हरिशयनी Archives - Jankari Kendra

हरिशयनी एकादशीको यस्तो रहेको छ शास्त्रीय मान्यता
काठमाडौं । सनातन धर्ममा एकादशीको ठूलो महत्व मानिन्छ । हिन्दू क्यालेन्डर अनुसार आषाढ महिनाको शुक्ल पक्षको एकादशीलाई हरिशयनी एकादशी (अथवा देवशयनी एकादशी) भनिन्छ । हरिशयनी एकादशी भगवान विष्णुलाई समर्पित रहेको छ । यस दिन विधि विधान अनुसार भगवान विष्णुको पूजा गर्नाले अपार आशीर्वाद प्राप्त हुन्छ ।

आषाढ शुक्ल एकादशीका दिन आज नेपालीले घर घरमा तुलसीको बिरुवा रोप्दैछन्। ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको दलको बिरुवा आज घरघरमा रोपिन्छ । आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने धार्मिक विश्वासका आधारमा यस एकादशीलाई हरिशयनी एकादशी पनि भनिन्छ । तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ ।

प्रत्येक हिन्दू समुदायका घर आँगन तथा मठमा रोपिने तुलसीको विरुवालाई आगामी चार महिनासम्म नित्यपूजा गरी हरिबोधनी एकादशीका दिन साङ्गेगर्ने शास्त्रीय परम्परा रहेको छ ।

हरिबोधनी एकादशीका दिन भगवान् विष्णु जाग्नु हुने शास्त्रीय मान्यता छ । वैज्ञानिक रुपमा पनि तुलसीबाट धेरै अक्सिजन पाइने तथ्य प्रमाणित भएको छ । तुलसीलाई आयुर्वेदिक दृष्टिले औषधिका रुपमा समेत उपयोग गरिन्छ ।

यस अवधिमा पर्ने आठवटा एकादशीमा भगवान् विष्णुको विशेष उपासना गरी एकादशी महात्म्यको पाठ पारायण गरिन्छ । चतुर्मासमा वृहस्पति र शुक्र अस्त भएपनि व्रत गर्नुपर्ने शास्त्रीय वचन रहेको धर्मशास्त्रीहरुले बताएका छन् ।

काठमाडौँको बूढानीलकण्ठस्थित नारायणस्थान, उपत्यकाका चार नारायण मन्दिरलगायत मुलुकभर रहेका विष्णु मन्दिरमा पनि पूजाआजा तथा धार्मिक अनुष्ठानका लागि भक्तजनको भीड लाग्ने गर्दछ ।

विभिन्न धार्मिकस्थल, सत्तल तथा पाटीमा चार महिनासम्म चतुर्मास पुराण पनि प्रारम्भ गरिन्छ । वर्षका २४ एकादशीमध्ये आषाढ शुक्ल र कार्तिक शुक्ल एकादशीलाई ठूलो एकादशीका रुपमा लिइन्छ।

धार्मिक दृष्टिले विष्णु भगवान्का प्रतीकका रुपमा तुलसी रोपेर यो एकादशीलाई मनाउने परम्परा हुँदा सो एकादशीलाई तुलसी एकादशीसमेत भनिन्छ । एकादशीलाई हिन्दूहरुको महत्वपूर्ण पर्वका रुपमा मानिएको छ ।

धार्मिक मान्यता अनुसार हरिशयनी एकादशीको व्रतले सबै मनोकामना पूरा गर्ने मानिन्छ । हरिशयनी एकादशीको दिनलाई भगवान् विष्णुले चार महिनाका लागि शयनमा जाने दिन मानिन्छ। यो चार महिनाको अवधिलाई चातुर्मास भनिन्छ, जुन हिन्दू धर्ममा विशेष धार्मिक अनुशासन, व्रत, तपस्याको समयको रूपमा लिइन्छ। यस अवधिमा विवाह, उपनयन ...

The post हरिशयनी एकादशीको यस्तो रहेको छ शास्त्रीय मान्यता appeared first on Jankari Kendra.