टिकटक Archives - Jankari Kendra

टिकटकद्वारा २०२५ चौथो त्रैमासिक कम्युनिटी गाइडलाइन्स कार्यान्वयन प्रतिवेदन सार्वजनिक
काठमाडौं । टिकटकले प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण निर्माण गर्ने आफ्नो निरन्तरको प्रतिबद्धता अनुरुप Q4 २०२५ को कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ।

२०२५ अक्टोबरदेखि डिसेम्बरसम्मको तथ्यांक समेटिएको यस प्रतिवेदनमा कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने कन्टेन्ट पहिचान गरी हटाउन टिकटकले अपनाएका सक्रिय कदमहरूको विवरण प्रस्तुत गरिएको छ, जसले विश्वभरका प्रयोगकर्तालाई सकारात्मक अनुभव सुनिश्चित गर्न सहयोग पुर्याएको छ।

Q4 २०२५ अवधिमा नेपालमा मात्रै टिकटकले कम्युनिटी गाइडलाइन्स उल्लङ्घनका कारण कुल १९ लाख ३२ हजार ५७५ भिडियो हटाएको बताइएको छ। अक्टोबरदेखि डिसेम्बरसम्म सक्रिय रूपमा कन्टेन्ट हटाउने दर ९९.९ प्रतिशत कायम रह्यो, जसमा ९८.४ प्रतिशत भिडियो २४ घण्टाभित्र हटाइएको थियो।

विश्वव्यापी रूपमा, यस अवधिमा टिकटकले कुल १७ करोड ५३ लाख २ हजार ८५ भिडियो हटाएको छ, जुन यस प्लेटफर्ममा अपलोड गरिएका कुल कन्टेन्टको करिब ०.५ प्रतिशत हो। हटाइएका भिडियोमध्ये १५ करोड २५ लाख ८० हजार ९३३ भिडियो अटोमेटेड डिटेक्सन प्रविधिमार्फत पत्ता लगाई हटाइएको थियो भने ८३ लाख ६० हजार ७८० भिडियो रिभ्युपछि पुनर्स्थापना गरिएको थियो।

सक्रिय हटाउने दर ९९.१ प्रतिशत रहेकोमा ९३.४ प्रतिशत फ्ल्याग गरिएका कन्टेन्ट पोस्ट भएको २४ घण्टाभित्र हटाइएको थियो। प्लेटफर्मको विश्वसनीयता कायम राख्न, यस अवधिमा टिकटकले १४ करोड ७७ लाख १६ हजार ५१८ नक्कली एकाउन्टहरू हटाएको जनाएको छ। साथै, १३ वर्षभन्दा कम उमेरका हुन सक्ने आशंका गरिएका थप २ करोड ३८ लाख ७५ हजार ८७९ खाताहरू पनि हटाइएको थियो।

यस त्रैमासिक अवधिमा, एकपटक पनि नहेरिएको अवस्थामा हटाइने भिडियोको संख्यामा कमी आएको देखिएको छ, जसले एआई-आधारित मोडरेशन प्रणालीमा भएको सुधारलाई संकेत गर्दछ। यसले नियम उल्लङ्घन गर्ने पुराना कन्टेन्ट पनि पहिचान गरी हटाउन सक्षम भएको बताइएको छ।

यसैगरी कमेन्ट हटाउने दरमा पनि उल्लेखनीय कमी आएको छ, किनकि टिकटकले अब केही अनुपयुक्त वा आपत्तिजनक कमेन्टहरूलाई सिधै हटाउनेभन्दा तिनीहरूको पहुँच घटाउने रणनीति अपनाएको जनाएको छ। यसैबीच, नक्कली लाइक र नक्कली फलोअर्स हटाउने कार्यमा वृद्धि भएको छ, जसले प्लेटफर्मको वास्तविकता र विश्वसनीयता कायम राख्ने प्रयासलाई बलियो बनाएको प्रतिवेदनले जनाएको छ।

प्रतिवेदन अनुसार, हटाइएका ...

The post टिकटकद्वारा २०२५ चौथो त्रैमासिक कम्युनिटी गाइडलाइन्स कार्यान्वयन प्रतिवेदन सार्वजनिक appeared first on Jankari Kendra.

निर्वाचन आयोगसँगको सहकार्यमा टिकटकले सुरु गर्यो इन-एप इलेक्सन सेन्टर
काठमाडौं । टिकटकले आज नेपालमा ‘इलेक्सन सेन्टर’ सुरु गरेको घोषणा गरेको छ। एपभित्र उपलब्ध यो विशेष केन्द्रले आगामी आम निर्वाचनअघि प्रयोगकर्तालाई सही, भरपर्दो र आधिकारिक जानकारी सहज रूपमा उपलब्ध गराउने लक्ष्य राखेको बताइएको छ।

सन् २०२० देखि विश्वभर २०० भन्दा बढी निर्वाचनमा टिकटकले सञ्चालन गर्दै आएका निर्वाचनको निष्पक्षता र नैतिकता कायम गर्ने प्रयासहरूको निरन्तरता स्वरूप यो पहल सुरु गरिएको जनाइएको छ। यसले प्रयोगकर्तालाई विश्वसनीय जानकारीसँग जोड्दै हानिकारक कन्टेन्ट हटाउने टिकटकको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।

यस पहलअन्तर्गत टिकटकले निर्वाचन आयोग, नेपालसँग निर्वाचनको निष्पक्षता र नैतिकतालाई सहयोग गर्न समझदारीपत्रमा हस्ताक्षर गरेको बताइएको छ। साथै, टिकटकले आयोग परिसरमा निर्वाचनको निष्पक्षता र नैतिकता कायम गर्ने विषयको सन्दर्भमा क्षमता अभिवृद्धि कार्यशाला सञ्चालन गरेको थियो, जसमा जिम्मेवार डिजिटल सहभागिताको प्रवर्द्धन, भ्रामक सूचनासँग जुध्ने उपाय तथा सरोकारवालाहरूबीच निर्वाचनको नैतिकता सम्बन्धि बुझाईलाई बलियो बनाउने विषयमा केन्द्रित रहेर छलफल भएको थियो।

एपभित्रको ‘इलेक्सन सेन्टर’ निर्वाचन आयोगसँगको सहकार्यमा विकास गरिएको हो, जसले एकै स्थानबाट आधिकारिक र विश्वसनीय निर्वाचनसम्बन्धी जानकारी पाउन सहज बनाउँछ। यस केन्द्रमा नेपालको निर्वाचन प्रक्रिया, कहाँ र कसरी मतदान गर्ने भन्ने जानकारी, भ्रामक सूचना पहिचान गर्ने सुझाव तथा आयोगका आधिकारिक स्रोतहरूसँग प्रत्यक्ष जोड्ने लिंक उपलब्ध छन्। साथै, टिकटकले सम्बन्धित कन्टेन्ट र सर्चहरूमा निर्वाचन ट्याग प्रयोग गरी प्रयोगकर्तालाई सिधै ‘इलेक्सन सेन्टर’ मा मार्गनिर्देशन गर्ने जनाइएको छ।

“निर्वाचन कुनै पनि लोकतन्त्रका लागि अत्यन्त महत्वपूर्ण क्षण हो र सार्वजनिक संवादमा प्रभाव पार्ने प्लेटफर्मका रूपमा टिकटकले आफ्नो जिम्मेवारी बुझेको छ। यस सहकार्यमार्फत हामीले सुसूचित सहभागिताको प्रवर्द्धन गर्ने, शान्तिपूर्ण वातावरण सुदृढ गर्ने र सकारात्मक डिजिटल अभिव्यक्तिका लागि सुरक्षित स्थान प्रदान गर्ने लक्ष्य राखेका छौं। ‘इलेक्सन सेन्टर’ले नेपाली प्रयोगकर्तालाई उनीहरू जहाँ छन्, त्यहीँबाट मतदानसम्बन्धी आधिकारिक जानकारी सहज रूपमा उपलब्ध गराउन मद्दत गर्नेछ,” दक्षिण एसियाका लागि टिकटकका सार्वजनिक नीति तथा सरकारी सम्बन्ध प्रमुख फेर्दौस मोत्ताकिनले भने।

यो पहल टिकटकले आफ्ना प्रयोगकर्तालाई प्लेटफर्ममा उपलब्ध कन्टेन्ट र अकाउन्टबारे आवश्यक सन्दर्भ जानकारी उपलब्ध गराउने व्यापक प्रयासको एक हिस्सा हो। टिकटकले हानिकारक भ्रामक सूचना र ...

The post निर्वाचन आयोगसँगको सहकार्यमा टिकटकले सुरु गर्यो इन-एप इलेक्सन सेन्टर appeared first on Jankari Kendra.

निर्वाचनको नैतिकता कायम राख्नका लागि टिकटक र निर्वाचन आयोग नेपालबीच सहकार्य
काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको नैतिकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले टिकटकले निर्वाचन आयोग, नेपाल (ECN) सँग एक समझदारीपत्र (MoU) मा हस्ताक्षर गरेको छ। बुधबार आयोग परिसरमा आयोजित कार्यक्रममा उक्त समझदारीपत्र आदान–प्रदान गरिएको हो।

यस सहकार्य अन्तर्गत टिकटकको प्रतिनिधिमण्डलले निर्वाचन नैतिकता सम्बन्धी क्षमता अभिवृद्धि कार्यशाला समेत सञ्चालन गरेको थियो। कार्यशालामा जिम्मेवार डिजिटल सहभागिताको प्रवर्द्धन, भ्रामक सूचनासँग जुध्ने उपाय र सरोकारवालाहरूबीच निर्वाचनको गरिमा सम्बन्धि बुझाइ सुदृढ गर्ने विषयमा छलफल गरिएको थियो।

आसन्न आम निर्वाचनलाई मध्यनजर गर्दै आयोजना गरिएको उक्त कार्यशालामा आयोगका पदाधिकारीहरूलाई टिकटकले आफ्नो प्लेटफर्मले निर्वाचन प्रक्रियाको संरक्षण कसरी गर्छ भन्नेबारे जानकारी गराएको थियो। यस क्रममा टिकटकका सामुदायिक निर्देशिका, भ्रामक सूचना(misinformation), राजनीतिक सामग्री तथा भ्रामक व्यवहारसम्बन्धी नीतिहरूबारे प्रस्तुति दिइएको थियो। साथै, प्रयोगकर्ताले विश्वसनीय सूचना पहुँच गर्न, सम्भावित उल्लङ्घनबारे जानकारी गराउन र निर्वाचनसम्बन्धी सामग्री प्लेटफर्ममा कसरी व्यवस्थापन गरिन्छ भन्ने बुझ्न सहयोग गर्ने टिकटकका उपकरण तथा सुविधाबारे पनि जानकारी गराइएको थियो।

टिकटक दक्षिण एसियाका सार्वजनिक नीति तथा सरकारी सम्बन्ध प्रमुख फिर्दौस मोत्तकिनले भने-“कुनै पनि लोकतन्त्रका लागि निर्वाचन अत्यन्त महत्वपूर्ण क्षण हो र सार्वजनिक संवादलाई आकार दिने प्लेटफर्मका रूपमा टिकटकले आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक लिन्छ। यस सहकार्य मार्फत हामीले सचेत सहभागिता प्रवर्द्धन गर्ने, निर्वाचनको निष्पक्षतालाई सुदृढीकरण गर्ने र सकारात्मक डिजिटल अभिव्यक्तिका लागि सुरक्षित वातावरण उपलब्ध गराउने लक्ष्य राखेका छौं ।”

निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार- “डिजिटल प्लेटफर्मको जिम्मेवार प्रयोग र निर्वाचन नैतिकता प्रवर्द्धनका लागि टिकटकसँगको यो सहकार्यलाई निर्वाचन आयोग स्वागत गर्दछ। यस्ता सहकार्यहरूले भ्रामक सूचना (misinformation) बारे सचेतना अभिवृद्धि गर्न र निर्वाचन प्रक्रियामा सचेत सहभागितालाई टेवा पुर्याउँछन् ।”

टिकटकले निर्वाचन नैतिकता सुदृढ गर्न र नेपाली समुदायका लागि विश्वसनीय सूचनाको वातावरण बनाउन आयोग तथा अन्य सरोकारवालासँगको निरन्तर रूपमा सहकार्य गर्ने बताइएको छ। विश्वव्यापी प्लेटफर्मका रूपमा प्रयोगकर्ताको विश्वास कायम राख्न, भ्रामक सूचना (misinformation) को जोखिम कम गर्न र स्वस्थ प्रतिष्पर्धालाई प्रवर्द्धन गर्न निर्वाचनको नैतिकता सुनिश्चित गर्नु अत्यावश्यक छ।

The post निर्वाचनको नैतिकता कायम राख्नका लागि टिकटक र निर्वाचन आयोग नेपालबीच सहकार्य appeared first on Jankari Kendra.

नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
काठमाडौं । आज टिकटकको ‘सर्च’ फिचर कन्टेन्टहरू खोज्ने एक प्रभावशाली माध्यमका रूपमा स्थापित हुँदै गएको छ। यसमार्फत नयाँ आइडियाहरू खोज्न, व्यवहारिक सीपहरू सिक्न, प्रेरणाहरू लिन तथा आफ्नै संस्कृति, भाषा र दैनिक जीवनसँग सम्बन्धित सामग्रीसँग जोडिन लाखौँ प्रयोगकर्ताहरू टिकटक प्रयोग गरिरहेका छन्।

आजभोलि प्रयोगकर्ताहरू टिकटकलाई कुनै विषय छिटो र दृश्यात्मक रूपमा बुझ्न भिडियो–फर्स्ट सर्च इञ्जिनका रूपमा प्रयोग गर्न थालेका छन्। परीक्षाको तयारीदेखि यात्रा योजना बनाउने, ताजा समाचार बुझ्ने वा नयाँ सीप सिक्ने जस्ता विषयमा छोटा भिडियोमार्फत वास्तविक समयमै जानकारी खोज्न टिकटक प्रयोग भइरहेको छ। यसले प्रयोगकर्ताको क्रियटरहरूले बनाउने वास्तविक अनुभवमा आधारित र बुझ्न सजिलो कन्टेन्टहरूप्रति बढ्दो रुचिलाई झल्काउँछ।

नेपालमा टिकटक अब केवल मनोरञ्जनको प्लेटफर्म मात्र रहेन। ‘सर्च’ फिचरमार्फत टिकटक जिज्ञासा र व्यवहारिक उपयोगमा आधारित एक गतिशील, दृश्यात्मक खोज अनुभव बनेको छ। पछिल्लो एक वर्षमा शिक्षा, संस्कृति, खाना, यात्रा, सौन्दर्य, जीवनशैली, ब्रेकिंग न्युजको व्याख्या तथा दैनिक जीवनमा आइपर्ने विषयहरूमा “हाउ टु” जस्ता सर्चहरू उल्लेखनीय रूपमा बढेको छ। यसले मानिसहरू टिकटकलाई सिक्न, बुझ्न र आपसमा सम्बन्ध बढाउन प्रयोग गरिरहेका छन् भन्ने देखाउँछ।

नेपालको टिकटक कम्युनिटीले वास्तविक जीवनसँग सम्बन्धित प्रश्नहरूको उत्तर खोज्ने कार्य अभूतपूर्व गतिमा बढाइरहेको छ। पछिल्लो वर्ष #LearnOnTikTok, #TravelTok, #BookTok, #FoodTok लगायतका लोकप्रिय ह्यासट्यागसँग सम्बन्धित सर्चहरू उल्लेखनीय रूपमा बढेका छन्। नेपाली प्रयोगकर्ताहरू आफ्ना रुचि र जिज्ञासासँग मेल खाने सामग्री खोज्न टिकटकतर्फ झन् आकर्षित हुँदै गएका छन्।

“नेपालमा हाम्रो कम्युनिटीले कुनै पनि विषयले के-कसरी काम गर्छ भनेर बुझ्न, छिटो जानकारी पाउन वा वास्तविक मानिसहरूबाट प्रेरणा लिन टिकटक ‘सर्च’लाई स्वाभाविक सुरुवाती बिन्दुका रूपमा प्रयोग गरिरहेको छ,” टिकटक दक्षिण एशियाका कन्टेन्ट अपरेशन्स लिड उमैस नवीदले भने। “टिकटकलाई विशेष बनाउने कुरा यसको समुदायको प्रामाणिकता पनि हो। यहाँको सामग्री मानवीय, व्यवहारिक र वास्तविक अनुभवमा आधारित हुन्छ, जसले ‘सर्च’लाई जानकारी मात्र होइन, विश्वासिलो दृष्टिकोणसँग जोडिने स्थान पनि बनाएको छ।”

सुरक्षासहितको खोज अनुभव: टिकटकका सर्च इन्टरभेन्सनहरू

टिकटक ‘सर्च’को प्रयोग बढ्दै जाँदा, टिकटकले प्रयोगकर्ताहरूले सुरक्षित र जिम्मेवार तरिकाले कन्टेन्ट खोज्न सकून् भन्ने आफ्नो प्रतिबद्धतालाई थप मजबुत ...

The post नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक appeared first on Jankari Kendra.

नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआई पारदर्शिता थप विस्तार
काठमाडौँ । टिकटकले प्लेटफर्ममा देखिने एआई–निर्मित कन्टेन्टबारे मानिसहरूले अझ राम्रोसँग बुझ्न, चिन्न र नियन्त्रण गर्न मद्दत गर्ने उद्देश्यले नयाँ अपडेटहरूको श्रृंखला सार्वजनिक गरेको छ।

जिम्मेवारीपूर्वक र पारदर्शिताका साथ प्रयोग हुँदा एआईले सिर्जनात्मकता बढाउन, खोज–अनुसन्धान सहज बनाउन र सुरक्षालाई बलियो बनाउन मद्दत गर्छ भन्ने टिकटकको विश्वास छ। यहि विश्वासलाई आधार बनाएर ल्याइएका यी अपडेटहरूले समुदायलाई एआईसँग कसरी अन्तरक्रिया गर्ने भन्नेबारे अझ स्पष्ट जानकारी र बढी विकल्पहरू दिनेछन्।

कम्पनीका अनुसार , अब “Manage Topics” फिचरभित्र एआई–निर्मित कन्टेन्टको लागि एउटा नयाँ कन्ट्रोल सेटिङ परीक्षण गरिँदैछ। यस सेटिङमार्फत प्रयोगकर्ताले आफ्नो फर यू फीडमा कति एआई–निर्मित कन्टेन्ट देखिने भन्ने कुरा आफैं मिलाउन सक्नेछन्।

एआई मार्फत बनेका कथावाचन, शिक्षासम्बन्धि क्लिप्स वा क्रिएटिभ कन्टेन्ट हेर्न रुचाउनेले यस्तो सामग्री बढी देखिनेगरी सेट गर्न सक्नेछन्। त्यस्तै, एआई कन्टेन्ट धेरै मन नपर्नेहरूले यसलाई सहजै घटाउन सक्नेछन्। यो सुविधा टिकटकलाई विशेष बनाउने विविध र सिर्जनात्मक कन्टेन्ट नहटाईकनै, प्रयोगकर्ताले आफ्नो फिडलाई आफ्नै रुचिअनुसार मिलाउन मद्दत गर्न तयार गरिएको हो।

यसले व्यक्तिगत रुचिअनुसार कन्टेन्ट सिफारिस गर्न मद्दत गर्ने कस्टमाइज गर्न मिल्ने कीवर्ड फिल्टरहरू र “not interested” बटन जस्ता अन्य टुलहरूलाई अझ प्रभावकारी बनाउँदै, मानिसहरूले आफूलाई मनपर्ने कुराहरू सजिलै खोज्न र हेर्न सकून् भन्ने उद्देश्य राख्छ।

पारदर्शिता अझ मजबुत बनाउन टिकटकले आफ्नो एआई लेबलिङ प्रणालीलाई अझ उन्नत गर्दैछ। प्लेटफर्मले पहिले नै क्रिएटर लेबल, एआई डिटेक्शन मोडेल र C2PA कन्टेन्ट क्रिडेन्सियल्स जस्ता विधिहरू प्रयोग गर्दै आएको छ, जसका माध्यमबाट हालसम्म १.३ अर्बभन्दा ज्यादा भिडियोहरू पहिचान गरी लेबल गरिएका छन्। अब, टिकटक “इनभिजिबल वाटरमार्किङ” नामको नयाँ समाधान परीक्षण गर्दैछ।

इनभिजिबल वाटरमार्कहरू टिकटकका प्रणालीहरूले मात्र पढ्न सक्ने मजबूत डिजिटल चिन्ह हुन्, जसलाई अरूले हटाउन अत्यन्त कठिन हुन्छ। यी वाटरमार्कहरू भिडियो एडिट वा रि–पोस्ट गरेपछि पनि कायम रहने भएकाले एआई लेबलिङ अझ भरपर्दो र दीर्घकालीन बन्छ। आगामी हप्ताहरूमा टिकटकले AI Editor Pro जस्ता आफ्नै टुलहरूबाट बनेको एआई कन्टेन्ट तथा C2PA कन्टेन्ट क्रिडेन्सियल्स सहित अपलोड गरिएको कन्टेन्टमा यस्तो इनभिजिबल वाटरमार्क जोड्न सुरु गर्नेछ।

यसबाहेक, टिकटकले विश्वभर ...

The post नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआई पारदर्शिता थप विस्तार appeared first on Jankari Kendra.

टिकटकद्वारा २०२५ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक
काठमाडौं ।  टिकटकले आफ्ना प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण बनाउन गरेको निरन्तरको प्रतिबद्धता अनुरुप २०२५ को पहिलो त्रैमासिकको कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ।

प्रतिवेदनमा टिकटकले गत जनवरीदेखि मार्चसम्म आफ्नो कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने कन्टेन्टहरू पत्ता लगाएर त्यसलाई हटाउन आफूले उठाएका सक्रिय कदमहरूको विवरण राखेको बताइएको छ। यसले प्रयोगकर्ताहरूलाई सकारात्मक अनुभव दिलाउन मद्दत गर्ने टिकटकको अपेक्षा छ।

सन् २०२५ को पहिलो त्रैमासिकमा, नेपालमा मात्र टिकटकले १८,७६,५६३ वटा भिडियोहरू हटाएको छ। नेपालमा सक्रिय रूपमा हटाइएका भिडियोको दर ९९.६५ रह्यो, जसमा ९७.८५ भिडियोहरू २४ घण्टाभित्रै हटाइएका थिए।

विश्वव्यापी रूपमा, टिकटकले यो त्रैमासिकमा २११ मिलियन भिडियोहरू हटाएको छ जुन यस प्लेटफर्ममा अपलोड गरिएको कुल कन्टेन्टको करिब ०.९५ हो। हटाइएका भिडियोमध्ये, १८४,३७८,९८७ वटा भिडियो अटोमेटेड डिटेक्सन प्रविधि प्रयोग गरेर हटाइएका थिए, जबकि ७,५२५,१८४ भिडियो थप समीक्षा गरेपछि पुनःस्थापित गरिएका थिए। सक्रिय रूपमा हटाइएका भिडियोहरूको दर ९९.०५ रह्यो, जसमा ९४.३५ फ्ल्याग गरिएका कन्टेन्टहरू पोस्ट भएको २४ घण्टाभित्रै हटाइएका थिए।

हटाइएका भिडियोहरूको ३०.१५ कन्टेन्ट टिकटकको कन्टेन्ट पोलिसीसँग मेल नखाने संवेदनशील वा वयष्क विषयवस्तु भएका थिए भन्ने यस प्रतिवेदनले देखाउँछ। थप ११.५५ भिडियोहरूले प्लेटफर्मको सुरक्षा र नैतिक मापदण्ड उल्लंघन गरेका थिए, जबकि १५.६५ भिडियोहरूले गोपनीयता र सुरक्षा नियमहरू तोडेका थिए। यसका साथै, हटाइएका भिडियोहरूको ४५.५५ गलत सूचनाका रूपमा फ्ल्याग गरिएका थिए र १३.८५ भिडियोहरू एडिट गरिएका वा एआईले बनाइएको भनेर फ्ल्याग गरिएका कारण हटाइएका थिए।

टिकटकले कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट नियमित रूपमा प्रकाशित गर्दै आएको छ जसले कन्टेन्ट र अकाउन्ट सम्बन्धी कारबाही बारे स्पष्ट जानकारी दिन्छ र यसले टिकटकको ट्रान्सपेरेन्सी पनि देखाउँछ। २०२५ को पहिलो त्रैमासिक विस्तृत रिपोर्ट तथा टिकटकका कन्टेन्ट गाइडलाइन्स, टुल्स र नीतिहरूबारे थप जानकारीका लागि टिकटकको ट्रान्सपेरेन्सी सेन्टरमा जान सकिने बताइएको छ।

टिकटकबारे

टिकटक छोटो आकारका मोबाइल भिडियोको अग्रणी गन्तव्य हो। टिकटकको उद्देश्य सिर्जनशीलतालाई प्रेरित गर्नु र खुसी फैलाउनु हो। टिकटकको मुख्य कार्यालय लस एन्जलस र सिंगापुरमा छ भने यसका अन्य कार्यालयहरू न्यूयोर्क, लन्डन, डब्लिन, पेरिस, बर्लिन, दुबई, जाकार्ता, सिओल ...

The post टिकटकद्वारा २०२५ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक appeared first on Jankari Kendra.