मार्गा पोखरी छथर Archives - Jankari Kendra

तेह्रथुमको धार्मिक एवंम् पर्यटकीय स्थल मार्गा पोखरी
तेह्रथुम । तेह्रथुम जिल्ला नेपालको पूर्वी पहाडी भू-भागमा अवस्थित सुन्दर जिल्ला हो। यही जिल्लाको छथर गाउँपालिको प्रमुख धार्मिक तथा पर्यटकिय स्थल मार्गा पोखरी प्राकृतिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्तै महत्वपूर्ण स्थलको रुपमा स्थापित भएको छ।

हरियाली वनजंगलले घेरिएको, सधैं सफा र स्थिर जलस्रोत बोकेको, धार्मिक आस्थाले परिपूर्ण र पर्यटकीय रुपमा प्रचुर सम्भावना भएको यो पोखरी अहिले प्रचार-प्रसारको अभावमा ओझेलमा परेको छ।

मार्गा पोखरी छथर गाउँपालिका वडा नं. १ मा पर्छ। आङ्दिमको शिरमा रहेको यो पोखरी कोशी राजमार्ग हुँदै गाडीबाट धनकुटाको सिधुवा बजारदेखि सिधुवा-शुक्रबारे सडकखण्ड हुँदै चारमाने चोक आइपुग्न सकिन्छ। त्यस्तै, छथर गाउँपालिकाको मुख्य केन्द्र शुक्रबारे बजारबाट शुक्रबारे-सिधुवा सडकखण्ड हुँदै चारमाने चोकसम्म करिब ३० मिनेट पैदल हिँडेर वा मोटरसाइकलबाट घुमाउरो कच्ची बाटो हुँदै पोखरीसम्म पुग्न सकिन्छ।

पोखरी वरपरको क्षेत्र हरियाली जंगलले ढाकिएको छ, जसले गर्दा वातावरण शान्त, स्वच्छ र शीतल महसुस हुने गर्दछ। पोखरीसम्म पुग्ने यात्रामा पहाडको रमणीय दृश्य, चराचुरुङ्गीको चिरबिर आवाज र चिसो बतासले यात्रालाई अझ सुखद र अविस्मरणिय बनाउँदछ।

मार्गा पोखरीको प्राकृतिक विशेषता

मार्गा पोखरीको सबैभन्दा उल्लेखनीय पक्ष भनेको यसको पानी कहिल्यै सुक्दैन। वर्षा होस् वा खडेरी, पोखरीमा पानीको सतह स्थिर र शान्त हुन्छ।

पोखरीको पानी क्रिस्टलजस्तो सफा हुन्छ र सतहबाट तलसम्म देखिन्छ। स्थानीय जनविश्वास अनुसार यस पोखरीमा झरेका पातहरू एक विशेष किसिमका चराले सफा गर्छन् भन्ने किम्बदन्ती छ।

यो पोखरीको आकृति गोलाकारजस्तो छ र वरिपरि सानो सानो झाडी तथा रुखहरू छन्। चारैतिरबाट हरियालीले घेरेको यो पोखरी गर्मी समयमा समेत शितलता प्रदान गर्ने स्थानको रुपमा चिनिन्छ। यहाँ आउने जोकोहीलाई शारीरिक थकान हट्नुका साथै मानसिक शान्ति मिल्ने गर्छ।

धार्मिक र सांस्कृतिक महत्व

मार्गा पोखरी केवल प्राकृतिक सम्पदा मात्र होइन, यो स्थानले धार्मिक आस्था र परम्परासँग पनि गहिरो सम्बन्ध राख्दछ। यो पोखरी भगवती देवीको बासस्थानको रुपमा मानिन्छ।

जनैपूर्णिमाको दिन यहाँ ठूलो मेला लाग्ने गर्छ। टाढा-टाढाबाट भक्तजनहरू यहाँ पूजाआजा गर्न, ब्रत बस्न, भाकल गर्न तथा स्नान गर्न आउँछन्। यो क्षेत्रमा शेर्पा समुदायको बाक्लो बस्ती भएकाले पोखरीको नजिकै पूर्वकै पहिलो मालिङ गुम्बासमेत रहेको छ। शेर्पा समुदायको ...

The post तेह्रथुमको धार्मिक एवंम् पर्यटकीय स्थल मार्गा पोखरी appeared first on Jankari Kendra.