जरिबाना Archives - Jankari Kendra

म्याद गुज्रिएका खानेकुरामा नयाँ लेबल टाँसेर बिक्री, कसरी चिन्ने ?
बीबीसी । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले यसै साता राजधानी काठमाडौंको मुख्य क्षेत्रमै रहेका दुई व्यवसायीले म्याद गुज्रिएका खाद्य सामग्रीमा नयाँ मिति टाँसेर बिक्री गरेको भन्दै कारबाही गर्‍यो ।

विभागले म्याद सकिएको काजु र किसमिसमा नयाँ मिति राखेको भेटेपछि एक व्यवसायीलाई तीन र अर्का व्यवसायीलाई दुई लाख रुपैयाँ जरिबाना गरेको हो । अधिकारीहरूका अनुसार अनुगमनका क्रममा म्याद सकिएका खाद्य सामग्रीमा नयाँ विवरणहरू टाँसेर ‘रिलेबलिङ’ गरेको पाइएको थियो ।

अनुगमन टोलीमा खटिएका अधिकारीहरूका अनुसार यस्ता गतिविधि भएको पाइएको यो पहिलो पटक होइन र बारम्बार यस्ता कार्य हुने गरेको देखिएको छ । यद्यपि अधिकारीहरूका अनुसार ‘कतिले ठूलो मात्रामा गर्छन् भने कतिपयले सानो मात्रमा त्यस्तो गर्ने गरेका’ छन् ।

कतिपय अवस्थामा अधिकारीहरूले स्थानीय तहका प्रतिनिधिको रोहबरमा म्याद सकिएका सामान नष्ट गर्न निर्देशन दिएर छाड्ने गरेका छन् ।

व्यापारीले किन म्याद थपेर बेच्छन् सामान ?

जानकारहरूका अनुसार विशेष गरी लामो समय भण्डारण गरेर बिक्री गर्नुपर्ने व्यापारीहरूले म्याद सकिएका सामानलाई पुनः नयाँ मिति राखेर बिक्री गर्ने गरेको पाइएको छ । यद्यपि व्यापारीका सङ्गठनहरूले त्यस्तो आरोपको खण्डन गर्ने गर्छन् ।

विज्ञहरू भने त्यस्ता म्याद गुज्रिएका सामग्रीको गुणस्तर न्यून हुने र त्यस्ता खाद्य सामग्री प्रयोग गरे स्वास्थ्य समस्यासमेत निम्तिन सक्ने बताउँछन् । एक जना उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ नेपालमा अहिले विदेशबाट म्याद सकिएका सामान ल्याएर ‘रिलेबलिङ’ गरी बिक्री गर्ने क्रम बढेको दाबी गर्छन् ।

“जसरी बजारमा ‘रिलेबलिङ’ गरिएका सामान छ्यापछ्याप्ती भेटिन्छन्, त्यसले नेपाल म्याद गुज्रिएका सामान ल्याउने देश बन्दै गएको देखिन्छ । यो अपराध हो तर सरकारले यो विषयमा गम्भीर रूपमा ध्यान दिएको छैन,” उनी भन्छन् ।

उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भए पनि व्यक्तिगत मुनाफाका निम्ति कतिपय व्यापारीले त्यस्तो गर्ने गरेको उनको भनाइ छ । विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुर पनि अनुगमनका क्रममा ‘रिलेबलिङ’ गरेका सामान भेटिनुले कतिपय उत्पादक तथा आयातकर्ताहरू यस्ता गतिविधिमा संलग्न भएको हुन सक्ने बताउँछन् ।

“चाँडै पैसा कमाउने लोभमा कतिपयले यस्ता गतिविधि गरेका होलान् तर यस्तो कार्य गर्न पाइँदैन,” उनी ...

The post म्याद गुज्रिएका खानेकुरामा नयाँ लेबल टाँसेर बिक्री, कसरी चिन्ने ? appeared first on Jankari Kendra.