ल्यान्ड क्रुजर Archives - Jankari Kendra

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान
काठमाडौं । नेपालको प्रिमियम अटोमोबाइल बजारमा टोयोटा ल्यान्ड क्रुजरप्रतिको आकर्षण तीव्र रूपमा बढिरहेको छ। उच्च मूल्यका बाबजुद सुरक्षा, भरपर्दोपन, अफरोड क्षमता र सामाजिक प्रतिष्ठाको प्रतिकका रूपमा स्थापित भएकाले टोयोटा ल्यान्ड क्रुजर नेपाली धनाढ्य, उद्योगी–व्यवसायी तथा राजनीतिक नेतृत्वको प्रमुख रोजाइ बन्दै गएको बताइएको छ।

कम्पनीका अनुसार, अर्कोतर्फ नेपालको भौगोलिक बनावट, सडकको अवस्था र ग्राहकको बदलिँदो आवश्यकताका कारण टोयोटाको प्रिमियम मोडलहरु नेपाली बजारमा लोकप्रिय बन्दै गएको हो। उच्च मूल्य भए पनि सुरक्षा, आराम, अफरोड क्षमता र दीर्घकालीन भरपर्दोपनका कारण टोयोटा ल्यान्ड क्रुजर २५० र ३०० सिरिज नेपाली बजारमा उच्च आय भएका ग्राहकको रोजाइमा पर्ने गरेका हुन्।

व्यापक सर्भिस नेटवर्क र स्पेयर पाट्र्सको सहज उपलब्धताले पनि ग्राहकको विश्वास कायम राख्न मद्दत गरेको सेल्स म्यानेजर सन्तोष कार्कीको भनाइ छ। नेपालमा टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले ६ दशकभन्दा लामो समयदेखि बिक्री तथा सेवा प्रदान गर्दै आएको जनाएको छ।

वैद्य अर्गनाइजेसनले नेपाली बजारमा ल्याण्ड क्रुजर २५० मोडल ल्याएर बिक्री सुरु गरेको धेरै भएको छैन। कम्पनीले २०२४ मा ल्याण्ड क्रुजर २५० नेपाली बजारमा सार्वजनिक गरेको हो। दुई भेरियन्टमा उपलब्ध ल्याण्ड क्रुजरको टप भेरियन्ट ३ करोड ७९ लाख रुपैयाँ मूल्यमा बिक्री हुँदै आएको छ भने अर्को भेरियन्ट ल्याण्ड क्रुजर २५० अलराउण्डर ३ करोड २२ लाख रुपैयाँमा बिक्री भइरहेको बताइएको छ।

त्यस्तै, नेपाली बजारमा ल्याण्ड क्रुजर २५० भन्दा अलि महँगो ल्याण्ड क्रुजर ३०० सिरिजको मूल्य ५ करोड ३९ लाख रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ। टोयोटा विश्वभर नै यसको गुणस्तर, टिकाउपन र विश्वसनीयताका लागि चिनिन्छ। ठुलो लगानी गर्ने मान्छेले आफ्नो लगानी कत्तिको सुरक्षित छ भनेर बुझ्दा टोयोटा नै भेट्टाउँछ, जसका कारण महँगो भएपनि धेरैको रोजाइमा यो पर्ने गरेको कम्पनीको विश्वास छ।

विशेषतः, ठूला उद्योगपति, व्यवसायी, राजनीतिक दलका नेताको रोजाईमा पर्ने ल्यान्ड क्रुजर टोयोटा ब्राण्डकै सबैभन्दा महँगा एसयूभीमध्ये पर्छन्। प्रिमियम र लक्जरी सेगमेन्टका गाडी खरिद गर्ने ग्राहकहरु अहिले पनि आफ्नो परम्परागत र भरपर्दो ब्रान्डमै अडिग छन्। टोयोटा ल्याण्ड क्रुजर विश्वभर नै उच्च ‘रिसेल भ्यालु’का ...

The post नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान appeared first on Jankari Kendra.