समर अफर Archives - Jankari Kendra

नेपाल टेलिकमको समर अफर : के-के छन् सुबिधा ?
काठमाडौं । नेपाल टेलिकमले समर अफर २०८३ अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधाहरु उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीले विभिन्न सुविधा सहितका नयाँ भ्वाइस तथा डाटा प्याकेजहरु सञ्चालनमा ल्याएको छ ।

नेपाल टेलिकमको प्रिपेड मोबाइलमा उपलब्ध २८ दिनको प्याकेजलाई सेवाग्राहीको सुविधालाई मध्यनजर गरी ३० दिनको बनाइएको छ । अब सबै प्याकेजहरु ३० दिनका हुनेछन् । त्यसैगरी भ्वाइस प्याक अन्तर्गत ३० दिनको प्याकेजहरु अब सबै नेटवर्कमा कल गर्न सकिने (अल–नेट) सुविधा सहित उपलब्ध हुनेछन् ।

त्यसैगरी विभिन्न डाटा तथा कम्बो प्याकेजहरुलाई थप आकर्षक बनाइएको छ । धेरैको रोजाइमा परेको सजिलो अनलिमिटेड प्याकलाई अझ आकर्षक बनाइएको छ । यस अन्तर्गत रु. ९९९ मा अनलिमिटेड अल–नेट भ्वाइस प्याक, मासिक ३०० जीबी डाटा र ३०० अल–नेट एसएमएस सुविधा उपलब्ध हुनेछ । त्यसैगरी रु. ७९९ मा अनलिमिटेड अल–नेट भ्वाइस प्याक, मासिक १५० जीबी डाटा र २५० अल–नेट एसएमएस सुविधा उपलब्ध हुनेछ ।

डाटा प्याक अन्तर्गत रु. ५४९ मा ४० जीबी र रु. ९९९ मा १०० जीबी डाटा प्याक उपलब्ध हुनेछ । रु. ५९९ मा २ जीबी प्रतिदिन र रु. ३४९ मा १ जीबी प्रतिदिन प्रयोग गर्न सकिने मासिक डाटा प्याक उपलब्ध हुनेछ।

अनलिमिटेड प्याकेज अन्तर्गत रु. २५ मा १ घण्टा सम्म चलाउन मिल्ने अनलिमिटेड भ्वाइस तथा डाटा प्याकेज उपलब्ध हुनेछ भने रु. ९९९ मा ३० दिन सम्म प्रतिदिन चलाउन मिल्ने ५ एमबीपीएस डाटा प्याकेज उपलब्ध हुनेछ । यसै अनुसार अन्य प्याकेजका साथै नाइट र कम्बो प्याकेज समेत उपलब्ध छन् ।

भ्वाइस र डाटा प्याकेजमा अन्य विभिन्न आकर्षक प्याकेजहरु समेत उपलब्ध रहेका छन् । त्यसैगरी बन्डल्ड प्याक, एड अन प्याकेज, सीयूजी प्याकेज, एसएमएस प्याक, एफटीटीएच प्याक आदि समेत उपलब्ध छन् ।

समर अफर आजदेखि लागू हुनेछ । ग्राहकले आफ्नो मोबाइलबाट *१४१५# डायल गरेर तथा ‘नेपाल टेलिकम’ एपको प्रयोगबाट विभिन्न प्याकेजहरु सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सक्नेछन् ।

The post नेपाल टेलिकमको समर अफर : के-के छन् सुबिधा ? appeared first on Jankari Kendra.