टीसीएल Archives - Jankari Kendra

विश्वकपको प्रत्येक क्षणलाई अविस्मरणीय बनाउने टीसीएलको नयाँ योजना सार्वजनिक
काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो उत्सव नजिकिँदै गर्दा, विश्वकै अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएल ले नेपाली ग्राहकहरूका लागि विशेष ‘आर यु रेडी फर ग्रेटनेस’ अभियान सार्वजनिक गरेको छ।

विश्वकपका प्रत्येक रोमाञ्चक क्षणलाई अझ जीवन्त, भव्य र अविस्मरणीय बनाउने उद्देश्यले ल्याइएको यस योजनाअन्तर्गत आकर्षक नगद फिर्ता, विस्तारित वारेन्टी तथा सहज किस्ता सुविधाको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

‘आर यू रेडी फर ग्रेटनेस ? फिल एभ्री गोल, लिभ एभ्री मोमेन्ट’ भन्ने नारासहित सञ्चालनमा ल्याइएको अभियानले फुटबलप्रेमी नेपालीलाई आफ्नै घरमा रंगशाला सरहको मनोरञ्जन अनुभव प्रदान गर्ने लक्ष्य राखेको बताइएको छ । टीसीएलका अत्याधुनिक टेलिभिजनमार्फत हरेक गोल, हरेक उत्साह र हरेक ऐतिहासिक क्षणलाई अझ स्पष्ट, जीवन्त तथा रोमाञ्चक रूपमा अनुभव गर्न सकिने कम्पनीको विश्वास रहेको छ ।

यस विशेष योजनाअन्तर्गत टीसीएल टेलिभिजन खरिद गर्ने ग्राहकहरूले दुई लाख २६ रुपैयाँसम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन् । साथै ग्राहकहरूका लागि २ वर्षको नियमित वारेन्टीसँगै थप २ वर्षको विस्तारित वारेन्टी सुविधा पनि उपलब्ध गराइएको छ । यस व्यवस्थाले ग्राहकहरूलाई आगामी चार वर्षसम्म गुणस्तरीय मनोरञ्जनसँगै भरपर्दो सेवाको सुनिश्चितता दिने कम्पनीले जनाएको छ ।

विश्व बजारमा उत्कृष्ट डिस्प्ले प्रविधि, उच्चस्तरीय दृश्य गुणस्तर, शक्तिशाली ध्वनि अनुभव तथा स्मार्ट नवप्रवर्तनका कारण विशेष पहिचान बनाएको टीसीएल नेपाली बजारमा पनि उपभोक्ताको रोजाइ बन्दै गएको छ भने आधुनिक परिवारलाई विश्वस्तरीय गृह मनोरञ्जन अनुभव प्रदान गर्दै आएको ब्रान्डका रूपमा टिसिएलले आफ्नो स्थान बलियो बनाउँदै गएको कम्पनीको भनाइ छ ।

ग्राहकको सुविधालाई ध्यानमा राख्दै कम्पनीले नागरिकता मात्रैको आधारमा सहज किस्ता सुविधा समेत उपलब्ध गराएको छ । यसले प्रिमियम स्तरको गृह मनोरञ्जन उपकरण खरिदलाई थप सहज र पहुँचयोग्य बनाउने अपेक्षा गरिएको छ ।

यस अवसरमा सीजी इलेक्ट्रोनिक्सले सम्पूर्ण फुटबलप्रेमी नेपालीलाई टीसीएलसँग विश्वकपको रोमाञ्चक यात्रा अनुभव गर्न आमन्त्रण गरेको छ। कम्पनीका अनुसार यो योजना जेठ २१ गतेदेखि साउन ३ गतेसम्म नेपालभरका आधिकारिक सीजी इलेक्ट्रोनिक्सका शोरुम तथा विक्रेतामार्फत लागु हुनेछ ।

The post विश्वकपको प्रत्येक क्षणलाई अविस्मरणीय बनाउने टीसीएलको नयाँ योजना सार्वजनिक appeared first on Jankari Kendra.