ओमोडा ई–फाइभ प्रो Archives - Jankari Kendra

आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक
काठमाडौं । गण्डकी प्रदेशका निम्ति ओमोडा–जेइको तथा आइकौर सवारीसाधनको आधिकारिक विक्रेता एलाइट मोटर्स प्रालिले पोखरामा नयाँ ओमोडा ई–फाइभ प्रो सार्वजनिक गरेको छ । ब्रान्डको उल्लेखनीय बजार सफलताको उत्सवसँगै आयोजित कार्यक्रममा ११ भन्दा बढी नयाँ ग्राहकलाई गाडीको साँचो हस्तान्तरण गरिएको थियो ।

त्यस अवसरमा गण्डकी प्रदेशमा विस्तार हुँदै गएको ओमोडा–जेइको परिवारको सफलताको समीक्षा गर्दै कम्पनीले आफ्नो नयाँ प्रिमियम विद्युतीय एसयूभी ओमोडा ई–फाइभ प्रोको औपचारिक अनावरण गरेको हो ।

कम्पनीका अनुसार, पोखरा बजारमा प्रवेश गरेयता ओमोडा–जेकोले उत्साहजनक ग्राहक प्रतिक्रिया प्राप्त गरेको छ । हालसम्म पोखरा तथा आसपासका क्षेत्रमा ३५० भन्दा बढी ओमोडा ई–फाइभ, १०० भन्दा बढी जेइको जे–सिक्स, ५० भन्दा बढी जेको जे–फाइभ तथा ६० भन्दा बढी आईकौर सवारीसाधन ग्राहकलाई हस्तान्तरण गरिएको छ । यसले प्रिमियम तथा दिगो विद्युतीय सवारीप्रतिको बढ्दो आकर्षणलाई पुष्टि गरेको कम्पनीको दाबी छ ।

ग्राहक सम्मान कार्यक्रमअन्तर्गत कम्पनीले पोखराका विद्यमान ओमोडा तथा जेको ग्राहकका लागि वारेन्टी अवधि ११ वर्षसम्म विस्तार गर्ने घोषणा पनि गरेको छ । कम्पनीका अनुसार, यो कदमले दीर्घकालीन विश्वसनीयता, ग्राहक सन्तुष्टि तथा ब्रान्डप्रतिको विश्वासलाई थप मजबुत बनाउनेछ ।

एलाइट मोटर्सका अध्यक्ष गोपाल बरालले ग्राहकको विश्वासले कम्पनीलाई अझ उत्कृष्ट उत्पादन र सेवा दिन प्रेरित गरेको बताउँदै नयाँ ओमोडा ई–फाइभ प्रो तथा विस्तारित वारेन्टी कार्यक्रम नेपालको विद्युतीय सवारी यात्रालाई थप सशक्त बनाउने प्रतिबद्धताको प्रतीक भएको उल्लेख गरे ।

नयाँ ओमोडा ई–फाइभ प्रोमा ५०.७ किलोवाट–घण्टा क्षमताको ब्याट्री, ९९ किलोवाटको विद्युतीय मोटर तथा २८८ न्युटन मिटर टर्क रहेको छ । यसमा १९१ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, स्पोर्ट मसाज सिट, १९ भन्दा बढी एडास सुरक्षा सुविधा, प्रिमियम इन्टेरियर तथा आकर्षक स्पोर्टी एक्स्टेरियर डिजाइन समावेश गरिएको छ ।

कम्पनीले सिंगल टोन भेरियन्टको मूल्य ५१ लाख ५९ हजार रुपैयाँ तथा डुअल टोन भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको जनाएको छ ।  प्रारम्भिक चरणका ग्राहकलक्षित सीमित अवधिका निम्ति विशेष मूल्य ४९ लाख ९९ हजार रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।

The post आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक appeared first on Jankari Kendra.