डोंगफेङ Archives - Jankari Kendra

डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना
काठमाडौं । डोङफेङ मोटरले युरोपेली ग्राहकहरूको रुचि र प्राथमिकतालाई लक्षित गरी म्युनिखमा नयाँ डिजाइन केन्द्र स्थापना गरेको छ। यो केन्द्रले एमहिरो र भोया जस्ता ब्रान्डका लागि काम गर्दै कम्पनीको विश्वव्यापी विस्तारलाई थप बल पुर्‍याउने लक्ष्य राखेको कम्पनीले जनाएको छ।

डोङफेङ मोटरको यस डिजाइन केन्द्रले कम्पनीको विश्वव्यापी अनुसन्धान तथा विकास सञ्जाल विस्तारमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको बताइएको छ। जनवरी २९ मा सम्पन्न भएको यसको औपचारिक उद्घाटन समारोहले चिनियाँ अटोमोबाइल कम्पनीको युरोपतर्फको रणनीतिक विस्तारलाई स्पष्ट रूपमा देखाएको छ।

यो नयाँ केन्द्र डोङफेङको एकीकृत विश्वव्यापी प्लेटफर्मको हिस्सा हुनेछ, जसले चीनका वुहान र सांघाईमा रहेका स्टुडियोहरूसँगै अब जर्मनीमा पनि आफ्नो उपस्थिति विस्तार गरेको जनाइएको छ। कम्पनीका अनुसार, म्युनिखमा अवस्थित यो स्टुडियोले एमहिरो र भोया जस्ता ब्रान्डका परियोजनाहरूमा केन्द्रित भई युरोपेली ग्राहकहरूको रुचि र आवश्यकता अनुसारका डिजाइनहरू विकास गर्नेछ।

डोङफेङ अनुसार, म्युनिख यतिकै रोजिएको होइन। बाभेरियाको राजधानी म्युनिखलाई अटोमोबाइल डिजाइन र इन्जिनियरिङको लागि विश्वकै अग्रणी केन्द्रहरूमध्ये एक मानिन्छ। यस केन्द्रले क्लाउड सोलुसन, भीआररएआर प्रविधि तथा एआई टुलहरूको प्रयोगमार्फत सहकार्यलाई सहज बनाउँदै विकास प्रक्रियालाई तीव्र बनाउनेछ। डिजाइनको कामबाहेक, म्युनिख स्टुडियोले विश्वव्यापी मार्केटिङ र ब्रान्ड रणनीतिमा पनि योगदान पुर्‍याउँदै नयाँ बजारको माग अनुसार उत्पादनहरूलाई छिटो अनुकूल बनाउन सहयोग गर्ने बताइएको छ।

यस पहलले प्रिमियम सेग्मेन्टमा डोङफेङको उपस्थितिलाई मजबुत बनाउँदै युरोपमा यसको स्थान थप सुदृढ गर्नेछ, जहाँ गुणस्तर र सौन्दर्यका उच्च मापदण्डहरूमा ध्यान केन्द्रित गरिएको जनाइएको छ। डोङफेङले घरेलु बजार भन्दा बाहिर पनि विस्तार गर्ने आफ्नो गम्भीर प्रतिबद्धता अनुरुप युरोपमा डिजाइन केन्द्र स्थापना गरेको बताएको छ। कम्पनीका अनुसार, युरोपेली ट्रेण्डलाई ध्यानमा राखेर एमहिरो र भोया मोडेलहरू विकास गर्नु युरोपियन युनियनमा सफल विस्तारका लागि महत्वपूर्ण हुन सक्छ।

The post डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना appeared first on Jankari Kendra.