महिन्द्रा Archives - Jankari Kendra

महिन्द्राले ल्यायो नेपालमै पहिलो पटक २-टन भार क्षमता भएको बोलेरो म्याक्स पिक-अप
काठमाडौँ। पिक-अप सेगमेन्टमा विश्वव्यापी रूपमा स्थापित महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले अन्तर्राष्ट्रिय बजारमा आफ्नो पिक-अप पोर्टफोलियोलाई थप मजबुत बनाउँदै नेपालमा‘महिन्द्रा बोलेरो म्याक्स पिक-अप’ सार्वजनिक गरेको बताएको छ ।

महिन्द्राको पिक-अप तथा कमर्सियल युटिलिटि गाडीहरूको नेपालमा आधिकारिक वितरक,अग्नि ग्रुपअन्तर्गत अग्नि इन्करपोरेटेड प्राइभेट लिमिटेडद्वारा नेपालकै पहिलो र एकमात्र २-टन भार क्षमता भएको पिक-अप‘महिन्द्रा बोलेरो म्याक्स पिक-अप’ सार्वजनिक गरिएको जनाइएको छ। बिहिबार काठमाडौँको गैरीधारास्थित महिन्द्राको सोरुममा विशेष आधिकारिक सार्वजनिकिकरण समारोह मार्फत नयाँ पिक-अप सार्वजनिक गरिएको बताइएको छ।

कम्पनीका अनुसार समारोहमा महिन्द्रा एन्ड महिन्द्रा तथा अग्नि ग्रुपका विशेष प्रतिनिधिहरू,सञ्चार प्रतिनिधिहरू तथा ग्राहकवर्गहरूको उपस्थिति रहेको थियो। काठमाडौँ सँगै विरगञ्ज, बुटवल, र जनकपुरमा पनि बिहिबार नै सार्वजनिक गरिएको छ। साथै, भैरहवा, चितवन, हेटौँडा, विराटनगर, दमक, गाईघाट, पोखरा, धनगढी, दाङ, नेपालगञ्ज, सुर्खेत, बिर्तामोड आदि नेपालका मुख्य व्यापारिक सहरहरूमा पनि लगत्तै गाडी सार्वजनिक गरिने योजना रहेको जनाइएको छ ।

भार क्षमता (पेलोड),इन्धन इफिसियन्सि,सुरक्षा र समग्र ड्राइभिङ अनुभवमा नयाँ मापदण्ड कायम गर्दै,बोलेरो म्याक्स पिक-अपले नेपाली बजारको सब-२-कमर्सियल गाडीको सेगमेन्टमा महिन्द्राको नेतृत्वदायी स्थानलाई अझ सुदृढ गर्ने विश्वास लिएको बताइएको छ ।

महिन्द्राले नेपाली ग्राहकहरूका लागि दुई हेभी-ड्युटी भेरियन्टहरू इचडि १.७ एल एक्स र एचडि २.० एल एस एक्स आई उपलब्ध गराउ साथै यी भेरियन्टहरू सामान्य ढुवानीदेखि इन्टरसिटि ढुवानीका लागि उपयुक्त रहेको जनाएको छ । नेपालको उबडखाबड र पहाडी सडकहरूमा यात्रा गर्नका लागि यी गाडीहरू ‘साना कमर्सियल गाडी’को सेगमेन्टमा उत्कृष्ट रोजाइ रहेका छन् ।

नेपालमा ग्राहकहरूको लागि इचडि १.७ एल एक्स भेरियन्टको विशेष लन्जिङ मूल्य रू. २९ लाख ९५ हजार (२९,९५,०००) बाट सुरु हुन्छ भने एचडि २.० एल एस एक्स आइको मूल्य रू. ३२ लाख ९५ हजार (३२,९५,०००) बाट सुरु हुन्छ । दुवै भेरियन्टहरू महिन्द्राका लागि नेपालको आधिकारिक वितरक अग्नि ग्रुपका डिलरसिपहरू मार्फत बिक्री गरिने जनाइएको छ ।

महिन्द्रा एन्ड महिन्द्राका इन्टरनेसनल अपरेसन्स प्रमुख सचिन अरोल्करका अनुसार “बोलेरो म्याक्सले एक उच्चस्तरको सक्षम, भरपर्दो, सुरक्षित, कार्यकुशल र बहुउपयोगी पिक-अपको रूपमा आफ्नो पहिचान स्थापित गरेको छ । यी गुणहरूसहित कम ...

The post महिन्द्राले ल्यायो नेपालमै पहिलो पटक २-टन भार क्षमता भएको बोलेरो म्याक्स पिक-अप appeared first on Jankari Kendra.

अग्नि समूहको ३५ वर्ष : व्यवसायसँगै समाजलाई पनि उन्नत बनाउने प्रतिबद्धता
काठमाडौं । अग्नि समुहले आफ्नो ३५ औं वार्षिकोत्वस मनाएको छ । नेपालमा महिन्द्रा गाडीहरूको एक मात्र आधिकारिक वितरक अग्नि ग्रुप अन्तर्गत सञ्चालित यस फाउण्डेशनले आफ्नो ३५औँ वार्षिकोत्सव मनाएको बताएको छ ।

सो अवसरमा कम्पनीले बुढानीलकण्ठ र काठमाडौंमा आयोजित विशेष समारोहमा आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व सीएसआर अन्तर्गत समुदाय सशक्तिकरणतर्फ सार्थक योगदान पु-याउने उद्देश्यसहित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई महिन्द्रा एसयूभी४०० का दुई इलेक्ट्रिक एसयूभी हस्तान्तरण गरेको छ ।

उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै अग्नि फाउण्डेशनकी अध्यक्ष सुशान वैद्य श्रेष्ठले भनिन् ‘३५ वर्षको यात्रामा हामी हाम्रो ग्रुप, साझेदारहरू र समुदायसँगै अघि बढ्दै आएका छौँ । आज हामी यस इन्स्टिच्युटलाई बालबालिका र परिवारसम्म अझ धेरै सेवा र अवसर पु-याउन सहयोग गर्ने एउटा सानो तर अर्थपूर्ण कदम चालिरहेका छौँ । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ केवल स्वास्थ्य सेवा प्रदान गर्ने संस्था मात्र होइन, यो आशा जोगाइने ठाउँ हो, परिवारले बल पाउने ठाउँ हो र भविष्यलाई सम्भारिने ठाउँ हो । यस्तो महत्वपूर्ण कार्यमा सहयोग गर्न पाउनु हाम्रो लागि गौरवको विषय हो ।’

त्यसैगरी उक्त कार्यक्रममा सहयोगको प्रभावबारे चर्चा गर्दै, काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ का अध्यक्ष प्रा.डा. भगवान कोइरालाले भने, ‘यस इन्स्टिच्युटले विद्यालय स्वास्थ्य कार्यक्रम, जिल्ला स्वास्थ्य प्रणाली सुदृढीकरण तथा बालरोग पहिचानसहितका विभिन्न सामुदायिक स्वास्थ्य कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यी सबै कार्यक्रमहरूमा अब यी सवारी साधन प्रयोग गरिनेछन् । संक्षेपमा भन्नुपर्दा, हजारौँ बालबालिकाले प्रत्यक्ष लाभ पाउनेछन् र हाम्रो काम अधिक सहज तथा प्रभावकारी बनेपछि अप्रत्यक्ष रूपमा पनि धेरैले फाइदा लिन सक्नेछन् । स्वास्थ्य सेवा अझ सहज र पहुँचयोग्य बनाउन मद्दत पु-याएकोमा हामी अग्नि फाउण्डेशनप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।’

वातावरणमैत्री, सुरक्षित र दिगो यात्रा सुविधायुक्त महिन्द्रा एसयूभी४०० इलेक्ट्रिक एसयूभीहरूले उक्त संस्थाका स्वास्थ्य, शिक्षा तथा समुदायमुखी कार्यक्रमको पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

अग्नि फाउण्डेशन स्वास्थ्य, शिक्षा, खेलकुद र विपद्–व्यवस्थापनजस्ता क्षेत्रमा निरन्तर सक्रिय छ र सरकारी निकायहरूसँग सहकार्य गर्दै आएको बताइएको छ । यसअघि फाउण्डेशनले त्रिवि शिक्षण ...

The post अग्नि समूहको ३५ वर्ष : व्यवसायसँगै समाजलाई पनि उन्नत बनाउने प्रतिबद्धता appeared first on Jankari Kendra.

महिन्द्राको अल इलेक्ट्रिक एक्सयूभी ४०० सार्वजनिक, बुकिङ सुरू
काठमाडौँ । काठमाडौंमा सोमबार सार्वजनिक गरिएसँगै बूकिङ पनि खुला गरिएको छ। यो नेपालका लागि महिन्द्राको पहिलो विद्युतीय कारका रूपमा स्थापित भएको कम्पनीले जनाएको छ। यसमा स्ट्यान्ड आउट एक्सयूभी(४०० ईएल(प्रो भेरियन्ट र ३९।४ किलोवाटको ब्याट्री छ। नेपाली बजारका लागि यो विशेष संस्करण भएको कम्पनीको दाबी छ ।

नेपालमा महिन्द्रा एक्सयूभी(४०० प्रस्तुत गर्न पाउँदा खुशी लागेको महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडको अटोमोटिभ डिभिजनका इन्टरन्याशनल अपरेशन हेड सचिन अरोलकरले बताए। द्रुत गति, विस्तारित दायरा र बलियो सुरक्षा सुविधा भएको यो कारले नेपाली उपभोक्ताको आवश्यकता पूरा गर्ने उनको भनाइ छ ।

यसलाई नेपाली बजारमा ल्याएको अग्नि ग्रूपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले यो डिजाइन, स्पेश र प्रविधिका हिसाबले आकर्षक रहेको बताए। “यसले नेपाली उपभोक्तालाई विद्युतीय सेवा लिन उत्साहित र प्रेरित गर्नेछ,” श्रेष्ठले भने ।  बूकिङ खुला गरिएको एक्सयूभी(४०० को ब्याट्री र मोटरमा तीन वर्षको वारेन्टी छ। यसको मूल्य ५२ लाख ५० हजार रुपैयाँ तोकिएको छ।

The post महिन्द्राको अल इलेक्ट्रिक एक्सयूभी ४०० सार्वजनिक, बुकिङ सुरू appeared first on Jankari Kendra.