बजाज Archives - Jankari Kendra

छुट्ला है शनिबार ! स्टन्ट, स्केट र संगीतले भरिपूर्ण ‘पल्सर आरपीएम’
काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रा.लि.ले नेपालका युवा, सडक संस्कृति, संगीत तथा राइडिङ समुदायलाई एउटै मंचमा जोड्ने उद्देश्यसहित ‘पल्सर आरपीएम’ कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम यही २०८३ जेठ १६ गते, शनिबार टोकास्थित स्केटर्स नेपालमा आयोजना हुनेछ ।

‘पल्सर आरपीएम’ जस्ता प्लेटफर्ममार्फत नेपाली युवासँग अझ बलियो सम्बन्ध निर्माण गर्ने उद्देश्यका साथ ब्रान्डले मोटरसाइकलभन्दा बाहिर गएर संगीत, फ्रिस्टाइल खेल, सिर्जनात्मक तथा सहरीका युवा संस्कृतिमा आधारित अनुभव प्रदान गर्दै आएको बताइएको छ ।

कार्यक्रमका विशेष आकर्षणहरू :  कार्यक्रममा स्टन्ट शो तथा बीएमएक्स प्रदर्शन, स्केट तथा बी–बोय प्रस्तुति, ग्राफिटी आर्टका आकर्षक गतिविधिका साथै र्याप तथा डीजे सेसन पनि समावेश गरिनेछ, जसले युवापुस्तालाई मनोरञ्जन र ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको जनाइएको छ ।

‘राइड. पावर. मोसन.’ को भावनालाई केन्द्रमा राखेर आयोजना गरिने ‘पल्सर आरपीएम’ ले आजको पुस्ताको ऊर्जा, उत्साह र आत्मअभिव्यक्तिलाई उत्सवका रूपमा प्रस्तुत गर्ने बताइएको छ ।

कार्यक्रममा प्रवेश निःशुल्क हुनेछ । बिहान ११ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुने यस कार्यक्रममा काठमाडौंभरिका राइडर, स्केटर, नृत्य, कलाकार तथा संगीतप्रेमीहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।

The post छुट्ला है शनिबार ! स्टन्ट, स्केट र संगीतले भरिपूर्ण ‘पल्सर आरपीएम’ appeared first on Jankari Kendra.

पोखरामा बजाज चेतक ईभीको विस्तार, प्रिमियम विद्युतीय यात्रातर्फ अर्को कदम
काठमाडौं । नेपालमा विद्युतीय सवारी साधनप्रातको बढ्दो आकषर्ण सँगै बजाज चेतक ईभीले आफ्नो विस्तार यात्रालाई निरन्तरता दिँदै पोखराको नयाँबजारमा आफ्नो नयाँ विशेष चेतक एक्सपेरियन्स जोन सञ्चालनमा ल्याएको छ । बिहिबार आयोजित उद्घाटन समारोहसँगै सञ्चालनमा आएको उक्त शोरुमले राजधानी बाहिरका ग्राहकसम्म प्रिमियम विद्युतीय दुईपांग्रे सवारीको अनुभव विस्तार गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ।

उद्घाटन समारोहमा गोल्छा ग्रुपका प्रतिनिधिहरू तथा नेपालका लााग बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि.का व्यवस्थापन टोलीको उपिस्थात रहेको थियो ।

आधुनिक ईभी प्रयोगकर्ताको बदलिँदो जीवनशैलीलाई मध्यनजर गर्दै निर्माण गरिएको पोखरा एक्सपेरियन्स जोनमा प्रविधि, सहजता तथा ग्राहक–केन्द्रित सेवाहरूलाई समेटिएको थियो । उक्त केन्द्रमा सवारी प्रदर्शन, टेस्ट राईड, खरिद परामर्शदेखि चेतक ईभीका लागि विशेष सेवा सुविधा समेत एउटै स्थानमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

शोरुममा आउने ग्राहकहरूले डिजटल प्रोडक्ट डिस्प्ले मार्फत सवारीका विशेषताबारे जानकारी लिन सक्नेछन् भने प्रशिक्षित ईभी विज्ञहरूमार्फत विद्युतीय सवारी, चर्जिङ समाधान तथा स्मार्टाफचर सम्बन्धी परामर्श पनि प्राप्त गर्न सक्नेछन्।

चेतकको आकर्षक र परिष्कृत पहिचानलाई प्रतिाबिम्बत गर्ने गरी निर्माण गरिएको यस शोरुममा आधुनिक इन्टेरियर तथा इन्टरएिक्टभ टचपोइन्टहरू समावेश गरिएको छ, जसले ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्ने लक्ष्य राखेको बताइएको छ ।

उद्घाटन समारोहमा बोल्दै चेतक पोखराका सञ्चालक अगोष मान बुद्धाचार्यले भने, “पोखरामा चेतक एक्सपेरियन्स जोनको सञ्चालनसँगै हामी नेपालमा प्रिमियम विद्युतीय सवारीको पहुँच अझ विस्तार गर्ने दिशामा अक महत्वपूर्ण कदम चालिरहेका छौं । चेतक ईभी परम्परा, नवप्रवर्तन र दौनक प्रयोगको सहजताको उत्कृष्ट संयोजन हो । यो नयाँ केन्द्रमार्फत ग्राहकहरूले त्यस अनुभवलाई अझ निजकबाट महसुस र्ग सक्ने विश्वास लिएका छौं ।”

बजाज चेतक इलेक्ट्रिक दुईपाङ्ग्रे जगतमा एक अग्रगामी नाम हो, जसले आफ्नो ऐतिहासिक विरासतलाई स्थायित्व, शैली र स्माट कनेक्टिभिटीसँग जोडेको जनाइएको छ । क्लासिक डिजाइन र आधुनिक कार्यक्षमताको संगम रहेको यो स्कुटर नेपाली बजारमा सबैभन्दा भरपर्दो इलेक्ट्रिक स्कुटरहरूमध्ये एकको रूपमा स्थापित भएको बताइएको छ ।

The post पोखरामा बजाज चेतक ईभीको विस्तार, प्रिमियम विद्युतीय यात्रातर्फ अर्को कदम appeared first on Jankari Kendra.

एक लाखसम्म नगद छुटसहित बजाज ग्रान्ड एक्सचेन्ज कार्निभल
काठमाडौं । नेपालका लागि बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले ग्राहकहरूका लागि विशेष अफरसहित ‘न्यु खोज्नेलाई झ्याम्मै, ग्रान्ड एक्सचेन्ज कार्निभल’ सूरु गरेको छ ।

यो विशेष कार्निभल काठमाडौंको भृकुटीमण्डपमा यही सोमबारदेखि जेठ ३ गतेसम्म (२०२६ मे ११ देखि मे १७ सम्म) सञ्चालन हुने कम्पनीले जनाएको छ । यस कार्यक्रममा ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ बजाज मोटरसाइकल खरिद गर्दा विभिन्न आकर्षक सुविधाहरू पनि प्राप्त गर्न सक्नेछन् ।

कार्निभलमा सहभागी ग्राहकहरूको पुरानो सवारीसाधनको मूल्याङ्कन २२ जना अनुभवी मूल्याङ्कनकर्तामार्फत गरिनेछ । साथै, नयाँ बजाज मोटरसाइकल खरिद गर्दा ग्राहकहरूले रु. १ लाखसम्म नगद छुट प्राप्त गर्न सक्ने पनि कम्पनीले उल्लेख गरेको छ ।

यसका अतिरिक्त, ग्राहकहरूले कार्निभल स्थलमै सहज वित्तीय सुविधा, निःशुल्क एसेसरिज तथा निःशुल्क सेवा शुल्क लगायतका सुविधाहरु प्राप्त गर्नेछन् । कम्पनीका अनुसार, यस ग्रान्ड एक्सचेन्ज कार्निभलले ग्राहकहरूलाई आफ्नो पुरानो सवारीसाधनको उचित मूल्य प्राप्त गर्दै नयाँ बजाज मोटरसाइकल खरिद गर्ने उत्कृष्ट अवसर प्रदान गर्नेछ ।

बजाज नेपालले ग्राहकहरूको आवश्यकता र चाहनालाई ध्यानमा राख्दै यस्ता आकर्षक योजना तथा अफरहरू निरन्तर ल्याउँदै आएको बताएको छ । कम्पनीले सबै इच्छुक ग्राहकहरूलाई भृकुटीमण्डपमा आयोजित यस विशेष कार्निभलमा सहभागी भई उपलब्ध विशेष सुविधाहरूको लाभ लिन पनि आग्रह गरेको छ ।

The post एक लाखसम्म नगद छुटसहित बजाज ग्रान्ड एक्सचेन्ज कार्निभल appeared first on Jankari Kendra.

बजाजको क्यूआर क्याम्पेन, भाग्य चम्काउन एक स्क्यान
काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसरज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले नयाँ वर्ष २०८३ को अवसरमा ‘बजाज न्यू इयरको क्यूआर’ नामक आकर्षक योजना सार्वजनिक गरेको छ ।

‘अब क्युआर गरि क्यास तिर्ने हैन, क्यास जित्ने !’ भन्ने नारासहित ल्याइएको यस योजनाले ग्राहकलाई डिजिटल माध्यममार्फत रमाइलो गर्ने मात्रै होइन पुरस्कार नै जित्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

ग्राहकहरूले बजाजका आधिकारिक शोरुमहरू लगायत विभिन्न सञ्चार माध्यम तथा सामाजिक सन्जाल र अन्य जहाँसुकै राखिएको भएपनि क्यूआर कोड स्क्यान गरी गेम खेल्न सक्नेछन् । हरेक दिन सहभागीहरू मध्ये भाग्यशाली एक जना विजेताले स्मार्ट वाच जित्नुका साथै बजाज खरिदकर्ताले अधिकतम १ लाख रुपैयाँसम्म नगद पुरस्कार तथा अन्य आकर्षक उपहारहरू जित्ने अवसर पनि पाउनेछन् ।

हालसम्म क्यूआर कोड मुख्यतः भुक्तानीका लागि प्रयोग हुँदै आएकोमा अब ग्राहकहरूले सोही माध्यमबाट नगद जित्ने नयाँ र उत्साहजनक अनुभव लिन सकिने कम्पनीले बताएको छ ।

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाका अनुसार,-“डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै हामीले ग्राहकहरूलाई नयाँ र रोचक अनुभव दिन खोजेका हौं । क्यूआर स्क्यान गरेर नगद जित्ने अवसरले ग्राहकहरूलाई थप उत्साहित बनाउने विश्वास लिएका छौं ।”

बजाजको यो क्युआर योजना देशभर रहेका बजाजका सबै आधिकारिक शोरुमहरूमा लागू हुनेछ भने ग्राहकहरूले सो स्थानमा उपलब्ध क्यूआर कोड स्क्यान गरी सजिलै यस योजनामा सहभागी भई विभिन्न उपहारहरु जित्न सक्नेछन् ।

नयाँ वर्षको अवसरमा ल्याइएको यस योजनाले बजाज मोटरसाइकल खरिद गर्न चाहने ग्राहकहरूलाई थप उत्साह र ऊर्जा प्रदान गर्ने कम्पनीको विश्वास रहेको विज्ञप्तिमा उल्लेख छ ।

The post बजाजको क्यूआर क्याम्पेन, भाग्य चम्काउन एक स्क्यान appeared first on Jankari Kendra.

बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर
काठमाडौं । बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ।

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड कम्पनीले ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ नामक नयाँ योजना ल्याएको हो। यस योजना अनुसार १००सीसीदेखि १५० सीसीसम्मका मोटरसाइकल खरिद गर्दा ७ हजारसम्म छुट पाउन सकिनेछ।

यस योजनाबारे आफ्नो धारणा व्यक्त गर्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने- ‘नयाँ जिम्मेवारीसँगै नयाँ जीवन सुरुवात गर्नेहरूका लागि यो अफर ल्याएका छौं, नयाँ सोच, नयाँ संकल्पले नयाँ जीवनलाई सहज बनाउने विश्वाससमेत लिएको छु।’ नवविवाहित जोडीलाई लक्षित गरिएको भए पनि यो योजनाबाट सबैले लाभ लिन सक्ने निर्देशक गोल्छाले बताए।

यो योजना माघ १५ बिहीबारदेखि नै लागू भएको कम्पनीले जनाएको छ।

The post बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर appeared first on Jankari Kendra.

बजाज ‘नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल’ आकर्षक एक्सचेन्ज : यस्ता छन् अफर
काठमाडौं । नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले विश्वप्रसिद्ध दुईपांग्रे सवारी ब्रान्ड बजाजको ‘बजाज नेक्स्ट जेन महा–एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ । यही माघ ११ गतेदेखि १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने यस कार्निभलमार्फत ग्राहकहरूले बजाजका नयाँ पुस्ताका मोटरसाइकलहरू आकर्षक अफरसहित खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

यस कार्निभलको मुख्य आकर्षणका रूपमा नयाँ बजाज पल्सर २२० एफ एफआई बिएस६ को औपचारिक सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । कार्निभलमै पहिलोपटक सार्वजनिक भएको यस नयाँ पल्सर एफ२२०एफ एफआई बीएस६ ले बजाज प्रेमीहरूलाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ । विशेषगरी फुल डिजिटल कन्सोल, फ्युल इन्जेक्सन, एबिएस र नयाँ ग्राफिक्ससहितको बजाज पल्सर २२०एफ रु. ४,३९,९०० को शुरुवाती मूल्यमा उपलब्ध गराइनेछ।

कार्निभलमा पुराना बाइक साटेर नयाँ बजाज बाइक खरिद गर्न चाहने ग्राहकहरूका लागि नागरिकताको भरमा बाइक लोन, अन–द–स्पट फाइनान्स, निःशुल्क एक्सेसरिज तथा २२ भन्दा बढी भ्यालुएटरमार्फत उत्कृष्ट एक्सचेन्ज भ्यालुएसनको व्यवस्था गरिएको बताइएको छ । बजार मूल्यभन्दा रु. ८,००० सम्म बढी भ्यालुएसन प्राप्त गर्न सकिने कम्पनीले उल्लेख गरेको छ ।

नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. का अनुसार, यो कार्निभल नयाँ बाइक किन्ने योजना बनाइरहेका ग्राहकहरूका लागि एकै स्थानमा सबै सुविधा प्राप्त गर्ने सुनौलो अवसर हो । पाँच वर्षको वारेन्टी तथा सहज फाइनान्स सुविधाले ग्राहकलाई अझ सहज र भरपर्दो बनाउने कम्पनीको विश्वास रहेको छ ।

बजाज नेक्स्ट जेन महा–एक्सचेन्ज कार्निभलसम्बन्धी थप जानकारीका लागि नजिकको बजाज शोरूम वा बजाजका आधिकारिक सामाजिक सञ्जालमार्फत जानकारी लिन सकिने पनि कम्पनीले जनाएको छ ।

The post बजाज ‘नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल’ आकर्षक एक्सचेन्ज : यस्ता छन् अफर appeared first on Jankari Kendra.

एनपीएलका तीन उत्कृष्ट खेलाडीले पाए पल्सर एन-१६० मोटरसाइकल
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडीलाई गोल्छा ग्रुपले पल्सर मोटरसाइकल प्रदान गरेको छ । ‘टु ह्विलर पार्टनर’ रहेको गोल्छा ग्रुपअन्तर्गतको हंसराज हुलासचन्द एण्ड कम्पनीले शनिबार एनपीएल दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडी रोहितकुमार पौडेल, सन्दीप लामिछाने र शेर मल्ललाई पल्सर मोटरसाइकल (एन १६०) पुरस्कारस्वरुप प्रदान गरेको हो ।

एनपीएल दोस्रो संस्करणको उपाधि जितेको लुम्बिनी लायन्सका कप्तान तथा सबैभन्दा बढी रन बनाएका रोहितकुमार पौडेलले पल्सर मोटरसाइकल प्राप्त गरे । उनले यस सिजनमा २ सय ७६ रन जोडेका हुन् । विराटनर किंग्सका कप्तान तथा सबैभन्दा बढी विकेट लिएका सन्दीप लामिछानेलाई पनि पल्सर मोटरसाइकल प्रदान गरिएको हो । लामिछानेले १७ विकेट हात पारेका हुन् । यस सिजनकै इमर्जिङ प्लेयरको उपमा पाएका लुम्बिनीका शेर मल्ललाई पल्सर मोटरसाइकल (एन १६०) प्रदान गरिएको गोल्छा ग्रुपले जनाएको छ । यस टुर्नामेन्टमा सानदार बलिङ गरेका मल्लले १७ विकेट लिएका थिए ।

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने– “कम्पनीले खेललाई सधैं प्राथमिकतामा राख्दै आएको छ, सम्झौताअनुसार उत्कृष्ट खेलाडीलाई पल्सर मोटरसाइकल दिन पाउनु खुसीको कुरा हो, ब्रान्डलाई खेलसँगै जोडेर अघि बढाउन हामी सधैं प्रतिबद्ध छौं।” यसअघि कात्र्तिक १३ गते गोल्छा ग्रुप र नेपाल क्रिकेट संघ(क्यान)बीच एनपीएलका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गर्ने सम्झौता भएको थियो ।

कीर्तिपुर अन्तर्राष्ट्रिय रंगशालामा मंसिर १ गतेदेखि सुरू भएको एनपीएलको दोस्रो संस्करण मंसिर २७ गते शनिबार सम्पन्न भएको छ ।

The post एनपीएलका तीन उत्कृष्ट खेलाडीले पाए पल्सर एन-१६० मोटरसाइकल appeared first on Jankari Kendra.

बजाज पल्सर बन्यो एनपीएलको ‘टु ह्विलर पार्टनर’ : उत्कृष्ट तीन खेलाडीलाई पल्सर एन १६० दिइने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि गोल्छा ग्रुपको पल्सर बाइक ‘टु ह्विलर पार्टनर’ बनेको छ। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा गोल्छा ग्रुप र नेपाल क्रिकेट संघ (क्यान)बीच सम्झौता भएको हो। गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा र क्यानका सचिव पारस खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

एनपीएलका उत्कृष्ट तीन खेलाडीलाई गोल्छा ग्रुपले पल्सर मोटरसाइकल ( एन १६०) पुरस्कारस्वरूप प्रदान गर्ने सम्झौतापत्रमा उल्लेख छ।

सर्वाधिक रन बनाउने ब्याट्सम्यान, सर्वाधिक विकेट लिने बलर र उत्कृष्ट उदीयमान (इमर्जिङ) खेलाडीले उक्त मोटरसाइकल प्राप्त गर्नेछन्।

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले सम्झौता पत्रमा हस्ताक्षर गर्दै भने – ‘पल्सर मोटरसाइकल सधैँ खेलकुद र युवा उर्जासँग जोडिएको ब्रान्ड हो, एनपीएलमार्फत नेपाली क्रिकेटलाई थप उर्जा र प्रेरणा मिल्ने विश्वास छ।’

नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले पल्सरसँग सहकार्य गर्नु नेपाली क्रिकेटका लागि सकारात्मक कदम भएको बताए। उनले एनपीएलको दोस्रो संस्करणको तयारी अन्तिम चरणमा पुगेको भन्दै केही दिनभित्रै पत्रकार सम्मेलन गरी सम्पूर्ण जानकारी दिने बताएका छन् ।नेपाल प्रिमियर लिगको दोस्रो संस्करण आगामी मंसिर १ गतेदेखि सञ्चालन हुनेछ।

The post बजाज पल्सर बन्यो एनपीएलको ‘टु ह्विलर पार्टनर’ : उत्कृष्ट तीन खेलाडीलाई पल्सर एन १६० दिइने appeared first on Jankari Kendra.