लिपमोटर बी १० Archives - Jankari Kendra

लिपमोटर बी १० चीनबाट नेपाल आउँदै : छिट्टै डेलिभरी सुरु हुने
काठमाडौं । नेपालका लागि एकमात्र आधिकारिक विक्रेता सांग्रिला मोटर्स प्रा. लि. ले लामो समयदेखि प्रतिक्षित लिपमोटर बी १० औपचारिक रूपमा चीनबाट नेपालका लागि प्रस्थान गरिसकेको र डेलिभरी छिट्टै सुरु हुने घोषणा गरेको बताइएको छ।

काठमाडौंमा आयोजित नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा भारी मात्रामा सकारात्मक प्रतिक्रिया र अग्रिम बुकिङ प्राप्त भएपछि, लीपमोटर बी १० अब ती अर्डर पूरा गर्न र नेपाली सडकमा नवीनतम इलेक्ट्रिक मोबिलिटी ल्याउन तम्तयार रहेको जनाइएको छ।

लिपमोटर बी १० मा १६० किलोवाट पावरफुल रियर-व्हील ड्राइभ मोटर र ६७.१ किलोवाट ब्याट्री रहेको छ, जसले एक पटक चार्जमा ६०० किमी र ४६० किमीसम्मको प्रभावकारी रेञ्ज प्रदान गर्छ। आरामदायी र व्यावहारिक दुवै उद्देश्यका लागि निर्माण गरिएको यो मोडेलले १८० मिमी ग्राउन्ड क्लियरेंस, १४.६ इन्च २.५के एचडि टचस्क्रिन, ३६०-डिग्री क्यामेरा रेकर्डिङ सुविधा सहित, प्रीमियम लेदरटे सिट्स (हिटिङ र भेन्टिलेसनसहित) र आफ्नो सेग्मेन्टकै सबैभन्दा ठूलो प्यानोरामिक रूफ जस्ता सुविधाहरू प्रदान गर्छ।

कम्पनीका अनुसार, बी १० ले अत्याधुनिक विद्युतीय सवारी साधन प्रविधिलाई प्रिमियम आरामसँग संयोजन गर्ने कुरामा लिपमोटरको ध्यान प्रतिबिम्बित गर्दछ, जसले गर्दा यो नेपाली इभि प्रेमीहरूका लागि एक उत्कृष्ट विकल्प हो।

सांग्रिला मोटर्सका निर्देशक हेमन्त गोल्छाले भने : “हामीलाई यो जानकारी दिन पाउँदा खुशी लागेको छ कि लीपमोटर बी १० ले चीनबाट नेपालतर्फ आफ्नो यात्रा सुरु गरेको छ। यसको असाधारण रेञ्ज, उन्नत सुविधाहरू र प्रिमियम डिजाइनसहित, हामी विश्वास गर्छौं कि बी १० ले नेपालमा इलेक्ट्रिक गाडी जगतमा नयाँ मापदण्ड सेट गर्नेछ। डेलिभरी छिट्टै सुरु हुनेछ र हामी विश्वस्त छौं कि यसले हाम्रा ग्राहकहरूको ड्राईभिङ्ग अनुभव पुनःपरिभाषित गर्नेछ।”

गोल्छा अर्गनाइजेसन अन्तर्गतको सांग्रिला मोटर्सले सधैं नवीनतम, वातावरणमैत्री मोबिलिटी समाधानहरू ल्याउने आफ्नो उद्देश्यलाई निरन्तरता दिँदै आएको बताइएको छ। पुजो, सिट्रन र लिपमोटर जस्ता ब्रान्डहरू समेटेको यस कम्पनीले स्मार्ट र वातावरणमैत्री गाडीको प्रयोग विस्तार गर्ने प्रतिबद्धता लिएको कम्पनीले जनाएको छ।

The post लिपमोटर बी १० चीनबाट नेपाल आउँदै : छिट्टै डेलिभरी सुरु हुने appeared first on Jankari Kendra.

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा सार्वजनिक लिपमोटर बी१०,कति पर्छ मूल्य ?
काठमाडौं । नेपालमा लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले लिपमोटर बी१० लाई औपचारिक रुपमा सार्वजनिक गरेको छ। नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा सो गाडी औपचारिक रूपमा सार्वजनिक गरिएको हो । गत साता आयोजित विशेष ‘स्निक प्रिभ्यू’ कार्यक्रमपछि यो पहिलो पटक सबै समक्ष मूल्य र डिजाइन सहितको सम्पूर्ण अनावरण गरिएको छ।

४९ लाख ९९ हजार सुरुवाती मूल्यमा उपलब्ध लिपमोटर बी१० ले उत्कृष्ट प्रदर्शन, प्रविधि र सुरक्षाको संयोजन अत्यन्त प्रतिस्पर्धी मूल्यमा ल्याएको छ, जसले गर्दा यो नेपालका लागि सबैभन्दा आकर्षक इलेक्ट्रिक सवारी विकल्पहरूमध्ये एक बनेको छ।

आधुनिक शहरी मोबिलिटीका लागि डिजाइन गरिएको लिपमोटर बी१० मा १६० किलोवाटको मोटर रहेको छ जसमा लाइफ भेरिएन्टमा ५६.२ किलोवाटको ब्याट्री र ३८० किलोमिटरको डब्लुएलटीपी रेन्ज रहेको छ भने डिजाइन भेरिएन्टले सिंगल चार्जमा ४६० किलोमिटरको डब्लूएलटीपी रेन्ज प्रदान गर्दछ ।

सार्वजनिक कार्यक्रममा सांग्रिला मोटर्स प्रा।लि। का निर्देशक हेमन्त गोल्छाले भने, ‘लिपमोटर बी१० सँग हामी नेपाली उपभोक्ताहरूलाई यस्तो सवारी प्रस्तुत गर्दैछौं, जसले प्रदर्शन, सुरक्षा, शैली र मूल्यको सन्तुलन प्रदान गर्छ। यो केवल इलेक्ट्रिक गाडी मात्र नभएर, यो नेपाली सडकका लागि तयार गरिएको स्मार्ट मोबिलिटी समाधान हो।’

साउन २५ गते सम्म चल्ने नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा आगन्तुकहरूले लिपमोटर बी१० लाई नजिकबाट अवलोकन गर्न र अनुभव लिन सक्नेछन्। साथै, बी१० को बुकिङ हालैदेखि सांग्रिला मोटर्स प्रालिका शोरूमहरू तथा देशभरका साझेदार बिक्री केन्द्रहरूमा खुला गरिएको कम्पनीले बताएको छ।

लिपमोटर बी१० को नेपाली बजारमा प्रवेशसँगै, गोल्छा अर्गनिजेसनले आफ्नो विद्युतीय सवारी साधनको पोर्टपफोलियो अझ विस्तार गरेको जनाएको छ। यसले प्युजो र सिट्रोनसँगै अब लिपमोटरलाई समेत समावेश गरी दिगो, नवप्रवर्तनशील र बौद्धिक मोबिलिटीप्रति आफ्नो प्रतिबद्धता झनै मजबुत बनाएको बताएको छ।

The post नाइमा नेपाल मोबिलिटी एक्स्पोमा सार्वजनिक लिपमोटर बी१०,कति पर्छ मूल्य ? appeared first on Jankari Kendra.

लिपमोटर बी १० को स्निक प्रिभ्यु सम्पन्न, नाइमा एक्सपोमा औपचारिक लन्च हुने
काठमाडौं । नेपालमा लिपमोटरको आधिकारिक आयातकर्ता साङ्ग्रिला मोटर्स प्रालिले बुधबार उत्तरढोकास्थित आफ्नै शोरूममा लिपमोटर बी१० को ‘स्निक प्रिभ्यू’ कार्यक्रम आयोजना गर्यो। सो कार्यक्रममा केही मिडिया प्रतिनिधिहरू र अटो पारखीहरूले यो प्रतिक्षित इलेक्ट्रिक गाडीको पहिलो झलक पाउने अवसर पाए – जसले स्मार्ट डिजाइन, आधुनिक सुविधाहरु र सहज प्रदर्शनका कारण पहिले नै चर्चा बटुलिरहेको बताइएको छ।

नेपालमा पहिलो पटक भित्र्याउन लागिएको लिपमोटर बी१० ले विद्युतीय सवारीसाधनको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास गरिएको जनाइएको छ। ६७.१ किलोवाट आवर ब्याट्री सहितको यो मोडलले एकपटक चार्ज गर्दा ४६० किमी (डब्लुएलटीपी) सम्मको रेन्ज दिन्छ। यसमा जडान गरिएको १६० किलोवाट मोटरले पावर र स्पिडलाई सन्तुलनमा राख्छ भने युरो एनक्यापको ५-स्टार सेफ्टी रेटिङ्गले यात्रुको सुरक्षामा प्राथमिकता दिन्छ।

स्निक प्रिभ्यु कार्यक्रममा उपस्थित अतिथिहरूले गाडीको आकर्षक डिजाइन, स्मार्ट फिचरहरू र उत्कृष्ट ड्राइभिङ्ग प्रत्यक्ष अनुभव गर्न पाए, जसले नेपाली ईभी बजारमा नयाँ स्तर स्थापना गर्ने अपेक्षा गरिएको कम्पनीको भनाइ छ ।

लिपमोटर बी१० को औपचारिक लन्च तथा मूल्य सार्वजनिक आगामी साउन २१ देखि २५ सम्म हुने नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा गरिनेछ। यद्यपि मूल्य घोषणा उक्त कार्यक्रममा गरिने भए पनि लिपमोटर बी१० को मूल्य ६० लाखभन्दा कम हुने अनुमान गरिएको छ, जसले यसलाई आफ्नो सेग्मेन्टमा बलियो प्रतिस्पर्धी बनाउनेछ।

साङ्ग्रिला मोटर्स प्रालिका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले भने, “आजको स्निक प्रिभ्यु कार्यक्रम, यो गाडीले के दिन सक्छ भन्ने कुराको झलक मात्र हो । डिजाइन, प्रविधि र पर्फर्मेन्सका हरेक हिसाबले लिपमोटर बी१० साँच्चिकै ‘पर्फेक्ट १०’ हो। हामी यसलाई सार्वजनिक रूपमा नाइमा एक्सपाेमा प्रस्तुत गर्न उत्साहित छौं र यसले नेपाली ग्राहकको ईभीप्रति सोचाइ नै परिवर्तन गर्नेछ भन्ने कुरामा हामी विश्वस्त छौं।”

गोल्छा अर्गनाइजेसन अन्तर्गतको साङ्ग्रिला मोटर्सले सधैं नवीनतम, वातावरणमैत्री मोबिलिटी समाधानहरू ल्याउने आफ्नो उद्देश्यलाई निरन्तरता दिँदै आएको बताएको छ। पुजो, सिट्रोन र लिपमोटर जस्ता ब्रान्डहरू समेटेको यस कम्पनीले स्मार्ट र वातावरणमैत्री गाडीको प्रयोग विस्तार गर्ने प्रतिबद्धता लिएको जनाइएको छ।

The post लिपमोटर बी १० को स्निक प्रिभ्यु सम्पन्न, नाइमा एक्सपोमा औपचारिक लन्च  हुने appeared first on Jankari Kendra.