ्यान्टम विङ टेललाइटहरू समावेश छन्, जसले सडकमा शक्तिशाली उपस्थिति सिर्जना गर्नुका साथै भित्री भागमा प्रिमियम क्याबिन अनुभव, इलेक्ट्रिक सनरुफ, उच्च गुणस्तरका इन्टेरियर मेटरियल र आधुनिक प्रविधिको संयोजन रहेको कम्पनीले बताएको छ।

कम्पनीका अनुसार, यसमा ड्राइभर मसाज सिट, ८ सोनी स्पिकरहरूको इमर्सिभ अडियो सिस्टम र ठूलो १५.६ इन्च वाइडस्क्रिन इन्फोटेनमेन्ट डिस्प्ले समावेश छ, जसले ड्राइभिङ अनुभवलाई अझ प्रिमियम बनाउँछ।

सुरक्षाका दृष्टिले, यसमा १९ भन्दा बढी एडास अर्थात एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टमयुक्त फिचरहरू र ५४० डिग्री सराउन्ड भ्यु क्यामेरा प्रणाली रहेको छ, जसले चालकलाई उच्च सुरक्षा र आत्मविश्वास प्रदान गर्ने जनाइएको छ।

नयाँ ओमोडा ई५ प्रोको आधिकारिक मूल्य सिंगल टोन भेरिएन्टका लागि ५१ लाख ५९ ...

The post विराटनगरमा ओमोडा ई५ प्रो को आगमन, पहिलो ५० ग्राहकलाई विशेष छुट appeared first on Jankari Kendra.

ओमोडा ई५ प्रो नेपाली बजारमा सार्वजनिक, कतिपर्छ मूल्य ?
काठमाडौं । ओमोडा एन्ड जेइको ईभीको नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले ओमोडा ई५ को फेसलिफ्ट भर्सन ‘ओमोडा ई-५ प्रो’ लाई नेपाली बजारमा सार्वजनिक गरेको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच नयाँ कार लन्च गरिएको हो।

५०.७ किलोवाट आवरको शक्तिशाली ब्याट्री जडान गरिएको यस कारले एक पटकको फुल चार्जमा ३५० किलोमिटरसम्मको रेन्ज प्रदान गर्नुका साथै कारमा ९९ किलोवाट क्षमताको मोटर राखिएको छ, जसले २८८ एनएम टर्क जेनेरेट गर्ने कम्पनीको दाबी रहेको छ ।

ओमोडाको फ्युचरिस्टिक डिजाइन दर्शनमा आधारित यस ईभीमा बोल्ड फ्रन्ट फेसिया, एरोडायनामिक प्रोफाइल, र विशेष प्यान्थम विङ टेललाइटहरु समावेश गरिएका छन् ।

५ स्टार सेफ्टी रेटिङ पाएको यस कारमा ७ वटा एयरब्याग र १९ भन्दा बढी एडास (उन्नत चालक सहायताप्रणाली) फिचर र ५४०-डिग्री सराउन्ड भ्यु क्यामेरा लगायत विशेषता दिइएका छन ।

कम्पनीका अनुसार यसको इन्टेरियरमा १५.६ इन्चको ठुलो टचस्क्रिन, ड्राइभर मसाज सिट, ८सोनी स्पिकर र ५० वाटको फास्ट वायरलेस चार्जर लगायत अन्य थुप्रै अत्याधुनिक फिचर पाउन सकिन्छ भने आठवटा आकर्षक रङहरूमा उपलब्ध यस कारको ग्राउन्ड क्लियरेन्स १९१ एमएम रहेको छ ।

कम्पनीले ओमोडा ओमोडा ई-५ प्रोको सिंगल टोन भेरियन्टको मूल्य ५१ लाख ४९ हजार र डुअल टोनको ५१ लाख ९९ हजार तोकेको छ । यद्यपि सुरुवाती ५० जना ग्राहकले भने ४९ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्ने कम्पनीले बताएको छ ।

नेपाली बजारमा यसअघि नै १५०० भन्दा बढी युनिट सडकमा गुडिसकेको ओमोडा ई५ को उत्कृष्ट सफलतालाई निरन्तरता दिदै नयाँ ई५ प्रो अझ उन्नत प्रबिधी, प्रीमियम फिचर र अत्याधुनिक ड्राइभिङ अनुभवसहित आएको कम्पनीले जनाएको छ ।

The post ओमोडा ई५ प्रो नेपाली बजारमा सार्वजनिक, कतिपर्छ मूल्य ? appeared first on Jankari Kendra.

वैद्य अर्गनाइजेशनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता, एक्स ४७ क्रसओभर ल्याउँदै
काठमाडौं । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्य अर्गनाइजेसन नेपालका लागि अल्ट्राभोइलेटको आधिकारिक वितरक र आयातकर्ता नियुक्त भएको छ। भारतीय प्रिमियम इलेक्ट्रिक मोटरसाइकल उत्पादक अल्ट्राभोइलेटले वैद्यज अर्गनाइजेसनलाई नेपालका लागि नयाँ बिक्रेता नियुक्त गरेको हो ।

यसअघि नेपालमा अल्ट्राभोइलेटका मोटरसाइकल केडिया ग्रुपले बिक्री वितरण गर्दै आएको थियो । यसअघि प्रिमियम इलेक्ट्रिक ब्राण्ड एथरका स्कुटर बिक्री गर्दै आएको कम्पनीले अब अल्ट्राभोइलेटका इलेक्ट्रिक मोटरसाइकल पनि बिक्री गर्ने भएको बताइएको छ ।

अल्ट्राभोइलेटको डिलरशिप पाएसँगै वैद्यज अर्गनाइजेसनको आक्रामक बजार विस्तारको योजना अघि बढाएको जनाइएको छ । कम्पनीले देशभरका ग्राहकहरूलाई विश्वस्तरीय स्वामित्वको अनुभूति दिलाउन प्रिमियम शोरुम अनुभव, अत्याधुनिक सर्भिस पूर्वाधार निर्माण र भरपर्दो बिक्रीपछिको सेवा नेटवर्क उपलब्ध गराउनमा ध्यान केन्द्रित गर्ने भएको बताएको छ ।

अल्ट्राभोइलेटका सीईओ तथा सहसंस्थापक नारायण सुब्रमण्यमले वैद्यज अर्गनाइजेसनसँग साझेदारी गर्न पाउँदा आफू उत्साहित रहेको बताए ।

‘नेपालमा अल्ट्राभोइलेटको अनुभवलाई अझ सुदृढ र विस्तार गर्न वैद्यज अर्गनाइजेसनसँग साझेदारी गर्न पाउँदा हामी उत्साहित छौं । यो सहकार्य हाम्रो विश्वव्यापी यात्रामा एउटा महत्त्वपूर्ण अध्याय हो, किनकि हामी हाम्रा फ्ल्यागसिप उत्पादनहरू एफ ७७ सिरिजका साथ अन्तर्राष्ट्रिय स्तरमा तीव्र रूपमा विस्तार भइरहेका छौं । यी मोटरसाइकलहरू भारतमा डिजाइन र निर्माण गरिएका हुन् । जसले डिजाइन, प्रविधि र प्रफर्मेन्सप्रतिको हाम्रो प्रतिबद्धता र अर्को पुस्ताको गतिशीलताको उत्कृष्ट नमुना झल्काउँछन्,’ उनले भने ।

उनले वैद्यज अर्गनाइजेसन प्रिमियम मोटरसाइकल ब्राण्डहरू स्थापित गर्ने र बढाउन आफ्नो विशेषज्ञता प्रमाणित गरिसकेको बताए । ‘वैद्यज अर्गानाइजेसनसँग मिलेर ग्राहकलाई उत्पादनको पोर्टफोलियो, अत्याधुनिक प्रविधि र विश्वस्तरीय बिक्रीपछिको सेवासम्मको पूर्ण इकोसिस्टम प्रदान गर्नेछौ’ सुब्रमण्यमले भने ।

वैद्यज अर्गनाइजेसनका सीईओ सूर्यांश वैद्यले कम्पनीको पोर्टफोलियोमा अल्ट्राभोइलेट थपिएसँगै नेपालको ईभी मोटरसाइकल बजार पूर्ण रूपमा नयाँ युगमा प्रवेश गर्ने बताए ।

‘नेपाली अटोमोबाइल बजार द्रुत गतिमा विकसित भइरहेको छ। आजका ग्राहकहरू केवल यात्राका लागि सवारी साधन मात्र खोजिरहेका छैनन्, उनीहरू प्रविधि, उत्कृष्ट प्रफर्मेन्स, प्रिमियम डिजाइन र विश्वस्तरीय स्वामित्वको अनुभव पनि चाहन्छन्। हाम्रो पोर्टफोलियोमा अल्ट्राभोइलेट थपिएसँगै नेपालको ईभी मोटरसाइकल बजार पूर्ण रूपमा नयाँ युगमा प्रवेश गर्नेछ भन्ने कुरामा हामी ...

The post वैद्य अर्गनाइजेशनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता, एक्स ४७ क्रसओभर ल्याउँदै appeared first on Jankari Kendra.

ईभीमा भन्सार शुल्क अब मूल्यका आधारमा, स्वास्थ्य पूर्वाधार शुल्क पनि थपियो
काठमाडौं । सरकारले विद्युतीय सवारी (ईभी) मा लाग्ने भन्सार शुल्कको व्यवस्था परिवर्तन गरेको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अब ईभीको भन्सार शुल्क सवारीको मूल्यका आधारमा निर्धारण गरिने घोषणा गरेका छन्।

यसअघि विद्युतीय सवारीमा मोटरको ‘पिक पावर’ का आधारमा भन्सार शुल्क लाग्ने व्यवस्था थियो। तर उक्त प्रणालीमा राजस्व छली हुने सम्भावना रहेको भन्दै विभिन्न निकायले प्रश्न उठाउँदै आएका थिए। महालेखा परीक्षकको प्रतिवेदनले पनि ईभी आयातमा राजस्व छली भएको उल्लेख गरेको थियो।

नेपालसँग मोटरको वास्तविक पिक पावर परीक्षण गर्ने पर्याप्त प्रविधि तथा संयन्त्र नभएको अवस्थामा मूल्यका आधारमा शुल्क निर्धारण गर्ने व्यवस्था लागू गरिएको सरकारको भनाइ छ।

यसैबीच, सरकारले ईभी आयातमा स्वास्थ्य पूर्वाधार लगानी शुल्कसमेत थप गरेको छ। यो शुल्क भन्सार विन्दुमै असुल गरिने बजेटमा उल्लेख गरिएको छ।

The post ईभीमा भन्सार शुल्क अब मूल्यका आधारमा, स्वास्थ्य पूर्वाधार शुल्क पनि थपियो appeared first on Jankari Kendra.

नयाँ ओमोडा इ५ प्रो नेपाल आउँदै
काठमाडौं । नेपालमा ओमोडा इ५ को अभूतपूर्व सफलता र १५०० भन्दा बढी गाडीहरू नेपाली सडकमा गुडिरहेको अवस्थामा, थप परिष्कृत प्रविधि र डिजाइनका साथ नयाँ इ५ प्रो नेपाल भित्रिँदैछ।

ओमोडाको इलेक्ट्रिक लाइनअपको अर्को पुस्ताको रूपमा प्रस्तुत गरिएको नयाँ इ५ प्रो ले स्मार्ट, कनेक्टेड र भावनात्मक मोबिलिटीको नयाँ अनुभव प्रदान गर्ने लक्ष्य राखेको बताइएको छ। आकर्षक तथा भविष्यवादी डिजाइन, थप आरामदायी इन्टेरियर, अत्याधुनिक सुरक्षा प्रविधि तथा प्रिमियम फिचरहरूसहित यो गाडी आधुनिक नेपाली उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर निर्माण गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार, हाल उपलब्ध भएको ओमोडा इ५ मा ५४० -डिग्री प्यानोरामिक क्यामेरा, १८-इन्च अलोय ह्विल, १९ भन्दा बढी एडीएस सुरक्षा फिचरहरू, ८-स्पिकर प्रिमियम साउन्ड सिस्टम, ५० वार्ट वायरलेस चार्जर लगायत स्मार्ट ड्राइभिङ अनुभवका लागि डिजाइन गरिएका धेरै प्रिमियम तथा अत्याधुनिक प्रविधिहरू समावेश छन्।

नेपालमा सबैभन्दा तीव्र रूपमा वृद्धि भइरहेको अटोमोबाइल ब्रान्डहरूमध्ये एकको रूपमा,ओमोडा इ५ आफ्नो डिजाइन, प्रविधि र प्रदर्शनका कारण इभि ग्राहकहरूबीच निकै लोकप्रिय बन्न सफल भएको कम्पनीले दाबी छ। अब छिट्टै नेपालमा सार्वजनिक हुन लागेको नयाँ इ५ प्रो मार्फत, ब्रान्डले अझ उन्नत प्रविधि, परिष्कृत डिजाइन तथा थप स्मार्ट र कनेक्टेड मोबिलिटी अनुभव प्रदान गर्दै ग्राहकहरूको विश्वासलाई अझ मजबुत बनाउने लक्ष्य राखेको कम्पनीले बताएको छ।

नेपालमा इभि पूर्वाधार विस्तार हुँदै जानु, ग्राहकको विश्वास बढ्दै जानु तथा प्रिमियम इलेक्ट्रिक एसयुभि प्रति आकर्षण वृद्धि भइरहेका बेला नयाँ इ५ प्रो को आगमनले नेपाली अटोमोबाइल बजारलाई अझ आधुनिक इलेक्ट्रिक मोबिलिटीको दिशामा अघि बढाउने विश्वास गरिएको कम्पजीले जनाएको छ।

एसपिजी अटोमोबाइल नेपालका अग्रणी अटोमोबाइल वितरकमध्ये एक हो, जसले विश्वप्रसिद्ध ब्रान्डहरू तथा नवीन गतिशीलता समाधानहरू नेपाली बजारमा ल्याउने प्रतिबद्धता राखेको बताइएको छ। बलियो नेटवर्क, ग्राहक–केन्द्रित सोचमार्फत कम्पनीले अटोमोबाइल क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्दै आएको जनाएको छ।

The post नयाँ ओमोडा इ५ प्रो नेपाल आउँदै appeared first on Jankari Kendra.

भारतको उत्कृष्ट विद्युतीय स्कुटर ब्राण्ड एम्पीयर अब पोखरामा
काठमाडौं । भारतमा उत्पादन भएकोउच्चस्तरीय विद्युतीय स्कुटर ब्राण्ड एम्पीयर नेपालमा भित्रिएको करिब दुई महिना भइसकेकोछ। भारतमा १६५ वर्षको इन्जिनियरिङ अनुभव बोकेको ग्रीभ्स इलेक्ट्रिक मोबिलिटीद्वारा उत्पादन गरिएको एम्पीयर ब्राण्डका स्कुटरहरूलाई नेपालमा आधिकारिक रूपमा श्री एसटीसी ग्रुप अन्तर्गतको श्री एसटीसी अटोसोलुसन प्रा. लि. लेबिक्री–वितरण गर्दै आएको छ ।

नेपालभर एम्पीयर ब्राण्डलाई विस्तार गर्ने क्रममा अब पोखरामा पनि यसको आधिकारिक बिक्री–वितरण सुरु गरिएको बताइएको छ। पोखराको बुद्धचोकमा रहेको डीएनबी ट्रेड प्रा. लि. लेएम्पीयर स्कुटरको आधिकारिक डिलरका रूपमा शोरुम सञ्चालनमा ल्याई बैशाख ३१ गतेदेखि एम्पीयर नेक्सस ईएक्स स्कुटरको बिक्री–वितरण सुरु गरेको जनाएको छ। डीएनबी ट्रेड प्रा.लि. ले एम्पीयरको नेक्सस ईएक्स मोडल सहित पोखरा बजारमा प्रवेश गरेको छ ।

ग्रीभ्स इलेक्ट्रिक मोबिलिटीलेविगत १५ वर्षदेखि भारतमा विद्युतीय दुईपाङ्ग्रेसवारीसाधन उत्पादन गर्दै आएको बताएको छ। ग्रीभ्सको एम्पीयर ब्राण्ड भारतमा बलियोउपस्थिति बनाएको विद्युतीय स्कुटर ब्राण्डमध्ये एक हो। एम्पीयरका स्कुटरहरू उच्च प्रदर्शन, आकर्षक डिजाइन, स्मार्ट टेक्नोलोजी तथा विश्वस्तरीय गुणस्तरका लागि परिचित छन्। विशेषगरी एम्पीयर नेक्सस ईएक्स दैनिक प्रयोग, आरामदायी यात्रा तथा किफायती विद्युतीय सवारी खोज्ने ग्राहकहरूका लागि उपयुक्त विकल्पका रूपमा प्रस्तुत गरिएको  जनाइएको छ।

एम्पीयर स्कुटरमा लिथियम फेरोफोस्फेट ब्याट्री प्रयोग गरिएको बताइएको छ। यी स्कुटरहरू अत्यन्तै चिसो अर्थात् माइनस ४० डिग्रीदेखि अत्यन्तै तातो ६० डिग्री तापक्रमसम्म परीक्षण गरिएका छन्। एम्पीयरमा प्रयोग गरिएको एलएफपी ब्याट्रीको लाइफ साइकल २ हजारसम्म रहेको छ। साथै, ब्याट्रीमा ८८७५ हजार किलोमिटर वा ५ वर्षसम्मको वारेन्टी८८ उपलब्ध हुनेछ।

एम्पीयर स्कुटरहरूमा मजबुत च्यासिस, ट्वीन सस्पेन्सन, स्मार्ट टेक्नोलोजी, आरामदायी राइडिङ अनुभव तथा आकर्षक फिचरहरू उपलब्ध छन्।

एम्पीयर नेक्सस ईएक्समा ३.९ किलोवाट क्षमताको मोटर उपलब्ध छ। यसमा ३ किलोवाट आवरको एलएफपी ब्याट्री प्रयोग गरिएको छ। कम्पनीका अनुसार एक पटक पूर्णचार्जगर्दायस स्कुटरलाई१३६ किलोमिटरसम्म गुडाउन सकिन्छ। यो ब्याट्री प्याक घरमै करिब ३ घण्टा ३० मिनेटमा चार्जगर्न सकिन्छ।

मिड–माउन्ट मोटर भएको यस स्कुटरमा रिभर्स मोडसहित पाँचवटा राइड मोड उपलब्ध छन् । यसमा एलोय ह्वील, डिस्क ब्रेक, अल–एलईडी लाइट, यूएसबी चार्जर, कनेक्टिभिटी लगायतका आधुनिक फिचरहरू समावेश छन्। एम्पियर नेक्सस ईएक्सको ...

The post भारतको उत्कृष्ट विद्युतीय स्कुटर ब्राण्ड एम्पीयर अब पोखरामा appeared first on Jankari Kendra.

डोङफेङ ‘नामी भिगो’ ईभी एसयुभी दक्षिण अफ्रिकामा सार्वजनिक, आकर्षक फिचरसहित
काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङले नामी ०६ ई१ इलेक्ट्रिक एसयूभीलाई दक्षिण अफ्रिकामा लन्च गरेको छ । दक्षिण अफ्रिकामा आएको यो मोडल नेपालसहित केही अन्य बजारमा भने भिगो नामले पनि परिचित छ ।

दक्षिण अफ्रिकामा ब्रान्डको यो तेस्रो मोडल हो भने यसअघि बक्स ह्याचब्याक र ००७ प्रिमियम सेडान बजारमा आइसकेका छन् ।

यो एसयूभी दुई भेरियन्टमा उपलब्ध हुनेछ । दुवैमा १२० किलोवाट क्षमताको फ्रन्ट–माउन्टेड मोटर र २३० न्युटन मिटर टर्क रहेको छ, जसले गाडीलाई ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन करिब ७.८ सेकेन्ड लाग्ने बताइएको छ । यसको सुरुवाती मूल्य ४ लाख ९९ हजार र्यान्ड तोकिएको छ, जुन हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली ई५र ईएक्स५ भन्दा २ लाख र्याडन्ड कम रहेको जनाइएको छ ।

नामी ०६ ई१ मा ४४.९४ किलोवाट प्रतिघण्टा क्षमताको लिथियम–आइरन–फस्फेट ब्याट्री दिइएको छ । चिनियाँ परीक्षण मापदण्ड अनुसार यसले एक पटकको चार्जमा ४०१ किलोमिटरसम्म रेन्ज दिन्छ भने विश्वव्यापी रूपमा प्रचलित डब्लूएलटीपी मापदण्ड अनुसार करिब ३०० किलोमिटरको रेन्ज उपलब्ध गराउँछ । यसमा ६० किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट छ, जसले ब्याट्रीलाई ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब ३० मिनेट लाग्ने बताइएको छ ।

कम्पनीका अनुसार, उच्च स्पेसिफिकेसन भएको ई३ मोडलको मूल्य ५ लाख ७९ हजार र्यान्ड रहनुका साथै यसमा ५१.८७ किलोवाट प्रतिघण्टा क्षमताको ठूलो ब्याट्री दिइएको छ, जसले रेन्जलाई ४७१ किलोमिटर (सीएलटीसी) वा डब्लूएलटीपी मापदण्ड अनुसार करिब ३५० किलोमिटरसम्म पुर्याउँछ । यसमा १६७ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट छ, जसले ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब १८ मिनेट मात्र लाग्छ । एसी चार्जिङका लागि भने यसले ६.६ किलोवाटसम्म सपोर्ट गर्छ ।

यो एसयूभीमा १२.८ इन्चको सेन्टर इन्फोटेन्मेन्ट डिस्प्ले, ८.८८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, ६–स्पिकर अडियो सिस्टम, ५० वाट वायरलेस फोन चार्जर, रियर–भ्यु क्यामेरा, पार्किङ सेन्सर, कर्टेन एयरब्यागसहित ६ वटा एयरब्याग, अटोमेटिक एयर कन्डिसनिङ, टायर प्रेसर मोनिटरिङ सिस्टम, लेदरेट सिट, हिल–स्टार्ट असिस्ट, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, ब्रेक असिस्ट, ट्र्याक्सन कन्ट्रोल ...

The post डोङफेङ ‘नामी भिगो’ ईभी एसयुभी दक्षिण अफ्रिकामा सार्वजनिक, आकर्षक फिचरसहित appeared first on Jankari Kendra.

नेपाली बजारमा एमजी एस६ ईभी सार्वजनिक, कतिपर्छ मुल्य ?
काठमाडौं । नेपालका लागि मोरिस ग्यारेज अर्थात एमजी मोटर्सको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रालिले नयाँ एमजी एस६ ट्रफी लङ रेन्ज सार्वजनिक गरेको छ । उत्कृष्ट परफर्मेन्स, अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनको संयोजन रहेको यो प्रिमियम इलेक्ट्रिक एसयूभी नेपाली बजारमा औपचारिक रूपमा भित्रिएको हो ।

सार्वजनिक कार्यक्रम एमजी एसएमआईएलका प्रतिनिधि मोहम्मद कासिम जाहुरको विशेष उपस्थितिमा सम्पन्न भएको थियो ।

अत्याधुनिक ईभी प्रविधिमा आधारित तथा उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने गरी डिजाइन गरिएको एमजी एस६ ले शक्तिशाली एक्सेलेरेसन, प्रिमियम कम्फर्ट तथा स्मार्ट कनेक्टिभिटी फिचरहरू प्रदान गर्दै नेपालको बढ्दो विद्युतीय सवारी बजारमा नयाँ आयाम थप्ने विश्वास कम्पनीले लिएको बताइएको छ ।

उच्च क्षमताको १८० किलोवाट मोटर तथा ७७ किलोवाट आवर ब्याट्री प्याकले सुसज्जित एमजी एस६ ईभी ट्रफी लङ रेन्जले डब्लुएलटीपी मापदण्डअनुसार ५३० किलोमिटरको रेन्ज प्रदान गर्छ, जसले दैनिक यात्रा तथा लामो दूरीका यात्रामा उच्च आत्मविश्वास प्रदान गर्छ ।

नेपालको विविध सडक अवस्थालाई ध्यानमा राख्दै यसमा १९५ एमएम ग्राउण्ड क्लियरेन्स प्रदान गरिएको छ भने रियर इन्डिपेन्डेन्ट सस्पेन्सन प्रणालीले अझ सहज, स्थिर तथा आरामदायी यात्रा सुनिश्चित गर्छ । रियर ह्विल ड्राइभ प्रविधिले अझ उत्कृष्ट तथा डायनामिक ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । साथै यसको प्रिमियम डिजाइन, स्मार्ट कनेक्टिभिटी तथा आधुनिक ईभी प्रविधिले यसलाई अझ आकर्षक र परिष्कृत इलेक्ट्रिक एसयूभीका रूपमा स्थापित गरेको छ ।

कम्पनीद्वारा हाल सञ्चालनमा रहेको ११ वर्ष वा १५ वर्षसम्मको विस्तारित वारेन्टी कार्यक्रम एमजी एस६ ईभीमा पनि लागू हुने बताइएको छ । यसका साथै एमजी एस६ ईभीको मोटरमा ५ वर्षको स्ट्यान्डर्ड वारेन्टी उपलब्ध रहेको छ । यसले दीर्घकालीन विश्वसनीयता, ग्राहकको आत्मविश्वास तथा सहज स्वामित्व अनुभवप्रति एमजीको प्रतिबद्धतालाई थप मजबुत बनाएको कम्पनीले जनाएको छ ।

एमजी एस६ ईभी ट्रफी लङ रेन्ज नेपाली बजारमा विशेष प्रारम्भिक मूल्य ६९ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुनेछ ।

ग्राहकहरूले देशभर रहेका एमजी शोरुमहरूमा गई नयाँ एमजी एस६ को प्रत्यक्ष अनुभव लिनुका साथै यसको प्रिमियम फिचर तथा अत्याधुनिक प्रविधिबारे जानकारी प्राप्त गर्न सक्ने ...

The post नेपाली बजारमा एमजी एस६ ईभी सार्वजनिक, कतिपर्छ मुल्य ? appeared first on Jankari Kendra.

जेएसडब्लुएमजी मोटर इन्डिया र गोल्छा अर्गनाइजेशनसँग साझेदारी विस्तार
काठमाडौं । जेएसडब्लु एमजी मोटर इन्डियाले गोल्छा अर्गनाइजेशनसँगको रणनीतिक वितरण साझेदारीमार्फत नेपालमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाएको बताइएको छ। यस सहकार्यसँगै काठमाडौंको थापाथलीमा नयाँ एमजी डिलरशिप सञ्चालनमा आएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार, यो सहकार्यले नेपाली बजारमा एमजी ब्रान्डको थप व्यवस्थित र ग्राहककेन्द्रित उपस्थितिको आधार तयार गर्नेछ।

यस साझेदारीअन्तर्गत सञ्चालनमा आएको नयाँ एमजी डिलरशिपमार्फत ग्राहकहरूले एमजीका प्रविधिमैत्री तथा विशेषतायुक्त गाडीहरू अनुभव गर्न सक्नेछन्। शोरुममा एमजी कमेट र एमजी विन्डसर लगायतका प्रमुख मोडलहरू उपलब्ध छन्, जसले विभिन्न सेग्मेन्टका ग्राहकहरूको फरक–फरक मोबिलिटी आवश्यकताहरू पूरा गर्ने कम्पनीको विश्वास छ।

नेपालमा स्मार्ट तथा दिगो मोबिलिटी समाधानप्रति बढ्दो माग र ग्राहक अपेक्षामा आएको परिवर्तनका कारण नेपाल एमजीका लागि महत्वपूर्ण बजारका रूपमा अघि बढिरहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार, एमजीले आफ्ना गाडीहरूलाई ग्राहकसम्म अझ नजिक पुर्याउनुका साथै देशभर सेवा तथा बिक्रीपछिको सुविधालाई थप सुदृढ र पहुँचयोग्य बनाउने लक्ष्य लिएको छ। कम्पनीले बलियो स्थानीय उपस्थिति र थप प्रभावकारी ग्राहक सहयोगमार्फत ग्राहकलाई सहज, भरपर्दो र विश्वस्त स्वामित्व अनुभव प्रदान गर्ने बताएको छ।

नेपालका लागि डिलर प्रिन्सिपल आकाश गोल्छाले भने, “जेएसडब्लु एमजी मोटर इन्डियासँग सहकार्य गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौं। एमजीका विश्वस्तरीय गाडीहरू नेपाली ग्राहकसमक्ष ल्याउन पाउनु हाम्रो लागि महत्वपूर्ण अवसर हो। आधुनिक पूर्वाधार र उत्कृष्ट ग्राहक सेवामा केन्द्रित भएर यो डिलरशिप तयार गरिएको हो। प्रविधि, डिजाइन र दिगोपनको संयोजन रहेको एमजीको पोर्टफोलियो नेपाली ग्राहकहरूको चाहना र आकांक्षासँग राम्रोसँग मेल खानेमा हामी विश्वस्त छौं। नेपाली बजारमा एमजी ब्रान्डको बलियो र दीर्घकालीन उपस्थिति निर्माण गर्ने हाम्रो लक्ष्य रहेको छ।”

जी.ओ. अटोमोबाइल्सले सीमित अवधिका लागि एमजीका गाडीहरूमा विशेष प्रारम्भिक मूल्य पनि घोषणा गरेको छ। यसअन्तर्गत एमजी कमेट ईभीको प्रारम्भिक मूल्य १८ लाख ७५ हजार रुपैयाँ तोकिएको छ भने एमजी विन्डसर ईभीको मूल्य ३९ लाख ७५ हजार रुपैयाँबाट उपलब्ध हुनेछ। कम्पनीका अनुसार यो आकर्षक मूल्य प्रस्तावमार्फत ग्राहकहरूले कम्प्याक्ट शहरी ईभीदेखि प्रिमियम एसयूभी प्रदर्शनसम्मका विभिन्न विकल्पहरू रोज्न सक्नेछन्।

कम्पनीले यस लन्चसँगै नेपालमा एमजी ब्रान्डको नयाँ अध्याय सुरु भएको जनाएको छ। ...

The post जेएसडब्लुएमजी मोटर इन्डिया र गोल्छा अर्गनाइजेशनसँग साझेदारी विस्तार appeared first on Jankari Kendra.

डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना
काठमाडौं । डोङफेङ मोटरले युरोपेली ग्राहकहरूको रुचि र प्राथमिकतालाई लक्षित गरी म्युनिखमा नयाँ डिजाइन केन्द्र स्थापना गरेको छ। यो केन्द्रले एमहिरो र भोया जस्ता ब्रान्डका लागि काम गर्दै कम्पनीको विश्वव्यापी विस्तारलाई थप बल पुर्‍याउने लक्ष्य राखेको कम्पनीले जनाएको छ।

डोङफेङ मोटरको यस डिजाइन केन्द्रले कम्पनीको विश्वव्यापी अनुसन्धान तथा विकास सञ्जाल विस्तारमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको बताइएको छ। जनवरी २९ मा सम्पन्न भएको यसको औपचारिक उद्घाटन समारोहले चिनियाँ अटोमोबाइल कम्पनीको युरोपतर्फको रणनीतिक विस्तारलाई स्पष्ट रूपमा देखाएको छ।

यो नयाँ केन्द्र डोङफेङको एकीकृत विश्वव्यापी प्लेटफर्मको हिस्सा हुनेछ, जसले चीनका वुहान र सांघाईमा रहेका स्टुडियोहरूसँगै अब जर्मनीमा पनि आफ्नो उपस्थिति विस्तार गरेको जनाइएको छ। कम्पनीका अनुसार, म्युनिखमा अवस्थित यो स्टुडियोले एमहिरो र भोया जस्ता ब्रान्डका परियोजनाहरूमा केन्द्रित भई युरोपेली ग्राहकहरूको रुचि र आवश्यकता अनुसारका डिजाइनहरू विकास गर्नेछ।

डोङफेङ अनुसार, म्युनिख यतिकै रोजिएको होइन। बाभेरियाको राजधानी म्युनिखलाई अटोमोबाइल डिजाइन र इन्जिनियरिङको लागि विश्वकै अग्रणी केन्द्रहरूमध्ये एक मानिन्छ। यस केन्द्रले क्लाउड सोलुसन, भीआररएआर प्रविधि तथा एआई टुलहरूको प्रयोगमार्फत सहकार्यलाई सहज बनाउँदै विकास प्रक्रियालाई तीव्र बनाउनेछ। डिजाइनको कामबाहेक, म्युनिख स्टुडियोले विश्वव्यापी मार्केटिङ र ब्रान्ड रणनीतिमा पनि योगदान पुर्‍याउँदै नयाँ बजारको माग अनुसार उत्पादनहरूलाई छिटो अनुकूल बनाउन सहयोग गर्ने बताइएको छ।

यस पहलले प्रिमियम सेग्मेन्टमा डोङफेङको उपस्थितिलाई मजबुत बनाउँदै युरोपमा यसको स्थान थप सुदृढ गर्नेछ, जहाँ गुणस्तर र सौन्दर्यका उच्च मापदण्डहरूमा ध्यान केन्द्रित गरिएको जनाइएको छ। डोङफेङले घरेलु बजार भन्दा बाहिर पनि विस्तार गर्ने आफ्नो गम्भीर प्रतिबद्धता अनुरुप युरोपमा डिजाइन केन्द्र स्थापना गरेको बताएको छ। कम्पनीका अनुसार, युरोपेली ट्रेण्डलाई ध्यानमा राखेर एमहिरो र भोया मोडेलहरू विकास गर्नु युरोपियन युनियनमा सफल विस्तारका लागि महत्वपूर्ण हुन सक्छ।

The post डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना appeared first on Jankari Kendra.