नेसनल प्याब्सन Archives - Jankari Kendra

दुई दिने सार्वजनिक बिदा निर्णयप्रति नेसनल प्याब्सनको चिन्ता, शैक्षिक क्यालेण्डर प्रभावित हुने चेतावनी
काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले सरकारको दुई दिने सार्वजनिक बिदा सम्बन्धी निर्णयप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।

नेसनल प्याब्सनका अध्यक्ष गीता राणा क्षेत्री र महासचिव प्रताप बहादुर थापाले एक विज्ञप्ति जारी गर्दै सो विषयमा ध्यानाकर्षण जनाएको हो ।

मन्त्रिपरिषद्ले चैत २२ गते गरेको निर्णयअनुसार पेट्रोलियम पदार्थको खपत घटाउने र वैदेशिक मुद्रा सञ्चिति जोगाउने उद्देश्यले हप्तामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने तथा शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय गरिएको थियो। उक्त निर्णयले विद्यालय तहको शैक्षिक क्यालेण्डरमा दीर्घकालीन असर पार्ने नेसनल प्याब्सनले जनाएको छ।

नेसनल प्याब्सनका अनुसार हप्तामा दुई दिन बिदा कायम हुँदा वार्षिक रूपमा करिब ४० दिन थप बिदा हुने अवस्था सिर्जना हुने र यसले सरकारले निर्धारण गरेको पाठ्यक्रम तोकिएको समयमा सम्पन्न गर्न गम्भीर चुनौती उत्पन्न गर्नेछ। यसका कारण पठन–पाठन प्रभावित भई समग्र शिक्षण–सिकाइ प्रक्रियामा प्रत्यक्ष असर पर्ने चिन्ता पनि व्यक्त गरिएको छ।

त्यसैगरी, शैक्षिक सत्र सुरु हुने मिति वैशाख १ बाट १५ गतेमा सार्ने निर्णयले पनि शैक्षिक क्यालेण्डरमा थप दबाब सिर्जना गर्ने नेसनल प्याब्सनको भनाइ छ।

दैनिक ज्यालादारीमा आश्रित अभिभावकहरूका लागि दुई दिने बिदा व्यवस्थापन गर्न कठिन हुने भन्दै यसले सामाजिक तथा आर्थिक असर पनि पार्ने उल्लेख गरिएको छ।

यद्यपि सरकारी निर्णय कार्यान्वयन गर्ने क्रममा नेसनल प्याब्सनले आफ्ना सदस्य विद्यालयहरूलाई आवश्यक व्यवस्थापन गर्न निर्देशन दिएको छ। नयाँ भर्ना वैशाख २ गतेदेखि सुरु गर्ने र पठनपाठन वैशाख १५ गतेदेखि सञ्चालन गर्ने व्यवस्था गरिएको छ।

साथै, शैक्षिक सत्र २०८३ का लागि विभिन्न विदाहरू मिलान गर्दै कम्तीमा २२० दिन पठनपाठन कायम गर्न, विद्यार्थीहरूमा अतिरिक्त बोझ नपर्ने गरी विद्यालय समय व्यवस्थापन गर्न र सूचना प्रविधिको प्रयोग बढाउन पनि आग्रह गरिएको छ।

यसका अतिरिक्त तालिम, गोष्ठी, प्रतियोगिता, अभिभावक दिवस तथा अभिभावक–शिक्षक बैठकजस्ता कार्यक्रमहरू शनिबार वा आइतबार सञ्चालन गर्न सुझाव दिइएको छ।

शुल्क व्यवस्थापन पनि शिक्षा ऐन २०७२ अनुसार मासिक, वार्षिक तथा सेवा अनुसार निर्धारण गर्नुपर्ने स्पष्ट पारिएको छ।

नेसनल प्याब्सनले आफ्ना मातहतका सम्पूर्ण विद्यालयहरूलाई सरकारी तथा ...

The post दुई दिने सार्वजनिक बिदा निर्णयप्रति नेसनल प्याब्सनको चिन्ता, शैक्षिक क्यालेण्डर प्रभावित हुने चेतावनी appeared first on Jankari Kendra.

नेसनल प्याब्सन काठमाडौँ जिल्ला समितिको वार्षिक साधारण सभा सम्पन्न, प्रतिवेदन र कार्ययोजना सर्वसम्मत पारित
काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) काठमाडौँ जिल्ला समितिको वार्षिक साधारण सभा बुधबार जोसेफ हाई स्कुलको सभाहलमा सम्पन्न भएको छ।

कार्यक्रम नेसनल प्याब्सन केन्द्रीय समितिका निवर्तमान अध्यक्ष पाण्डव हमालको प्रमुख आतिथ्यता तथा केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर अधिकारीको विशेष आतिथ्यतामा सम्पन्न भएको बताइएको छ।

कार्यक्रममा केन्द्रीय सचिव बिक्रम ढुकुछु, सचिव तेन्जिङ भुटिया, केन्द्रीय सदस्य विनय श्रेष्ठ र राजेश्वर तिवारी, बागमती प्रदेश अध्यक्ष नारायणकुमार कार्की, नेसनल प्याब्सन भक्तपुर अध्यक्ष पुण्यराम कवान, बुढानिलकण्ठ नगर समिति अध्यक्ष सुदीप काफ्ले, काठमाडौँ महानगर समिति अध्यक्ष नीलमणि भट्टराई लगायतको उपस्थिति रहेको थियो।

साथै बागमती प्रदेश तथा काठमाडौँ जिल्ला र महानगर समितिका पदाधिकारीहरू, बुढानिलकण्ठ नगर समितिका प्रतिनिधिहरू, विभिन्न सदस्य विद्यालयका प्राचार्यहरू, उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधिसभा उम्मेदवार जे.बी. दीपक अधिकारीसमेत कार्यक्रममा सहभागी भएका थिए।

साधारण सभाले संगठनात्मक प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा वार्षिक कार्ययोजना सर्वसम्मत रूपमा पारित गरेको जनाएको छ। सोही अवसरमा नेसनल प्याब्सन बागमती प्रदेश समिति, काठमाडौं जिल्ला समिति तथा काठमाडौं महानगर समितिलाई पूर्णता दिइएको पनि जानकारी गराइएको छ।

कार्यक्रममा प्रमुख अतिथि पाण्डव हमाल, विशेष अतिथि सूर्यबहादुर अधिकारी तथा अतिथिहरू बिक्रम ढुकुछु, तेन्जिङ भुटिया, नारायण कार्की, पुण्यराम कवान, सुदीप काफ्ले, नीलमणि भट्टराई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै संगठनको वर्तमान गतिविधि र आगामी दिशा सम्बन्धमा आ–आफ्ना धारणा राखेका थिए।

कार्यक्रममा नेसनल प्याब्सन काठमाडौं जिल्ला उपाध्यक्ष ईश्वर केसीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सचिव प्रकाश अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए।

सभा नेसनल प्याब्सन काठमाडौँ जिल्ला अध्यक्ष होमबहादुर अधिकारी (मनोज) को सभापतित्वमा सम्पन्न भएको थियो।

The post नेसनल प्याब्सन काठमाडौँ जिल्ला समितिको वार्षिक साधारण सभा सम्पन्न, प्रतिवेदन र कार्ययोजना सर्वसम्मत पारित appeared first on Jankari Kendra.

नेसनल प्याब्सन काठमाडौँको आयोजनामा जिल्लाव्यापी खेलकुद सप्ताह–२०८२ भोलिदेखि सञ्चालन हुने
काठमाडौँ । नेसनल प्याब्सन काठमाडौँ जिल्ला समितिको आयोजना तथा नेसनल प्याब्सन बुढानिलकण्ठ नगर समितिको समन्वयमा जिल्लाव्यापी खेलकुद सप्ताह–२०८२ भोलि (माघ १३ गते)देखि माघ १६ गतेसम्म सञ्चालन हुने भएको छ।

बुढानिलकण्ठ नगर समितिको कार्यालयमा आज माघ १२ गते सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जिल्ला कोषाध्यक्ष तथा अतिरिक्त क्रियाकलाप संयोजक विजय न्यौपानेले खेलकुद सप्ताहको जानकारी दिएका हुन्। उनका अनुसार विद्यालय तहका विद्यार्थीहरूको चौतर्फी विकास, अनुशासन र नेतृत्व क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

यस वर्षको खेलकुद सप्ताहमा नेशनल प्याब्सन काठमाडौं अन्तर्गतका सदस्य विद्यालयहरूले विभिन्न खेल विधामा सहभागिता जनाउनेछन्। खेलकुद सप्ताहअन्तर्गत पूर्व–प्राथमिक तहदेखि अब्स्ट्याकल गेम, फुटसल, बास्केटबल, टेबल टेनिस, तानडोरी र मार्चपासमध्ये चार विधामा प्रतिस्पर्धा गराइनेछ। उद्घाटनका दिन एक हजारभन्दा बढी विद्यार्थीले मार्चपासमा सहभागिता जनाउने अपेक्षा गरिएको जनाइएको छ।

प्रतियोगितामा सहभागी हुन सदस्य विद्यालयका विद्यार्थीहरूले तोकिएको शुल्क तिरेर सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको बताइएको छ। सम्पूर्ण प्रतियोगिताका लागि प्रति विद्यालय पाँच हजार रुपैयाँ शुल्क तोकिएको जिल्ला कोषाध्यक्ष न्यौपानेले जानकारी दिए।

खेल सञ्चालनका लागि विभिन्न विधाका संयोजकसमेत तोकिएका छन्। मार्चपासका लागि किरण खड्का, फुटसलका संयोजक लक्ष्मी गुरुङ र गोविन्द बहादुर धामी, बास्केटबलका संयोजक बेनी खड्का र रुकेश तामाङ, अब्स्ट्याकल गेमका लागि प्रकाश अधिकारी, तानडोरीका संयोजक रामप्रसाद काफ्ले तथा टेबल टेनिसका संयोजक ईश्वर केसी रहनेछन्।

खेलकुद सप्ताहको उद्घाटन समारोह बुढानिलकण्ठ नगरपालिका वडा नं. १० स्थित ह्याण्डबल ग्राउण्डमा आयोजना हुनेछ। सोही स्थानमा तानडोरी र अब्स्ट्याकल गेम सञ्चालन गरिनेछ भने फुटसल प्रतियोगिता साम्तेन स्कुल कपनमा, बास्केटबल प्रतियोगिता तिरुपति स्कुलरकलेजमा र टेबल टेनिस प्रतियोगिता पिक प्वाइन्ट पब्लिक स्कुलमा आयोजना गरिनेछ।

उद्घाटन समारोह माघ १३ गते मंगलबार बिहान १० बजे ह्याण्डबल ग्राउण्ड कपनमा नेसनल प्याब्सनका संस्थापक तथा वर्तमान अध्यक्ष गीता राणा क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने जनाइएको छ।

खेलकुद सप्ताहको समापन समारोह एसईई मोटिभेसन कार्यक्रमसँगै संयुक्त रूपमा आयोजना गरिनेछ, जसअन्तर्गत विजयी विद्यालयहरूलाई पुरस्कार वितरण गरिनेछ। कार्यक्रम सञ्चालनका लागि करिब पाँच लाख १५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको बताइएको छ।

नेसनल प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष ...

The post नेसनल प्याब्सन काठमाडौँको आयोजनामा जिल्लाव्यापी खेलकुद सप्ताह–२०८२ भोलिदेखि सञ्चालन हुने appeared first on Jankari Kendra.