नाइमा Archives - Jankari Kendra

नाइमाको समन्वयमा हाइब्रिड सवारीसाधन मर्मतसम्बन्धी तालिम सम्पन्न
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को समन्वयमा हाइब्रिड सवारीसाधनको मेकानिकल, सुरक्षा तथा मर्मतसम्भार सम्बन्धी प्राविधिक तालिम शुक्रबार काठमाडौँमा सम्पन्न भएको छ।

टोयोटाको नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि.को प्राविधिक सहयोगमा काठमाडौँमा तालिमको आयोजना गरिएको हो।

तालिममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत बालाजु इञ्जिनियरिङ तथा प्रविधि विद्यालयका डिप्लोमा तह पाँचौँ सेमेस्टरका विद्यार्थीहरू र सवारी चालकसहित २५ जनाभन्दा बढी सहभागी रहेका थिए। सहभागीहरूलाई लक्षित गरी हाइब्रिड सवारीसाधन प्रविधिसम्बन्धी विशेष प्राविधिक तालिम प्रदान गरिएको नाइमाले बताएको छ। यो तालिमबाट उनीहरूले मेकानिकल, सुरक्षा र मर्मतसम्भारका विषयमा महत्वपूर्ण ज्ञान तथा प्रायोगिक सीप हासिल गरेको नाइमाको विज्ञप्तिमा उल्लेख छ।

यसअघि उनीहरु गत चैत महिनामा लक्ष्मी हुन्डाईमा आयोजित विद्युतीय सवारीसाधन संयन्त्रसम्बन्धी तीन दिने तालिममा पनि सहभागी भएका थिए। साथै, हाइब्रिड सवारीसाधन संयन्त्रमा केन्द्रित ‘नाइमा मोबिलिटी संवाद’ कार्यक्रममा सहभागी भई नीतिगत तथा प्राविधिक विषयमा थप जानकारी हासिल गरेका थिए। विद्युतीयदेखि हाइब्रिड प्रविधिसम्मको ज्ञानलाई चरणबद्ध रूपमा जोड्दै सहभागीहरूको समग्र प्राविधिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यस्तो तालिम शृङ्खला सञ्चालन गरिएको नाइमाले जनाएको छ।

कार्यक्रममा नाइमाका कार्यकारी निर्देशक राज कुमार दुलालले प्राविधिक शिक्षा र विद्यार्थीहरूको सीप तथा क्षमता अभिवृद्धिमा तालिम कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गर्दै माग र उपलब्ध स्रोतका आधारमा यस्ता कार्यक्रमहरूलाई आगामी दिनहरूमा निरन्तरता दिइने जानकारी दिए ।

सीटीईभीटीका उपनिर्देशक खुशीराम अधिकारीले हाइब्रिड सवारीसाधनसम्बन्धी विषयलाई पाठ्यक्रममा समावेश गर्ने कामलाई प्राथमिकतामा राखिने र आवश्यक प्रक्रिया अघि बढाइने बताए। उनले नेपालको विविध भौगोलिक अवस्थाका कारण यस्ता सवारीसाधनको सान्दर्भिकता बढ्दै गएको बताएका छन् ।

यस्तै, बालाजु इञ्जिनियरिङ तथा प्रविधि विद्यालयका उपप्राचार्य प्रदीप न्यौपानेले नाइमाको प्रयासको प्रशंसा गर्दै दक्ष जनशक्ति उत्पादनका लागि अटो उद्योग र प्राविधिक शिक्षाबीचको सहकार्य अझ सुदृढ बनाउनुपर्ने धारणा राखे। उनले हालै सम्पन्न तीनदिने विद्युतीय सवारीसाधन तालिमले विद्यार्थीहरूलाई व्यावहारिक सिकाइमा सहयोग पुगेको बताए।

वैद्य अर्गनाइजेशन अफ इन्डस्ट्रिज एण्ड ट्रेडिङ हाउसका निर्देशक सूर्यांश वैद्यले यस्ता व्यावहारिक तालिमहरूले सहभागीहरूको पेशागत विकासमा टेवा पुर्‍याउने र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे। उनले ...

The post नाइमाको समन्वयमा हाइब्रिड सवारीसाधन मर्मतसम्बन्धी तालिम सम्पन्न appeared first on Jankari Kendra.

अर्थमन्त्री वाग्लेसँग नाइमा प्रतिनिधिमण्डलको भेट, कर संरचना सहज र सन्तुलित बनाउन आग्रह
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन ‘नाइमा’ की अध्यक्ष रितु सिंह वैद्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग बधाई तथा शिष्टाचार भेटघाट गरेको छ । उक्त भेटघाटका क्रममा नाइमाले अटोमोबाइल तथा गतिशीलता क्षेत्रसँग सम्बन्धित नीतिगत सुझावहरू प्रस्तुत गरेको छ ।

नाइमाले स्थिर, पूर्वानुमानयोग्य तथा सरोकारवालासँगको परामर्शमा आधारित नीतिगत वातावरण आवश्यक रहेको उल्लेख गर्दै यस क्षेत्रलाई विलासिता होइन, आवश्यक क्षेत्रका रूपमा मान्यता दिनुपर्नेमा जोड दिएको छ ।

यसैगरी समग्र कर भार घटाउने, कर संरचनालाई सरल र सन्तुलित बनाउने तथा सवारी साधन खरिदका लागि ८०% सम्म कर्जा र २०% डाउन पेमेन्ट रहने हायर पर्चेज व्यवस्था कायम गरी वित्तीय पहुँच सहज बनाउन माग गरिएको छ ।

नाइमा अनुसार, आर्थिक ऐनअनुसार भन्सार क्लियरन्स भइसकेपछि पनि अडिट तहमा फरक व्याख्याका आधारमा बेरुजु उठ्ने प्रवृत्तिले व्यवसायिक वातावरणमा अन्योल र अनिश्चितता सिर्जना गरेको उल्लेख गरिएको छ । विद्युतीय तथा हाइब्रिड सवारी साधनहरूको स्पष्ट वर्गीकरण तथा सबै प्रविधिमा समान कर व्यवहार सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।

नाइमाले भन्सार प्रक्रिया सहजीकरण, परीक्षण सुविधा, यातायात ऐनको पुनरावलोकन, डिजिटल एकीकरण, सडक सुरक्षा तथा प्रदूषण नियन्त्रणका विषयमा सुझाव दिएको छ । साथै, ‘मेक इन नेपाल’ अन्तर्गत एसेम्बलिङ उद्योग प्रवद्र्धन र दीर्घकालीन नीतिगत स्थिरतामा जोड दिएको छ ।

भेटघाटमा अर्थमन्त्री वाग्लेले प्रस्तुत सुझावहरूलाई अत्यन्त सान्दर्भिक रहेको बताउँदै, देशका आयातकर्ता तथा उत्पादकहरूको तर्फबाट एकीकृत रूपमा यस्ता सुझावहरू प्रस्तुत गरेकोमा नाइमालाई धन्यवाद व्यक्त गरे । साथै, नाइमाद्वारा प्रस्तुत सुझावहरूलाई आगामी नीति तथा कार्यक्रम र बजेटमा यथासम्भव समेट्ने पनि बताए ।

यसै क्रममा नाइमाको प्रतिनिधिमण्डलले भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालसँग पनि बधाई तथा शिष्टाचार भेटघाट गर्दै समसामयिक विषयहरूमा गहन छलफल गरेको छ । मन्त्री लम्सालले यस क्षेत्रबाट उठ्ने कर राजस्वको निश्चित अंश पुनः यही क्षेत्रको विकासमा लगानी गर्ने नीतिगत व्यवस्था गर्न सरकार सकारात्मक रहेको बताए ।

नाइमा नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको एकीकृत प्रतिनिधित्व गर्ने संस्था हो, जसले नीति सुधार, उद्योग प्रवद्र्धन तथा दिगो गतिशीलताको क्षेत्रमा सक्रिय ...

The post अर्थमन्त्री वाग्लेसँग नाइमा प्रतिनिधिमण्डलको भेट, कर संरचना सहज र सन्तुलित बनाउन आग्रह appeared first on Jankari Kendra.

हायर–पर्चेज कर्जाको ऋण–मूल्य अनुपात ८० प्रतिशत कायम गर्न नाइमाको आग्रह
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) ले सबै प्रकारका सवारी साधनमा प्रवाह गरिने हायर पर्चेज कर्जाको ऋण–मूल्य अनुपात (एलटीभी रेसियो) हाल कायम ६० प्रतिशतबाट वृद्धि गरी अधिकतम ८० प्रतिशत कायम गर्न नेपाल राष्ट्र बैंक तथा अर्थ मन्त्रालयसमक्ष औपचारिक अनुरोध गरेको छ ।

नाइमाका अनुसार हालको ६० प्रतिशतको सीमा अटोमोबाइल बजारमा देखिएको सुस्तताको प्रमुख कारणमध्ये एक हो । उच्च प्रारम्भिक भुक्तानीको आवश्यकताका कारण धेरै उपभोक्ता सवारी साधन खरिद गर्न असमर्थ भएका छन्, जसले बिक्रीमा कमी ल्याएको मात्र नभई समग्र आर्थिक गतिविधि तथा राजस्व संकलनमा समेत प्रत्यक्ष प्रभाव पारेको जनाइएको छ ।

अटोमोबाइल क्षेत्र भन्सार महसुल, अन्तःशुल्क तथा मूल्य अभिवृद्धि करमार्फत सरकारको राजस्वमा उल्लेखनीय योगदान पु¥याउने क्षेत्रमध्ये एक हो । सवारी साधन बिक्रीमा वृद्धि हुँदा राजस्व संकलनमा ठोस तथा सकारात्मक प्रभाव पर्ने नाइमाले बताएको छ ।

बैंकिङ प्रणालीमा विद्यमान अधिक तरलताको अवस्थालाई ध्यानमा राख्दा सवारी साधन कर्जामा ऋण–मूल्य अनुपात वृद्धि गर्नु पूँजी परिचालनको व्यावहारिक तथा प्रभावकारी उपाय हुन सक्ने नाइमाको धारणा छ । हायर–पर्चेज कर्जा किस्ताबन्दी प्रणालीमा आधारित र धितो सुरक्षासहित प्रवाह गरिने भएकाले यसलाई तुलनात्मक रूपमा सुरक्षित कर्जा खण्ड मानिन्छ ।

सवारी साधन बिक्रीले सर्भिस केन्द्र, स्पेयर पाट्र्स, बीमा, वित्तीय सेवा, ढुवानी, प्राविधिक सेवा लगायतका सहायक उद्योगहरूलाई सक्रिय बनाउँदै प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने भएकाले यस क्षेत्रमा नीतिगत सहजीकरण आवश्यक रहेको नाइमाले जनाएको छ ।

नाइमाले ‘मोबिलिटी फर अल’को आफ्नो मिशन अनुरूप यस महत्वपूर्ण विषयमा निरन्तर पैरवी गर्दै आएको र आगामी दिनमा पनि नीति सुधार तथा समन्वयका लागि सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेको छ ।

The post हायर–पर्चेज कर्जाको ऋण–मूल्य अनुपात ८० प्रतिशत कायम गर्न नाइमाको आग्रह appeared first on Jankari Kendra.

नाइमाद्वारा ‘ट्याक्सीको रूपमा प्रयोग हुने सवारी सम्बन्धी राष्ट्रिय मापदण्ड २०८१’ सम्बन्धी सुझाव मन्त्री समक्ष पेश
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले ‘ट्याक्सीको रुपमा प्रयोग हुने सवारीसम्बन्धी राष्ट्रिय मापदण्ड २०८१’ सम्बन्धी सुझाव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमक्ष औपचारिक रूपमा पेस गरेको जनाएको छ ।

नाइमाका अनुसार ट्याक्सी सेवा मापदण्ड, २०८१ मा ट्याक्सी सेवालाई साधारण, विशेष र विशिष्ट गरी तीन वर्गमा व्यवस्था गरिएको छ। उक्त मापदण्डमा प्राविधिक, सुरक्षा तथा सेवा सम्बन्धी विशिष्टीकरण स्पष्ट रूपमा तोकिएका छन् र ती मापदण्ड पूरा गर्ने सवारी साधनलाई ट्याक्सी सेवाअन्तर्गत समावेश गर्न सकिने व्यवस्था रहेको बताइएको छ।

हाल बाग्मती प्रदेशमा व्यवहारमा सेडान प्रकारका सवारी साधनलाई मात्र ट्याक्सी सेवाको अनुमति दिइएको अवस्था देखिएको छ । तर, राष्ट्रिय मापदण्डअनुसार साधारण, विशेष र विशिष्ट वर्गभित्र पर्ने तथा तोकिएका सबै प्राविधिक, सुरक्षा र सेवासम्बन्धी मापदण्डहपूरा गर्ने सवारी साधनलाई ट्याक्सी सेवामा समावेश गर्न सकिने स्पष्ट व्यवस्था रहेको नाइमाले ध्यानाकर्षण गराएको छ।

नाइमाले सेडानबाहेकका अन्य उपयोगी, यात्रुमैत्री तथा विभिन्न आवश्यकताअनुकूल सवारी साधनलाई ट्याक्सी सेवाबाट बाहिर राख्नुका लागि स्पष्ट आधार नदेखिएको उल्लेख गरेको छ । मापदण्डमा तोकिएका सबै सर्त पूरा गर्ने विभिन्न सवारी वर्गलाई अनुमति प्रदान गरिएमा ट्याक्सी सेवा प्रदायकलाई आवश्यकताअनुसार सेवा दिन थप लचकता प्राप्त हुने, यात्रुलाई पर्याप्त सुविधा, सामान राख्ने स्थान, पहुँचयोग्यता (अपाङ्गता मैत्री) तथा यात्रु समूहको आकारअनुसार थप विकल्प उपलब्ध हुने उल्लेख गरिएको छ ।

पत्रमा विश्वका विभिन्न देशमा ट्याक्सी सेवा विभिन्न आकार र वर्गका सवारी साधनमार्फत सञ्चालन भइरहेको सन्दर्भ पनि प्रस्तुत गरिएको बताइएको छ । नेपालमा विशेषगरी बागमती प्रदेशमा विकल्प सीमित रहेको अवस्था देखिएको छ । केही अन्य सहरमा फरक वर्गका सवारी साधनलाई ट्याक्सी सेवामा अनुमति दिइएको भए पनि बागमतीमा सो व्यवस्था लागू नभएको कारण व्यावहारिक असमानता देखिएको नाइमाको धारणा छ ।

साधारण, विशेष र विशिष्ट वर्गअन्तर्गत पर्ने तथा राष्ट्रिय मापदण्डमा उल्लेखित सबै प्राविधिक, सुरक्षा र सेवासम्बन्धी विशिष्टीकरण पूरा गर्ने सवारीसाधनलाई ट्याक्सी सेवामा अनुमति प्रदान गरिनु उपयुक्त हुने सुझाव नाइमाले दिएको छ।

नाइमाले मन्त्रालयद्वारा तयार पारिएको नीतिगत ढाँचाको उद्देश्यप्रति पूर्ण सम्मान व्यक्त गर्दै आफ्ना सुझाव उद्योगगत अनुभव, ...

The post नाइमाद्वारा ‘ट्याक्सीको रूपमा प्रयोग हुने सवारी सम्बन्धी राष्ट्रिय मापदण्ड २०८१’ सम्बन्धी सुझाव मन्त्री समक्ष पेश appeared first on Jankari Kendra.

ट्राफिक प्रहरी र नाइमाबीच पाँच वर्षे दीर्घकालीन रणनीतिक समझदारीपत्रमा हस्ताक्षर
काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यान्यूफ्याकचरर्स एसोसिएशन (नाइमा) र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच काठमाडौँ उपत्यकाका कुल १ हजार ६५१ जना ट्राफिक प्रहरीहरूलाई व्यवहार कुशल सीप तथा नयाँ सवारी प्रविधि सम्बन्धी विषयमा नियमित तालिम प्रदान गर्ने सम्बन्धमा पाँच वर्षे दीर्घकालीन रणनीतिक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

तालिमको उद्देश्य ट्राफिक प्रहरीलाई आधुनिक ट्राफिक व्यवस्थापन, सडक सुरक्षा, सेवा–केन्द्रित व्यवहार, जोखिम न्यूनीकरण तथा प्रविधिमैत्री अभ्यास सम्बन्धी विषयमा निरन्तर रूपमा अद्यावधिक बनाउँदै नागरिकसँगको दैनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनु रहेको बताइएको छ ।

ट्राफिक सप्ताह २०८२ अन्तर्गत “सडक दुर्घटना न्यूनीकरण विशेष अभियान” समुद्घाटन कार्यक्रम को अवसरमा हस्ताक्षरित उक्त समझदारीपत्र प्रहरी महानिरीक्षक दानबहादुर कार्की र नाइमाका बोर्ड सदस्य सौरभ ज्योतिबीच गत शनिबार आदान–प्रदान गरिएको हो ।

समझदारीअनुसार नाइमाले आफ्ना सदस्य कम्पनीहरूको विशेषज्ञता उपयोग गर्दै नयाँ सवारी प्रविधि, सडक सुरक्षा, नवीन प्रविधिको प्रयोग तथा सवारी÷यातायात प्रणालीसँग सम्बन्धित प्राविधिक विषयहरूमा आवश्यक तालिम सामग्री, प्राविधिक स्रोत, विशेषज्ञ सहजीकरण तथा समन्वय उपलब्ध गराउनेछ । यसैगरी, ट्राफिक कार्यालयले तालिम कार्यक्रमको प्राविधिक नेतृत्व, सहभागी व्यवस्थापन, अनुगमन तथा गुणस्तर सुनिश्चितता गर्ने छ ।

समझदारी कार्यान्वयन अन्तर्गत पहिलो चरणको तालिम २०८२ माघ ४ गते आइतबारदेखि सुरु हुने जनाइएको छ । तालिम १७ कार्यदिन निरन्तर सञ्चालन हुने र प्रत्येक सत्रमा १०० जना ट्राफिक प्रहरी सहभागी हुने व्यवस्था गरिएको बताइएको छ ।

तालिममा तनाव व्यवस्थापन÷ध्यान, सञ्चार तथा द्वन्द्व व्यवस्थापन, नयाँ सवारी साधन प्रविधिको सैद्धान्तिक एवं प्रत्यक्ष अवलोकन सत्र, ट्राफिक व्यवस्थापनका व्यावहारिक अभ्यास, सडक दुर्घटना न्यूनीकरण, तथा ट्राफिक व्यवस्थापनमा आवश्यक ह्यान्ड–जेस्चर सीप लगायत विषय समेटिएका छन् ।

तालिमको सहजीकरणका लागि इन्स्टिच्युट अफ इन्जिनियरिङ पुलचोक क्याम्पस तथा थापाथली क्याम्पसका प्राध्यापकहरू, जीवन विज्ञानका प्रशिक्षकहरू, नाइमाका सदस्य कम्पनीका प्राविधिक विज्ञहरू, प्रेरणादायी वक्ता तथा जीवन प्रशिक्षक रमन भट्टराई, साथै आवश्यकता अनुसार अन्य स्वतन्त्र (फ्रील्यान्स) विषय विज्ञहरू सहभागी हुने उल्लेख गरिएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ ट्राफिक प्रहरी उपरीक्षक नवराज अधिकारीले नयाँ सवारी प्रविधि र जनसम्पर्क–केन्द्रित सेवाका विषयमा ट्राफिक प्रहरीलाई निरन्तर रूपमा शिक्षित ...

The post ट्राफिक प्रहरी र नाइमाबीच पाँच वर्षे दीर्घकालीन रणनीतिक समझदारीपत्रमा हस्ताक्षर appeared first on Jankari Kendra.

नाइमाद्वारा मासिक मोबिलिटी संवादको नवौँ श्रृङ्खला सम्पन्न
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले इन्स्टिच्युट अफ इन्जिनियरिङ, थापाथली क्याम्पससँगको सहकार्यमा आफ्नो मासिक मोबिलिटी संवादको नवौँ श्रृङ्खला सफलतापूर्वक सम्पन्न गरेको छ ।

क्याम्पस प्रमुख डा. खेम ज्ञवलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको मुख्य विषय कम्प्लिटली नक्ड डाउन (सीकेडी) भेइकल एसेम्बली : अपरर्चुनिटिज, च्यालेन्जेज एन्ड वे फरवार्ड रहेको थियो । अध्यक्षीय मन्तव्यमा क्याम्पस प्रमुख डा. खेम ज्ञवालीले थापाथली क्याम्पसले लामो समयपछि यति महत्वपूर्ण उद्योग–शिक्षा सहकार्यमा आधारित कार्यक्रम आयोजना गर्न पाएकोमा गर्व व्यक्त गरे ।

उनले यस्ता संवादहरू व्यावहारिक सिकाइ, अनुसन्धान तथा उद्योगसँग सहकार्य विस्तारका लागि वास्तविक आवश्यकता भएको उल्लेख गर्दै, कार्यक्रमको महत्वपूर्ण पहलका लागि नाइमा र अटोमोबाइल एन्ड मेकानिकल स्टुडेन्ट्स इनोभेटिभ नेक्सस (एमेसिन) लाई धन्यवाद दिए ।

करिब २०० जना सहभागी रहेको कार्यक्रममा प्राविधिक प्रस्तुति तथा प्यानल छलफल आयोजना गरिएको थियो । प्राविधिक प्रस्तुतिको सहजीकरण थापाथली क्याम्पसका सहायक प्राध्यापक ई. लोचन केन्द्र देवकोटाले गरेका थिए । प्यानल छलफलमा यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक श्रीकान्त यादव, उद्योगपति तथा नाइमाका बोर्ड सदस्य शेखर गोल्छा तथा थापाथली क्याम्पसका डेपुटी इन्स्ट्रक्टर ई. लक्ष्मण पालिखेल सहभागी रहेका थिए ।

कार्यक्रमको स्वागत मन्तव्य अटोमोबाइल एन्ड मेकानिकल इन्जिनियरिङ विभाग प्रमुख इन्जिनियर देवेन्द्रबहादुर राउत तथा नाइमाका सदस्य एवं सारडा ग्रुपका निर्देशक गौरव सारडाले गरेका थिए । आफ्नो मन्तव्यमा ई. राउतले राष्ट्रिय विकासका लागि स्थानीय उत्पादन अपरिहार्य रहेको उल्लेख गर्दै, प्राज्ञिक र औद्योगिक क्षेत्रबीच अझ बलियो सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

नाइमा सदस्य सारडाले सीकेडी भेइकल एसेम्बली मेक इन नेपाल नीतिसँग जोडिएको व्यवहारिक औद्योगिक मोडेलका रूपमा प्रस्तुत गर्दै, यसले दक्ष जनशक्ति विकास, युवा रोजगारी सृजना, प्रविधि स्थानान्तरण तथा स्थानीय आपूर्ति श्रृङ्खलाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । प्यानल छलफलका क्रममा वक्ताहरूले मानव स्रोत विकास, प्रविधि सुदृढीकरण र नीतिगत स्थायित्व बिना दिगो औद्योगिक विकास सम्भव नहुनेमा जोड दिए। भारत, चीन, ब्राजिल तथा अफ्रिकी मुलुकहरूको अनुभवले सीकेडी भेइकल एसेम्बलीलाई औद्योगिकीकरणको प्रारम्भिक आधारका रूपमा सफल देखाएको उल्लेख गर्दै, मेक इन नेपाल सन्दर्भमा ...

The post नाइमाद्वारा मासिक मोबिलिटी संवादको नवौँ श्रृङ्खला सम्पन्न appeared first on Jankari Kendra.

नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यान्यूफ्याकचरर्स एसोसिएशन (नाइमा) ले यातायात व्यवस्था विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई आपतकालिन सहयोग हस्तान्तरण गरेको छ । गत भाद्र २३ र २४ गते भएको जेन–जि आन्दोलनका क्रममा गम्भीर रुपमा प्रभावित भएका यी दुई निकायलाई नाइमाले सहयोग स्वरुप फर्निचर लगायत सामाग्री हस्तान्तरण गरेको छ ।

नाइमा अध्यक्ष रितु सिंह वैद्य, बोर्ड सदस्य यमुना श्रेष्ठ, कार्यकारी निर्देशक राजकुमार दुलाल सहितको टोलीले मङ्गलबार सो हस्तान्तरण गरेको हो । हस्तान्तरण कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले आपतकालीन अवस्थामा प्राप्त नाइमाको सहयोग अत्यन्तै महत्वपूर्ण रहेको र सोही सहयोगको कारण विभागले पुनः आफ्नै कार्यालयबाट सेवा सञ्चालन गर्न सक्षम भएको बताउँदै संस्थाप्रति आभार व्यक्त गरे ।

यसैगरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारीले नाइमाबाट प्राप्त संस्थागत सहयोग तथा यसका सदस्यहरूद्वारा गरिएको आपतकालीन सहयोगको उच्च प्रशंसा गरे । उनले स्थापनाको छोटो समयमै नाइमाले ट्राफिक कार्यालयसँग दीर्घकालीन सहकार्य र साझेदारी स्थापना गर्न सफल भएको उल्लेख गर्दै संस्थालाई ट्राफिक शिक्षा र व्यवस्थापनको एक भरपर्दो सहयात्रीको रुपमा चित्रण गरे ।

कार्यक्रममा अध्यक्ष वैद्यले संकटको घडीमा यो सानो सहयोग गर्न पाएकोमा गौरवान्वित भएको बताउँदै सार्वजनिक सेवा प्रवाहमा संलग्न निकायहरूसँग सहकार्य गर्नु नाइमाको कार्यगत अवधारणा रहेको र आगामी दिनहरूमा यस्तो सहकार्यलाई अझ सुदृढ बनाउँदै लगिने प्रतिबद्धता जनाइन् ।

कार्यकारी निर्देशक दुलालले सहयोगको विवरण दिँदै यातायात व्यवस्था विभाग मीनभवनको मुख्य भवनको सम्पूर्ण झ्याल र ढोकाहरूको पुननिर्माण र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई फर्निचर, फर्निसिङ, कम्प्युटर, प्रिन्टर लगायतको सहयोग उपलब्ध गराइएकोे बताए ।

The post नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण appeared first on Jankari Kendra.

नाइमाको वार्षिक साधारण सभा सम्पन्न, आगामी मोबिलिटी एक्सपो श्रावण २६ देखि ३१ सम्म हुने
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आफ्नो पहिलो वार्षिक साधारण सभा अध्यक्ष रितु सिंह वैद्यको अध्यक्षतामा नाइमाको कार्यालय कमलपोखरी, काठमाण्डौंमा सफलतापूर्वक सम्पन्न गरेको छ।

उक्त सभाले संस्था स्थापना भएदेखि हालसम्मका प्रमुख उपलब्धि र सिकाईहरुको विश्लेषण गर्दै आगामी वर्षका कार्यक्रमहरु, संस्थागत संरचना र रणनीतिक योजनाहरु औपचारिक रुपमा पारित गरेको बताइएको छ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष वैद्यले स्थापनाको छोटो अवधिमै नाइमा देशको मोबिलिटी क्षेत्रको एकिकृत र शसक्त आवाजका रुपमा स्थापित हुन सफल भएको बताइन्।

उनले बिगत नौ महिनामा हासिल उपलब्धिहरु प्रस्तुत गर्दै पहिलो नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ को सफल आयोजना र मोबिलिटी क्षेत्रका सिकाई सत्रहरु निरन्तर संञ्चालन गरिनुले संस्थाको भूमिकालाई बृहत्तर र विश्वसनिय बनाएको उल्लेख गरिन्।

कार्यकारी निर्देशक राजकुमार दुलालले आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण प्रतिवेदन, वार्षिक कार्यक्रम तथा वित्तीय प्रतिवेदन, र आगामी वर्षको कार्यक्रम तथा वित्तीय योजना प्रस्तुत गर्नुका साथै संस्थाको दीर्घकालिन उद्देश्य हासिल गर्न प्रभावकारी कार्ययोजना र पारदर्शी वित्तीय व्यवस्थापनप्रति कार्यालयको प्रतिवद्धता दोहोर्याए।

साधारण सभाले २०८२/८३ का लागि नियमित मोबिलिटी सम्बाद, क्षमता अभिवृद्धि तालिमहरु, क्षेत्रगत अध्ययन अनुसन्धान, नीतिगत वहस पैरवी, र नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ को आयोजना लगायतका कार्यक्रमहरु पारित गर्‍यो। नाइमाका अनुसार, आगामी मोबिलिटी एक्सपो २०८३ साउन २६ गतेदेखि ३१ गतेसम्म भृकुटीमण्डपमा आयोजना गर्ने तयारी गरिएको छ।

संस्थागत सुदृढिकरण अन्तर्गत सदस्य आकाश गोल्छाको नेतृत्वमा स्ट्राटेजी तथा मेम्बरसिप अफेयर्स कमिटी गठन गर्ने निर्णय सभाले गरेको छ। साथै, मेगाटेक ग्रुप प्रालिलाई नयाँ सदस्यको रुपमा स्वागत गर्दै कम्पनीका सुरेश लोहनीलाई रिसर्च, मिडिया तथा डेटा कमिटीमा सदस्यको रुपमा मनोनित गरिएको छ।

समापनमा अध्यक्ष वैद्यले नेपाली मोबिलिटी क्षेत्रको दीर्घकालिन उन्नतिका लागि नाइमाले सकिय भूमिका खेलिरहने प्रतिवद्धता व्यक्त गरिन्।

The post नाइमाको वार्षिक साधारण सभा सम्पन्न, आगामी मोबिलिटी एक्सपो श्रावण २६ देखि ३१ सम्म हुने appeared first on Jankari Kendra.

उप–प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलद्वारा नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को भव्य उद्घाटन
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को उद्घाटन मंगलबार नेपाल प्रहरी क्लबको सगरमाथा हल, भृकुटीमण्डपमा सम्पन्न भएको छ।

उद्घाटन समारोहका प्रमूख अतिथि उप–प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले पानसमा बत्ति बालेर कार्यक्रमको औपचारीक उद्घाटन गरे । उद्योग क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, सञ्चारकर्मी, व्यवसायी तथा अटोमोबाइल क्षेत्रका अग्रज व्यक्तिहरुको उपस्थितीमा उद्घाटन सम्पन्न भएपछि सर्वसाधारणका लागि प्रदर्शनी खोलिएको थियो ।

उद्घाटन समारोहका प्रमूख अतिथि उप–प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आफूले छोटो भ्रमण गरि हेर्दा एक्स्पोको तयारी र व्यवस्थापन उत्कृष्ट रहेको बताए । स्थापनाको केहि महिनामै यति ठूलो प्रदर्शनी गर्न सक्नुले नाइमाको क्षमता र कार्यकुशलता भल्काउँछ भन्दै उनले प्रदर्शनीको शुभकामना व्यक्त गरे ।

नेपालमा भएको भौतिक विकासको चर्चा गर्दै मन्त्री पौडेलले सरकार उद्योग मैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको उल्लेख गरे । उनले भने -“गुणस्तरीय सडक पुर्वाधार विना यो अटो मोबाइल क्षेत्रमा जस्तो सुकै प्रदर्शनी गरेपनि त्यसको सहि सदुपयोग हुन सक्दैन, त्यसैले अहिले सरकारले गुणस्तरीय सडक पुर्वाधारलाई महत्व दिएको छ ।”

कार्यक्रममा नाइमाका अध्यक्ष ऋतु सिंह वैद्य र एक्स्पो समितिका प्रमूख शिरीष कुमार मुरारकाले पनि मन्तव्य दिँदै नेपालको अर्थतन्त्रमा अटोमोबाइल उद्यमीहरुको भूमिका, नवप्रवर्तन र सार्वजनिक–निजी साझेदारीको महत्वमाथि प्रकाश पारे ।

अध्यक्ष वैद्यले भनिन् “हामी नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो अटोमोेटिभ प्रदर्शनीको उद्घाटन गर्न भेला भएका छौं र यो क्षण हामी सबैका लागि अत्यन्तै विशेष छ । हामी सहकार्य, नवप्रवर्तन र दिगो वृद्धिमा केन्द्रित एउटा नयाँ अध्यायको सुरुवात गर्दैछौं ।” मन्तव्यको क्रममा उनले थपिन् , “मोबिलिटी क्षेत्र नेपालका लागि रोजगारी र आर्थिक वृद्धिको एउटा महत्वपूर्ण पक्ष हो। यसले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा १२ लाख ४० हजारभन्दा बढी जनशक्तिलाई रोजगारी प्रदान गर्छ र राष्ट्रिय कुल गार्हस्थ उत्पादनमा ७.१३ प्रतिशतको योगदान पु¥याउँछ। हाल नेपालमा ५५ लाखभन्दा बढी सवारी साधन दर्ता छन्, जसले बिक्री, मर्मत, लजिस्टिक्स र पूर्वाधारका क्षेत्रमा रोजगारी सिर्जना गरिरहेको छ।”

त्यस्तै एक्स्पो समितिका अध्यक्ष मुरारकाले भने, हामीले सुरु गरेको एक्स्पो केवल ...

The post उप–प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलद्वारा नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को भव्य उद्घाटन appeared first on Jankari Kendra.

भृकुटीमण्डपमा शुरु भयो नाइमा नेपाल मोबिलिटी एक्स्पो
काठमाडौं । नेपाल अटोमोबाइल म्यानुफ्याक्चरर्स एन्ड इम्पोर्टर्स एसोसिएसन (नाइमा) को आयोजनामा गरिएको सवारी साधनहरुको मेला नाइमा नेपाल आजदेखि काठमाडौंको भृकुटीमण्डपमा मोबिलिटी एक्स्पो २०२५ को शुरु भएको छ ।

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले एक्सपो उदघाटन गर्दै अटोमोबाइल क्षेत्रमा नेपालले प्रगति गरिरहेको बताए । उनले भृकुटीमण्डपमा बृहत प्रदर्शनीस्थल बनाउन सरकारले बजेट छुट्याएको भन्दै ३ वर्षभित्र आधुनिक प्रर्दशनीस्थल निर्माण सम्पन्न गरिसक्ने पनि जानकारी दिए ।

नेपाल अटोमोबाइल म्यानुफ्याक्चरर्स एन्ड इम्पोर्टर्स एसोसिएसन (नाइमा) की अध्यक्ष रितुसिंह वैद्यले अटोमोबाइल क्षेत्रले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरेको स्पष्ट पारिन । अटोमोबाइल क्षेत्र नेपालको आर्थिक वृद्धि र रोजगारी सिर्जनाको महत्त्वपूर्ण इन्जिन भएको उनको दावी थियो ।

एक्स्पोमा दुईपांग्रे १५, चारपांग्रे १५ र व्यावसायिक ५ गरी ३५ नयाँ मोडलका गाडी सार्वजनिक गरिने छ भने विभिन्न ब्रान्डमा आकर्षक छुट अफर दिइएको छ। एक्स्पोमा बीवाईडी, एमजी, ओमोडा, फोर्थिङ लगायत ३५ नयाँ सवारी सार्वजनिक गरिने नाइमाले जनाएको छ ।

एक्स्पोमा विभिन्न ब्रान्डका ईभीहरू मुख्य आकर्षण बन्ने बताइएको छ । एक्स्पोमा मेलामा प्यासेन्जर कारतर्फ टोयोटा, एमजी, बीवाइडी, सिट्रोन, फोरर्थिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्ट्स, हुन्डाई, केई, किया, लिपमोटर, एलएस अटो, महिन्द्रा, म्याक्सस, माज्दा, मित्सुविशी, निसान, ओमोडारजेको, प्युजो, प्रोटोन, रेनो, फक्सवागन र जिकरको स्टल रहेका छन् । यी वाहेक मेलामा विभिन्न अन्तरक्रियात्मक कार्यक्रम र अन्य विभिन्न जानकारीमूलक कार्यक्रम हुनेछ ।

The post भृकुटीमण्डपमा शुरु भयो नाइमा नेपाल मोबिलिटी एक्स्पो appeared first on Jankari Kendra.

सारथी इकुटर स्कुटरमा २५ हजार नगद छुट
काठमाडौं । नाइमा मोबिलिटी एक्सपोको अवसरमा विभिन्न सवारीसाधनका कम्पनीहरुले विभिन्न अफरहरु ल्याउने क्रम तिब्र छ । यसै क्रममा इलेक्ट्रिक स्कुटर ब्राण्ड सारथी इकुटरले पनि आकर्षक अफर ल्याएको छ ।

नाइमा मोबिलिटी एक्सपोको शुरुको दिन अर्थात आज साउन २१ गते देखि साउनको २५ गतेसम्म लागु हुने गरी सोे अफर सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।

उक्त अफर अनुसार सारथी इकुटरका दुई मोडल ई३ र विँगर मोडलको स्कुटर खरिद गर्ने ग्राहकले २५ हजार नगद छुट पाउनेछन् । साथै एक बर्षको कर, एउटा प्रिमियम हेलमेट तथा एउटा रेनकोट पनि निःशुल्क दिइने कम्पनीले जनाएको छ ।

यो अफर नगदमा खरिद गर्ने ग्राहकले मात्र पाउने छन् । नगद नहुने ग्राहकहरुले किस्तावन्दीमा पनि स्कुटर खरिद गर्न सकिने बताइएको छ । जस अन्तर्गत जम्मा २० प्रतिशत डाउनपेमेन्टमा अधिकतम ३ बर्षसम्मको फाइनान्स सुविधा पाउन सकिनेछ ।

यतिमात्र नभएर कम्पनीले हरेक दिन एक्सचेन्जको पनि सुविधा दिइरहेको छ । कुनै पनि पुरानो बाइक वा स्कुटरसंग सारथी इकुटरको ब्रान्ड न्यू स्कुटर एक्सचेन्ज हुने कम्पनीले जनाएको छ ।

३ हजार ९ सय वाटको अधिकतम मोटर पावर भएको विँगर र ३ हजार वाट मोटर पावर भएको ई३ दुबै स्कुटरमा २.८ किलोवाटको ब्याट्री प्रयोग गरिएको छ, जसले अधिकतम १२० किलोमिटर सम्मको रेन्ज दिन्छ ।

कम्पनीले ई३ लाई २ लाख १६ हजार र विँगरलाई २ लाख ९ हजार रुपैंया मुल्य राखेको छ । अहिलेको अफर अन्तर्गत दुबैमा २५ हजार डिस्काउन्ट पाइनेछ । यी स्कुटरको नेपालका लागि आधिकारिक वितरक जीरो इमिसन राइड एन रहेको छ ।

नेपालमा भएका इलेक्ट्रिक स्कुटर ब्राण्डहरु मध्ये सबैभन्दा बढी सर्भिस सेन्टर र चार्जिङ्ग प्वाइन्ट भएको कम्पनीको रुपमा जीरो इमिसन राइड एन रहेको छ । जसले विगत ६ बर्ष देखि नेपालमा लुयान ब्राण्डका इलेक्ट्रिक स्कुटर पनि विक्रि वितरण गरिरहेको बताएको छ ।

The post सारथी इकुटर स्कुटरमा २५ हजार नगद छुट appeared first on Jankari Kendra.

नेपालकै ठूलो प्रर्दशनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५वटा नयाँ सवारी साधनहरु लन्च हुँदै : उत्कृष्ट भिडियो बनाउनेलाई १ लाख
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) द्वारा आयोजना गर्न लागिएको “नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५”को पत्रकार सम्मेलन सोमबार सफलतापूर्वक सम्पन्न भएको छ। कर्यक्रमको सञ्चालन नाइमाका कार्यकारी दिर्नेशक राज कुमार दुलालले गरेका थिए भने अटो एक्सपो समितिका सदस्य गौरव सारडाले उद्धघाटन मन्तव्यमा एक्सपोको विशेषता, लक्ष्य तथा दृष्टिकोणबारे जानकारी दिँदै कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद ज्ञापन गरे ।

कार्यक्रमका बारेमा बिस्तृत जानकारी दिँदै अटो एक्सपो समिति प्रमुख शिरिस कुमार मुरारकाले यसपटकको एक्सपो राजधानीको केन्द्रमा रहेको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुँदै गरेको र त्यहाँको भौतिक पूर्बाधारमा गरिएको सुधार उल्लेखनिय रहेको बताए ।

उनले यसपालि नयाँ प्रविधि र मोडलहरु सार्बजनिक हुने तथा विद्युतीय सवारी साधनदेखि नवीनतम मोबिलिटी समाधानहरु प्रदर्शनीमा राखिने जानकारी दिए । प्रदर्शनीमा १५ वटा दुई पाङ्ग्रे, १५ वटा चार पाङ्ग्रे र ५ वटा कमर्सियल गाडीहरु सार्बजनिक हुने जानकारी गराइयो ।

मुख्य प्रायोजन संस्थाहरु–एभरेष्ट बैंक लिमिटेडका सहायक महाप्रबन्धक विष्णु प्रसाद ज्ञवाली र नेसनल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नभनित गुप्ताले एक्सपोसँगको सहकार्यप्रति गर्व ब्यक्त गर्दै आगामी दिनमा पनि प्रविधिमैत्री र दिगो यातायात प्रणालीको विकासमा सँगै काम गर्ने प्रतिबद्धता जनाए ।

एभरेष्ट बैंक र नेसनल इन्स्योरेन्स प्रमुख प्रायोजक रहेको प्रदर्शनीमा टिकेटिङ पार्टनरको रुपमा खल्ती बाई आईएमई, वेभरेज पार्टनरमा माउण्टेन ड्यू, वृविङ्ग पार्टनरमा हिमालयन जाभा, राइड पार्टनरमा पठाओ, सर्वेलेन्स पार्टनरमा एचआईके भिजन, कनेक्टिभिटी पार्टनरमा वल्र्ड लिंक, हस्पिट्यालिटी पार्टनरमा सोल्टि होटल, मेडिकल पार्टनरमा फ्रन्टलाईन हिस्पटल, टेलिकम पार्टनरमा एनसेल र म्यानेजमेन्ट पार्टनरमा मिडिया स्पेस सोलुसन रहेका छन् ।

प्रदर्शनीका आगन्तुकहरुलाई प्रायोजक कम्पनीले समेत विशेष प्रावधानको व्यवस्था गरेका छन् । राइड पार्टनरमा पठाओले प्रर्दशनलाई लक्षित गरेर भृकुटीमण्डप गन्तव्य भएका राइडहरुमा ३० प्रतिशत सम्मको छुट दिनेछ भने मेडिकल पार्टनर फ्रन्टलाईन हस्पिटलले प्रदर्शनी स्थलमा चौबिसै घन्टा एम्वुलेन्स व्यवस्थापन सहित आकस्मिक तथा सामान्य चिकित्सा सेवा प्रदान गर्नेछ ।

प्रदर्शनीलाई लक्षित गरेर नाइमाले विशेष अनलाइन प्रतियोगिता पनि सार्बजनिक गरेको छ । सो प्रतियोगितामा २१ श्रावण सम्ममा नाइमा अटो एक्सपो सम्वन्धित भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड गर्ने एक ...

The post नेपालकै ठूलो प्रर्दशनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५वटा नयाँ सवारी साधनहरु लन्च हुँदै : उत्कृष्ट भिडियो बनाउनेलाई १ लाख appeared first on Jankari Kendra.

मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रलाई नसमेटेको नाइमाको गुनासो
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा आफ्ना सुझाबहरु नसमेटिएको भन्दै गम्भिर ध्यानकर्षण भएको जनाएको छ । नाइमाले एक विज्ञप्ति जारी गर्दै मौद्रिक नीतिमा दिइएका सुझावहरू नसमेटिएको र अटोमोबाइल क्षेत्रका लागि कुनै नीति समावेश नगरिएकोमा असन्तुष्टि ब्यक्त गरेको छ ।

अटोमोबाइल क्षेत्रको दीर्घकालीन सुधार र सन्तुलित विकासका लागि हामीले विशेषतः कर्जा अनुपात व्यवस्थालाई अन्तर्राष्ट्रिय मापदण्ड, सवारीको प्रकृति र बजारको माग अनुसार ८०ः२० अनुपात बनाउन अनुरोध गरिए पनि राष्ट्र बैंकले सुनुवाई नगरेको नाइमाले बताएको छ ।

मौद्रिक नीतिले समग्र रूपमा कर्जा आपूर्तिमा वृद्धि गर्ने उद्देश्य राखे पनि अटो कर्जाको पहुँच विस्तारका लागि कुनै स्पष्ट र लक्षित उपाय समावेश नगरेको नाइमाले जनाएको छ । रियल स्टेट, शेयर बजार र अन्य उद्योगहरूलाई सम्बोधन गरे पनि अटोमोबाइल क्षेत्रलाई उपेक्षा गरेको नाइमाको भनाइ छ ।

चीनमा उत्पादन भएका सवारीसाधनहरू आयात गर्दा युआनमा प्रतीतपत्र (एलसी) खोल्न चीनमै उत्पादन भई चीनबाट ढुवानी हुने अवस्थामा लाभग्राही कम्पनी जुनसुकै देशको भए पनि अनुमति दिनुपर्ने, कर्जाको जोखिम भारि सम्पत्ति दर १०० प्रतिशतबाट ७५ प्रतिशतमा झार्नुपर्ने लगायत माग पनि बेवास्ता गरिएको नाइमाको गुनासो रहेको छ । मौद्रिक नीतिमा अटो क्षेत्रलाई समेट्न यसअघि दिएका सुझावहरूलाई प्राथमिकताका साथ पुनर्विचार गरी आवश्यक नीति समायोजन गर्न नाइमाले आग्रह समेत गरेको छ ।

यद्यपि, समग्र मौद्रिक नीतिले कर्जा आपूर्तिमा वृद्धि गर्ने उद्देश्य लिएको हुँदा यसले अटो कर्जाको उपलब्धता र पहुँचमा सकारात्मक प्रभाव पार्न सक्ने सम्भावना रहेको पक्षलाई सकारात्मक रूपमा लिइएको नाइमाले जनाएको छ ।

नाइमाका अनुसार,देशको आर्थिक विकासमा अटोमोबाइल क्षेत्रले खेलेको भूमिका र यसको सम्भावनालाई मध्यनजर गर्दै, NAIMA नेपाल राष्ट्र बैंकसँग उल्लिखित विषयहरूलाई प्राथमिकताका साथ पुनर्बिचार गरी आवश्यक नीति समायोजन गर्न हार्दिक अनुरोध गर्दछौं ।

The post मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रलाई नसमेटेको नाइमाको गुनासो appeared first on Jankari Kendra.

उत्तरी नाकाबाट सवारी आयात गर्ने प्रक्रिया पूर्ण रुपमा रोकियो : नाईमा
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवागढी नाकामा हालै आएको बाढीले सवारीसाधन आपूर्तिमा गम्भीर अवरोध ल्याएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

एक विज्ञप्तिमार्फत बाढीले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले रसुवागढी नाकामा रहेको ‘मितेरी पुल’ बगाएको घटनाले नेपालको सवारी आपूर्ति प्रणालीमा ठूलो प्रभाव पारेको बताएकी छिन् ।

‘नेपाल भित्रिने ६० प्रतिशतभन्दा बढी सवारीसाधन यही नाका हुँदै आयात हुने गरेकोमा पुल बगाएपछि उत्तरी नाकाबाट सवारी भित्र्याउने प्रक्रिया पूर्ण रूपमा रोकिएको छ । चिनियाँ भन्सारबाट क्लियर भइसकेका गाडीहरू अझै नेपाल प्रवेश गर्न सकेका छैनन्, विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘यसले आयातकर्तालाई आर्थिक धक्का पुर्याउनुको साथै चाडपर्वको तयारीमा रहेका उपभोक्ता र बजार प्रणालीमा समेत प्रत्यक्ष असर पारेको छ ।’

नाइमाले रसुवामा बाढीले निम्त्याएको विपद्को तत्काल उद्धार, राहत, पुनःस्थापना र पूर्वाधार पुनर्निर्माणलाई सरकार तथा सम्बन्धित निकायले उच्च प्राथमिकता दिनुपर्ने माग गरेको छ ।

The post उत्तरी नाकाबाट सवारी आयात गर्ने प्रक्रिया पूर्ण रुपमा रोकियो : नाईमा appeared first on Jankari Kendra.