इलेक्सन सेन्टर Archives - Jankari Kendra

निर्वाचन आयोगसँगको सहकार्यमा टिकटकले सुरु गर्यो इन-एप इलेक्सन सेन्टर
काठमाडौं । टिकटकले आज नेपालमा ‘इलेक्सन सेन्टर’ सुरु गरेको घोषणा गरेको छ। एपभित्र उपलब्ध यो विशेष केन्द्रले आगामी आम निर्वाचनअघि प्रयोगकर्तालाई सही, भरपर्दो र आधिकारिक जानकारी सहज रूपमा उपलब्ध गराउने लक्ष्य राखेको बताइएको छ।

सन् २०२० देखि विश्वभर २०० भन्दा बढी निर्वाचनमा टिकटकले सञ्चालन गर्दै आएका निर्वाचनको निष्पक्षता र नैतिकता कायम गर्ने प्रयासहरूको निरन्तरता स्वरूप यो पहल सुरु गरिएको जनाइएको छ। यसले प्रयोगकर्तालाई विश्वसनीय जानकारीसँग जोड्दै हानिकारक कन्टेन्ट हटाउने टिकटकको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।

यस पहलअन्तर्गत टिकटकले निर्वाचन आयोग, नेपालसँग निर्वाचनको निष्पक्षता र नैतिकतालाई सहयोग गर्न समझदारीपत्रमा हस्ताक्षर गरेको बताइएको छ। साथै, टिकटकले आयोग परिसरमा निर्वाचनको निष्पक्षता र नैतिकता कायम गर्ने विषयको सन्दर्भमा क्षमता अभिवृद्धि कार्यशाला सञ्चालन गरेको थियो, जसमा जिम्मेवार डिजिटल सहभागिताको प्रवर्द्धन, भ्रामक सूचनासँग जुध्ने उपाय तथा सरोकारवालाहरूबीच निर्वाचनको नैतिकता सम्बन्धि बुझाईलाई बलियो बनाउने विषयमा केन्द्रित रहेर छलफल भएको थियो।

एपभित्रको ‘इलेक्सन सेन्टर’ निर्वाचन आयोगसँगको सहकार्यमा विकास गरिएको हो, जसले एकै स्थानबाट आधिकारिक र विश्वसनीय निर्वाचनसम्बन्धी जानकारी पाउन सहज बनाउँछ। यस केन्द्रमा नेपालको निर्वाचन प्रक्रिया, कहाँ र कसरी मतदान गर्ने भन्ने जानकारी, भ्रामक सूचना पहिचान गर्ने सुझाव तथा आयोगका आधिकारिक स्रोतहरूसँग प्रत्यक्ष जोड्ने लिंक उपलब्ध छन्। साथै, टिकटकले सम्बन्धित कन्टेन्ट र सर्चहरूमा निर्वाचन ट्याग प्रयोग गरी प्रयोगकर्तालाई सिधै ‘इलेक्सन सेन्टर’ मा मार्गनिर्देशन गर्ने जनाइएको छ।

“निर्वाचन कुनै पनि लोकतन्त्रका लागि अत्यन्त महत्वपूर्ण क्षण हो र सार्वजनिक संवादमा प्रभाव पार्ने प्लेटफर्मका रूपमा टिकटकले आफ्नो जिम्मेवारी बुझेको छ। यस सहकार्यमार्फत हामीले सुसूचित सहभागिताको प्रवर्द्धन गर्ने, शान्तिपूर्ण वातावरण सुदृढ गर्ने र सकारात्मक डिजिटल अभिव्यक्तिका लागि सुरक्षित स्थान प्रदान गर्ने लक्ष्य राखेका छौं। ‘इलेक्सन सेन्टर’ले नेपाली प्रयोगकर्तालाई उनीहरू जहाँ छन्, त्यहीँबाट मतदानसम्बन्धी आधिकारिक जानकारी सहज रूपमा उपलब्ध गराउन मद्दत गर्नेछ,” दक्षिण एसियाका लागि टिकटकका सार्वजनिक नीति तथा सरकारी सम्बन्ध प्रमुख फेर्दौस मोत्ताकिनले भने।

यो पहल टिकटकले आफ्ना प्रयोगकर्तालाई प्लेटफर्ममा उपलब्ध कन्टेन्ट र अकाउन्टबारे आवश्यक सन्दर्भ जानकारी उपलब्ध गराउने व्यापक प्रयासको एक हिस्सा हो। टिकटकले हानिकारक भ्रामक सूचना र ...

The post निर्वाचन आयोगसँगको सहकार्यमा टिकटकले सुरु गर्यो इन-एप इलेक्सन सेन्टर appeared first on Jankari Kendra.