ईभी Archives - Jankari Kendra

सगरमाथा संरक्षण अभियानमा साईमेक्स बीवाइडी च्यारिटी फाउन्डेसनको दीर्घकालीन सहकार्य
काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसरमा सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपीसीसी र साईमेक्स बीवाइडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ्र) ले हिमाली पारिस्थितिक प्रणाली संरक्षणप्रतिको आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेका छन् । ‘एभरेष्ट १° इनिसियटिभ’ अन्तर्गत दुवै संस्थाले सगरमाथा क्षेत्रको दिगो फोहोर व्यवस्थापन, स्वच्छ ऊर्जा प्रवर्द्धन, जलवायु सहनशीलता अभिवृद्धि तथा वातावरणीय संरक्षणका क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाएका हुन् ।

बीवाइडीको “कूल द अर्थ बाई १° सेल्सियस” अवधारणाबाट प्रेरित भई सीबीसीएफले सन् २०२५ देखि एसपीसीसी सँग सहकार्य सुरु गरेको थियो । यस सहकार्यको उद्देश्य सगरमाथा र खुम्बु क्षेत्रले सामना गरिरहेका वातावरणीय चुनौतीहरू समाधानका लागि नवीन तथा दीर्घकालीन उपायहरू विकास गर्नु हो ।

पछिल्ला दशकहरूमा बढ्दो पर्वतारोहण गतिविधि र जलवायु परिवर्तनका कारण सगरमाथा क्षेत्रको वातावरणीय सन्तुलनमाथि गम्भीर दबाब परेको छ । विभिन्न अध्ययनहरू अनुसार हिमालमा अझै पनि ८० टनभन्दा बढी फोहोर, अक्सिजन सिलिन्डर, प्लास्टिक, आरोहण सामग्री तथा मानवजन्य फोहोर बाँकी रहेको अनुमान छ । यसले हिमनदी, जलस्रोत तथा स्थानीय समुदायमाथि प्रत्यक्ष असर पारिरहेको छ ।

यसैबीच, सन् २०२६ को वसन्तकालीन आरोहण सिजनमा ‘एभरेष्ट १° इनिसियटिभ’ अन्तर्गत महत्वपूर्ण उपलब्धि हासिल भएको छ । सीबीसीएफ को सहयोगमा एसपीसीसी ले पहिलो पटक क्याम्प–२ मा ‘एभरेष्ट रेन्जर्स बेस’ स्थापना गरेको छ। उच्च हिमाली क्षेत्रमा परिचालित दुई जना एभरेष्ट रेन्जर्सले वातावरणीय मापदण्ड पालना, फोहोर व्यवस्थापन अनुगमन, आरोही सचेतना अभिवृद्धि तथा आपतकालीन सहयोग सेवामा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

आरोहण सिजनभर रेन्जर्सहरूले आधार शिविरभन्दा माथिका क्षेत्रमा फोहोर व्यवस्थापन गतिविधिको निगरानी गरेका थिए । विशेष गरी क्याम्प–३ र क्याम्प–४ बाट प्रत्येक आरोहीले अनिवार्य रूपमा कम्तीमा २ केजी फोहोर फिर्ता ल्याउनुपर्ने व्यवस्थाको प्रभावकारी अनुगमन गरिएको एसपीसीसीले जनाएको छ ।

सन् २०२६ को वसन्तकालीन आरोहण सिजनले वातावरणीय व्यवस्थापनका दृष्टिले उल्लेखनीय नतिजा दिएको छ । यस वर्ष सगरमाथा, ल्होत्से र नुप्त्से गरी कुल ७०१ जना आरोही सहभागी भएका थिए, जुन यी हिमालहरूको इतिहासकै उच्च सहभागिता मानिएको छ ।

एसपीसीसी को फोहोर व्यवस्थापन तथा अनुगमन प्रणालीमार्फत क्याम्प–३ र साउथ ...

The post सगरमाथा संरक्षण अभियानमा साईमेक्स बीवाइडी च्यारिटी फाउन्डेसनको दीर्घकालीन सहकार्य appeared first on Jankari Kendra.

ईभी उत्पादन क्षमता विस्तार गर्दै प्रोटोन, नेपालमा पनि नयाँ मोडल ल्याउने तयारी
काठमाडौं । नेपालमा प्रोटोन ई.मास सेबेन १६० किलोवाटको सफल सुरुवातपछि, नेपालका लागि प्रोटोन सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपाली बजारमा आफ्नो विद्युतीय सवारी (ईभी) पोर्टफोलियो विस्तार गर्ने तयारी तीव्र बनाएको छ । बजारमा आएको छोटो समयमै प्रोटोन ई.मास सेबेनले नेपाली उपभोक्ताबाट उत्साहजनक र सकारात्मक प्रतिक्रिया प्राप्त गरेपछि कम्पनीले आफ्नो ईभी विस्तार योजनालाई अझ गति दिने निर्णय गरेको कम्पनीले जनाएको छ ।

मलेसियामा प्रोटोनले हासिल गरेको उल्लेखनीय सफलता हेर्दा कम्पनीको आगामी दिशा स्पष्ट देखिन्छ । सन् २०२६ को जनवरीदेखि अप्रिलसम्मको अवधिमा मलेसियामा प्रोटोनको विद्युतीय सवारी (ईभी) बिक्रीमा ३२९ प्रतिशतको वृद्धि भएको छ भने केवल चार महिनामै ११ हजार ६१७ भन्दा बढी ग्राहकलाई हस्तान्तरण गरिएको छ । यही उच्च मागलाई सम्बोधन गर्न प्रोटोनले तान्जुङ मालिमस्थित आफ्नो ईभी उत्पादन कारखाना विस्तारका लागि ३७ मिलियन मलेसियन रिङ्गिट लगानी गर्ने घोषणा गरेको छ । यससँगै कम्पनीले आफ्नो वार्षिक उत्पादन क्षमता दोब्बरभन्दा बढी बढाएर ४२ हजार युनिट पुर्याउने लक्ष्य राखेको बताएको छ ।

जगदम्बा मोटर्सका प्रतिनिधिले भने, “नेपालमा प्रोटोन ई.मास सेबेनले प्राप्त गरेको प्रतिक्रिया अत्यन्त उत्साहजनक रहेको छ । यसले नेपाली उपभोक्ता विद्युतीय सवारीतर्फ आकर्षित भइसकेका छन् र गुणस्तरीय विकल्पको खोजीमा रहेको स्पष्ट संकेत दिएको छ । आगामी योजनाहरूलाई लिएर हामी निकै उत्साहित छौँ ।”

हाल नेपाली ग्राहकहरूले १६० किलोवाट क्षमताको विद्युतीय मोटरद्वारा सञ्चालित प्रिमियम इलेक्ट्रिक एसयूभी प्रोटोन ई.मास सेबेन १६०किलोवाटको अनुभव लिइरहेका छन् । यस गाडीले एनइडिसी मापदण्डअनुसार एकपटकको पूर्ण चार्जमा अधिकतम ४७५ किलोमिटरसम्म यात्रा गर्न सक्छ । यसमा ३६० डिग्री सराउन्ड भ्यु क्यामेरा, उन्नत हेडरेस्ट स्पिकर प्रणाली, अत्याधुनिक ड्राइभिङ प्रविधि तथा फराकिलो र आधुनिक भित्री सजावटका साथै अत्याधुनिक सुरक्षा र कनेक्टिभिटी सुविधाहरू समावेश छन्।

हाल ई.मास सेबेन खरिद गर्ने ग्राहकहरूले एक वर्षको निःशुल्क बीमा, एक वर्षको सडक कर छुट, निःशुल्क ७ किलोवाट क्षमताको होम चार्जर, ८ वर्षको वारेन्टी तथा आकर्षक नगद छुटजस्ता विशेष सुविधाहरू प्राप्त गरिरहेका छन् ।

यस उत्साहलाई अझ बढाउँदै जगदम्बा मोटर्सले निकट भविष्यमा प्रोटोन ई.मास फाईबलाई ...

The post ईभी उत्पादन क्षमता विस्तार गर्दै प्रोटोन, नेपालमा पनि नयाँ मोडल ल्याउने तयारी appeared first on Jankari Kendra.

चक्रपथमा महानगर यातायातको सेवा विस्तार, १६ नयाँ विद्युतीय बस सञ्चालनमा
काठमाडौं । महानगर यातायात प्रा.लि. ले आफ्नो सेवा विस्तार गर्दै १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ । बुधबारदेखि काठमाडौं उपत्यकाको चक्रपथमा सञ्चालनमा आएका यी बसहरूले सार्वजनिक यातायातलाई थप आधुनिक र वातावरणमैत्री बनाउने अपेक्षा गरिएको छ ।

३३ सिट क्षमताका नयाँ विद्युतीय बसहरू उभिएर यात्रा गर्ने यात्रुका लागि पनि सहज हुने गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ । एक पटकमा करिब ७० यात्रु सहज रूपमा यात्रा गर्न सक्ने क्षमता भएका यी बसहरूमा अत्याधुनिक सुविधा समावेश गरिएको छ । आरामदायी सिट व्यवस्था, यात्रु सुरक्षाका आधुनिक प्रणाली तथा व्यवस्थित संरचनाका कारण बसहरूलाई सुविधासम्पन्न मानिएको छ ।

शशिला मोटर्स प्रा.लि.ले चीनबाट आयात गरेको यी बसहरूमा १४४ किलोवाट क्षमताको सीएटीएल ब्याट्री जडान गरिएको बताइएको छ । एक पटक पूर्ण चार्ज गरेपछि यी बसले करिब २०० किलोमिटर दूरी तय गर्न सक्ने क्षमता राख्छन् । प्रत्येक बसको मूल्य १ करोड ३१ लाख ९० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

सेवा शुभारम्भ कार्यक्रममा महानगर यातायात प्रा।लि।का सचिव केशव नेपालले विद्युतीय सवारी साधनको विकल्प अब अनिवार्य बन्दै गएको उल्लेख गर्दै कम्पनीले यस क्षेत्रमा थप विस्तार गर्ने योजना रहेको जानकारी दिए । उनले प्रारम्भिक लगानी उच्च भए पनि विद्युतीय बस व्यवसायिक रूपमा उपयुक्त रहेको र आम्दानीका हिसाबले पनि प्रभावकारी देखिएको बताए । त्यस्तै, अन्य यातायात व्यवसायीलाई पनि विद्युतीय सवारीतर्फ आकर्षित हुन उनले सुझाव दिए ।

उनले हाल ५० युनिटभन्दा बढी विद्युत खपतमा लगाइएको करका कारण विद्युतीय सवारी सञ्चालनमा असर परेको भन्दै सरकारले छुटको व्यवस्था गर्नुपर्ने मागसमेत राखे ।

त्यसैगरी, महानगर यातायात प्रा.लि.का सञ्चालक समिति सदस्य धर्मराज रिमालले यसअघि १२ वटा विद्युतीय बस सफलतापूर्वक सञ्चालनमा आइसकेको जानकारी दिँदै पछिल्लो चरणमा थप बसहरू विस्तार गरिएको बताए । उनका अनुसार विद्युतीय बस सञ्चालन खर्च कम र प्राविधिक सरल भएकाले डिजेल बसको तुलनामा झण्डै चार गुणा बढी आम्दानी भइरहेको छ । शशिला मोटर्सको बिक्रीपछिको सेवा प्रभावकारी र विश्वसनीय भएकाले सहकार्य निरन्तर अघि बढाइएको पनि उनले बताए ...

The post चक्रपथमा महानगर यातायातको सेवा विस्तार, १६ नयाँ विद्युतीय बस सञ्चालनमा appeared first on Jankari Kendra.

विराटनगरमा ओमोडा ई५ प्रो को आगमन, पहिलो ५० ग्राहकलाई विशेष छुट
काठमाडौं । नेपालका लागि ओमोडा एन्ड जेइकोका गाडीहरुको आधिकारिक वितरक पायोनियर मोटोकर्प प्रा.लि.ले आज विराटनगरमा नयाँ ओमोडा ई५ प्रो ईभी आधिकारिक रुपमा सार्वजनिक गरेको छ ।

नेपालमा पहिले नै १ हजार ५०० भन्दा बढी युनिट सडकमा गुडिसकेको ओमोडा ई५ को उत्कृष्ट सफलतालाई निरन्तरता दिँदै, नयाँ ओमोडा ई५ प्रो अझ उन्नत प्रविधि, प्रिमियम फिचर र अत्याधुनिक ड्राइभिङ अनुभवसहित आएको बताइएको छ।

कम्पनीका अनुसार, नेपालमा लन्च भएदेखि नै ओमोडा ई५ आफ्नो फ्युचरिस्टिक डिजाइन, उत्कृष्ट रेन्ज, उच्च ग्राउन्ड क्लियरेन्स र आधुनिक प्रविधिका कारण देशकै सबैभन्दा लोकप्रिय इलेक्ट्रिक एसयूभी मध्ये एक बन्न सफल भएको छ। नयाँ ओमोडा ई५ प्रोले यसै विरासतलाई अझ सुदृढ बनाउँदै नयाँ डिजाइन, स्मार्ट फिचर र आधुनिक नेपाली ग्राहकलाई लक्षित प्रिमियम अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।

नयाँ ओमोडा ई५ प्रोमा ५०.७ किलोवाट आवर ब्याट्री प्याक, ९९ किलोवाट इलेक्ट्रिक मोटर र २८८ एनएम टर्क रहेको छ, जसले ३५० किलोमिटर डब्लुएलटीपी रेन्ज प्रदान गर्नुका साथै १९१ एमएम ग्राउन्ड क्लियरेन्सका कारण यो नेपालका विभिन्न सडक अवस्थाका लागि उपयुक्त रहेको बताइएको छ। यसमा १८–इन्च अलोय ह्विलहरू पनि समावेश छन्, जसले यसको स्पोर्टी र प्रिमियम उपस्थिति अझ आकर्षक बनाउँने कम्पनीको विश्वास रहेको छ।

बाहिरी डिजाइन ओमोडाको फ्युचरिस्टिक डिजाइन फिलोसफीमा आधारित छ, जसमा बोल्ड फ्रन्ट फेसिया, एरोडायनामिक प्रोफाइल र विशेष फ्यान्टम विङ टेललाइटहरू समावेश छन्, जसले सडकमा शक्तिशाली उपस्थिति सिर्जना गर्नुका साथै भित्री भागमा प्रिमियम क्याबिन अनुभव, इलेक्ट्रिक सनरुफ, उच्च गुणस्तरका इन्टेरियर मेटरियल र आधुनिक प्रविधिको संयोजन रहेको कम्पनीले बताएको छ।

कम्पनीका अनुसार, यसमा ड्राइभर मसाज सिट, ८ सोनी स्पिकरहरूको इमर्सिभ अडियो सिस्टम र ठूलो १५.६ इन्च वाइडस्क्रिन इन्फोटेनमेन्ट डिस्प्ले समावेश छ, जसले ड्राइभिङ अनुभवलाई अझ प्रिमियम बनाउँछ।

सुरक्षाका दृष्टिले, यसमा १९ भन्दा बढी एडास अर्थात एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टमयुक्त फिचरहरू र ५४० डिग्री सराउन्ड भ्यु क्यामेरा प्रणाली रहेको छ, जसले चालकलाई उच्च सुरक्षा र आत्मविश्वास प्रदान गर्ने जनाइएको छ।

नयाँ ओमोडा ई५ प्रोको आधिकारिक मूल्य सिंगल टोन भेरिएन्टका लागि ५१ लाख ५९ ...

The post विराटनगरमा ओमोडा ई५ प्रो को आगमन, पहिलो ५० ग्राहकलाई विशेष छुट appeared first on Jankari Kendra.

ओमोडा ई५ प्रो नेपाली बजारमा सार्वजनिक, कतिपर्छ मूल्य ?
काठमाडौं । ओमोडा एन्ड जेइको ईभीको नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले ओमोडा ई५ को फेसलिफ्ट भर्सन ‘ओमोडा ई-५ प्रो’ लाई नेपाली बजारमा सार्वजनिक गरेको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच नयाँ कार लन्च गरिएको हो।

५०.७ किलोवाट आवरको शक्तिशाली ब्याट्री जडान गरिएको यस कारले एक पटकको फुल चार्जमा ३५० किलोमिटरसम्मको रेन्ज प्रदान गर्नुका साथै कारमा ९९ किलोवाट क्षमताको मोटर राखिएको छ, जसले २८८ एनएम टर्क जेनेरेट गर्ने कम्पनीको दाबी रहेको छ ।

ओमोडाको फ्युचरिस्टिक डिजाइन दर्शनमा आधारित यस ईभीमा बोल्ड फ्रन्ट फेसिया, एरोडायनामिक प्रोफाइल, र विशेष प्यान्थम विङ टेललाइटहरु समावेश गरिएका छन् ।

५ स्टार सेफ्टी रेटिङ पाएको यस कारमा ७ वटा एयरब्याग र १९ भन्दा बढी एडास (उन्नत चालक सहायताप्रणाली) फिचर र ५४०-डिग्री सराउन्ड भ्यु क्यामेरा लगायत विशेषता दिइएका छन ।

कम्पनीका अनुसार यसको इन्टेरियरमा १५.६ इन्चको ठुलो टचस्क्रिन, ड्राइभर मसाज सिट, ८सोनी स्पिकर र ५० वाटको फास्ट वायरलेस चार्जर लगायत अन्य थुप्रै अत्याधुनिक फिचर पाउन सकिन्छ भने आठवटा आकर्षक रङहरूमा उपलब्ध यस कारको ग्राउन्ड क्लियरेन्स १९१ एमएम रहेको छ ।

कम्पनीले ओमोडा ओमोडा ई-५ प्रोको सिंगल टोन भेरियन्टको मूल्य ५१ लाख ४९ हजार र डुअल टोनको ५१ लाख ९९ हजार तोकेको छ । यद्यपि सुरुवाती ५० जना ग्राहकले भने ४९ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्ने कम्पनीले बताएको छ ।

नेपाली बजारमा यसअघि नै १५०० भन्दा बढी युनिट सडकमा गुडिसकेको ओमोडा ई५ को उत्कृष्ट सफलतालाई निरन्तरता दिदै नयाँ ई५ प्रो अझ उन्नत प्रबिधी, प्रीमियम फिचर र अत्याधुनिक ड्राइभिङ अनुभवसहित आएको कम्पनीले जनाएको छ ।

The post ओमोडा ई५ प्रो नेपाली बजारमा सार्वजनिक, कतिपर्छ मूल्य ? appeared first on Jankari Kendra.

ईभीमा भन्सार शुल्क अब मूल्यका आधारमा, स्वास्थ्य पूर्वाधार शुल्क पनि थपियो
काठमाडौं । सरकारले विद्युतीय सवारी (ईभी) मा लाग्ने भन्सार शुल्कको व्यवस्था परिवर्तन गरेको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अब ईभीको भन्सार शुल्क सवारीको मूल्यका आधारमा निर्धारण गरिने घोषणा गरेका छन्।

यसअघि विद्युतीय सवारीमा मोटरको ‘पिक पावर’ का आधारमा भन्सार शुल्क लाग्ने व्यवस्था थियो। तर उक्त प्रणालीमा राजस्व छली हुने सम्भावना रहेको भन्दै विभिन्न निकायले प्रश्न उठाउँदै आएका थिए। महालेखा परीक्षकको प्रतिवेदनले पनि ईभी आयातमा राजस्व छली भएको उल्लेख गरेको थियो।

नेपालसँग मोटरको वास्तविक पिक पावर परीक्षण गर्ने पर्याप्त प्रविधि तथा संयन्त्र नभएको अवस्थामा मूल्यका आधारमा शुल्क निर्धारण गर्ने व्यवस्था लागू गरिएको सरकारको भनाइ छ।

यसैबीच, सरकारले ईभी आयातमा स्वास्थ्य पूर्वाधार लगानी शुल्कसमेत थप गरेको छ। यो शुल्क भन्सार विन्दुमै असुल गरिने बजेटमा उल्लेख गरिएको छ।

The post ईभीमा भन्सार शुल्क अब मूल्यका आधारमा, स्वास्थ्य पूर्वाधार शुल्क पनि थपियो appeared first on Jankari Kendra.

सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै
काठमाडौं । एमजीले नयाँ प्रविधिसहितका हाइब्रिड कारहरू विकास गरिरहेको बताइएको छ । यी सवारी साधनमा इलेक्ट्रिक टर्बो र विशेष मोटर प्रयोग गरिनेछ, जसले आवाज निकै कम बनाउने कम्पनीले जनाएको छ ।

नयाँ ‘हाइब्रिड प्लस’ प्रणाली जर्मनीको फ्रान्कफर्टस्थित एमजीको इन्जिनियरिङ केन्द्रमा विकास भईरहनुका साथै यो प्रणाली आउँदै गरेको एमजी एस ९ प्लग–इन हाइब्रिड कारमा पहिलोपटक प्रयोग हुन सक्ने अनुमान गरिएको कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार, एमजीले आफ्ना विद्युतीय कारहरूमा पनि ठूलो सुधार गर्ने योजना बनाएको छ ,‘सेमि सोलिड स्टेट’ भनिने नयाँ प्रकारको ब्याट्री यस वर्ष युरोपमा एमजी ४ विद्युतीय ह्याचब्याकको उच्च संस्करणमा प्रयोग गरिनेछ भने यस प्रकारको पहिलो ठूलो मात्रामा उत्पादन हुने ब्याट्री हुनेछ ।

फ्रान्कफर्टमा आयोजित एक कार्यक्रममा एमजीका वरिष्ठ इन्जिनियर क्यू जिले नयाँ इलेक्ट्रिक टर्बो प्रति मिनेट ७० हजार घुम्न सक्ने जानकारी दिए । इलेक्ट्रिक टर्बोले गाडीको क्षमता र दक्षता दुवै सुधार गर्नुका साथै यसले विद्युतीय र पेट्रोल इन्जिनबीच शक्ति वितरणलाई अझ सहज बनाउने जनाइएको छ ।

नयाँ ‘हाइब्रिड प्लस’ प्रणालीमा आराम बढाउन विशेष डिजिटल ड्याम्पिङ प्रविधि पनि समावेश गरिनुका साथै इलेक्ट्रिक मोटर केवल गाडी चलाउनका लागि मात्र नभई इन्जिनको कम्पन कम गर्न पनि प्रयोग हुने कम्पनीले जनाएको छ । गाडीभित्रका सेन्सरहरूले कम्पन पत्ता लगाएर त्यसलाई हटाउन आवश्यक शक्ति गणना गर्छन् र मोटरले त्यसको विपरीत काम गरेर कम्पन घटाउने बताइएको छ ।

कम्पनीका अनुसार, यसले गाडीलाई अझ शान्त र आरामदायी बनाउनुका साथै ऊर्जा खेर जान कम गराएर दक्षता पनि बढाउने दाबी गरिएको छ भने एमजीले नयाँ प्रणाली र टर्बोलाई सहयोग गर्न १.८३ किलोवाट घण्टाको ठूलो ब्याट्री पनि थप्दैछ । यी सुधारसँगै नयाँ हाइब्रिड कारहरू पुराना मोडेलभन्दा अझै स्मूथ, शान्त र छिटो हुने अपेक्षा गरिएको  जनाइएको  छ ।

एमजीको ‘सोलिडकोर’ नामको नयाँ सेमि सोलिड स्टेट ब्याट्री पनि यस वर्षको अन्त्यतिर उपलब्ध हुने अनुमान गरिनुका साथै यसमा करिब ९५ प्रतिशत ठोस र ५ प्रतिशत मात्र तरल पदार्थ हुन्छ, जसले यसलाई साधारण ब्याट्रीभन्दा धेरै ठोस बनाउने कम्पनीले ...

The post सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै appeared first on Jankari Kendra.

फोटोन ईभी टोटल केयर क्याम्पः देशका प्रमुख स्थानहरूमा गुणस्तरीय सर्भिसको उपलब्धता
काठमाडौँ । नेपालका लागि फोटोन मोटरको आधिकारिक वितरक एमएडब्लू वृद्धी कमर्शियल भेहिकलले उत्कृष्ट आफ्टर–सेल्स सर्भिस र कस्टमर केयरलाई थप सुदृढ बनाउन पश्चिम र पूर्वी नेपालमा चरणबद्ध रूपमा “फोटोन ईभी टोटल केयर क्याम्प” सञ्चालन गर्न लागेको बताएको छ। कम्पनीका अनुसार, यस पहलको उद्देश्य देशका प्रमुख स्थानहरूमा सर्भिसको सुविधालाई ग्राहक नजिकै पुर्याउदैँ दीर्घकालीन विश्वास र पहुँच सुनिश्चित गर्नु हो। यस अभियान अन्तर्गत फोटोनले आफ्ना सबै विद्यमान ईभी ग्राहकहरूलाई विशेष लाभ तथा निःशुल्क सेवाहरू प्रदान गर्दै आभार र प्रतिबद्धता व्यक्त गरिरहेको जनाइएको छ।

फोटोन ईभी टोटल केयर क्याम्प दुई चरणमा गरी प्रमुख ६ स्थानहरूमा सञ्चालन हुनेछ भने पहिलो चरण २०८२, चैत २२ देखि २०८३, बैशाख ४ सम्म पश्चिम नेपालका बुटवल, धनगढी, दाङ र सुर्खेतमा सञ्चालन हुने बताइएको छ। दोस्रो चरण २०८३, बैशाख ६ देखि १७ सम्म पूर्वी नेपालका इटहरी र बिर्तामोडमा आयोजना  गरिनुका साथै यसरी क्षेत्रगत र चरणबद्ध रूपमा क्याम्प सञ्चालन गर्दा विभिन्न क्षेत्रका ग्राहकहरूले सहज रूपमा गुणस्तरीय सेवा र सहयोग प्राप्त गर्न सक्ने जनाइएको छ। क्याम्पमा सहभागी ग्राहकहरूले विभिन्न विशेष सुविधाहरू पाउनेछन् भने यस अन्तर्गत स्पेयर पार्ट्स, लुब्रिकेन्ट तथा लेबर चार्जमा १५ प्रतिशत छुट प्रदान गरिने कम्पनीले  बताएको छ।

त्यस्तैगरी प्रत्येक सवारीसाधनको निःशुल्क निरीक्षण, सम्पूर्ण ‘बम्पर–टु–बम्पर’ चेकअप, तथा निःशुल्क वासिङ र ग्रिजीङ सेवा उपलब्ध हुने जनाइएको छ। यी सेवाहरूले सवारीसाधनको कार्यसम्पादन सुधार गर्न, मर्मत खर्च घटाउन र ग्राहकलाई सहज सेवा अनुभव प्रदान गर्न सहयोग पुर्याउने विश्वास कम्पनीको रहेको छ ।

कम्पनीका अनुसार, फोटोन नेपालले देशभर १४ भन्दा बढी सेल्स तथा सर्भिस सेन्टरहरूको विस्तार मार्फत आफ्टर–सेल्स सर्भिसमा आफ्नो उपस्थिति अझ मजबुत बनाउँदै आएको छ। एमएडब्लू वृद्धीको सहकार्यमा विकसित यस नेटवर्कले ग्राहकलाई सधैंभरी विश्वसनीय र गुणस्तरीय सेवा नजिकबाट उपलब्ध गराउने सुनिश्चितता दिनुका साथै नेपालभर १६६ भन्दा बढी सीसएिस २ टाइप  डिसी फास्ट चार्जिङ पोइन्टहरू विस्तार गर्दै फोटोनले ईभीको प्रयोगमा ग्राहकको विश्वास बढाउँदै लगिरहेको कम्पनीको दाबी छ।

फोटोनको विश्वव्यापी “टोटल केयर” अवधारणा अनुसार, प्रत्येक क्याम्पमा दक्ष प्राविधिक, जेनुइन स्पेयर ...

The post फोटोन ईभी टोटल केयर क्याम्पः देशका प्रमुख स्थानहरूमा गुणस्तरीय सर्भिसको उपलब्धता appeared first on Jankari Kendra.

एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा
काठमाडौं । नेपालका लागि डोङफेङ नामी इलेक्ट्रिक सवारी साधनको आधिकारिक आयातकर्ता तथा वितरक एमएडब्लु वृद्धि मोटर्स प्रा. लि.ले नामी बक्स र नामी भिगोका लागि ‘एमएडब्लु वृद्धि एक्टेन्डेड वारेन्टी कार्यक्रम’ सार्वजनिक गरेको छ।

डोङफेङका इभी सवारी साधनहरूमा ब्याट्री र मोटरमा ८ वर्ष वा २,००,००० किलोमिटर (जुन पहिले आउँछ) को स्ट्यान्डर्ड उत्पादक वारेन्टी उपलब्ध रहेको बताइएको छ। कम्पनीका अनुसार, अब एमएडब्लु वृद्धिको एक्टेन्डेड वारेन्टी कार्यक्रम मार्फत ग्राहकहरूले ब्याट्री र मोटरमा कुल ११ वर्ष वा २,५०,००० किलोमिटर (जुन पहिले आउँछ) सम्मको वारेन्टी कभरेज प्राप्त गर्नेछन्। यसले ईभी स्वामित्वलाई अझ बढी ढुक्क र चिन्तामुक्त बनाउने बताइएको छ।

यो एक्टेन्डेड वारेन्टीले नेपालमा भरपर्दो र ग्राहक-केन्द्रित ईभी इकोसिस्टम निर्माण गर्ने एमएडब्लु वृद्धिको प्रतिबद्धतालाई थप मजबुत बनाएको कम्पनीले जनाएको छ।

“हाम्रो हरेक कार्यको केन्द्रमा ग्राहकहरू हुनुहुन्छ,”  एमएडब्लु वृद्धि मोटर्सका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने। “यो एक्टेन्डेड वारेन्टी नामीका ग्राहकहरूका लागि थप मानसिक शान्ति, स्वामित्वको आत्मविश्वास र सुरक्षित ईभी अनुभव सुनिश्चित गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम हो।”

डोङफेङ मोटर कर्पोरेशन चीनको प्रतिष्ठित “बिग फोर” सरकारी स्वामित्वका अटोमोबाइल निर्माताहरू मध्ये एक रहेको बताइएको छ। सन् १९६९ मा स्थापना भएको यस कम्पनीसँग पाँच दशकभन्दा बढीको उद्योग अनुभव छ। कम्पनीका अनुसार, ‘गुणस्तर, बौद्धिकता र सद्भाव’ को मुख्य मूल्यहरूद्वारा निर्देशित डोङफेङले विश्वका १०० भन्दा बढी देशहरूमा आफ्नो उपस्थिति विस्तार गरिसकेको छ। डोङफेङ फर्च्युन ग्लोबल ५०० कम्पनीको रूपमा समेत चिनिन्छ।ग्राहकहरूले एमएडब्लु वृद्धि एक्टेन्डेड वारेन्टी कार्यक्रमका लागि डोङफेङ नेपालको आधिकारिक वेबसाइट मार्फत दर्ता गर्न सक्नेछन्।

The post एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा appeared first on Jankari Kendra.

जिली अटो ग्रुपद्वारा विकसित अत्याधुनिक ब्याट्री प्रविधि, नेपालमा ईएक्स५ मार्फत उपलब्ध
काठमाडौं । विद्युतीय गाडी (ईभी) को मुटु भनेको यसको ब्याट्री हो। यो केवल ऊर्जाको स्रोत मात्र होइन, यसले गाडीको रेञ्ज, कार्यक्षमता, आयु, मूल्य र समग्र प्रयोगकर्ता अनुभवलाई प्रत्यक्ष रूपमा प्रभावित गर्दछ। ब्याट्रीको गुणस्तरले नै ईभी कति भरपर्दो, सुरक्षित र दीर्घकालीन हुनेछ भन्ने निर्धारण गर्छ। नेपालमा पछिल्लो समय ईभी बजार तीव्र गतिमा विस्तार भइरहेको बताइएको छ।

वार्षिक बिक्री वृद्धि १८० प्रतिशतसम्म पुगेको र कुल आयातित अटोमोबाइलमध्ये करिब ७५ प्रतिशत हिस्सा ईभीको रहेको तथ्यांकले देखाउँछ। पेट्रोल र डिजेलबाट चल्ने गाडीभन्दा विद्युतबाट चल्ने एसयूभीतर्फ ग्राहकहरूको आकर्षण बढेसँगै ब्याट्री प्रविधिप्रति उनीहरूको चासो पनि उल्लेख्य रूपमा बढेको छ।

एलआरआर मोटर्सका बिक्री प्रमुख अधिर श्रेष्ठका अनुसार, “नेपाली ग्राहकहरू अब केवल रेञ्जमात्र हेर्ने अवस्थामा छैनन् । उनीहरू ब्याट्रीको सुरक्षा, टिकाउपन, वारेन्टी, चार्जिङ समय र दीर्घकालीन मूल्यलाई समेत तुलना गरेर निर्णय लिन थालेका छन् ।”  एलआरआर मोटर्सले नेपालमा जिली ईएक्स५ (प्रो र म्याक्स भेरियन्ट) बिक्री गर्दै आएको छ, जसमा जिलीको नवीनतम सर्ट ब्लेड ब्याट्री जडान गरिएको जनाइएको छ ।

सर्ट ब्लेड ब्याट्री : विश्वस्तरीय प्रविधिको नमुना

२७ जुन २०२४ मा हाङ्झाउमा जिली अटो ग्रुपले आफ्नै अनुसन्धान तथा विकास (आर एन्ड डी) केन्द्रद्धारा विकास गरेको नयाँ पुस्ताको लिथियम आयरन फस्फेट(एलएफपी) मा आधारित ‘सर्ट ब्लेड’ ब्याट्री सार्वजनिक गरेको थियो ।

परम्परागत एलएफपी ब्याट्रीको तुलनामा सर्ट ब्लेड डिजाइनले सेलको संरचनालाई अझ सघन, बलियो र तापीय रूपमा स्थिर बनाएको बताइएको छ । यसमा उच्च तापीय स्थिरता भएको डाइफ्राम, सुरक्षित इलेक्ट्रोड संरचना तथा ‘सेल्फ फ्युजिङ’ प्रविधिको प्रयोग गरिएको छ । दुर्घटनाका क्रममा प्वाल परेपनि आल्मुनियम तह आफै फ्युज भई इन्सुलेसन तह बनाउँछ, जसले सर्ट सर्किट रोक्छ र थर्मल रनअवे हुन दिँदैन ।

अटोमोबाइल उद्योगमा एकल सुई परीक्षणलाई मानक मानिए पनि जिलीले आठवटा ५ मिमी फलामका किला एकैपटक घुसाएर एक घण्टा परीक्षण गर्दा पनि कुनै आगलागी वा विस्फोट नभएको जनाएको छ। यसका साथै राइफल बुलेट परीक्षण, पानीमा डुबाउने, चरम दबाब दिने तथा आगोको प्रत्यक्ष ताप परीक्षणमा समेत ब्याट्री सफल भएको ...

The post जिली अटो ग्रुपद्वारा विकसित अत्याधुनिक ब्याट्री प्रविधि, नेपालमा ईएक्स५ मार्फत उपलब्ध appeared first on Jankari Kendra.

प्रख्यात गायक, संगीतकार तथा सांस्कृतिक आइकन काली प्रसाद बास्कोटाले रोजे एक्सपेङ जी६
काठमाडौं । प्रख्यात गायक, संगीतकार तथा सांस्कृतिक आइकन कालीप्रसाद बास्कोटाले आफ्नो आधुनिक जीवनशैलीको महत्वपूर्ण हिस्साका रूपमा एक्सपेङ जी६ एइलेक्ट्रिक एसयुभी रोजेका छन् । बास्कोटा एक्सपेङ जी६को आधिकारिक ब्रान्ड एन्डोर्सरसमेत बनेका छन् ।

उनको यो छनोट नवप्रवर्तन, बौद्धिकता र भविष्यकेन्द्रित मोबिलिटी प्रतिको साझा दृष्टिकोणको प्रतीकका रूपमा हेरिएको छ । परम्परागत नेपाली संगीतलाई आधुनिक अभिव्यक्तिसँग सफलतापूर्वक जोड्दै आएका बास्कोटा परिवर्तनलाई आत्मसात् गर्दै मौलिक पहिचान जोगाइराख्ने नयाँ पुस्ताका सर्जकको प्रतिनिधि मानिन्छन् । एक्सपेङ जी६ को छनोट पनि यही दर्शनसँग मेल खाने बताइएको छ ।

एक्सपेङको अत्याधुनिक एसईपिए २.० प्लेटफर्म मा निर्माण गरिएको जी६ ले स्लिक कुपे–एसयुभी डिजाइन, इन्टेलिजेन्ट ककपिट र नेक्स्ट–जेनेरेसन प्रविधिमार्फत प्रिमियम इलेक्ट्रिक एसयुभी सेग्मेन्टमा फरक पहिचान स्थापित गरेको जनाइएको छ । यो सवारीले व्यावसायिक दैनिकीदेखि व्यक्तिगत यात्रासम्म आत्मविश्वासपूर्ण, परिष्कृत र भविष्य तयार ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।

उच्च क्षमताको ब्याट्री र अत्याधुनिक ८०० भोल्ट चार्जिङ आर्किटेक्चर बाट सञ्चालित एक्सपेङ जी६ ले डब्लुएलटिपी मापदण्डअनुसार एक पटकको पूर्ण चार्जमा ४३५ किलोमिटरसम्मको ड्राइभिङ रेञ्ज प्रदान गर्छ । १९० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर र ४४० एनएम टर्कसहितको यो प्रिमियम इलेक्ट्रिक एसुभीले उत्कृष्ट शक्ति र प्रदर्शन सुनिश्चित गर्ने बताइएको छ ।

डिजिटल ककपिट, ठूलो सेन्ट्रल टचस्क्रिन, भ्वाइस इनेबल्ड कन्ट्रोल तथा एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टमले जी६ लाई प्रदर्शन, आराम र प्रविधिको सन्तुलित संयोजन बनाएको छ । साथै, फास्ट चार्जिङ क्षमता र फराकिलो तथा आरामदायी इन्टेरियरले यसलाई प्रिमियम इलेक्ट्रिक मोबिलिटीमा नयाँ मापदण्ड स्थापित गर्ने सवारीका रूपमा प्रस्तुत गरेको कम्पनीले जनाएको छ ।

The post प्रख्यात गायक, संगीतकार तथा सांस्कृतिक आइकन काली प्रसाद बास्कोटाले रोजे एक्सपेङ जी६ appeared first on Jankari Kendra.

अभिनेताद्वय अनुप विक्रम शाही र प्रदिप खड्काको रोजाइमा दिपल एस०७
काठमाडौं । नेपालका चर्चित कलाकार अनुप विक्रम शाही र प्रदिप खड्काले डिजाइन र प्रविधिका कारण नेपालमा लोकप्रिय बनेको दिपल एस०७ खरिद गरेका छन् । पछिल्ला डेलिभरीहरुले इन्टेलिजेन्ट र स्टाइलिस एसयुभी दिपल एस०७ अझै पनि प्रभावशाली व्यक्तिहरुको रोजाइ परिरहेको तथ्यलाई थप मजबुत बनाएको छ ।

पछिल्लो समयमा रिलिज भएको साइन्सफिक्सन सिनेमा एक्लो लगायत थुप्रै चलचित्रहरुमार्फत दर्शकको मन जित्न सफल अग्रणी अभिनेता तथा स्टाइल आइकन प्रदिप खड्काले एस०७ को फ्युचरिस्टिक डिजाइन र अत्याधुनिक प्रविधिका कारण आफ्नो ग्यारेजमा नयाँ दिपल थपेको बताए । त्यसैगरी, बलिउड स्टार सलमान खानसँग बहुप्रतिक्षित सिनेमा ब्याटल अफ गल्वानमा स्क्रिन सेयर गरेर आफ्नो ख्याती विश्वभर चिनाएका लोकप्रिय अभिनेता अनुप विक्रम शाहीले पनि भर्खरै दिपल एस०७ खरिद गरेका हुन् ।

कम्पनीका अनुसार, अनुप विक्रम शाही र प्रदिप खड्कालाई दिपल परिवारमा स्वागत गर्न पाउँदा एमएडब्लु वृद्धि गौरवान्वित भएको छ । उत्कृष्टताप्रति उहाँहरुको प्रतिबद्धता र उहाँहरुको स्टाइल आइकन पहिचान दिपल एस०७ को इनोभेसन, स्टाइल र फ्युचर रेडी पर्फर्मेन्स जस्ता मूल्यसँग पूर्ण रुपमा मेल खान्छ ।

एक दर्जनभन्दा बढी इन्डस्ट्रि फस्ट फिचर र विशिष्ट डिजाइन फिलोसोफीका लागि परिचित दिपल एस०७ आईसीले नेक्स्ट जेनेरेसन इन्टेलिजेन्ट कनेक्टिभिटीको अनुभव दिन्छ । यसमा रहेका जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले, सनफ्लावर टचस्क्रिन, इन्टिग्रेटेड हेडरेस्ट र आउडोर स्पिकर जस्ता फिचरले दिपललाई नेपालकै नं. १ लक्जरी इभी बनाएको बताइएको छ ।

The post अभिनेताद्वय अनुप विक्रम शाही र प्रदिप खड्काको रोजाइमा दिपल एस०७ appeared first on Jankari Kendra.

एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा
काठमाडौं । नेपालका लागि जिली ईएक्स ५ को आधिकारिक वितरक एलआरआर मोटर्सले वर्षको सुरुआतमै २०२६ मोडलको जिली ईएक्स ५ सार्वजनिक गरेको छ । सामान्य बजार समय–तालिका भन्दा निकै अगावै नयाँ मोडलको उपस्थितीलाई कम्पनीले उल्लेखनीय उपलब्धि बताएको छ ।

कम्पनीका अनुसार, नेपालका अधिकांश अटोमोबाइल आयातकर्ताहरूले नयाँ मोडलका सवारीसाधनहरू प्रायःवर्षको मध्यतिर सार्वजनिक गर्ने प्रचलन रहेको अवस्थामा, एलआरआर मोटर्सले २०२६ सालको पहिलो महिनामै २०२६ मोडलको जिली ईएक्स ५ नेपाली बजारमा उपलब्ध गराउन सफल भएको हो । जसले नेपाली उपभोक्तामा नवीनतम विश्वस्तरीय अटोमोबाइल प्रविधिलाई तत्कालै सर्बसुलभ गराउने कम्पनीको प्रतिबद्धतालाई पुष्टि गरेको जनाइएको छ ।

जिली ईएक्स५ खरिद गर्ने योजना बनाइरहेका ग्राहकहरूका लागि यो खबर अत्यन्तै सकारात्मक रहेको कम्पनीले बताएको छ । अब ग्राहकहरूले अपेक्षाभन्दा निकै छिटो नयाँ मोडलको सवारीसाधन प्राप्त गर्न सक्नेछन्, जसले उच्च पुनःबिक्री मूल्य, अद्यावधिक प्रविधि तथा भविष्य–मैत्री ड्राइभिङ अनुभव सुनिश्चित गर्दछ ।

थप आकर्षणका रूपमा, २०२६ मोडलको जिली ईएक्स ५ मा इनबिल्ट एप्पल कारप्ले तथा एन्ड्रोइड अटो कनेक्टिभिटी प्रदान गरिएको छ, जसले स्मार्टफोन सँगको सहज एकीकरणमार्फत समग्र ड्राइभिङ अनुभवलाई अझ सशक्त बनाएको जनाइएको छ ।

यस प्रणालीमार्फत चालकहरूले सुरक्षित र सहज रूपमा नेभिगेसन, कल, सन्देश तथा मनोरञ्जन सुविधाहरू प्रयोग गर्न सक्नेछन्, जसले नेपालमा तीव्र गतिमा विस्तार भइरहेको विद्युतीय सवारी (ईभी) बजारमा जिली ईएक्स५ लाई प्रविधिमा अग्रणी इलेक्ट्रिक एसयूभीको रूपमा थप मजबुत बनाउने बताइएको छ ।

“नेपाली ग्राहकहरुलाई ढिलाई नगरी नवीनतम विश्वव्यापी मोबिलिटी समाधान उपलब्ध गराउनु एलआरआर मोटर्सको सदैव प्राथमिकताको विषय होे,’ एलआरआर मोटर्सका बिक्री प्रमुख अधिर श्रेष्ठले भने, ‘इनबिल्ट एप्पल कारप्ले र एन्ड्रोइड अटो जस्ता उन्नत सुविधासहित नयाँ ईएक्स ५ ले ग्राहकहरूलाई थप सुविधा, कनेक्टिभिटी तथा दीर्घकालीन मूल्य प्रदान गर्नेमा हामी विश्वस्त छौँ ।”

“ग्राहकहरूको दृष्टिकोणबाट हेर्दा, यसले अद्यावधिक प्रविधियुक्त सवारीसाधन र दीर्घकालीन रूपमा अधिक मूल्य प्राप्त गर्ने अवसर प्रदान गर्दछ,” श्रेष्ठले थपे ।

यस्तो प्रारम्भिक उपलब्धताले ग्राहकहरूलाई पुरानो वा आउट गोइङ मोडलको सवारीसाध नखरिद गर्नुपर्ने अवस्थाबाट बचाउँछ । यस कदमले एलआरआर मोटर्सलाई बजार समय तालिकाभन्दा अघि रहन ...

The post एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा appeared first on Jankari Kendra.

सीजी मोटर्सद्वारा “मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल” शुभारम्भ : एकै स्थानमा सात विश्वप्रसिद्ध ईभी ब्रान्ड
काठमाडौं । सीजी मोटर्सले नेपालमै पहिलोपटक सात अन्तर्राष्ट्रिय विद्युतीय सवारी ब्रान्डहरूलाई एउटै स्थानमा समेटिएको “मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल” को औपचारिक शुभारम्भ गरेको छ। कार्निभल माघ १५ गतेदेखि  १८ गतेसम्म काठमाडौं गैरीधाराको एलिस रिसेप्सनमा सञ्चालन हुनेछ ।

कम्पनीका अनुसार, नेपालमा दिगो तथा वातावरणमैत्री यातायातको प्रवर्द्धनमा अग्रणी भूमिका खेल्दै आएको सीजी मोटर्सले आयोजना गरेको यो चार दिने मेगा कार्यक्रम ग्राहकहरूलाई वर्षकै सबैभन्दा ठूलो विद्युतीय सवारी खरिद अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको हो। यस कार्निभलमा अधिकतम रु. १० लाखसम्म नगद छुट, आकर्षक एक्सचेन्ज अफर तथा परिवारमैत्री अनुभवहरू समावेश गरिएका छन्। नेपालमा पहिलो पटक ७ फरक ब्रान्डहरू सहभागी भएको मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल आयोजना हुनु विशेष आकर्षणको विषय बनेको बताइएको छ।

यस कार्निभलमा विश्वप्रसिद्ध ब्रान्डहरू स्मार्ट, एक्सपेङ, आयोन, रिडारा, किङलङ, डायुन, तथा नेटाका अत्याधुनिक विद्युतीय सवारीहरू एकै छानामुनि अवलोकन, एक्सचेन्ज तथा टेस्ट ड्राइभ गर्न सकिने व्यवस्था गरिएको छ। कार्यक्रम दैनिक बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ।

साथै, पहिलो पटक सीजी मोटर्सले आफ्नो प्रिमियम ब्रान्ड स्मार्टलाई पनि विशेष रूपमा प्रदर्शनीमा राखेको छ, जसको एक्सक्लुसिभ टेस्ट ड्राइभ सुविधा उपलब्ध हुनेछ। स्मार्ट ब्रान्ड जिली र मर्सिडिज-बेन्ज बीचको रणनीतिक सहकार्यबाट विकास गरिएको विश्वप्रसिद्ध इलेक्ट्रिक मोबिलिटी ब्रान्ड हो, जसले अत्याधुनिक प्रविधि, लक्जरी डिजाइन र उत्कृष्ट प्रदर्शन प्रदान गर्दछ।

ग्राहकहरूलाई ईभी स्वामित्व अझ सहज र किफायती बनाउन सीजी मोटर्सले अधिकतम रु. १० लाखसम्म नगद छुट, आधिकारिक एक्सचेन्ज हाउसबाट पुराना सवारीमा उत्कृष्ट मूल्याङ्कन, आकर्षक एक्सचेन्ज बोनस, विभिन्न बैंकमार्फत स्थलमै फाइनान्स तथा ऋण स्वीकृति सुविधा, एक वर्षको अटोप्लस बीमा सुविधा, चालु आर्थिक वर्षको वार्षिक सडक कर निःशुल्क, निःशुल्क ईभी चार्जर लगायत विशेष लाभहरू प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।

सवारी बिक्रीसँगै कार्निभललाई मनोरञ्जनात्मक र परिवारमैत्री बनाउन विभिन्न कार्यक्रमहरू पनि समावेश गरिएका छन्। सहभागीहरूले लक्की ड्र, प्रत्येक टेस्ट ड्राइभमा आकर्षक उपहार, बालबालिकाका लागि गेम जोन तथा स्वादिष्ट फुड अनुभवहरूको मजा लिन सक्नेछन्। यसले कार्निभललाई केवल बिक्री कार्यक्रम मात्र नभई पूर्ण जीवनशैली तथा सामुदायिक ...

The post सीजी मोटर्सद्वारा “मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल” शुभारम्भ : एकै स्थानमा सात विश्वप्रसिद्ध ईभी ब्रान्ड appeared first on Jankari Kendra.

३ लाख ९९ हजार डाउन पेमेन्टमा डायुन ईभी खरिद गर्न सकिने : यस्ता छन् विशेषता
काठमाडौं । सिजी मोटर्सले डायुन ईभीमा विशेष तथा अत्यन्तै आकर्षक अफर सार्वजनिक गरेको छ । सीमित अवधिका लागि ल्याइएको यस अफरअन्तर्गत ग्राहकले जम्मा ३ लाख ९९ हजार रुपैयाँ डाउन पेन्टमा डायुन ईभी खरिद गर्न सक्नेछन् ।

यस अफरले दिगो, किफायती र वातावरणमैत्री विद्युतीय सवारीसाधनलाई नेपाली उपभोक्ताका लागि अझ सहज र पहुँचयोग्य बनाउने सिजी मोटर्सको भनाई छ । डायुन नेपाली सडकको अवस्था र ड्राइभिङ आवश्यकतालाई ध्यानमा राखेर विशेष रूपमा डिजाइन गरिएको बिद्युतीय कार हो ।

यस कारले एकपटक फुल चार्ज गर्दा ३०० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ । डायुन कारमा २०१ एमएम ग्रााउन्ड क्लियरेन्स रहेको छ । सेग्मेन्टकै उत्कृष्ट फुल इनडिपेन्डेन्ट सस्पेन्स सिस्टमका कारण यस कारले शहरी सडकदेखि चुनौतीपूर्ण भू–भागसम्म उत्कृष्ट सवारी आराम, उच्च स्थिरता र आत्मविश्वासपूर्ण प्रदर्शन सुनिश्चित गर्दछ ।

न्यूनतम डाउन पेन्टको साथै, डायुन ईभी खरिदमा सिजी मोटर्सले आकर्षक प्याकेज पनि उपलब्ध गराएको छ । यस प्याकेजमा आकर्षक एक्सचेन्ज बोनस, नगद छुट, निःशुल्क एक्सेसरिज, निःशुल्क ३.३ किलोवाट क्षमताको होम चार्जर, एक वर्षको सडक कर तथा अटो प्लस बीमा कभरेज समावेश छन् ।

डायुन ईभिमा प्रिमियम तथा सेग्मेन्ट लीडिङ जिबी/टी चार्जिङ प्रणाली जडान गरिएको हुँदा सिजी मोटर्सको फास्ट चार्जिङ पूर्वाधारसँग सहज अनुकूलता सुनिश्चित गर्ने बताइएको छ । यस ईभी खरिद गर्ने ग्राहकले नेपालभर रहेका २६० भन्दा बढी सीजी फास्ट चार्जिङ स्टेशनहरूको सुविधा सहज रूपमा उपयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

सि.जी मोटर्सले नेपाललाई स्वच्छ ऊर्जामैत्री यातायाततर्फ अघि बढाउने आफ्नो अग्रणी भूमिकालाई निरन्तरता दिँदै, उच्च प्रदर्शन, व्यवहारिकता र दीर्घकालीन बचतको उत्कृष्ट संयोजन भएको इभि भ्यान नेपाली बजारमा उपलब्ध गराइरहेको बताइएको छ।

The post ३ लाख ९९ हजार डाउन पेमेन्टमा डायुन ईभी खरिद गर्न सकिने :  यस्ता छन् विशेषता appeared first on Jankari Kendra.