बालेनको वाचापत्र सार्वजनिक Archives - Jankari Kendra

बालेनको वाचापत्र सार्वजनिक,यस्ता छन् मुख्य ९ प्रतिबद्धताहरु
झापा । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका बालेन शाहले सोमबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले सुशासन,सेवा -केन्द्रित राजनीति र भूमिहीन समस्या समाधानलाई मुख्य प्राथमिकतामा राखेका छन् ।

‘थिति बसाल्ने संकल्प” नारासहित सार्वजनिक गरिएको घोषणापत्रमा उनले संसदमा बेथिति र भ्रष्टचारविरुद्ध सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् । साथै,नागरिकको मतबाट प्राप्त विश्वासलाई परिणाममा रुपान्तरण गर्ने अठोट व्यत्त गरेका छन् ।

शिक्षा क्षेत्रतर्फ विद्यालय छाड्ने दर न्यूनीकरण गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने,समुदायिक विद्यालयमा प्रविधिमैत्री कक्षा कोठा तथा प्रयोगशाला विस्तार गर्ने योजना प्रस्तुत गरिएको छ। स्वास्थ्य क्षेत्रमा विपन्न परिवारलाई निःशुल्क उपचारको व्यवस्था गर्ने,दमक अस्पताललाई स्तरोन्नति गर्ने तथा घरदैलोमै आधारभूत स्वास्थ्य सेवा पुर्याउने कार्यक्रम अघि सारिएको छ ।

कृषि क्षेत्रमा सिँचाइ विस्तार ,शीत भण्डार स्थापना र बाझोँ जमिनको सदुपयोग सुनिश्चित गर्ने योजना समेटिएको छ । पूर्वाधार विकासअन्तर्गत क्षेत्रका प्रमुख सडक तथा पुल निर्माणलाई समयमै सम्पन्न गराउने प्रतिबद्धता गरिएको छ ।

घोषणापत्रमा भूमिहीन र सुकुमबासीलाई विशेष प्राथमिकता दिदैँ अधिकारसम्पन्न संयन्त्र गठन गरी निश्चित अवधिभित्र समस्या समाधान गर्ने उल्लेख गरिएको छ । ऐलानी तथा नक्सांकन नभएका जग्गाको अभीलेखीकरण सम्पन्न गर्ने र ‘ल्यान्ड बैँक’ अवधारणा लागू गर्ने योजना पनि समावेश गरिएको छ ।

यसैगरी,महिला उद्यमीलाई साहुलियत ऋण,युवालाई सीपमूलक तालिममार्फत रोजगारी सिर्जना र सार्वजनिक सेवालाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

घोषणापत्र सार्वजनिक भएसगैँ झापा ५ मा चुनावी माहोल थप तातेको छ । मतदाताले प्रस्तुत एजेन्डा व्यवहारमा कति कार्यान्वयन हुन्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ ।

The post बालेनको वाचापत्र सार्वजनिक,यस्ता छन् मुख्य ९ प्रतिबद्धताहरु appeared first on Jankari Kendra.