काठमाडौं मेरियट होटल Archives - Jankari Kendra

काठमाडौं मेरियट होटलले गर्यो कर्पारेट सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय विद्यालयलाई सहयोग
काठमाडौं । समुदायलाई अर्थपूर्ण सहयोग गर्ने उद्देश्यले एभरेष्ट हस्पिटालिटी एण्ड होटल लिमिटेड अन्तर्गत सञ्चालनमा रहेको काठमाडौं मेरियट होटलले काठमाडौंको एक सरकारी विद्यालयलाई पूर्ण रूपमा सुसज्जित विज्ञान प्रयोगशाला तथा विद्यार्थीहरूका लागि लन्च बक्स प्रदान गरेको छ। उक्त सहयोग कमलपोखरीस्थित श्री कमल आधारभूत विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी गरिएको बताइएको छ ।

उक्त हस्तान्तरण कार्यक्रम बिहीबार  विद्यालय परिसरमै सम्पन्न भएको थियो। कार्यक्रममा एभरेष्ट हस्पिटालिटी एण्ड होटल लिमिटेडका संचालकले व्यक्तिगत रूपमा विद्यालय प्रशासनलाई विज्ञान प्रयोगशाला हस्तान्तरण गरे। कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी तथा काठमाडौं मेरियट होटलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

विज्ञान प्रयोगशालाको उपलब्धता विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धितर्फको महत्वपूर्ण कदम हो। आवश्यक विज्ञान सामग्रीहरू सहितको प्रयोगशालाले विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा सीमित ज्ञानभन्दा बाहिर निस्केर प्रयोगात्मक सिकाइमा सहभागी हुने अवसर दिन्छ, जसले जिज्ञासा वृद्धि गर्दै वरपरको संसारप्रति गहिरो बुझाइ विकास गर्न सहयोग पुर्‍याउँछ। साथै, विद्यार्थीहरूको समग्र हितलाई ध्यानमा राख्दै लन्च बक्सहरू पनि वितरण गरिएको थियो, जसले उनीहरूको दैनिक सहजता र स्वास्थ्यप्रति होटलको संवेदनशीलता झल्काएको थियो।

कार्यक्रममा बोल्दै काठमाडौं मेरियट होटेलका अध्यक्ष शशी कान्त अग्रवालले समुदायलाई योगदान गर्नु होटलको मूल मान्यताहरूमध्ये एक भएको उल्लेख गरे । उनका अनुसार शिक्षा कुनै पनि समृद्ध समाजको आधार हो, र प्रत्येक बालबालिकाले सिक्न र अघि बढ्न आवश्यक साधनहरू पाउनु अत्यावश्यक छ। उक्त पहल त्यसतर्फको सानो र इमानदार प्रयास भएको उनले बताए ।

श्री कमल आधारभूत विद्यालयले कमलपोखरी आसपासका क्षेत्रका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ, र यस सहयोगबाट आगामी वर्षहरूमा अझै धेरै विद्यार्थीहरू लाभान्वित हुने अपेक्षा गरिएको बताइएको छ।

काठमाडौं मेरियट होटलले आफूले सेवा प्रदान गर्ने समुदायको उत्थानका लागि जिम्मेवार र अर्थपूर्ण कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता दोहोर्‍याएको जनाएको छ।

काठमाडौंको मुटुमा अवस्थित काठमाडौं मेरियट होटल नेपालकै अग्रणी लक्जरी हस्पिटालिटी गन्तव्य रहनुका साथै मेरियट इन्टरनेशनलको विश्वव्यापी सञ्जाल अन्तर्गत रहेको यस होटलले अन्तर्राष्ट्रिय स्तरको सेवा मापदण्डलाई नेपाली जनजीवन, संस्कृति र समुदायप्रतिको गहिरो प्रतिबद्धतासँग संयोजन गरेको बताइएको छ। सन् २०१९ मा सञ्चालनमा आएदेखि नै यो होटल फुर्सदिला ...

The post काठमाडौं मेरियट होटलले गर्यो कर्पारेट सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय विद्यालयलाई सहयोग appeared first on Jankari Kendra.

आतिथ्यता, समुदाय र संस्कृतिका सात वर्ष : काठमाडौं मेरियट होटलले मनायो ऐतिहासिक वार्षिकोत्सव
काठमाडौं । नेपालकै अग्रणी लक्जरी होटलमध्ये एक काठमाडौं मेरियट होटलले मंगलबार आफ्नो सातौं वार्षिकोत्सव मनाएको छ। नेपाललाई ग्लोबल हस्पिटालिटीको क्षेत्रमा स्थान दिलाउनुपर्छ भन्ने दृढ विश्वासबाट सुरु भएको यो यात्रा आज मानिस, साझेदारी र उद्देश्यको एक प्रेरणादायी कथामा परिणत भएको बताइएको छ।

स्थापनादेखि नै काठमाडौं मेरियट होटलले केवल व्यवसाय सञ्चालन मात्र गरेको छैन, बरु यसले नेपालमा गहिरो जरा गाड्नुका साथै आफू स्थापित शहरबाट प्रेरणा लिँदै होटलले काठमाडौंको आत्मीयता, समृद्ध संस्कृति र धैर्यलाई आफ्ना सम्पूर्ण सेवाहरूमा समेटेको जनाएको छ।

होटलका संचालक गौरव अग्रवालले सुरुवाती दिनहरू सम्झँदै भने, “सात वर्षअघि यो केवल व्यवसायिक निर्णय मात्र थिएन, एउटा विश्वास थियो। नेपाल, यहाँका आत्मीय मानिस, समृद्ध संस्कृति र भव्य प्राकृतिक सौन्दर्यले विश्वकै हस्पिटालिटी क्षेत्रमा उत्कृष्ट स्थान पाउन योग्य छ भन्ने विश्वास। त्यसबेला हामी केवल भवन निर्माण गरिरहेका थिएनौं, हामी विश्वासको जग हालिरहेका थियौं, उच्चस्तरीय मापदण्ड बनाइरहेका थियौं। हामी त बलियो प्रतिवद्धता निर्माण गरिरहेका थियौं।”

त्यस्तै, महाप्रबन्धक शंकुष महाजनले भने, “सात वर्षको यात्रा पार गरिसकेपछि अब हाम्रो लागि लक्जरी भनेको जिम्मेवारी पनि हो। जिम्मेवार स्रोत व्यवस्थापनदेखि ऊर्जा दक्षतासम्म, हामी एलईईडी गोल्ड सर्टिफाइड होटल हुन पाउँदा गर्व गर्छौं। यस स्थानलाई आजको स्वरूप दिन सहयोग गर्नुहुने सबैप्रति हार्दिक धन्यवाद।”

वार्षिकोत्सव समारोहमा विशिष्ट अतिथीहरू, ग्राहकहरू, ट्राभल एजेन्ट तथा होटलसँग सम्बन्धित परिवार र शुभेच्छुकको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपालका चर्चित पर्वतारोही, गिनिज वर्ल्ड रेकर्ड बनाउन सफल तथा पिओलेट डि’ओर एशिया प्राप्त गर्ने पहिलो नेपाली मिंग्मा डेभिड शेर्पाको उपस्थिति थियो। पर्वतारोहण क्षेत्रको ‘ओस्कार’ मानिने उक्त सम्मान प्राप्त गरेका शेर्पाको उपस्थिति नेपाली उत्कृष्टता, महत्वाकांक्षा र गौरवको उत्सव सम्मिलित साँझको थिमसँग पूर्ण रूपमा मेल खान्थ्यो।

यो साँझले लक्जरीसँगै जिम्मेवारी पनि आउँछ भन्ने काठमाडौँ मेरियट होटलको विश्वासलाई प्रतिबिम्बित गरेको थियो। पाहुनाहरूलाई सम्झनाको चिनोस्वरूप गमलासहितको बिरुवा प्रदान गर्नुका साथै होटलको दिगोपनाप्रतिको प्रतिबद्धताको सानो तर अर्थपूर्ण संकेत दिएको थियो। बलरूममा तीन पटक राष्ट्रिय पुरस्कार प्राप्त कलाकार कृष्ण लामाका कलाकृतिहरू प्रदर्शन गरिएका थिए, जसमा बेइजिङ इन्टरनेशनल आर्ट बिएन्नेलबाट ...

The post आतिथ्यता, समुदाय र संस्कृतिका सात वर्ष : काठमाडौं मेरियट होटलले मनायो ऐतिहासिक वार्षिकोत्सव appeared first on Jankari Kendra.