बन्नी Archives - Jankari Kendra

क्लासिकको पुनरागमन : नयाँ स्वरूपमा फर्कियो पशुपति पेन्ट्सको ‘बन्नी’
काठमाडौं । नेपालकै पुरानो र विश्वासिलो स्वदेशी ब्रान्डहरूमध्ये एक, पशुपति पेन्ट्सले आफ्नो इतिहासको प्रिय अंश ‘बन्नी’लाई नयाँ र आधुनिक रूपसहित ब्रान्ड एम्बेसडरको रूपमा पुनः प्रस्तुत गरेको छ। ४५ वर्षको लामो इतिहास बोकेको यस ब्रान्डले नेपाली घरहरूमा रंग र जीवन थप्दै आएको कम्पनी जनाएको छ।

अहिले, पशुपति पेन्ट्सले १९९० को दशकको सुरुवातमा टेलिभिजन विज्ञापनमार्फत पहिलोपटक प्रस्तुत गरिएको आफ्नो प्रतिष्ठित एनिमेटेड क्यारेक्टर बन्नीलाई पुन्टे नाम दिएर पुनर्जीवित गर्दै दर्शकसँग पुनः जोडिन चाहेको बताएको छ।

त्यतिबेला नेपालमा एनिमेसन प्रविधि प्रारम्भिक चरणमै रहेको हुँदा ओरिजिनल बन्नी विज्ञापन भारतका दक्ष कलाकारहरूको सहयोगमा तयार गरिएको थियो।

देशकै सुरुवाती एनिमेटेड कमर्शियलमध्ये एकका रूपमा चिनिएको त्यस विज्ञापनले दर्शकहरूमा गहिरो प्रभाव पार्न सफल भएको थियो।

नेपालको प्राकृतिक सौन्दर्यबाट प्रेरित उक्त विज्ञापनको गीतले देशका रंग, भौगोलिक विविधता र भावनालाई समेटेको थियो। धेरैका लागि, यो विज्ञापन सरल र सुमधुर समयको मीठो सम्झनाको रूपमा रहेको जनाइएको छ।

आज दशकौं पछि, पशुपति पेन्ट्सले त्यही आकर्षणलाई एआई र डिजिटल डिजाइनजस्ता आधुनिक प्रविधिको प्रयोगमार्फत नयाँ ढंगले प्रस्तुत गरेको बताएको छ।

पहिले स्रोत र प्रविधिको सीमाले गर्दा सीमित भएको सिर्जना अहिले नेपालभित्रै सिर्जनात्मकता र इनोभेसनको अवसरमा रूपान्तरण हुनुका साथै नयाँ बन्नीले पुरानो भावना जोगाउँदै आजको पुस्तासँग जोडिने शैलीमा आफूलाई प्रस्तुत गरेको जनाएको छ।

कम्पनीका अनुसार, एनिमेटेड बन्नीलाई पुनः ब्रान्ड एम्बेसडरको रूपमा ल्याएर पशुपति पेन्ट्सले अतीत र वर्तमानबीच सशक्त सेतु निर्माण गरेको छ। यसले ब्रान्ड र देश दुवै कति अगाडि बढिसकेका छन् भन्ने पनि देखाउँछ।

बाह्य विशेषज्ञतामा निर्भर अवस्थाबाट आधुनिक प्रविधि स्वदेशमै अपनाउने अवस्थासम्म आइपुग्दा, नेपालको सिर्जनात्मक उद्योगले उल्लेखनीय प्रगति गरेको छ। पशुपति पेन्ट्सले पनि समयसँगै आफूलाई रूपान्तरण गर्दै आफ्नो पहिचानमा अडिग रहँदै विकासको यात्रा जारी राखेको बताएको छ।

पशुपति पेन्ट्स नेपालको आफ्नै पेन्ट्स ब्रान्ड हो, जसले विगत ४५ वर्षदेखि रङको माध्यमबाट व्यवसाय र घरहरूमा खुशी बाँड्दै आएको जनाएको छ।

The post क्लासिकको पुनरागमन : नयाँ स्वरूपमा फर्कियो पशुपति पेन्ट्सको ‘बन्नी’ appeared first on Jankari Kendra.