सीजी मोटर्स Archives - Jankari Kendra

महामेला एक्सचेन्ज कार्निभलमा सीजी मोटर्सले सार्वजनिक गर्यो विशेष अफर
काठमाडौं । सीजी मोटर्सले महामेला एक्सचेन्ज कार्निभल भृकुटीमण्डपमा बुधबारदेखि जेठ ११ गतेसम्म आयोजना गर्दै विशेष अफरहरू सार्वजनिक गरेको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा लोकप्रिय गायक, संगीतकार तथा एक्सपेङ जी६ का एन्डोर्सर कालीप्रसाद बास्कोटा उपस्थित थिए। साथै सीजी मोटर्सका डेपुटी सीईओ बिमल शाह लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा रिडारा इकोन ४x४ र अपग्रेडेड किङलङ १६ सिटेसँगै ७५.४१ किलोवाट आवर ब्लेड ब्याट्री अनावरण गरिएको बताइएको छ। नयाँ किङलङ १६ सिटेमा ४००+ रेन्ज, २१५ एमएम ग्राउन्ड क्लियरेन्सलगायतका विशेषता छन्।

कार्निभलअन्तर्गत दायुनमा ३ लाख ९९ हजार लाख डाउन पेमेन्ट, रिडारा इकोन ४x४ मा ९ लाख ९९ हजार डाउन पेमेन्ट सुविधा उपलब्ध हुने जनाइएको छ।

त्यस्तै, आयन र एक्सपेङमा १२ लाखसम्मको बेनिफिट, उत्कृष्ट साटफेर मूल्यांकन र उत्कृष्ट फाइनान्स सुविधा प्राप्त गर्न सकिनेछ।

इच्छुक ग्राहकहरूले कार्यक्रम अवधिभर भृकुटीमण्डपमा उपस्थित भई सवारी अवलोकन, टेस्ट ड्राइभ, एक्सचेन्ज भ्यालुएसन तथा फाइनान्स परामर्श लिन सक्ने कम्पनीले जनाएको छ।

The post महामेला एक्सचेन्ज कार्निभलमा सीजी मोटर्सले सार्वजनिक गर्यो विशेष अफर appeared first on Jankari Kendra.

बानेश्वर र सीतापाइलामा हिरोको नयाँ शोरुम उद्घाटन
काठमाडौं । नेपालका लागि हिरो मोटोकर्पको आधिकारिक वितरक सीजी मोटर्सले मंगलबार काठमाडौं स्थित बानेश्वर र सीतापाइलामा आफ्नो हिरो मापदण्ड अनुसारको नयाँ डिलरको अत्याधुनिक शोरुमको औपचारिक उद्घाटन सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा हिरो मोटोकर्प भारतका एशिया व्यवसाय प्रमुख, सीजी मोटर्सका व्यवसाय प्रमुख, मार्केटिङ प्रमुख, अन्य अतिथि, स्थानीय व्यवसायी, ग्राहक, मिडिया प्रतिनिधि लगायत हिरो पारखी ग्राहकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

हिरोको नयाँ शोरुम मार्फत ग्राहकहरुले हिरोका नवीनतम् प्रविधि जडित मोटरसाइकल तथा स्कुटरका मोडलहरु एउटै स्थानमा अवलोकन तथा खरिद गर्न सक्नेछन् । साथै आधुनिक विक्री सेवा, जेन्युइन स्पेयर पार्ट्स, सरल रुपमा फाइनान्सको सुविधा तथा दक्ष टेक्निसियनहरु मार्फत सर्भिसको सुविधा समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

कार्यक्रममा बोल्दै डिलर प्रितिनिधिहरुले ग्राहकको विश्वास नै कम्पनीको सबैभन्दा ठूलो उपलब्धि भएको र नयाँ शोरुमको सुरुवातसँगै अझ उत्कृष्ट सेवा, आधुनिक सुविधा र गुणस्तरीय अनुभव प्रदान गर्नमा प्रतिबद्ध भएको बताए ।

उद्घाटन अवसरमा विशेष आकर्षणको रुपमा नयाँ बाइक तथा स्कुटर प्रदर्शन, टेस्ट राइड सुविधा, ओपनिङ अफर, उपहार तथा क्यासब्याक योजना र एक्सचेन्जको राम्रो सुविधा प्रदान गरिएको थियो ।

हिरो मोटोकर्प नेपालले नेपाली बजारमा गुणस्तरीय, भरपर्दो तथा इन्धन किफायती दुईपांग्रे सवारी साधन उपलब्ध गराँउदै आएको बताएको छ । नयाँ शोरुम सञ्चालनसँगै कम्पनीले ग्राहकहरुको पहुँच अझ विस्तार गर्ने विश्वास व्यक्त गरेको जनाएको छ ।

The post बानेश्वर र सीतापाइलामा हिरोको नयाँ शोरुम उद्घाटन appeared first on Jankari Kendra.

सीजी मोटर्सद्वारा नेपालका लागि नयाँ पिकअप ‘रिडारा इर्कोन ४x४’ सार्वजनिक
काठमाडौं । सीजी मोटर्स, जिली होल्डिङ ग्रुपअन्तर्गतको रिडारा ब्रान्डको नेपालका लागि आधिकारिक बितरकले नेपाली बजारमा नयाँ रिडारा आरडी सिक्स इकोन ४x४ इलेक्ट्रिक पिकअप सार्वजनिक गरेको छ। गाडीको प्रारम्भिक मूल्य ७१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको बताइएको छ।

“पियोर इलेक्ट्रिक, पियोर क्यापाबिलिटी” को अवधारणामा आधारित यो मोडेललाई नेपालको सबैभन्दा शक्तिशाली र बहुउपयोगी इलेक्ट्रिक पिकअपको रूपमा प्रस्तुत गरेको छ, जसले इभी सेग्मेन्टमा प्रदर्शन र उपयोगिताको नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ।

करिब दुई वर्षअघि नाडा अटो शो मा पहिलो पटक प्रदर्शन भएपछि रिडारा आरडी सिक्स ले नेपालमा इलेक्ट्रिक पिकअप सेग्मेन्टको सुरुवात गर्दै अग्रणी भूमिका खेलेको छ। कम्पनीका अनुसार,  यस अवधिमा ब्रान्डले प्रदर्शन, विश्वसनीयता र ग्राहक स्वीकृतिमा उल्लेखनीय उपलब्धि हासिल गर्दै आफूलाई नेपालकै नं. १ इभी पिकअपको रूपमा स्थापित गरेको छ ।

अब इकोन ४x४ भेरियन्टको आगमनसँगै रिडाराले अझ उच्च अफ-रोड क्षमता, बढी पावर आउटपुट र नेपालका भौगोलिक आवश्यकतालाई लक्षित गर्दै थप बहुउपयोगी समाधान प्रस्तुत गरेको कम्पनीले बताएको छ।

रिडारा आरडीसिक्स इकोन ४x४ लाई सहरी सडकदेखि लिएर दुर्गम पहाडी तथा अफरोड क्षेत्रसम्म सहज रूपमा चलाउन मिल्ने गरी बहुउपयोगी इलेक्ट्रिक पिकअपको रूपमा प्रस्तुत गरिएको कम्पनीको दाबी छ। यो गाडीले व्यवसायिक उपयोगिता र लाइफस्टाइल प्रदर्शनलाई एकैसाथ संयोजन गर्दै व्यवसायिक प्रयोगकर्ता र एड्भेन्चर पारखी दुवैका लागि उपयुक्त समाधान प्रदान गर्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार, उच्च प्रदर्शन र वास्तविक ४x४ क्षमतासहित यस गाडीमा अत्याधुनिक प्रविधिहरू समावेश गरिएका छन्, जसले उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्नुका साथै ४८५ एनएमको अधिकतम टर्कले बलियो पुलिङ पावर र एक्सेलेरेशन सुनिश्चित गर्छ भने डुअल मोटर अल ह्विल ड्राइभ (४x४)  प्रणालीले दुवै एक्सलमा स्वतन्त्र मोटरमार्फत वास्तविक अफ-रोड क्षमता प्रदान गर्छ।

२२५ एमएम ग्राउन्ड क्लियरेन्सका कारण कठिन भू-भागमा पनि सहज सञ्चालन सम्भव हुन्छ भने १२३५ केजी पेलोड क्षमताले यसलाई व्यावसायिक प्रयोजनका लागि उपयुक्त बनाउनुका साथै इको ,नर्मल ,स्र्पाेट र अपरोड(स्नो,मड, सेन्ड) जस्ता मल्टिपल ड्राइभ मोडहरूले विभिन्न सडक तथा मौसम अवस्थाअनुसार उत्कृष्ट नियन्त्रण र प्रदान गर्ने बताइएको ...

The post सीजी मोटर्सद्वारा नेपालका लागि नयाँ पिकअप ‘रिडारा इर्कोन ४x४’ सार्वजनिक appeared first on Jankari Kendra.

अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा रसुवा भन्सार कार्यालयद्वारा सीजी मोटर्स सम्मानित
काठमाडौं । रसुवा भन्सार कार्यालयले सीजी मोटर्स प्रा.लि.लाई राजस्व संकलनमा योगदान पुर्‍याएको कदर स्वरूप सम्मान गरेको छ। ७४ औँ अन्तर्राष्ट्रिय भन्सार दिवस २०२६ को अवसरमा रसुवा भन्सार कार्यालय, टिमुरे, रसुवाद्वारा आयोजित विशेष कार्यक्रममा सीजी मोटर्स प्रा.लि. लाई भन्सार नियम तथा कानुनको पालना गर्दै नियमित रुपमा राजस्व संकलनमा योगदान पुर्‍याएको कदर स्वरूप कदर-पत्रबाट सम्मानित गरेको  हो।

विश्व भन्सार संगठनद्वारा निर्धारित यस वर्षको नारा : सतर्कता र प्रतिबद्धतामार्फत समाजको संरक्षण गर्ने भन्सार लाई आत्मसात गर्दै आयोजित कार्यक्रममा विभिन्न सरकारी अधिकारी, भन्सार कर्मचारी, व्यवसायी तथा सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो।

कार्यक्रमका क्रममा सीजी मोटर्स प्रा.लि.लाई : भन्सार ऐन-नियमको पूर्ण पालना, पारदर्शी आयात तथा व्यापार प्रक्रिया, समयमै राजस्व भुक्तानी, वैध तथा व्यवस्थित व्यापार प्रवर्द्धनमा योगदान, जस्ता विषयहरूमा उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै सम्मान गरेको जनाएको छ। रसुवा भन्सार कार्यालयले निजी क्षेत्रसँगको सहकार्यले वैध व्यापार प्रवर्द्धन, राजस्व वृद्धि तथा राष्ट्रिय आर्थिक सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गरेको छ।

सम्मान ग्रहण गर्दै सीजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कपिल शिवाकोटीले उक्त सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै यस भन्सार नाकासँग सहकार्य गर्ने अवसर प्राप्त भएकोमा अत्यन्तै आभार प्रकट गरे। साथै, आगामी दिनहरूमा पनि सरकारी नियम, कानुन तथा भन्सार प्रक्रियाको पूर्ण पालना गर्दै जिम्मेवार र पारदर्शी व्यवसाय सञ्चालनमा प्रतिबद्ध रहने जनाएको छ।

सीजी मोटर्स प्रा.लि. चौधरी ग्रुप अन्तर्गत सञ्चालनमा रहेको नेपालको अग्रणी अटोमोबाइल कम्पनी हो, जसले नयाँ तथा दिगो मोबिलिटी सवारी साधनहरू बिक्री-वितरण गर्दै आइरहेको बताइएको छ। नेपालमा सार्वजनिक यातायात क्षेत्रमा विद्युतीय सवारी साधनहरूको बिक्री-वितरण गर्दै सीजी मोटर्सले निरन्तर रूपमा नयाँ आयाम स्थापित गर्दै आएको जनाइएको छ।

The post अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा रसुवा भन्सार कार्यालयद्वारा सीजी मोटर्स सम्मानित appeared first on Jankari Kendra.