नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ Archives - Jankari Kendra

उप–प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलद्वारा नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को भव्य उद्घाटन
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को उद्घाटन मंगलबार नेपाल प्रहरी क्लबको सगरमाथा हल, भृकुटीमण्डपमा सम्पन्न भएको छ।

उद्घाटन समारोहका प्रमूख अतिथि उप–प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले पानसमा बत्ति बालेर कार्यक्रमको औपचारीक उद्घाटन गरे । उद्योग क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, सञ्चारकर्मी, व्यवसायी तथा अटोमोबाइल क्षेत्रका अग्रज व्यक्तिहरुको उपस्थितीमा उद्घाटन सम्पन्न भएपछि सर्वसाधारणका लागि प्रदर्शनी खोलिएको थियो ।

उद्घाटन समारोहका प्रमूख अतिथि उप–प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आफूले छोटो भ्रमण गरि हेर्दा एक्स्पोको तयारी र व्यवस्थापन उत्कृष्ट रहेको बताए । स्थापनाको केहि महिनामै यति ठूलो प्रदर्शनी गर्न सक्नुले नाइमाको क्षमता र कार्यकुशलता भल्काउँछ भन्दै उनले प्रदर्शनीको शुभकामना व्यक्त गरे ।

नेपालमा भएको भौतिक विकासको चर्चा गर्दै मन्त्री पौडेलले सरकार उद्योग मैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको उल्लेख गरे । उनले भने -“गुणस्तरीय सडक पुर्वाधार विना यो अटो मोबाइल क्षेत्रमा जस्तो सुकै प्रदर्शनी गरेपनि त्यसको सहि सदुपयोग हुन सक्दैन, त्यसैले अहिले सरकारले गुणस्तरीय सडक पुर्वाधारलाई महत्व दिएको छ ।”

कार्यक्रममा नाइमाका अध्यक्ष ऋतु सिंह वैद्य र एक्स्पो समितिका प्रमूख शिरीष कुमार मुरारकाले पनि मन्तव्य दिँदै नेपालको अर्थतन्त्रमा अटोमोबाइल उद्यमीहरुको भूमिका, नवप्रवर्तन र सार्वजनिक–निजी साझेदारीको महत्वमाथि प्रकाश पारे ।

अध्यक्ष वैद्यले भनिन् “हामी नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो अटोमोेटिभ प्रदर्शनीको उद्घाटन गर्न भेला भएका छौं र यो क्षण हामी सबैका लागि अत्यन्तै विशेष छ । हामी सहकार्य, नवप्रवर्तन र दिगो वृद्धिमा केन्द्रित एउटा नयाँ अध्यायको सुरुवात गर्दैछौं ।” मन्तव्यको क्रममा उनले थपिन् , “मोबिलिटी क्षेत्र नेपालका लागि रोजगारी र आर्थिक वृद्धिको एउटा महत्वपूर्ण पक्ष हो। यसले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा १२ लाख ४० हजारभन्दा बढी जनशक्तिलाई रोजगारी प्रदान गर्छ र राष्ट्रिय कुल गार्हस्थ उत्पादनमा ७.१३ प्रतिशतको योगदान पु¥याउँछ। हाल नेपालमा ५५ लाखभन्दा बढी सवारी साधन दर्ता छन्, जसले बिक्री, मर्मत, लजिस्टिक्स र पूर्वाधारका क्षेत्रमा रोजगारी सिर्जना गरिरहेको छ।”

त्यस्तै एक्स्पो समितिका अध्यक्ष मुरारकाले भने, हामीले सुरु गरेको एक्स्पो केवल ...

The post उप–प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलद्वारा नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को भव्य उद्घाटन appeared first on Jankari Kendra.

भृकुटीमण्डपमा शुरु भयो नाइमा नेपाल मोबिलिटी एक्स्पो
काठमाडौं । नेपाल अटोमोबाइल म्यानुफ्याक्चरर्स एन्ड इम्पोर्टर्स एसोसिएसन (नाइमा) को आयोजनामा गरिएको सवारी साधनहरुको मेला नाइमा नेपाल आजदेखि काठमाडौंको भृकुटीमण्डपमा मोबिलिटी एक्स्पो २०२५ को शुरु भएको छ ।

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले एक्सपो उदघाटन गर्दै अटोमोबाइल क्षेत्रमा नेपालले प्रगति गरिरहेको बताए । उनले भृकुटीमण्डपमा बृहत प्रदर्शनीस्थल बनाउन सरकारले बजेट छुट्याएको भन्दै ३ वर्षभित्र आधुनिक प्रर्दशनीस्थल निर्माण सम्पन्न गरिसक्ने पनि जानकारी दिए ।

नेपाल अटोमोबाइल म्यानुफ्याक्चरर्स एन्ड इम्पोर्टर्स एसोसिएसन (नाइमा) की अध्यक्ष रितुसिंह वैद्यले अटोमोबाइल क्षेत्रले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरेको स्पष्ट पारिन । अटोमोबाइल क्षेत्र नेपालको आर्थिक वृद्धि र रोजगारी सिर्जनाको महत्त्वपूर्ण इन्जिन भएको उनको दावी थियो ।

एक्स्पोमा दुईपांग्रे १५, चारपांग्रे १५ र व्यावसायिक ५ गरी ३५ नयाँ मोडलका गाडी सार्वजनिक गरिने छ भने विभिन्न ब्रान्डमा आकर्षक छुट अफर दिइएको छ। एक्स्पोमा बीवाईडी, एमजी, ओमोडा, फोर्थिङ लगायत ३५ नयाँ सवारी सार्वजनिक गरिने नाइमाले जनाएको छ ।

एक्स्पोमा विभिन्न ब्रान्डका ईभीहरू मुख्य आकर्षण बन्ने बताइएको छ । एक्स्पोमा मेलामा प्यासेन्जर कारतर्फ टोयोटा, एमजी, बीवाइडी, सिट्रोन, फोरर्थिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्ट्स, हुन्डाई, केई, किया, लिपमोटर, एलएस अटो, महिन्द्रा, म्याक्सस, माज्दा, मित्सुविशी, निसान, ओमोडारजेको, प्युजो, प्रोटोन, रेनो, फक्सवागन र जिकरको स्टल रहेका छन् । यी वाहेक मेलामा विभिन्न अन्तरक्रियात्मक कार्यक्रम र अन्य विभिन्न जानकारीमूलक कार्यक्रम हुनेछ ।

The post भृकुटीमण्डपमा शुरु भयो नाइमा नेपाल मोबिलिटी एक्स्पो appeared first on Jankari Kendra.

बीवाईडीले लन्च गर्यो अल-न्यु बीवाईडी एट्टो १ : विश्व स्तरीय प्रविधि सहितको नेपालको बहुप्रतिक्षित ईभी
काठमाडौं । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले देशकै बहुप्रतिक्षित इलेक्ट्रिक ह्याचब्याक बीवाईडी एट्टो १ आधिकारिक रुपमा लन्च गरेको घोषणा गरेको छ ।

सो लन्च कार्यक्रम नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा गरिएको हो, जसले दिगो र पहुँचयोग्य मोबिलिटीतर्फ बीवाईडीको लगातार प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको बताइएको छ ।

विश्वव्यापी रुपमा बीवाईडी सिगल, बीवाईडी डल्फिन मिनी अथवा डल्फिन सर्फ भनिने बीवाईडी एट्टो १ नेपालको सहरी इलेक्ट्रिक मोबिलिटीका लागि गेम चेन्जर बनेर आएको जनाइएको छ ।

वर्ल्ड कार अवार्ड्समा वर्ल्ड अर्वन कार अफ द इयर २०२५ को उपाधि समेत प्राप्त गरेको सो प्रतिष्ठित ईभीले मूल्य, सुरक्षा र नवप्रवर्तनको क्षेत्रमा आफूलाई एक कदम अगाडि बढाएको बताइएको छ ।

‘बीवाईडी एट्टो १ मार्फत हामीले ईभी प्रविधिलाई प्रजातान्त्रिकरण गरेका छौ र नेपाली सडकमा विश्व स्तरीय नवप्रवर्तनलाई ल्याएका छौ’, साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले भने, ‘यो एक इन्ट्री लेभल ईभी मात्र होइन, कम्प्याक्ट इलेक्ट्रिक मोबिलिटीतर्फको क्रान्ति समेत हो । यो वर्तमानको अर्वन लाइफस्टाइल र भोलिको हरित भविष्यका लागि डिजाइन गरिएको हो ।’

कम्पनीका अनुसार, बीवाईडीको एड्भान्स्ड ई–प्लेटफर्म ३.० मा बनेको र क्रान्तिकारी ब्लेड ब्याट्रीद्वारा सुसज्जित एट्टो १ मा सेल–टु–बडी (सीटीबी) टेक्नोलोजी रहेको छ, जसले एकीकृत बनावट र गाडीको सुरक्षालाई मजबुत बनाएको छ, जुन ईभीका लागि विशेष रुपमा बनेको छ ।

नेपालमा डाइनामिक र प्रिमियम गरी दुई भेरिएन्टका बीवाईडी एट्टो १ ईभी उपलब्ध हुने छन् । डाइनामिकमा ३०.०८ किलोवाट आवरको ब्याट्री छ, जसले सिंगल चार्जमा २३० किलोमिटरको डब्लुएलटीपी रेन्ज दिन्छ ।

त्यसैगरी प्रिमियममा ३८.८८ किलोवाट आवरको ब्याट्री छ, जसले ३०० किलोमिटरको डब्लुएलटीपी रेन्ज दिन्छ । कम्पनीका अनुसार, यी दुई भेरिएन्टको मूल्य क्रमशः २८ लाख ९५ हजार र ३२ लाख ९९ हजार रुपैयाँ हुनेछ ।

नाइमामा विशेष अफर

नाइमा नेपाल मोबिलिटी एक्सपोमा यो गाडी बुकिङ गर्ने ग्राहकका लागि विशेष अफर उपलब्ध हुनेछ । यस अनुसार नगद छुट, निःशुल्क एक वर्षको अटो प्लस इन्स्योरेन्स, निःशुल्क ३.३ किलोवाट पोर्टेबल चार्जर, १० वर्षको एक्सटेन्डेड वारेन्टी, निःशुल्क एसेसरिजका साथै ...

The post बीवाईडीले लन्च गर्यो अल-न्यु बीवाईडी एट्टो १ : विश्व स्तरीय प्रविधि सहितको नेपालको बहुप्रतिक्षित ईभी appeared first on Jankari Kendra.

नेपालकै ठूलो प्रर्दशनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५वटा नयाँ सवारी साधनहरु लन्च हुँदै : उत्कृष्ट भिडियो बनाउनेलाई १ लाख
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) द्वारा आयोजना गर्न लागिएको “नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५”को पत्रकार सम्मेलन सोमबार सफलतापूर्वक सम्पन्न भएको छ। कर्यक्रमको सञ्चालन नाइमाका कार्यकारी दिर्नेशक राज कुमार दुलालले गरेका थिए भने अटो एक्सपो समितिका सदस्य गौरव सारडाले उद्धघाटन मन्तव्यमा एक्सपोको विशेषता, लक्ष्य तथा दृष्टिकोणबारे जानकारी दिँदै कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद ज्ञापन गरे ।

कार्यक्रमका बारेमा बिस्तृत जानकारी दिँदै अटो एक्सपो समिति प्रमुख शिरिस कुमार मुरारकाले यसपटकको एक्सपो राजधानीको केन्द्रमा रहेको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुँदै गरेको र त्यहाँको भौतिक पूर्बाधारमा गरिएको सुधार उल्लेखनिय रहेको बताए ।

उनले यसपालि नयाँ प्रविधि र मोडलहरु सार्बजनिक हुने तथा विद्युतीय सवारी साधनदेखि नवीनतम मोबिलिटी समाधानहरु प्रदर्शनीमा राखिने जानकारी दिए । प्रदर्शनीमा १५ वटा दुई पाङ्ग्रे, १५ वटा चार पाङ्ग्रे र ५ वटा कमर्सियल गाडीहरु सार्बजनिक हुने जानकारी गराइयो ।

मुख्य प्रायोजन संस्थाहरु–एभरेष्ट बैंक लिमिटेडका सहायक महाप्रबन्धक विष्णु प्रसाद ज्ञवाली र नेसनल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नभनित गुप्ताले एक्सपोसँगको सहकार्यप्रति गर्व ब्यक्त गर्दै आगामी दिनमा पनि प्रविधिमैत्री र दिगो यातायात प्रणालीको विकासमा सँगै काम गर्ने प्रतिबद्धता जनाए ।

एभरेष्ट बैंक र नेसनल इन्स्योरेन्स प्रमुख प्रायोजक रहेको प्रदर्शनीमा टिकेटिङ पार्टनरको रुपमा खल्ती बाई आईएमई, वेभरेज पार्टनरमा माउण्टेन ड्यू, वृविङ्ग पार्टनरमा हिमालयन जाभा, राइड पार्टनरमा पठाओ, सर्वेलेन्स पार्टनरमा एचआईके भिजन, कनेक्टिभिटी पार्टनरमा वल्र्ड लिंक, हस्पिट्यालिटी पार्टनरमा सोल्टि होटल, मेडिकल पार्टनरमा फ्रन्टलाईन हिस्पटल, टेलिकम पार्टनरमा एनसेल र म्यानेजमेन्ट पार्टनरमा मिडिया स्पेस सोलुसन रहेका छन् ।

प्रदर्शनीका आगन्तुकहरुलाई प्रायोजक कम्पनीले समेत विशेष प्रावधानको व्यवस्था गरेका छन् । राइड पार्टनरमा पठाओले प्रर्दशनलाई लक्षित गरेर भृकुटीमण्डप गन्तव्य भएका राइडहरुमा ३० प्रतिशत सम्मको छुट दिनेछ भने मेडिकल पार्टनर फ्रन्टलाईन हस्पिटलले प्रदर्शनी स्थलमा चौबिसै घन्टा एम्वुलेन्स व्यवस्थापन सहित आकस्मिक तथा सामान्य चिकित्सा सेवा प्रदान गर्नेछ ।

प्रदर्शनीलाई लक्षित गरेर नाइमाले विशेष अनलाइन प्रतियोगिता पनि सार्बजनिक गरेको छ । सो प्रतियोगितामा २१ श्रावण सम्ममा नाइमा अटो एक्सपो सम्वन्धित भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड गर्ने एक ...

The post नेपालकै ठूलो प्रर्दशनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५वटा नयाँ सवारी साधनहरु लन्च हुँदै : उत्कृष्ट भिडियो बनाउनेलाई १ लाख appeared first on Jankari Kendra.