३डिएक्स ब्याकहो लोडर Archives - Jankari Kendra

पोखरामा जेसीबीको पश्चिम बजार विस्तार, १२ युनिट हस्तान्तरण
काठमाडौं । नेपालको पश्चिमी क्षेत्रमा आफ्नो उपस्थिति थप मजबुत बनाउँदै जेसीबी नेपालले पोखरामा आयोजित विशेष ग्राहक भेटघाट तथा साँचो हस्तान्तरण कार्यक्रममा प्रमुख ग्राहकहरूलाई १२ वटा मेसिन हस्तान्तरण गरेको छ।

हस्तान्तरण गरिएका मेसिनहरूमा जेसीबीका फ्ल्यागशिप ३डिएक्स ब्याकहो लोडर तथा जेसीबी २२१ एक्स्काभेटर समावेश थिए। नेपालमा यी मेसिनहरू टिकाउपन, उच्च रिसेल भ्यालु तथा प्रभावकारी सञ्चालन क्षमताका कारण व्यापक रूपमा विश्वास गरिएका छन्। ३२ भन्दा बढी बिक्री तथा सेवा केन्द्र र २०० भन्दा बढी दक्ष सपोर्ट इन्जिनियरहरूको सञ्जाल मार्फत जेसीबी नेपालले भरपर्दो आफ्टर सेल्स सर्भिस उपलब्ध गराउँदै आएको छ, जुन आजको प्रतिस्पर्धात्मक कन्स्ट्रक्सन इक्विपमेन्ट बजारमा अत्यन्त महत्वपूर्ण पक्ष मानिन्छ।

कन्स्ट्रक्सन इक्विपमेन्ट क्षेत्रमा प्रतिस्पर्धा बढिरहेको र ग्राहकहरूको अपेक्षा निरन्तर परिवर्तन भइरहेको अवस्थामा, यो उपलब्धिले बजारमा प्रमाणित कार्यसम्पादन र दीर्घकालीन मूल्यप्रतिको झुकाव स्पष्ट रूपमा देखाएको जनाइएको छ । कार्यक्रममा पश्चिम क्षेत्रको तीव्र पूर्वाधार विकासमा सक्रिय योगदान पुर्‍याइरहेका यस क्षेत्रका अग्रणी ठेकेदार, पूर्वाधार विकासकर्ता तथा व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

जेसीबी इक्विपमेन्टप्रतिको सामुहिक लगानीले भरपर्दो प्रविधि, निरन्तरको सर्भिस सपोर्ट तथा न्यून सञ्चालन जोखिमप्रति बढ्दो प्राथमिकता झल्काएको बताइएको छ। जेसीबी नेपालले यी क्षेत्रहरूमा निरन्तर नयाँ मापदण्डहरू स्थापित गर्दै आएको जनाएको छ।

कार्यक्रममा बोल्दै जेसीबी नेपालका प्रमुख कार्यकारी अधिकृत तेज प्रसाद सुवेदीले भने, “यो उपलब्धि केवल औपचारिक हस्तान्तरण मात्र होइन, आज बजारको वास्तविक विश्वास कहाँ केन्द्रित छ भन्ने संकेत पनि हो। ग्राहकहरू अहिले लगानी प्रतिफल प्रति बढी सचेत र निर्णयमा जानकार बन्दै गएका छन्। उहाँहरूको जेसीबीप्रतिको विश्वासले व्यवसायिक सफलताका लागि कार्यसम्पादन, सेवा सुनिश्चितता र दीर्घकालीन विश्वसनीयताको महत्वलाई अझ स्पष्ट बनाएको छ।”

पश्चिम नेपालमा पूर्वाधार विकासले गति लिइरहेको अवस्थामा मेसिनको निरन्तर सञ्चालन क्षमता, स्पेयर पार्ट्सको सहज उपलब्धता तथा सम्पूर्ण जीवनचक्र लागतको प्रभावकारिता उपकरण छनोटका महत्वपूर्ण आधार बन्दै गएका छन्। जेसीबी नेपालको सुदृढ सेवा प्रणालीले ग्राहकलाई न्यून डाउनटाइम र अधिकतम उत्पादकता सुनिश्चित गर्दै राम्रो लाभ प्रदान गरिरहेको बताइएको छ।

कार्यक्रममा लाइभ मेसिन प्रदर्शन तथा अन्तरक्रियात्मक ग्राहक सहभागिता सत्रहरू पनि समावेश गरिएको थियो, जसले जेसीबी नेपालको पारदर्शी ...

The post पोखरामा जेसीबीको पश्चिम बजार विस्तार, १२ युनिट हस्तान्तरण appeared first on Jankari Kendra.