एलजी इलेक्ट्रोनिक्स Archives - Jankari Kendra

एलजी नेपालद्वारा “गेम अन वोइथ एलजी एआई टिभी” अभियान सार्वजनिक, फुटबल हेर्ने अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य
काठमाडौं । एलजी इलेक्ट्रोनिक्स नेपालले फुटबलप्रेमी दर्शकहरूलाई लक्षित गर्दै आफ्नो नवीनतम “गेम अन वोइथ एलजी एआई टिभी” अभियान सार्वजनिक गरेको छ। यस अभियानमार्फत फुटबलका हरेक खेललाई उत्कृष्ट दृश्य गुणस्तर, जीवन्त ध्वनि तथा एलजीको अत्याधुनिक एआई प्रविधिको साथ अझ रोमाञ्चक र वास्तविक रूपमा अनुभव गर्न सकिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार, विश्वप्रसिद्ध एलजी ओएलईडी डिस्प्ले प्रविधिद्वारा सञ्चालित यी टेलिभिजनहरू हरेक गोल, उत्कृष्ट बचाउ र उत्सवका क्षणलाई जीवन्त बनाउँदै दर्शकलाई मैदानकै नजिक रहेको अनुभूति दिलाउन डिजाइन गरिएको छ।

अभियानलाई अझ आकर्षक बनाउन एलजीले चयनित टिभी मोडलहरूमा ४ वर्षको पूर्ण वारेन्टी प्रदान गर्ने घोषणा गरेको छ, जसअन्तर्गत ३ वर्षको स्ट्यान्डर्ड वारेन्टी र १ वर्षको अतिरिक्त विस्तारित वारेन्टी समावेश रहेको छ। यस सुविधामार्फत ग्राहकहरूले यस वर्षको फुटबल रोमाञ्च मात्र नभई आगामी वर्षहरूमा पनि ढुक्कका साथ मनोरञ्जनको अनुभव लिन सक्ने कम्पनीको विश्वास छ। यो सुविधा गुणस्तरीय, भरपर्दो तथा दीर्घकालीन उत्पादन उपलब्ध गराउने एलजीको प्रतिबद्धताको प्रतिबिम्ब रहेको बताइएको छ ।

ग्राहकलाई टिभी खरिद अझ सहज बनाउन एलजी इलेक्ट्रोनिक्स नेपालले चयनित मोडलहरूमा ३० प्रतिशतसम्म क्यासब्याक, नो-कस्ट ईएमआई, उत्कृष्ट एक्सचेन्ज मूल्याङ्कन तथा प्राथमिकता प्राप्त इन्स्टलेसन सेवा समेत उपलब्ध गराएको छ। यो विशेष अफर २०८३ जेठ २१ गते (जुन ४, २०२६) देखि साउन ४ गते (जुलाई १९, २०२६) सम्म नेपालभरका आधिकारिक एलजी विक्रेतामार्फत लागू हुनेछ।

यस अभियानले फुटबलप्रेमीहरूलाई आफ्नो घरमै अत्याधुनिक प्रविधियुक्त एलजी एआई टिभी मार्फत खेल हेर्ने अनुभवलाई थप स्तरीय बनाउन प्रेरित गर्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।

एलजी इलेक्ट्रोनिक्स गृह उपकरण, उपभोक्ता इलेक्ट्रोनिक्स तथा एयर सोलुसन क्षेत्रमा विश्वव्यापी अग्रणी कम्पनी हो। नवीन प्रविधि, ऊर्जा-दक्ष उत्पादन तथा ग्राहककेन्द्रित डिजाइनका लागि परिचित एलजीको उत्पादन पोर्टफोलियोमा टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेसिन, एयर कन्डिसनर, अडियो प्रणाली लगायतका विभिन्न समाधानहरू समावेश छन्, जसले दैनिक जीवनलाई अझ सहज र समृद्ध बनाउन मद्दत पुर्‍याउँछन्।

सीजी कर्प ग्लोबलअन्तर्गत रहेको सीजी इलेक्ट्रोनिक्स नेपालका अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स कम्पनीहरूमध्ये एक हो तथा नेपालमा एलजी उत्पादनहरूको एकमात्र आधिकारिक वितरक हो। चार दशकभन्दा लामो साझेदारीमार्फत एलजी नेपालमा प्रिमियम ...

The post एलजी नेपालद्वारा “गेम अन वोइथ एलजी एआई टिभी” अभियान सार्वजनिक, फुटबल हेर्ने अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य appeared first on Jankari Kendra.

एलजी इलेक्ट्रोनिक्सद्वारा नयाँ ‘डुअलकुल एयर कन्डिसनर सार्वजनिक’
काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले सीजी इलेक्ट्रोनिक्ससँगको साझेदारीमा नेपालमा आफ्नो नयाँ डुअलकुल इन्भर्टर रेसिडेन्सियल एयर कन्डिसनर (आरएसी) श्रृंखला औपचारिक रूपमा सार्वजनिक गरेको छ ।

होटल भिभान्ता काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरिएको थियो । उक्त उत्पादनको औपचारिक अनावरण चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले गरेका हुन् । यसले नेपालमा विश्वसनीय तथा नवप्रवर्तनयुक्त घरेलु उपकरण उपलब्ध गराउने यात्रामा अर्को महत्वपूर्ण उपलब्धि थपेको कम्पनीले जनाएको छ ।

नयाँ डुअलकुल एयर कन्डिसनरमा ‘किलोवाट म्यानेजर’ नामक स्मार्ट विद्युत् व्यवस्थापन प्रविधि प्रस्तुत गरिएको छ, जुन नेपाली घरपरिवारमा प्रभावकारी, ऊर्जा–दक्ष तथा लागत–सचेत कन्डिसनरको बढ्दो आवश्यकतालाई ध्यानमा राखेर विकास गरिएको कम्पनीको भनाइ छ ।

नयाँ शृंखलाको मुख्य आकर्षण नै एलजीको किलोवाट म्यानेजर हो, जुन ऊर्जा बचत गर्ने स्मार्ट सुविधा हो र यसले प्रयोगकर्तालाई विद्युत् खपत अझ प्रभावकारी रूपमा व्यवस्थापन गर्न सहयोग पुर्‍याउँने बताइएको छ ।

कम्पनीका अनुसार साधारण सेटअपमार्फत प्रयोगकर्ताले आफूले चाहेको विद्युत् खपत सीमा र सञ्चालन अवधि निर्धारण गर्न सक्छन्, एलजी थिनक्यू कनेक्टिभिटीमार्फत प्रयोगकर्ताले वास्तविक समयको विद्युत् खपत अनुगमन गर्न सक्छन्, असामान्य वा अत्यधिक विद्युत् उपयोगबारे सूचना प्राप्त गर्न सक्छन् र प्रयोग शैली तथा प्राथमिकतानुसार स्वचालित ऊर्जा बचत अनुकूलनको लाभ लिन सक्छन् ।

एलजीको ‘फ्रिज क्लिन’ प्रविधिले इभापोरेटरमा जम्मा भएका अशुद्धी वरिपरि बरफको तह बनाउँछ र बरफ पग्लिने क्रममा ती कण ड्रेनेजमार्फत बाहिर निकालिन्छन्, जसले उपकरणको भित्री भाग सफा राख्न सहयोग पुर्‍याउने कम्पनीले जनाएको छ ।

‘फ्रिज क्लिन, सुविधाले इभापोरेटरमा रहेका अवशिष्ट ब्याक्टेरियामध्ये ९९ प्रतिशतसम्म हटाउन सक्षम रहेको परीक्षणले देखाएको छ’ विज्ञप्तिमा भनिएको छ ।

कम्पनीका अनुसार यसमा अतिरिक्त सुरक्षा प्रदान गर्ने गोल्ड फिन एन्टी–कोरोसन कोटिङ, राम्रो ताप स्थानान्तरण र दीर्घकालीन टिकाउपनका लागि १०० प्रतिशत कपर ट्युब, नेपालमा सामान्य रूपमा हुने भोल्टेज उतारचढावका बीच पनि भरपर्दो सञ्चालन सुनिश्चित गर्ने स्टेबलाइजर–फ्री अपरेसन रहेको छ ।

कार्यक्रममा बोल्दै सीजी इलेक्ट्रोनिक्सका मार्केटिङ विभागको महाप्रबन्धक, गौरव हमालले भने : “एलजीको नयाँ किलोवाट म्यानेजर प्रविधिले उपभोक्तालाई आफ्नो विद्युत्खपत र घरेलु खर्चमा अझ प्रभावकारी नियन्त्रण प्रदान गर्छ । ऊर्जा दक्षता नेपाली घरपरिवारको ...

The post एलजी इलेक्ट्रोनिक्सद्वारा नयाँ ‘डुअलकुल एयर कन्डिसनर सार्वजनिक’ appeared first on Jankari Kendra.

एलजी वास टावरको विश्वव्यापी सफलता, ३.२ मिलियन बिक्री पार
काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले आफ्नो उन्नत धुलाई समाधान एलजी वास टावर टीएम को विश्वभर ३.२ मिलियन भन्दा बढी युनिट बिक्री गर्दै महत्वपुर्ण उपलब्धि हासिल गरेको बताएको छ । कम्पनीका अनुसार, यसले स्थान-बचत र उर्जा-दक्ष प्रविधिप्रति उपभोक्ताको बढ्दो आकर्षकलाई पुष्टि गरेको छ ।

सन् २०२० मा सार्वजनिक गरिएको एलजी वास टावर टीएम हाल ७७ भन्दा बढी देशहरुमा उपलब्ध रहेको जनाइएको छ । उत्तर अमेरिकामा १.६ लाख र एशियामा १.३ लाख युनिट बिक्री भइसकेको कम्पनीले बताएको छ । यसले आधुनिक उपभोक्ताहरु कम्प्याक्ट डिजाइन, सुविधा र उर्जा दक्षतामा केन्द्रित भइरहेको संकेत देखाउँछ ।

कम्पनीका अनुसार यो उत्पादनको मुख्य विशेषता यसको एकीकृत डिजाइन हो, जसमा एआई डिडि टिएम र डुअल इन्भर्टर हिटपम्प टिएम जस्ता उन्नत प्रविधिहरु समावेश छन् । एआई डिडि टिएम ले कपडाको तौल, प्रकार र फोहोरको स्तरअनुसार धुने मोड स्वत: चयन गर्छ भने डुअल इन्भर्टर हिटपम्प टिएम ले कम तापक्रममा सुरक्षित सुकाउने सुविधा प्रदान गर्ने बताइएको छ ।

त्यस्तैगरी एआई वास, स्मार्ट पियरिङ टिएम र प्रिपियर टु ड्राइ जस्ता स्मार्ट फिचरहरु पनि समावेश छन् । जसले प्रयोगलाई अझ सहज र समय दक्ष बनाउने कम्पनीको विश्वास रहेको छ ।

एलजीले बदलिँदो जीवनशैलीलाई ध्यानमा राख्दै नयाँ मोडेल ,थप एआई सुविधा र विभिन्न डिजाइन विकल्पहरु ल्याउने योजना बनाएको जनाएको छ ।

यस उपलब्धिको अवसरमा कम्पनीले दक्षिण कोरियामा विशेष प्रचार कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ भने आगामी दिनमा अन्य देशहरुमा पनि विस्तार गरिने बताएको छ ।

एलजी होम एप्लायन्स सोलुसन कम्पनीका अध्यक्ष बेक सुङ-ताएका अनुसार, एलजी वास टावर टीएम ले अत्याधुनिक प्रविधि र एआई को प्रयोगमार्फत विश्वभरका उपभोक्तालाई सहज र उन्नत कपडा हेरचाह अनुभव प्रदान गरेको छ र कम्पनीले आगामी दिनमा पनि यही विश्वास कायम राख्ने लक्ष्य लिएको छ ।

नेपालमा एलजी उत्पादनहरुको आधिकारीक वितरक सीजी इलेक्ट्रोनिक्सले देशभर गुणस्तरीय उत्पादन र भरपर्दो बिक्रीपश्चात सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।

The post एलजी वास टावरको विश्वव्यापी सफलता, ३.२ मिलियन बिक्री पार appeared first on Jankari Kendra.