सेन्सेइमा विश्वकप हेरौंला अफर Archives - Jankari Kendra

सेन्सेइद्वारा ‘विश्वकप हेरौला अफर’ सार्वजनिक : यस्ता छन् सुविधा
काठमाडौं । सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको टेलिभिजन ब्रान्ड सेन्सेइले फुटबल विश्वकपलाई लक्षित गर्दै ‘सेन्सेइमा विश्वकप हेरौंला’ अफर सार्वजनिक गरेको छ। योजनाअन्तर्गत ग्राहकहरूले आकर्षक क्यासब्याक, निःशुल्क एसी जित्ने अवसर तथा विस्तारित वारेन्टी सुविधा प्राप्त गर्नेछन्।

कम्पनीका अनुसार सेन्सेइ टिभी खरिद गर्ने ग्राहकले लक्की ड्र मार्फत निःशुल्क एसी जित्न सक्नेछन् भने २३ हजार ४ सय रुपैयाँ सम्म क्यासब्याक सुविधा पनि उपलब्ध हुनेछ। त्यस्तै, टिभीमा विशेष २४+२४ महिनाको सर्भिस वारेन्टी प्रदान गरिएको बताइएको छ।

सेन्सेइ स्मार्ट टिभीमा फोर–के अल्ट्रा एचडी डिस्प्ले, डल्बी अडियो तथा वेबओएस स्मार्ट प्लेटफर्मजस्ता आधुनिक प्रविधि समावेश छन्, जसले विश्वकपका खेलहरूलाई उत्कृष्ट दृश्य तथा ध्वनि अनुभवसहित हेर्न सकिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार, “विश्वकप हेर्ने मात्र होइन, प्रत्येक खेललाई स्टेडियमकै अनुभूति दिने हाम्रो लक्ष्य हो। सेन्सेइको अत्याधुनिक प्रविधि, विशेष वारेन्टी र आकर्षक उपहार योजनाले ग्राहकहरूलाई चार वर्षको विश्वकप, चार वर्षकै विश्वसनीयताले अझ विशेष बनाउनेछ ।”

ग्राहकलाई सहज खरिद अनुभव प्रदान गर्न नागरिकताको आधारमा सरल ईएमआई सुविधा समेत उपलब्ध गराइएको कम्पनीले बताएको छ।

यो योजना २०८३ जेठ २१ गतेदेखि साउन ३ गतेसम्म देशभर रहेका सीजी इलेक्ट्रोनिक्सका आधिकारिक शोरूम तथा विक्रेता नेटवर्कमार्फत लागू हुने कम्पनीले जनाएको छ। सेन्सेइले टेलिभिजनसँगै रेफ्रिजेरेटर, वासिङ मेसिन, एयर कुलर, भ्याकुम क्लिनर तथा चेस्ट फ्रिजरलगायतका उत्पादन नेपाली बजारमा उपलब्ध गराउँदै आएको बताएको छ।

कम्पनीका अनुसार, जापानी इन्जिनियरिङमा आधारित डिजाइन, उच्च टिकाउपन र किफायती मूल्यका कारण सेन्सेइले छोटो समयमै नेपाली उपभोक्तामाझ एक विश्वासिलो ब्रान्डको पहिचान बनाएको छ ।

देशभर रहेका सीजी इलेक्ट्रोनिक्सका शोरूम तथा आधिकारिक डिलर नेटवर्कमार्फत यो योजनाको लाभ उठाउन सकिने कम्पनीले जनाएको छ । कम्पनीले यस योजनामार्फत ग्राहकहरूलाई भरपर्दो खरिद अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरेको छ भने यसमा केही शर्तहरू लागू हुने जानकारी समेत दिएको छ ।

The post सेन्सेइद्वारा ‘विश्वकप हेरौला अफर’ सार्वजनिक : यस्ता छन् सुविधा appeared first on Jankari Kendra.