डोङफेङ Archives - Jankari Kendra

डोङफेङ मोटरद्वारा पहिलो ईएमबि मास-प्रोडक्सन परियोजनाको जाडो परीक्षण सफलतापूर्वक सम्पन्न
काठमाडौं । डोङफेङ मोटरले आफ्नो पहिलो इलेक्ट्रो–मेकानिकल ब्रेकिङ (ईएमबि) मास-प्रोडक्सन परियोजनाको जाडो परीक्षण हालै सफलतापूर्वक सम्पन्न गरेको छ। डोङफेङको जनरल आरएन्डडी सेन्टर र यिपाइ टेक्नोलोजीका विज्ञहरूद्वारा संयुक्त रूपमा गरिएको परीक्षणले कम घर्षण भएका सतहमा ब्रेकिङ गर्दा यो प्रणाली उत्पादन स्तरका मापदण्डहरू पूरा गर्न सक्षम रहेको पुष्टि गरेको छ, जसले यस प्रविधिलाई उद्योगकै अग्रणी स्तरमा राखेको कम्पनीले जनाएको छ।

ईएमबि प्रणालीले परम्परागत हाइड्रोलिक लाइन र ब्रेक फ्लुइडलाई हटाएर इलेक्ट्रोनिक कन्ट्रोल युनिटमार्फत मोटरलाई प्रत्यक्ष रूपमा सञ्चालन गर्नुका साथै यसले हाल प्रचलित वान-बक्स हाइड्रोलिक ब्रेक-बाइ-वायर प्रणालीहरूको तुलनामा छिटो प्रतिक्रिया दिने स्पष्ट फाइदा पनि प्रदान गर्ने बताइएको छ। यसैगरी , डोङफेङले तीन स्तरको सुरक्षा संयन्त्र पनि समावेश गरेको छ, जसअन्तर्गत मुख्य र सहायक दुवै कन्ट्रोलर असफल भए पनि ब्रेक लाइट स्विचको संकेतमार्फत अगाडिको क्यालिपर सक्रिय गर्न सकिने कम्पनीको दाबी छ।

कम्पनीका अनुसार, ब्रेक-बाइ-वायर च्यासिस सेक्टरमा ईएमबि प्रविधि एक प्रमुख केन्द्रबिन्दुका रूपमा उदाउनुका साथै यसको मास उत्पादनमा मुख्य चुनौतीहरूमा मोटर नियन्त्रणको शुद्धता, एल्गोरिदमको अनुकूलता, रिडन्डेन्सी संरचना तथा चरम परिस्थितिमा स्थिरता पर्छन्। डोङफेङले यस क्षेत्रमा व्यापक लगानी गर्दै २० भन्दा बढी पेटेन्ट दर्ता गरिसकेको छ, जसले आफ्नै प्रविधिगत इकोसिस्टम निर्माण गरेको कम्पनीले बताएको  छ।

माइनस ३० डिग्री सेल्सियसको चरम चिसोमा गरिएको परीक्षणमा, प्रणालीले कम घर्षण सतहमा ब्रेकिङ नियन्त्रण, न्यून तापक्रममा विश्वसनीयता, तथा हिउँ र बरफमा स्थिरता सम्बन्धी महत्त्वपूर्ण परीक्षणहरू सफलतापूर्वक पार गरेको कम्पनीले जनाएको छ। साथै, यसको एन भी एच (Noise, Vibration, Harshness) प्रदर्शन र ब्रेकिङको स्मूथनेसले इन्जिनियरिङ परिपक्वताको मापदण्ड पनि पूरा गरेको कम्पनीको दाबी छ।

यो प्रविधि २०२६ को तेस्रो त्रैमासिकदेखि डोङफेङका उत्पादन मोडेलहरूमा प्रयोगमा ल्याइने योजना रहेको बताइएको छ।

The post डोङफेङ मोटरद्वारा पहिलो ईएमबि मास-प्रोडक्सन परियोजनाको जाडो परीक्षण सफलतापूर्वक सम्पन्न appeared first on Jankari Kendra.

एमएडब्लु वृद्धिद्वारा नेपालगन्जमा अत्याधुनिक डोङफेङ र दिपल शोरुमको उद्घाटन
काठमाडौं । नेपालका लागि दिपल र नामी इलेक्ट्रिक सवारी साधनको आधिकारिक वितरक एमएडब्लु वृद्धिले नेपालगन्जमा डोङफेङ र दिपल शोरुमको औपचारिक उद्घाटनसँगै पश्चिम नेपालमा आफ्नो उपस्थिति थप मजबुत बनाएको छ। यस उदघाटनले एमएडब्लु वृद्धिको देशव्यापी ईभी नेटवर्क विस्तार गर्ने र पश्चिम नेपालमा आफ्नो उपस्थिति बलियो बनाउने योजनामा एक महत्वपूर्ण कोसेढुङ्गा सावित गरेको बताइएको छ।

शोरुमको उद्घाटन नाडा एसोसिएसन बाँकेका अध्यक्ष नरेन्द्र प्रसाद ओली, एमएडब्लु ग्रुप प्यासेन्जर डिभिजनका उपाध्यक्ष सन्दीप चटर्जी, एमएडब्लु वृद्धि मोटर्सका सीईओ प्रसन्न पन्त, एमएडब्लु वृद्धि अटोकर्पका सीईओ ज्ञानेन्द्र चन्द र पानास अटोमोटिभका अध्यक्ष ज्ञानेन्द्र खनालको उपस्थितिमा गरिएको हो। एमएडब्लु वृद्धि मोटर्ससँग प्रत्यक्ष जोडिएको यस कार्यक्रममा व्यावसायिक तथा अटोमोटिभ क्षेत्रका प्रतिष्ठित अतिथि र सरोकारवालाहरूको सहभागिता रहेको थियो। सफल उद्घाटन समारोहमा स्थानीय अधिकारीहरू, व्यवसायीहरू, ग्राहकहरू र सञ्चारकर्मीहरूको पनि बाक्लो उपस्थिति रहेको थियो।

नेपालगन्जको प्रमुख स्थानमा अवस्थित यस नयाँ शोरुमले ग्राहकहरूलाई डोङफेङ र दिपलका पछिल्ला विद्युतीय सवारी साधनहरूको उत्कृष्ट अनुभव प्रदान गर्दछ। ग्राहकको आराम र सुविधालाई प्राथमिकता दिने गरी डिजाइन गरिएको यस शोरुममा आगन्तुकहरूले सवारी साधनहरूलाई नजिकबाट नियाल्न र उत्पादनका बारेमा स्पष्ट जानकारी लिन सक्नेछन्। शोरुम उद्घाटनको एक दिन अघि नेपालगन्जमा नामी भिगो र दिपल एस०५ सार्वजनिक गरिएको थियो, जसले नेपालका विभिन्न भागहरूमा ईभी सवारी साधनहरूको विकल्पलाई थप विस्तार गरेको कम्पनीले जनाएको छ।

नेपालगन्जमा टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प

शोरुम उद्घाटनको अवसरमा एमएडब्लु वृद्धि मोटर्सले नेपालगन्जको पानास अटोमोटिभमा ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ आयोजना गरिरहेको बताइएको छ। यस कार्यक्रममा ग्राहकहरूले डोङफेङ र दिपलका इलेक्ट्रिक सवारी साधनहरूको प्रत्यक्ष अनुभव लिनुका साथै आकर्षक नगद छुट, एक्सचेन्ज बोनससहितको उत्कृष्ट मूल्याङ्कन, निःशुल्क चार्जर (७ किलोवाट + ३.५ किलोवाट), निःशुल्क बीमा र हरेक टेस्ट ड्राइभमा उपहारको सुविधा प्राप्त गर्न सक्नेछन् ।

The post एमएडब्लु वृद्धिद्वारा नेपालगन्जमा अत्याधुनिक डोङफेङ र दिपल शोरुमको उद्घाटन appeared first on Jankari Kendra.