नाइमा मोबिलिटि एक्स्पो Archives - Jankari Kendra

साउन २६ देखि काठमाडौंमा नाइमा मोबिलिटि एक्स्पो २०२६ सुरु हुँदै : ४० भन्दा बढी नयाँ सवारीसाधन सार्वजनिक गरिने
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा आगामी साउन २६ गतेदेखि ३१ गतेसम्म (अगस्ट ११ देखि १६ सम्म) राजधानीको भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आयोजना हुने भएको छ ।

नेपालको अटोमोबाइल क्षेत्रकै सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको यस प्रदर्शनीबारे जानकारी दिन सोमबार आयोजित विशेष पत्रकार सम्मेलन मा सो कुराको जानकारी गराइएको हो । यस वर्षको एक्स्पोमा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ सवारीसाधन सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले उद्योग क्षेत्रबाट प्राप्त भएको उत्साहजनक सहभागिताले नाइमा नेपाल मोबिलिटी एक्स्पोको महत्त्वलाई प्रस्ट पारेको बताइन । ‘हाम्रो दृष्टिकोण यस एक्स्पोलाई केवल गाडीहरूको प्रदर्शनी मात्र नबनाई, नेपालमा आधुनिक, दिगो र सर्वसुलभ मोबिलिटी प्रवद्र्धन गर्ने एउटा साझा मञ्चका रूपमा विकास गर्नु हो’ उनले भनिन् ।

त्यस्तै, नाइमा नेपाल मोबिलिटी एक्स्पो प्लानिङ कमिटीका संयोजक गौरव शारडाले उद्योगीहरूको बलियो आत्मविश्वास र सहभागिताले यस एक्स्पोलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको भव्य र प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

नेपाली अटोमोबाइल बजारलाई थप चलायमान र गतिशील बनाउने अपेक्षा गरिएको यस एक्स्पोले उपभोक्ताहरूलाई एउटै छानामुनि भविष्यको प्रविधि र नयाँ गाडीहरू नजिकबाट नियाल्ने उत्कृष्ट अवसर प्रदान गर्ने नाइमाको विश्वास रहेको छ ।

यस वर्षको एक्स्पोमा विशेषगरी विद्युतीय सवारीसाधन (ईभी) मुख्य आकर्षण रहने आयोजकले जनाएको छ। प्रदर्शनीमा टाटा, बीवाइडी, किया, टोयोटा, हुण्डाई, एमजी, निसान र हाभलजस्ता स्थापित फोर–ह्विलर ब्रान्डका साथै ओमोडा, जेइकु, आयन र भीजीभीजस्ता नयाँ ब्रान्डका पछिल्ला मोडलहरू प्रदर्शन गरिनेछन्।

त्यसैगरी दुई पाङ्ग्रे सवारीतर्फ पनि विद्युतीय स्कुटर तथा मोटरसाइकलहरूको उल्लेख्य उपस्थिति रहनेछ। प्युजो, एनआईयु, याडिया, एसर र ग्यारोजस्ता इलेक्ट्रिक ब्रान्डका साथै बजाज, टीभीएस, केटीएम र ट्रायम्फजस्ता स्थापित कम्पनीहरूले पनि आफ्ना नयाँ उत्पादनहरू एक्स्पोमा प्रदर्शन गर्ने नाइमाले बताएको छ।

एक्स्पोको मुख्य प्रायोजक ग्लोबल आईएमई बैंक लिमिटेड रहेको छ भने ‘पावर्ड बाइ पार्टनर’का रूपमा रेड बुल नेपाल जोडिएको बताइएको छ। आईएमई पे टिकटिङ पार्टनर रहेको एक्स्पोमा विद्यार्थीका लागि प्रवेश शुल्क १०० ...

The post साउन २६ देखि काठमाडौंमा नाइमा मोबिलिटि एक्स्पो २०२६ सुरु हुँदै : ४० भन्दा बढी नयाँ सवारीसाधन सार्वजनिक गरिने appeared first on Jankari Kendra.