यामाहा Archives - Jankari Kendra

एमएडब्लू राइड्सद्वारा यामाहा सेल्स स्किल कन्टेस्टका क्षेत्रीय विजेता घोषणा, राष्ट्रिय प्रतिस्पर्धाको तयारी सुरु
काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकलहरूको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रा.लि. ले देशभरका डिलरहरूबाट उत्कृष्ट बिक्री तथा सेवा दक्षता भएका प्रतिभाहरूलाई एकत्रित गर्दै रिजनल सेल्स स्किल कन्टेस्ट २०८२र८३ सफलतापूर्वक सम्पन्न गरेको छ।

यामाहा ट्रेनिङ एकेडेमीको छातामुनि रहेर आयोजना गरिएको यस प्रतियोगिताले अग्रपंक्तिमा रहेर कार्यरत जनशक्तिको सीप अभिवृद्धि, उत्कृष्टताको सम्मान तथा भविष्यका लागि अझ सशक्त सेल्स टिम निर्माण गर्ने उद्देश्य राखेको थियो।

बिक्रीतर्फको क्षेत्रीय प्रतिस्पर्धा काठमाडौं, इटहरी, बर्दिबास, भरतपुर र नेपालगञ्ज गरी पाँच प्रमुख शहरमा आयोजना गरिएको थियो, जसले मेचीदेखि महाकालीसम्मका प्रमुख व्यापारिक क्षेत्र समेटेको थियो। त्यसैगरी, सेवातर्फको प्रतियोगिता काठमाडौं, बुटवल, बर्दिबास, इटहरी र नेपालगञ्जमा सम्पन्न गरिएको थियो। सहभागीहरूको मूल्याङ्कन उत्पादनसम्बन्धी ज्ञान, प्रतिस्पर्धीबारे जानकारी, अटोमोबाइलका आधारभूत विषय तथा व्यावहारिक बिक्री र सेवा सीपका आधारमा गरिएको थियो।

सेल्स स्किल प्रतियोगितामा विजयी हुन सफल बी एण्ड बी अटो ट्रेडर्स प्रा. लि., विराटचोकका चूडामणि आचार्य (विनर), भिएडब्लु इन्टरप्राइजेज प्रा. लि., पोखराका समुन्द्र पंगेनी (फर्स्ट रनर अप) तथा डी एण्ड डी अटोलिङ्क प्रा. लि., सीतापाइलाका अनिश महर्जन (सेकेन्ड रनर अप) लाई सम्मानित गरिएको थियो।

त्यसैगरी, सर्भिस स्किल प्रतियोगितामा मोटो क्राफ्ट, गोंगबुका प्रवीण सान्डा (विनर), ऋषिक अटोमोबाइल्स, कुमारीपाटीका निरोज श्रेष्ठ (फर्स्ट रनर अप) तथा क्रेशभ कमर्सियल, दमकका दिपन सरकार (सेकेन्ड रनर अप) विजेता बनेका थिए।

उनीहरूले आफ्ना प्रतिस्पर्धीहरूमाझ उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रियस्तरको प्रतियोगितामा स्थान सुरक्षित गरेका हुन्। सबै विजेताहरूले भैरहवाको परासीस्थित यामाहा फ्याक्ट्री भ्रमण गर्ने अवसर प्राप्त गर्नेछन्। साथै, सर्भिस स्किल प्रतियोगिताका विजेताहरूले विश्वस्तरीय स्किल प्रतियोगितामा सहभागिता जनाउने अवसर समेत प्राप्त गर्नेछन्।

पाँचै क्षेत्रबाट बिक्री तथा सेवातर्फका उत्कृष्ट तीन–तीन जना गरी कुल ३० जना फाइनलिस्टहरूले राष्ट्रिय सेल्स स्किल कन्टेस्टमा स्थान सुरक्षित गरेका छन् । यो उपलब्धि केवल व्यक्तिगत उत्कृष्टताको प्रतीक मात्र नभई सम्बन्धित डिलरशिपहरूको निरन्तर सिकाइ र व्यावसायिक विकासप्रतिको प्रतिबद्धताको उदाहरण पनि रहेको यामाहा नेपालले जनाएको छ ।

यस वर्ष एमएडब्लू राइड्स र यामाहा ट्रेनिङ एकेडेमीले महत्वपूर्ण कदमका रूपमा बिक्री र सेवा दुवै विधालाई एउटै संयुक्त राष्ट्रिय कार्यक्रममा समेट्ने एकीकृत अवधारणा अघि बढाएका ...

The post एमएडब्लू राइड्सद्वारा यामाहा सेल्स स्किल कन्टेस्टका क्षेत्रीय विजेता घोषणा, राष्ट्रिय प्रतिस्पर्धाको तयारी सुरु appeared first on Jankari Kendra.

यामाहा नेपालद्वारा बुढानीलकण्ठमा नयाँ ‘थ्रिएस’ शोरूम विस्तार
काठमाडौं । यामाहा नेपालले बुढानीलकण्ठस्थित इटालिटार, गणेश चोकमा नयाँ ‘थ्रि एस’ सुबिधा विस्तार गरेको छ । आइतबार एक कार्यक्रम आयोजना गरी नयाँ शोरूम ‘ह्विलिश ग्यालोर प्रालि’ उद्घाटन गरिएको हो । यामाहा नेपालको यो १०३ औँ शोरूम भएको बताइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका यातायात मन्त्री जयराम थापाले शोरुमको उद्घाटन गरेका हुन् । कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, उपमेयर अनीता लामा तथा एमएडब्लू राइड्स प्रा.लि.का कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवाल लगायतको उपस्थिति थियो ।

नयाँ शोरूममा बिक्री (सेल्स), सेवा (सर्भिस) र स्पेयर पार्ट्स एउटै छानामुनि उपलब्ध गराइएको छ । जसले बुढानीलकण्ठ तथा आसपासका राइडरहरूलाई आवश्यक सबै सेवाहरू एउटै स्थानमा सहज रूपमा प्राप्त गर्न सहयोग गर्नेछ । दक्ष जनशक्ति र आधुनिक पूर्वाधारसहित स्थापना गरिएको ह्विलिश ग्यालोर प्रा.लि.ले ग्राहकलाई हरेक पटक सहज र भरपर्दो सेवा प्रदान गर्ने लक्ष्य राखेको जनाइएको छ।

कार्यक्रममा बोल्दै दीपक कुमार अग्रवालले भने, “बुढानीलकण्ठमा यो शोरूम सञ्चालन हुनाले यामाहाको अझ धेरै ग्राहकहरूसम्म पुग्ने र गुणस्तरीय सेवा सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धतालाई सकार बनाउन सहयोग गर्ने छ। प्रत्येक नयाँ आउटलेटले नेपालभर सशक्त र संगठित सञ्जाल निर्माणतर्फको हाम्रो प्रयासलाई अगाडि बढाउँछ।”

कम्पनीका अनुसार, बुढानीलकण्ठ शोरूमले काठमाडौं उपत्यकामा यामाहा नेपालको विस्तार हुँदै गएको उपस्थितिलाई थप मजबुत बनाउँदै स्थानीय राइडरहरूलाई यामाहाका सम्पूर्ण मोटरसाइकल तथा स्कुटर लाइनअप, जेनुइन स्पेयर पार्ट्स र व्यावसायिक सेवामा सहज पहुँच प्रदान गर्नेछ।

एमएडब्लू राइड्स अन्तर्गत सञ्चालन भइरहेको यामाहा नेपालले गुणस्तर, विश्वसनीयता र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै आफ्नो सञ्जाल विस्तार गरिरहेको छ, जसले यसलाई देशकै एक विश्वसनीय मोटरसाइकल ब्रान्डका रूपमा स्थापित गरेको कम्पनीले जनाएको छ ।

The post यामाहा नेपालद्वारा बुढानीलकण्ठमा नयाँ ‘थ्रिएस’ शोरूम विस्तार appeared first on Jankari Kendra.

नयाँ एफजेड एफआइ न्यू जेन सार्वजनिकसँगै भृकुटिमण्डपमा सुरु भयो वैशाख ५ सम्म ‘यामाहा ब्लू फेस्ट’
काठमाडौं । यामाहा नेपालले आफ्नो आधिकारिक वितरक एमएडब्लु ग्रुपमार्फत यामाहा ब्लु फेस्ट सफलतापूर्वक आयोजना गरेको छ। यस कार्यक्रममा ग्राहक, डिलर तथा मोटरसाइकलप्रेमीहरूलाई एकै ठाउँमा ल्याउँदै आकर्षक ब्रान्ड अनुभव प्रदान गरिएको बताइएको। कार्यक्रमलाई साधारण बिक्री गतिविधिभन्दा माथि उठाएर अन्तरक्रिया, इनोभेसन र उत्साहमार्फत यामाहा र राइडरबीच अर्थपूर्ण सम्बन्ध निर्माण गर्ने गरि डिजाइन गरिएको थियो।

ब्लु फेस्टको औपचारिक सुरूवातको रूपमा एमएडब्लु ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल तथा ब्रान्ड एम्बेसडर अनुप बिक्रम शाहीले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरे ।

कार्यक्रमको मुख्य आकर्षण “लिड द नेक्स्ट” थीम अन्तर्गत यामाहा एफजेडएस एफआई न्यू जेनको आधिकारिक सार्वजनिकरण रहनुका अध्यक्ष विष्णु कुमार अग्रवालले उक्त मोडल सार्वजनिक गर्दै नेपालमा लोकप्रिय एफजेड सिरिजको नयाँ अध्यायको सुरुवात गरे। लाइभ प्रस्तुति र अन्तरक्रियात्मक गतिविधिहरूले कार्यक्रममा उत्साहपूर्ण वातावरण सिर्जना गर्नुका साथै सहभागीहरूमा तीव्र जिज्ञासा र जोश देखिएको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले भने “हामी ग्राहकलाई उन्नत प्रविधि र उच्च मूल्य प्रदान गर्न केन्द्रित छौं। यामाहा मोटरसाइकलहरू प्रदर्शन, स्टाइल र उत्साह प्रदान गर्ने गरी बनाइएका हुन्छन्। यसमध्ये एफजेड सिरिज नेपाली राइडरहरूको सबैभन्दा विश्वासिलो रोजाई बन्दै आएको छ।”

एफजेड सिरिज लामो समयदेखि कम्युटर सेग्मेन्टमा ल‍ोकप्रिय रहँदै आएको छ र न्यु जेनले थप सुधारिएका फिचर र नयाँ डिजाइनसहित सो यात्रालाई निरन्तरता दिनुका साथै नयाँ यामाहा एफजेडएस एफआइ न्यु जेन हरेक दिनको प्रयोगमा आत्मविश्वास,स्टाइल र स्मार्ट प्रविधि खोज्ने नयाँ पुस्ताका राइडरलाई लक्षित गरी तयार गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले बाइकका ट्र्याक्सन कन्ट्रोल, सिंगल च्यानल एफजेड एबीएस र वाइ–कनेक्ट जस्ता विशेषताहरूबारे जानकारी दिँदै भने, “एफजेड एफआइ न्यु जेन स्टाइल, प्रविधि र प्रदर्शनको संयोजन खोज्ने आजका राइडरका लागि तयार गरिएको हो। यस मोडलमार्फत हामीले अझ स्मार्ट, सुरक्षित र रोमाञ्चक राइडिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेका छौं।”

कार्यक्रममा सेल्स हेड शैलेन्द्र अधिकारीले ब्लु फेस्ट अन्तर्गत उपलब्ध अफर, मूल्य संरचना र नयाँ मोडलका प्रमुख विशेषताबारे विस्तृत जानकारी दिँदै यामाहाको ग्राहक केन्द्रित दृष्टिकोण र मूल्यमा आधारित बजार रणनीतिबारे जानकारी दिए।

कम्पनीका अनुसार, ब्लु फेस्टको ...

The post नयाँ एफजेड एफआइ न्यू जेन सार्वजनिकसँगै भृकुटिमण्डपमा सुरु भयो वैशाख ५ सम्म ‘यामाहा ब्लू फेस्ट’ appeared first on Jankari Kendra.

यामाहा नेपालद्वारा दुईपाङ्ग्रे सवारीको भव्य मेला “ब्लु फेस्ट” को घोषणा
काठमाडौं । यामाहा नेपालले आफ्नो आधिकारीक वितरक एम.ए,डब्लू. राइड्स प्रा. लि. मार्फत बहुप्रतिक्षित वार्षिक कार्यक्रम “यामाहा ब्लु फेस्ट” पुनः आयोजना गर्ने भएको छ। यो कार्यक्रम यहि चैत्र २९ देखि वैशाख ५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुनेछ।

कार्यक्रमको पहिलो दिन विशेष उद्घाटन समारोहमा ब्रान्ड न्यू  यामाहा एफजेड-एस न्यू जेन: लिड द नेक्स्ट सार्वजनिक हुनेछ, जसले यस साताव्यापी इनोभेसन, प्रदर्शन र ग्राहक सहभागिताको उत्सवको सुखद सुरुवात गर्ने बताइएको छ।

पूर्ण दुईपाङ्ग्रे अनुभव प्रदान गर्नेगरी डिजाइन गरिएको ब्लु फेस्टले मोटरसाइकल पारखी, आम मानिस तथा सम्भावित ग्राहकहरूलाई यामाहाका अपग्रेड गरिएका नयाँ हाइ-टेक मोटरसाइकल तथा स्कुटरहरू नजिकबाट अवलोकन गर्ने अवसर प्रदान गर्नेछ। यस वर्ष “एक्सचेन्ज कार्निभल”को अनुभव पनि समावेश गरिएको छ, जसले ग्राहकहरूलाई सजिलो र विश्वसनीय रूपमा आफ्नो सवारी अपग्रेड गर्न थप सहज बनाउने कम्पनीले जनाएको छ।

आगन्तुकहरूले आफ्ना हाल चढिरहेका मोटरसाइकल ल्याएर ५० भन्दा बढी व्यवसायिक रिकन्डिसन हाउसहरूको सहयोगमा अन-द-स्पट मूल्यांकन गराउन सक्नेछन्, जसले बजार अनुसार उत्कृष्ट मूल्य सुनिश्चित गर्नेछ। सहज एक्सचेन्ज विकल्पहरूसँगै ग्राहकहरूले ब्राण्ड न्यू यामाहा पनि एकदम छिटो किन्न सक्नेछन्।

ग्राहकहरूको पहुँच थप सहज बनाउन यामाहाले सरल र लचिलो फाइनान्सिङ सुविधा पनि उपलब्ध गराएको बताएको छ। ग्राहकहरूले नागरिकता मार्फत अन-द-स्पट फाइनान्स सुविधा लिन सक्नेछन्, साथै ४० महिनासम्म विस्तार हुने सस्तो ईएमआई योजनाको लाभ पनि उठाउन सक्नेछन्।

खरिदकर्ताहरूले रु. ५ लाखसम्मको क्यासब्याक अफर पनि पाउनेछन्, जसले यो समयलाई यामाहा दुईपाङ्ग्रे सवारीमा लगानी गर्ने उत्कृष्ट अवसर बनाउनुका साथै, नयाँ वर्षको ब्लु कोड अफर पनि कार्यक्रम अवधिभर लागू हुने कम्पनीले बताएको छ।

एम.ए.डब्लू राइड्स प्रा. लि. का कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले भने -“यामाहा ब्लु फेस्ट इनोभेसन र नेपाली ग्राहकहरूसँगको हाम्रो सम्बन्धको उत्सव हो। यो ग्राहकहरूको लागि हाम्रो अपग्रेड गरिएको हाइ-टेक मोटरसाइकलको अनुभव लिने र यसलाई खरिद गरी नयाँ यात्राको सुरुवात गर्ने अवसर हो ।”

खरिद अनुभवका अलावा ब्लु फेस्टले जोशले भरिएको मनोरञ्जन र सहभागिताको अनुभव प्रदान गर्नुका साथै सहभागीहरूले रमाइलो स्टन्ट शो, टप राइडर, क्रिएटर र सेलिब्रिटीहरूसँग भेटघाट ...

The post यामाहा नेपालद्वारा दुईपाङ्ग्रे सवारीको भव्य मेला “ब्लु फेस्ट” को घोषणा appeared first on Jankari Kendra.

प्रधानमन्त्री कप २०२६ को “पावर्ड बाई” प्रायोजन मार्फत नेपाली क्रिकेटमा नयाँ ऊर्जा भर्दै यामाहा
काठमाडौं । नेपालमा क्रिकेट केवल खेल मात्र होइन, यो भावनासँग जोडिएको विषय हो। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको नयाँ सिजन सुरु हुँदै गर्दा यामाहाले यस प्रतियोगिताको आधिकारिक “पावर्ड बाई” प्रायोजकको रूपमा आफ्नो सहभागिता सगर्व घोषणा गरेको छ। युवा खेलाडीहरूको सपना साकार पार्ने र नेपाली खेलकुदको उत्साहलाई सम्मान गर्ने उद्देश्यले यो सहकार्य गरिएको जनाएको छ।

एक महिनासम्म चल्ने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता नेपाल क्रिकेट संघ (क्यान) द्वारा हरेक वर्ष आयोजना गरिने देशकै प्रमुख घरेलु क्रिकेट प्रतियोगिता हो। यस प्रतिष्ठित प्रतियोगिताले प्रत्यक्ष प्रसारण, मोटरसाइकल एवम् नगद पुरस्कारसहितका विभिन्न प्रमुख अवार्डहरू वितरण गरिने पोस्ट(म्याच कार्यक्रम मार्फत उच्चस्तरीय ब्राण्ड भिजिबिलिटी प्रदान गर्दछ।

नेपालमा यामाहाको यात्रा सदैव उत्कृष्ट प्रदर्शनप्रतिको प्रतिबद्धताका कारण सफल रहँदै आउनुका साथै काठमाडौं रेजर्ससँग फुटबल मैदानमा देखिएको जोश होस् वा विभिन्न युवामैत्री पहलहरू, यामाहाले सधैं देशलाई अघि बढाउने प्रतिभालाई साथ दिँदै आएको बताइएको छ। पीएम कपसँग सहकार्य गर्दै, यामाहाले नयाँ पुस्ताका क्रिकेट खेलाडीप्रति आफ्नो प्रतिबद्धता अझ सुदृढ गरेको छ, जसले यस ब्रान्डको “कान्दो” फिलोसोफीलाई क्रिकेटजस्तो अनुशासित र टिमवर्कमा आधारित खेलसँग जोड्ने जनाइएको छ।

मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई सम्मान गर्न यामाहाले यस वर्ष अझ आकर्षक पुरस्कारको व्यवस्था गरेको बताइएको छ। प्रतियोगिताका उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र ‘प्लेयर अफ द म्याच’ लाई जनही एक–एक वटा यामाहा सलुटो मोटरसाइकल प्रदान गरिनेछ, जसले उनीहरूको खेल कौशल, मेहनत र उत्कृष्ट प्रदर्शनलाई सम्मान गर्नेछ।

साँच्चै नै जनताको खेलको रूपमा रहने यो प्रतियोगिता पुरै एक महिनासम्म वीरगञ्ज, जनकपुर, माथिल्लो मुलपानी र तल्लो मुलपानी जस्ता देशका प्रमुख खेल मैदानहरूमा सञ्चालन हुनेछ। यसमा सातवटै प्रदेशलाई प्रतिनिधित्व गर्ने टोलीहरूसँगै नेपाल पुलिस, नेपाल आर्मी र एपीएफ जस्ता विभागीय टोलीहरू समेत कुल १० टोलीबीच प्रतिस्पर्धा हुनेछ।

नेपाल क्रिकेट संघका सचिव पारस खड्काले भने, “पीएम कप २०२६ मा यामाहाको सहभागिताले हामीलाई खुसी लागेको छ। यस्ता सहकार्यले घरेलु क्रिकेटलाई थप मजबुत बनाउनुका साथै खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शन गर्न प्रेरित पनि गर्नेछ।”

एमएडब्लू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवालले भने, “पीएम ...

The post प्रधानमन्त्री कप २०२६ को “पावर्ड बाई” प्रायोजन मार्फत नेपाली क्रिकेटमा नयाँ ऊर्जा भर्दै यामाहा appeared first on Jankari Kendra.

यामाहाको एफजेडएस एफआई हाइब्रिड मोटरसाइकल एक हप्तामै सोल्ड आउट : प्रि-बुकिङ खुला
काठमाडौँ। यामाहा नेपालले हालै सार्वजनिक गरेको एफजेडएस एफआई हाइब्रिड मोटरसाइकलले ग्राहकहरूबाट अत्यन्त सकारात्मक प्रतिक्रिया पाएको बताइएको छ । आधिकारिक लन्च भएको एक हप्तामै यो मोडलका सबै युनिट बिक्री भएका छन्।

कम्पनीका अनुसार, हालै प्रस्तुत गरिएको एफजेड एस हाइब्रिडले नेपालमा हाइ-टेक इनोभेसन सहितका नयाँ पुस्ताको मोटरसाइकलिङ भित्र्याएको छ। देशकै पहिलो हाइब्रिड मोटरसाइकलका रूपमा लन्च भएको यो मोडललाई प्रदर्शन र दक्षता सँगसँगै अघि बढ्ने भविष्य तर्फको महत्वपूर्ण कदमको रूपमा हेरिएको जनाइएको छ।

एफजेड लिगेसीमा आधारित यस मोडललाई पावर, सुधारिएको इन्धन दक्षता र कम उत्सर्जनबीच सन्तुलन कायम गर्ने गरी डिजाइन गरिएको बताइएको छ। यसले बढ्दो इन्धन मूल्य र शहरी ट्राफिक जस्ता मुख्य चुनौतीहरूलाई सम्बोधन गर्दछ।

उन्नत प्रविधिबाट सुसज्जित नयाँ एफजेड हाइब्रिडले चर्चित एफजेड लिगेसीलाई निरन्तरता दिँदै थप शक्तिशाली प्रदर्शन, स्मार्ट कार्यक्षमता र उत्कृष्ट इन्धन दक्षता प्रदान गर्दछ, जसले यसलाई नेपालकै सबैभन्दा बढी माइलेज दिने मोटरसाइकल बनाएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार, प्रविधिप्रति बढ्दो आकर्षण र राइडरहरूको आजको माइलेज आवश्यकतालाई ध्यानमा राख्दा, यस मोटरसाइकलले प्राप्त गरेको प्रतिक्रिया अत्यन्तै सकारात्मक देखिएको छ, जसले छोटो समयमै यसले बलियो बजार स्वीकार्यता प्राप्त गरेको प्रमाणित गरेको छ।

यो उल्लेखनीय सफलतापछि यामाहा नेपालले एफजेडएस एफआई हाइब्रिडको अर्को ब्याचका लागि प्रि-बुकिङ खुला गरिएको आधिकारिक रूपमा घोषणा गरेको छ। ग्राहकहरूले प्रि-बुकिङ प्रक्रियासम्बन्धी जानकारी यामाहाका आधिकारिक सामाजिक सञ्जाल प्लेटफर्महरू तथा देशभरका अधिकृत डिलरमार्फत प्राप्त गर्न सक्नेछन्। कम्पनीले उच्च मागलाई ध्यानमा राख्दै नयाँ स्टक चाँडै उपलब्ध गराइने र इच्छुक ग्राहकहरूलाई समयमै डेलिभरी सुनिश्चित गरिने जनाएको छ।

यस उपलब्धिबारे बोल्दै यामाहा नेपालका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले भने, “आजको राइडिङ वातावरणमा प्रविधि र माइलेजको महत्व बढिरहेको सन्दर्भमा प्राप्त प्रतिक्रियाहरू अत्यन्तै उत्साहजनक छन्। यसले यामाहाको दृष्टिकोण र उत्पादनप्रति ग्राहकहरूले देखाएको विश्वासलाई प्रतिबिम्बित गर्दछ। हामी ग्राहकहरूको विश्वास र साथप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं।” उनले कम्पनी नेपाली राइडरहरूको बदलिँदो आवश्यकता अनुसार नवीन र व्यवहारिक यातायात समाधानहरू ल्याउन प्रतिबद्ध रहने पनि बताए।

यो सफल लन्चसँगै यामाहाले नयाँ उत्पादन मात्र नभई ...

The post यामाहाको एफजेडएस एफआई हाइब्रिड मोटरसाइकल एक हप्तामै सोल्ड आउट : प्रि-बुकिङ खुला appeared first on Jankari Kendra.

यामाहाको “मायासँग मायाको यात्रा” ले ल्यायो विवाहको सिजनमा साथ र भरोसाको सगुन
काठमाडौं । नेपालमा विवाहको सिजन सुरु भएसँगै यामाहाले आफ्नो वार्षिक विवाह सिजन अफर “यामाहा : मायासँग मायाको यात्रा” पुनः सार्वजनिक गरेको छ। प्रेमबाट सुरु हुने नयाँ सुरुवात र जीवनको नयाँ यात्रालाई उत्सवका रूपमा प्रस्तुत गर्ने यो अभियान नेपाली संस्कृति, परम्परा र भावनामा आधारित छ। यसले प्रत्येक अर्थपूर्ण सम्बन्धहरू हरेक पाइलामा सुरक्षित, सहज र भरोसायोग्य हुनुपर्छ भन्ने यामाहाको विश्वासलाई प्रतिबिम्बित गर्दछ।

विवाह सिजन अफर अन्तर्गत यामाहाले आकर्षक छुटहरू प्रदान गर्दै आएको छ, जसले नयाँ वैवाहिक जीवन सुरु गर्ने जोडीहरूलाई सुरक्षित र भरपर्दो सवारी साधनमा लगानी गर्न सहज बनाउँछ। ग्राहकहरूले यामाहा नेपालबाट शुभ विवाहको प्रतीकस्वरूप रु. ६,००० सम्मको नगद पुरस्कार (सगुन) प्राप्त गर्न सक्नेछन्।

यस अभियान मार्फत यामाहाले जीवनको यस महत्वपूर्ण मोडमा जोडीहरूको भरोसायोग्य साथीका रूपमा साथ दिने लक्ष्य लिएको बताइएको छ। भरपर्दो प्रदर्शन, उत्कृष्ट राइडर कम्फर्ट र उन्नत सुरक्षा सुविधासहित यामाहाले जोडीहरूलाई आत्मविश्वासका साथ अगाडि बढ्न सहयोग गर्दछ।

यो पहलसँगै यामाहाले सवारी साधन मात्र नभई प्रेमलाई साथ दिने, परिवारको सुरक्षा गर्ने र नयाँ सुरुवातलाई सशक्त बनाउने ब्रान्डको रूपमा आफूलाई पुनः प्रमाणित गरेको जनाइएको छ। यामाहा वैवाहिक जीवनमा प्रवेश गर्दै गरेका जोडीहरूसँग सधैं साथमा रहने प्रतिबद्धता जनाउँदै, हरेक यात्रा सुरक्षित, सहज र निश्चिन्ततासहित सुरु हुने कुरा सुनिश्चित गर्दछ।

The post यामाहाको “मायासँग मायाको यात्रा” ले ल्यायो विवाहको सिजनमा साथ र भरोसाको सगुन appeared first on Jankari Kendra.

यामाहा नेपालको ‘माइलेज लिग’ को आधा चरण पूरा : देखियो उत्कृष्ट माइलेज क्षमता
काठमाडौं । एमएडब्लू राइड्स प्रालिअन्तर्गत सञ्चालनमा रहेको यामाहा नेपालले यामाहा रेजेडआर हाइब्रिड माइलेज च्यालेन्जको आधा चरण सम्पन्न गरेको छ ।

केही महिना अघिदेखि संचालित प्रतिस्पर्धात्मक माइलेज च्यालेन्जले नेपालकै सबैभन्दा दक्ष राइडरको खोजलाई तीव्र बनाउँदै लगेको जनाइएको छ । यस प्रतिस्पर्धाको भव्य ग्रान्ड फिनाले आगामी असार २०८३ मा हुने कम्पनीले बताएको छ ।

यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले ७१.३३ किमी प्रति लिटर माइलेज दिने एआरएआईले दाबी गरेपनि, माइलेज लिगले वास्तविक सडकमा यसको प्रदर्शन अझै उत्कृष्ट हुन सक्ने प्रमाणित गरेको जनाइएको छ ।

कम्पनीका अनुसार, अहिलेसम्म एक सहभागीले ८७.२० किमी प्रति लिटरको उत्कृष्ट माइलेज हासिल गरेका छन्, भने अन्य सहभागीहरू पनि विजेता माइलेजको निकै नजिक पुगेका छन् । यसले वास्तविक राइडिङ अवस्थामै पनि कम्पनीले दाबी गरेको आँकडालाई आधिकारिक रूपमै पार गरेको देखाएको छ ।

यो उपलब्धि केवल कन्ट्रोल गरिएको ट्र्याकमा मात्र सीमित नभएर यामाहा रेजेडआर हाइब्रिडलाई नेपालको विविधतायुक्त भौगोलिक अवस्थाहरूमा कडा परीक्षण गरिएको छ । तराईका समथर सडकदेखि पहाडी उकालो मोडहरूसम्म, हाइवेको पिचदेखि अप्ठ्यारो अफ–रोड ट्रेलसम्म, हरेक अवस्थामा यसको माइलेज उत्कृष्ट रहेको बताइएको छ ।

विगतका वर्षहरूमा नेपालका ७० भन्दा बढी स्थानमा माइलेज च्यालेन्ज सञ्चालन गरिसकेको अनुभवका साथ यामाहाले इन्धन दक्षतालाई दर्शकहरूले प्रत्यक्ष हेर्न सक्ने प्रतिस्पर्धामा रूपान्तरण गरेको छ, जहाँ ग्राहकहरूले केवल माइलेजको दाबी सुन्ने मात्र होइन, नतिजा आफ्नै आँखाले हेर्न पाएका छन् ।

सातै प्रदेशलाई समेट्ने गरी सञ्चालन भइरहेको यो लिगले नेपालका प्रमुख शहरहरूमा सफलता हासिल गरिसकेको छ, र अन्तिम चरणका च्यालेन्ज लागि अझै केही शहरहरू बाँकी रहेका छन् ।

यामाहा नेपालका सीईओ तथा कार्यकारी निर्देशक दीपक कुमार अग्रवालले भने, “माइलेज लिग केवल प्रतियोगिता मात्र होइन, नेपाली राइडरहरूप्रतिको हाम्रो प्रतिबद्धताको उत्सव पनि हो। हामी ल्याबका नतिजाहरूलाई नेपालका वास्तविक सडकमा प्रमाणित गर्दैछौं। हाम्रो चाहना भनेको हरेक रेजेडआर हाइब्रिड राइडरले देशकै सबैभन्दा दक्ष स्कुटर चलाएको गर्व महसुस गर्न सकून् भन्ने हो।”

यस लिगको आकर्षणको रूपमा रहेको यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड नेपालकै सबैभन्दा धेरै माइलेज दिने धेरै बिक्री हुने स्कुटर हो ...

The post यामाहा नेपालको ‘माइलेज लिग’ को आधा चरण पूरा : देखियो उत्कृष्ट माइलेज क्षमता appeared first on Jankari Kendra.

हिमालय रोडिज सिजन ७ का विजेतालाई यामाहा मोटरसाइकल हस्तान्तरण
काठमाडौं । नेपालकै लोकप्रिय एडभेन्चर रियालिटी शो हिमालय रोडिजको सातौँ सिजन १४ पुष २०८२ मा ग्रान्ड फिनाले प्रसारण भएसँगै सफलतापूर्वक सम्पन्न भएको छ । मंगलबार आयोजित पुरस्कार हस्तान्तरण समारोहमार्फत सिजनको समापन गरिएको हो । यस सिजनले देशभरका युवाहरूको ध्यान आकर्षित गर्दै नेपाली रियालिटी टेलिभिजनमा नयाँ बेन्चमार्क बनाउन सफल भएको जनाइएको छ।

हिमालय रोडिज सिजन ७ का विजेता झापाका २६ वर्षीय अनिश तामाङ घोषित भएका छन् । पेशाले नेपाली सेनामा कार्यरत अनिशले सिजनभर देखाएको शारीरिक क्षमता, मानसिक दृढता, अनुशासन र अठोटका कारण आफूलाई सबैभन्दा सबल प्रतिस्पर्धीका रूपमा स्थापित गर्न सफल भए। शोका क्रममा प्रस्तुत साहस, धैर्य र निरन्तर उत्कृष्ट प्रदर्शनले उनले दर्शक, ग्याङ लिडर तथा निर्णायकहरूको व्यापक प्रशंसा बटुले।

पुरस्कार हस्तान्तरण समारोहमा बिजेता अनिश तामाङलाई औपचारिक रूपमा विजेताको पुरस्कार प्रदान गरिएको छ । टाइटल स्पोन्सरका रूपमा यामाहा रेसिङले पर्फर्मेन्स, पावर र राइडिङको रोमाञ्च झल्काउने मोटरसाइकल यामाहा एफजेड ३ प्रदान गरेको हो । साथै, कार्यक्रमको प्रसारक हिमालय टिभीले पनि उल्लेखनीय उपलब्धि र मेहनतको कदर गर्दै उनलाई १० लाख नगद पुरस्कार प्रदान गरेको छ ।

यामाहा नेपालका सीईओ तथा कार्यकारी निर्देशक दीपक कुमार अग्रवालले विजेता तामाङलाई यामाहा एफजेड३ हस्तान्तरण गरेका हुन् । यामाहा प्रेसेंट्स हिमालय रोडिज सिजन ७ः हेल्ल ओर हेएवेन सेप्टेम्बर १, २०२५ देखि प्रसारण सुरु भएको थियो, जसमा १८ वटा एपिसोड थिए । पोखरामा बनाएको आकर्षक यात्रा एपिसोडहरू र शोको इतिहासमै पहिलो महिला फाइनलिस्ट प्रस्तुत गरिएको कारण यो सिजन विशेष रूपमा चर्चित रह्यो। सिजनमा अनूप विक्रम शाही, प्रियंका कार्की, आशिष राना (लाहुरे) र कविता नेपाली ग्याङ लिडरका रूपमा देखिनुभएको थियो भने कार्यक्रमको होस्टिङ अमन प्रताप अधिकारी र रेयमन दास श्रेष्ठले गरेका थिए ।

टाइटल स्पोन्सरका रूपमा यामाहा नेपालले हिमालय रोडिज जस्ता प्लेटफर्ममार्फत युवाको सहभागिता र सशक्तीकरणलाई निरन्तर समर्थन गर्दै आएको जनाइएको छ।  सिजन ७ को सफल समापनसँगै हिमालय रोडिजले नेपालकै सबैभन्दा निरन्तर र प्रभावशाली साहसिक रियालिटी शोको रूपमा आफ्नो स्थान पुनः प्रमाणित गरेको  बताइएको छ।

The post हिमालय रोडिज सिजन ७ का विजेतालाई यामाहा मोटरसाइकल हस्तान्तरण appeared first on Jankari Kendra.

युवा पुस्तासँग जोडिँदै यामाहा : ‘ओटाकु जात्रा २०२५’ मा ८ हजार भन्दा बढीको उत्साहजनक सहभागिता
काठमाडौं । यामाहा नेपालले नेपालको सबैभन्दा ठूलो पप-कल्चर फेस्टिभल “ओटाकु जात्रा इन्टु जात्रा भर्स २०२५” (Otaku Jatra into Jatra Verse 2025) मा सह-प्रायोजकको रूपमा सहभागिता जनाउँदै युवाहरूसँगको आफ्नो सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको छ।

८ हजार भन्दा बढी युवा, पप-कल्चर फ्यान, गेमर, र कस्प्ले (Cosplay) कलाकारहरूको उत्साहजनक उपस्थिति रहेको यस कार्यक्रममा यामाहाको सहभागिता केवल मोटरसाइकल प्रदर्शनमा मात्र सीमित रहेन। यामाहाले आफ्नो एमटी-१५ सिरिजलाई ओटाकु जात्रामा ल्याउँदै स्ट्रीट–कल्चर मोटरसाइकलिङ र पप–कल्चर समुदायको दूरी घटाउने काम गर्‍यो, जहाँ सृजनशीलता, आत्म-अभिव्यक्ति र राइडिङ लाइफस्टाइल एकै ठाउँमा प्रस्तुत गर्ने मौका दियो।

ओटाकु जात्रा जस्तो युवा-केन्द्रित र सिर्जनात्मक कार्यक्रममा सहभागिता जनाएर यामाहाले आधुनिक युवा संस्कृति, उनीहरूको वैयक्तिक स्वतन्त्रता र जीवनशैलीलाई बुझ्ने ब्रान्डको रूपमा आफ्नो परिचयलाई अझ बलियो बनाएको जनाएको छ। कस्प्ले, स्ट्रिट आर्ट, गेमिङ र संगीतले भरिपूर्ण उक्त फेस्टिभलको माहोल यामाहाको ‘युवा र स्ट्रिट-कल्चर’ मा केन्द्रित पहिचानसँग पूर्ण रूपमा मेल खाएको थियो।

यसै अवसरमा यामाहाले नेपालको प्रतिष्ठित ‘नेपाल रोड रेसिङ च्याम्पियनसिप (NRRC) २०२५’ का पोडियम विजेता दीपेश जैसवाल, नेसनल क्याटागोरी विजेता हरि पौडेल र महिला क्याटागोरी विजेता वर्षा बस्नेतलाई यामाहाको मर्चेन्डाइज हस्तान्तरण गर्दै सम्मान गरेको थियो। यसले मोटरस्पोर्ट्सको विकास र उत्कृष्टताप्रतिको ब्रान्डको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको बताइएको छ।

कार्यक्रमको मुख्य आकर्षणमध्ये एक ‘कस्टमाइज्ड’ (Customized) एमटी-१५ मोटरसाइकलहरूको प्रदर्शनी थियो। राइडरहरूको व्यक्तिगत कथा र प्रेरणा झल्काउने यी मोटरसाइकलहरूमा गरिएको युनिक मोडिफिकेसन, लिभरी र एसेसरिजले राइडिङ समुदायभित्रको रचनात्मकतालाई उजागर गरेको थियो। यामाहा नेपालका सीईओ तथा कार्यकारी निर्देशक दीपक कुमार अग्रवालले ती राइडरहरूलाई भेट्दै यामाहाको मर्चेन्डाइज प्रदान गरे ।

फेस्टिभलमा प्रस्तुत गरिएको यामाहाको स्टन्ट शो (Stunt Show) ले दर्शकहरूको ध्यानाकर्षण गर्दै माहोल तताएको थियो। प्रोफेशनल राइडरहरूले प्रस्तुत गरेको स्टन्टले यामाहाको पर्फर्मेन्स डीएनए (DNA) र बलियो मोटरस्पोर्ट्स विरासतलाई झल्काएको थियो।

दर्शकहरूसँग अझ नजिकिन यामाहाले विभिन्न अन्तरक्रियात्मक र अनुभवजन्य जोनहरू पनि सिर्जना गरेको थियो। मोटोजीपी (MotoGP) रेसिङ सेटअपसहितको गेमिङ जोन, ग्राफिटी आर्ट वाल र हेल्मेट आर्ट जोनले सहभागीहरूलाई आफ्नो रचनात्मकता देखाउन प्रोत्साहित गर्यो। साथै,एमटी-१५ एक्स्पेरियन्स जोनमा टेस्ट राइडको ...

The post युवा पुस्तासँग जोडिँदै यामाहा : ‘ओटाकु जात्रा २०२५’ मा ८ हजार भन्दा बढीको उत्साहजनक सहभागिता appeared first on Jankari Kendra.

यामाहा नेपालकै ठूलो पप-कल्चर फेस्टिभलमा सह-प्रायोजकको रूपमा सहभागीता
काठमाडौं । यामाहा नेपालले नेपालको सबैभन्दा ठूलो पप-कल्चर फेस्टिभलमा सह-प्रायोजकको रूपमा सहभागिता जनाएको छ। युवा तथा स्ट्रिट–कल्चर मोटरसाइकल ब्रान्डका रूपमा आफ्नो मजबुत उपस्थिति थप सुदृढ गर्दै यामाहा नेपाल उक्त फेस्टिभलमा सहभागी भएको हो ।

यो सहकार्यले सिर्जनशीलता, आत्म–अभिव्यक्ति र स्ट्रिट संस्कृतिको उत्सव मनाउने प्लेटफर्ममार्फत युवासँग प्रत्यक्ष जोडिन यामाहाको प्रतिबद्धता झल्काउने कम्पनीको दाबी छ।

युवाहरू, आत्म-अभिव्यक्ति, र सडक-संस्कृतिमा केन्द्रित ध्यानका साथ, महोत्सवमा यामाहाको उपस्थितिले ब्रान्डको ती युवा र रचनात्मक व्यक्तिहरूसँगको गहिरो सम्बन्धलाई देखाउँछ जसले मोटरसाइकललाई केवल यात्रा साधनभन्दा बढीको रूपमा हेर्छन्। यामाहा निरन्तर रूपमा जुनून, व्यक्तिगतता, र प्रदर्शनसँग आफूलाई जोड्दै आएको छ, जसका मूल्यहरू नेपालमा बढ्दो पप-संस्कृति र मोटरसाइकल चलाउने समुदायसँग प्रबल रूपमा मेल खान्छन्।

यामाहाको सहभागिताको एक प्रमुख आकर्षण भनेको राइडिङ कौशल, नियन्त्रण र आत्मविश्वास प्रदर्शन गर्ने एक रोमाञ्चक स्टन्ट शो हुनेछ। यस कार्यक्रममा विशेष यामाहा एमटी-१५ बाइक प्रदर्शन पनि रहनेछ, जसले आगन्तुकहरूलाई एमटी श्रृंखलाले परिभाषित गर्ने आक्रामक डिजाइन, तीक्ष्ण शैली, र सडक-केन्द्रित प्रदर्शनको नजिकबाट अनुभव गराउनेछ। एमटी-१५ सडकमा प्रभुत्व र कच्चा प्रदर्शनको प्रतीकको रूपमा खडा हुन्छ, महोत्सवको माहोलसँग पूर्ण रूपमा मेल खान्छ।

उत्साह थप्नका लागि, यामाहा विशेष एमटी-१५ राइड-आउट आयोजना गर्नेछ, जुन यामाहा नक्सल शो-रुमबाट द प्लाजा सम्म हुनेछ, जसले राइडरहरूलाई महोत्सव स्थल पुग्नु अघि सडकमा सँगै ल्याउनेछ। यसपछि द प्लाजा मा बाइकरहरूको मिट-अप हुनेछ, जसले सम्बन्ध निर्माण, साझा जुनून, र समुदाय सुदृढ पार्ने स्थान सिर्जना गर्नेछ। यो मिट-अपले राइडिङ संस्कृतिको आत्मा मनाउनेछ र नेपालका मोटरसाइकल समुदायलाई एकीकृत गर्ने यामाहाको भूमिकालाई बलियो बनाउनेछ।

मोटरसाइकलभन्दा बाहिर, महोत्सवले कोस्प्ले र पप-संस्कृति अनुभवका साथै धेरै अन्तरक्रियात्मक गतिविधिहरू र आकर्षणहरू पनि प्रस्तुत गर्नेछ, जसले यसलाई पूर्ण जीवनशैलीको कार्यक्रम बनाउँछ। यामाहाको सहभागिताले मोटरस्पोर्ट्सलाई सृजनात्मकता, फेसन, र मनोरञ्जनसँग मिश्रण गर्दै समग्र अनुभवलाई अझ समृद्ध बनाउँछ।

कार्यक्रममा यामाहा एमटी-१५ राइडरहरूको लागि विशेष अनुभव पनि समावेश गरिएको छ, जसमा एमटी राइडरहरूले आफ्नै अनुकूलित बाइक प्रदर्शन प्रस्तुत गर्नेछन्, जसले व्यक्तिगतता र गर्वको मान्यता दिनेछ। यसले ब्रान्डको मुख्य दर्शकसँगको सम्बन्धलाई अझ बलियो बनाउँछ। यस सहभागितामार्फत ...

The post यामाहा नेपालकै ठूलो पप-कल्चर फेस्टिभलमा सह-प्रायोजकको रूपमा सहभागीता appeared first on Jankari Kendra.

यामाहा नेपालद्वारा बुटवलमा नयाँ ‘ब्लु स्क्वायर’ शोरूमको उद्घाटन
काठमाडौं । यामाहा नेपालले बुटवलमा आफ्नो नयाँ यामाहा ब्लु स्क्वायर शोरूमको भव्य शुभारम्भ गरेको छ, जसको सञ्चालन बाइकर्ज बुटवल प्रा.लि.ले गर्नेछ । यो अत्याधुनिक सुविधा यामाहाको राष्ट्रव्यापी विस्तार रणनीतिमा एक महत्वपूर्ण माइलस्टोन हो, जसले लुम्बिनी प्रदेशमा यामाहाको प्रिमियम शोरूम र सेल्स उपस्थितिलाई मजबुत बनाउनुका साथै ग्राहक अनुभवलाई पनि उच्च बनाउने कम्पनीले जनाएको छ ।

उद्घाटन समारोहमा प्रमुख अतिथि हिरोशी सेतोगवा सान (निर्देशक, यामाहा मोटर इन्डिया सेल्स प्रा.लि.), विशेष अतिथि विष्णु कुमार अग्रवाल (प्रबन्ध निर्देशक, एमएडब्लु ग्रुप अफ कम्पनीज), वाई.एम.आइ.एस अतिथि राजदीप सिंह ग्रेवाल सान (जिएम – एक्सपोर्ट मार्केटिङ, यामाहा मोटर इन्डिया सेल्स प्रा.लि.), र दीपक कुमार अग्रवाल (कार्यकारी निर्देशक एवम् सिइओ, एमएडब्लु राइड्स प्रा.लि.) सँगै प्रतिष्ठित बैंकर, कर्पोरेट क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

नयाँ ब्लु स्क्वायर शोरूम यामाहाको विश्वव्यापी प्रिमियम सेल्स पहिचानलाई प्रतिबिम्बित गर्न डिजाइन गरिएको हो | यसमा ब्रान्डको सम्पूर्ण थ्री एस पूर्वाधार; सेल्स, सर्भिस र स्पेयर पार्ट्सको सुविधा रहेको छ, जसले ग्राहकहरूलाई एकै छानामुनि सम्पूर्ण सेवा अनुभव सुनिश्चित गर्छ । तालिमप्राप्त सर्भिस स्टाफ, आधुनिक उपकरण र जेनुइन स्पेयर पार्ट्सको लागि डेडीकेटेड स्पेसले सुसज्जित यस शोरूमले उत्कृष्ट सेवा र आफ्टर सेल्स सर्भिस प्रदान गर्दछ । “ब्लु” ले यामाहाको प्रतिष्ठित ब्रान्ड कलरलाई प्रतिनिधित्व गर्छ, अनि “स्क्वायर” ले “वान-स्टप खरिद केन्द्र” लाई जनाउँछ | ब्लु स्क्वायरमा ग्राहकहरूले मोटरसाइकल, स्कुटर, एक्सेसरीज, राइडिङ गियरहरू एकै ठाउँमा खरिद गर्न सक्छन् । यो आकर्षक वातावरणले ग्राहकहरुलाई प्रिमियम रिटेलको अनुभवका साथै यामाहाको स्टाइल, प्रगतिशील प्रविधि र राइडरको अत्यधिक सन्तुष्टिप्रतिको समर्पणलाई पनि झल्काउने कम्पनीले बताएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै, एमएडब्लु ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाल ज्यु ले बाइकर्ज बुटवल टिमलाई बधाई दिँदै यामाहाको ब्रान्ड पहिचानको लागि ब्लु स्क्वायरको सिद्धान्त र महत्वमाथि प्रकाश गर्दै भने , “ब्लुले सधैँ यामाहाको युथ, पर्फर्मेन्स, फन, प्यासन र बलियो रेसिङ DNA को भावनालाई प्रतिनिधित्व गर्दै आएको छ। ब्लु स्क्वायर शोरूम, यस सिद्धान्तलाई वास्तविक बनाउन डिजाइन गरिएको हो। यहाँका तालिमप्राप्त ...

The post यामाहा नेपालद्वारा बुटवलमा नयाँ ‘ब्लु स्क्वायर’ शोरूमको उद्घाटन appeared first on Jankari Kendra.

यामाहा नेपालद्वारा “यामाहा ब्लू क्याम्प”को घोषणा : देशव्यापी सर्भिस सप्ताह मार्फत् हरेक यामाहा राइडरले सेवा लिन सक्ने
काठमाडौँ ।  एमएडब्लू राइड्स प्रा. लि. अन्तर्गतको यामाहा नेपालले आफ्ना ग्राहकहरूको सन्तुष्टि बढाउन, नियमित मर्मत सम्भारलाई प्रवर्द्धन गर्न र देशभरका यामाहा राइडरहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यका साथ एक हप्ता लामो राष्ट्रव्यापी सर्भिस अभियान “यामाहा ब्लू क्याम्प” औपचारिक रूपमा सुरु गरेको छ।

कम्पनीका अनुसार,  मंसिर २१ देखि २७ गते (डिसेम्बर ७ देखि १३) सम्म चल्ने यस अभियानले ग्राहकहरूलाई कुनै पनि आधिकारिक यामाहा सर्भिस सेन्टरमा गएर आकर्षक छुट तथा विशेष सुविधासहित प्रिमियम सर्भिसको अनुभव लिन आमन्त्रित गरेको छ।

यामाहाको विश्वस्तरीय आफ्टर-सेल्स सपोर्ट प्रदान गर्ने प्रतिबद्धता अनुरुप सुरु भएको “यामाहा ब्लू क्याम्प”ले हरेक यामाहा मोटरसाइकल र स्कूटरले उत्कृष्ट कार्यसम्पादन गरोस् भन्ने सुनिश्चित गर्दछ। अभियान सप्ताहको अवधिभर हरेक दिन बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने यस सर्भिसमा ग्राहकहरूले निःशुल्क बाइक वाश, १५-प्वाइन्ट विस्तृत चेकअप,यामाल्युबमा १५ प्रतिशत छुट ,स्पेयर पार्ट्समा १० प्रतिशत छुट ,लेबर चार्जमा ५० प्रतिशत छुट र निःशुल्क ए.एम.सी कार्ड जस्ता विशेष सुविधाहरूको लाभ लिन सक्नेछन् ।

यस अनुभवलाई अझ रोमाञ्चक बनाउन यामाहाले आफ्ना मूल्यवान ग्राहकहरूका लागि एक विशेष उपहार पनि ल्याएको छ सात दिनसम्म दैनिक एक जना ग्राहकले आफ्नो कुल मर्मत बिलमा १०० प्रतिशत क्यासब्याक प्राप्त गर्नेछन्। यो अनौठो अफरले यामाहा राइडरहरूले विशेषज्ञ सेवा मात्र नभई, आफ्नो भिजिटको कुल लागतमा पूर्ण राहत पाउने मौका पनि सुनिश्चित गरेको छ।

यी सेवा सुविधाहरूका अलावा यामाहा ब्लू क्याम्पमा ‘नो योर बाइक’ सेसन पनि समावेश हुनेछ, जहाँ प्रत्येक सर्भिस सेन्टरका प्राविधिक प्रमुखले ग्राहकहरूलाई उनीहरूको यामाहा मोटरसाइकल वा स्कुटरका विशेषता, मर्मतसम्भार आवश्यकता र प्राविधिक पक्षहरू अझ राम्ररी बुझ्न व्यक्तिगत रूपमै मद्दत गर्नेछन्।

एक डेडिकेटेड ‘सेफ्टी राइड सेसन’ले राइडरहरूलाई दैनिक जीवनमा अझ सुरक्षित तरिकाले सवारी चलाउने व्यावहारिक सुझावहरू मार्फत् शिक्षित गर्नेछ। ग्राहकहरूले थप सरप्राइज गिफ्टहरू, ए.एम.सी खरिदमा विशेष अफर, र अनलाइन बुकिङ मार्फत यामाहा एक्सप्रेस सर्भिसको सुविधा पनि प्राप्त गर्न सक्नेछन्। यसले अग्रिम बुकिङ गर्ने ग्राहकहरूका लागि प्राथमिकता र थप सुविधाहरू सुनिश्चित गर्नेछ।

यस अभियानका बारेमा बोल्दै एमएडब्लू राइड्स प्रा. लि. ...

The post यामाहा नेपालद्वारा “यामाहा ब्लू क्याम्प”को घोषणा : देशव्यापी सर्भिस सप्ताह मार्फत् हरेक यामाहा राइडरले सेवा लिन सक्ने appeared first on Jankari Kendra.

यामाहा नेपालद्वारा ‘ब्लू राइज’ थीममा आयोजित भव्य वार्षिक डिलर मिट २०२५ सफलतापूर्वक सम्पन्न
काठमाडौं । यामाहा नेपालले यहि साउन ८ र ९ गते (बिहीबार र शुक्रबार) ‘ब्लू राइज–वी राइज एज वान’ भन्ने मूल नाराका साथ आफ्नो बहुप्रतीक्षित वार्षिक डिलर मिट २०२५ भव्य रूपमा सम्पन्न गरेको छ । एकता, सहकार्य र सफलताको साझा यात्रालाई एकसाथ मनाउन आयोजित सो दुईदिने जमघटमा नेपालभरिबाट आएका ९० भन्दा बढी डिलरहरू, यामाहा टिमका सदस्यहरू र विशिष्ट अतिथिहरूले सहभागिता जनाएका थिए ।

पहिलो दिनको कार्यक्रम सेल्स र मोटिभेसनमा केन्द्रित रह्यो, जहाँ सौरभ लोहनीलेसेल्स एण्ड बिजनेस ट्रेनिंग सेसन सञ्चालन गरेका थिए । यस सेसनले सहभागीहरूलाई बदलिँदो बजारमा कसरी उत्कृष्ट प्रदर्शन गर्न सकिन्छ भन्ने व्यवहारिक रणनीतिहरू प्रस्तुत गर्नुका साथै विशेषगरी डिलरशिप व्यवस्थापनको पक्षलाई प्राथमिकताका साथ समेटेको थियो ।

दोस्रो दिनको कार्यक्रममा यामाहा ब्रान्डको सामूहिक शक्ति र एकता झल्काउने कुराहरू मुख्य हाइलाइटका रूपमा देखिएका थिए । कार्यक्रम एमएडब्लू राइड्सका सीइओ तथा कार्यकारी निर्देशक दीपक कुमार अग्रवालको सम्बोधनबाट सुरु भएको थियो, जहाँ उनले सम्पूर्ण डिलरहरूलाई उत्कृष्ट प्रदर्शनका लागि बधाई दिँदै कम्पनीका सबै विभागहरूले निर्धारित वार्षिक लक्ष्य पूरा गरेकोमा त्यसको प्रशंसा गरे ।

त्यसपश्चात् विभिन्न विभागले आर्थिक वर्ष ०८१/०८२ को समग्र गतिविधि र उपलब्धिहरूको समीक्षाएवम् आगामी वर्षको रणनीतिक योजना समेटेर आ–आफ्ना प्रस्तुतिहरू दिएका थिए । सोही अवसरमा एमटी–१५ भी२ को आइस स्टोर्म र एफजेड–एस भी३ को आइस फ्लुओ भर्मीलिओन नामक दुई नयाँ र आकर्षक कलर भेरियन्टहरूको पनि अनावरण गरिएको थियो, जसले आफ्नो बोल्ड र एस्थेटिक डिजाइनका कारण सहभागीहरूको ध्यान खिचेको थियो ।

एमएडब्लू सोलिडारिटी फन्ड अन्तर्गत एक भावुक प्रयासका रूपमा फन्ड समिति सदस्य तथा चितवनका डिलर प्रतिनिधि केजीएस ट्रेडिङ कन्सर्न, महेन्द्रनगरलाई एक सोलिडारिटी चेक प्रदान गरे । गत वर्षको बाढीका कारण केजीएसको वर्कशप र भौतिक संरचनामा भएको गम्भीर क्षतिको सन्दर्भमा गरिएको यस सहयोगले संकटका समयमा आफ्ना साझेदारहरूप्रति यामाहाको बलियो साथ र प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ ।

यस भेटघाट कार्यक्रमलाई नेपाल क्रिकेट संघका सचिव तथा बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष पारस खड्काको प्रभावशाली मन्तव्यले थप ऊर्जावान् बनाएको कम्पनीले जनाएको छ ...

The post यामाहा नेपालद्वारा ‘ब्लू राइज’ थीममा आयोजित भव्य वार्षिक डिलर मिट २०२५ सफलतापूर्वक सम्पन्न appeared first on Jankari Kendra.

७० औं वार्षिकोत्सवका अवसरमा यामाहा नेपालले ल्यायो देशव्यापी एक्सचेन्ज अफर : यस्ता छन् आकर्षण
काठमाडौं । यामाहा नेपालले यामाहाको इनोभेसन, स्टाइल र पर्फर्मेन्सले भरिएको विश्व यात्राको गौरवमय ७० औं वार्षिकोत्सव मनाउँदैछ । यस ऐतिहासिक उपलब्धिलाई सम्मान गर्न यामाहा नेपालले देशभरका राइडरलाई एक उत्साहजनक राष्ट्रव्यापी एक्सचेन्ज इभेन्टमार्फत साधारणबाट लिजेन्डरीमा अपग्रेड हुन अनुरोध गरेको छ ।

इभेन्टको आयोजना यहि असार २५ देखि ३२ गतेसम्म सबै यामाहा शोरूममा हुनेछ । यस विशेष उत्सवको एक भागस्वरूप, ग्राहकले रु. ७ हजार सम्मको नगद छुट तथा ७.९९ प्रतिशत ब्याजदरमा आकर्षक ईएमआई योजनाको लाभ लिन सक्नेछन्, जसले यामाहा किन्न अझ सजिलो र सुविधाजनक बनाउनेछ ।

एक्सचेन्ज आकर्षणहरू :

• कुनै पनि ब्रान्डको बाइक वा स्कुटरमा रु. २५,०००/- को न्यूनतम मूल्यांकन,

• अतिरिक्त रु. १०,०००/- सम्मको भ्यालुएसन बोनस,

• निश्चित मोडेलमा ०% ब्याजदरमा ईएमआई,

• फ्लेक्सिबल फाइनान्स अप्सन,

• २ वर्ष ट्याक्स-फ्री – राइड-फ्री अफर, जसले बाइक किन्न झन्झटमुक्त र सहज बनाउँछ।

एमएडब्लू राइड्सका कार्यकारी निर्देशक तथा सीइओ दीपक कुमार अग्रवालले भने, “यामाहाको ७० औं वार्षिकोत्सव केवल समयको होइन, विश्वास, प्रविधि र रूपान्तरणको उत्सव हो। नेपालमा यामाहा सधैंभरि पर्फर्मेन्स, भरोसा र इनोभेसनको अर्थ बुझ्ने राइडरहरूको रोजाइको ब्राण्ड बन्दै आएको छ। यो राष्ट्रव्यापी एक्सचेन्ज क्याम्पेनमार्फत हामी ग्राहकलाई यामाहाको यो लिजेन्डरी यात्राको हिस्सा बन्ने अवसर दिइरहेका छौं, त्यो पनि यामाहा राइड गरेजस्तै रमाइलो अफरसँगै।”

एमएडब्लू राइड्स अन्तर्गतको यामाहा नेपालले आफ्नो अत्याधुनिक प्रविधि, बलियो आफ्टर सेल्स सर्भिस र फराकिलो राष्ट्रव्यापी नेटवर्कका साथमा नेपालको दुई पाङ्ग्रे बजारको निरन्तर नेतृत्व गर्दै आएको बताएको छ। दैनिक प्रयोगका लागि बनाइएको स्कुटरदेखि थ्रिल खोज्नेहरूका लागि डिजाइन गरिएका मोटरसाइकलहरूसम्म, यामाहाले सबैका लागि उत्कृष्ट मूल्य र राइडिंग अनुभव उपलब्ध गराइरहेको जनाएको छ।

The post ७० औं वार्षिकोत्सवका अवसरमा  यामाहा नेपालले ल्यायो देशव्यापी एक्सचेन्ज अफर : यस्ता छन् आकर्षण appeared first on Jankari Kendra.