हिरो एक्सचेञ्ज Archives - Jankari Kendra

असार ६ गतेदेखि १५ गतेसम्म हिरो एक्सचेञ्ज र इभल्भ सोरुम एक्सचेञ्ज हुँदै
काठमाडौं । नेपालका लागि हिरो मोटोकर्पका आधिकारीक बिक्रेता सिजी मोटर्सले पहिलो पटक ‛हिरो एक्सचेञ्ज ’ र इभल्भ सोरुम एक्सचेञ्ज आयोजना गर्ने भएको छ भने युक्त अफर यही असार ६ गते बिहिबारबाट सुरु भएर असार १५ गतेसम्म संचालन हुने कम्पनीले बताएको छ ।

नेपाल अधिराज्य भर चल्ने उक्त मेलामा ग्राहकले कुनै पनि ब्राण्डका मोटरसाइकल एक्सचेञ्ज गर्दा बजार मूल्यांकन भन्दा ८ हजार बढीको मूल्यांकन पाउनु साथै, एक्सचेञ्ज अफरमा ७ हजार रुपैयाँसम्मको नगद छुट तथा निशुल्क हेल्मेट पनि वितरण गरिने र एक्सचेञ्ज अफरमा ग्राहकहरुले हिरो एक्स पल्स, सुपर स्प्लेण्डर, स्प्लेण्डर प्लस, स्प्लेण्डर र जुमका दुई प्राङग्रे सवारी लिन सक्ने कम्पनीले जनाएको छ ।

मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो कम्पनी हिरो यसले आर्जन गरेको विश्वास र उत्कृष्टताका लागि सबैमाझ परिचित छ । सिजी मोटर्सले हिरो मोटोकर्पसँग मिलेर केहि समय अघि मात्रै नेपालमा आक्रामक व्यापार योजना घोषणा गर्नुका साथै नवलपरासीको सिजी इन्डस्ट्रियल पार्कमा प्रतिवर्ष ७५ हजार युनिट मोटरसाइकल एसेम्बल गर्नसक्ने क्षमताको अत्याधुनिक प्लान्टको उद्घाटन समेत गरिसकेको र हिरोका मोटरसाइकल तथा स्कुटरहरू अहिले नेपाली भूमिमै एसेम्बल भईरहेको कमपनीले बताएको छ ।

नेपालमा सबैभन्दा बढी बिक्रि हुने मोटरसाइकल ब्राण्ड मध्येको एक हिरोले नयाँ बेन्चमार्कहरू समेत कायम गर्दै आएको छ । सिजी मोटर्सले हाल नेपालका विभिन्न स्थानहरूमा ५० भन्दा बढी हिरो शोरुमको नेटवर्क सञ्चालन गरिरहेको छ । साथै, सिजी मोटर्स निकट भविष्यमा थप शोरुम खोल्ने प्रक्रियामा र यसबाहेक, सिजी मोटर्सले बढ्दो ग्राहकहरूको संख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स, सर्भिस तथा स्पेयर पार्टस नेटवर्कलाई द्रुत रूपमा विस्तार गरिरहेको कम्पनीको दाबी छ ।

लोकप्रिय उत्पादन सुपर स्प्लेण्डर, स्पलेण्डर प्लस, एक्स पल्सका साथै नयाँ जुम १ सय १० स्कुटर बिएस सिक्स एसआई सिजि मोटर्सले नेपालमा भित्र्याउनुका साथै, सो उत्पादनमा यूनिक फिचर समेत रहेको कम्पनीले जनाएको छ ।

The post असार ६ गतेदेखि १५ गतेसम्म हिरो एक्सचेञ्ज र इभल्भ सोरुम एक्सचेञ्ज हुँदै appeared first on Jankari Kendra.