Byd Archives - Jankari Kendra

साइमेक्स इंकद्वारा नक्कली पेज/वेबसाइट विरुद्ध सार्वजनिक सूचना
काठमाडौं । बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्राइभेट लिमिटेडले बीवाईडी ब्रान्ड नाम दुरुपयोग गरी सञ्चालन भइरहेका नक्कली तथा अनधिकृत डिजिटल पेज र वेबसाइटहरू विरुद्ध सार्वजनिक सूचना जारी गर्दै आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी गराएको छ ।

कम्पनीका अनुसार यस्ता नक्कली प्लेटफर्महरूले आफूलाई बीवाईडी नेपालको आधिकारिक माध्यम भन्दै ग्राहक तथा उपभोक्तालाई भ्रममा पार्ने प्रयास गरिरहेका छन्।

साइमेक्स इंकले ‘bydpromotionnepal.com’ नामक वेबसाइट, ‘BYD Dealler Fans’ नामको फेसबुक पेज, ‘BYD Promotion’ नामक टेलिग्राम समूह तथा यस्तै नाम भएका अन्य कुनै पनि डिजिटल प्लेटफर्महरू बीवाईडी नेपालका आधिकारिक सञ्चार माध्यम नभएको स्पष्ट गरेको छ। उक्त प्लेटफर्महरूसँग साइमेक्स इंक प्राइभेट लिमिटेडको कुनै पनि प्रकारको सम्बन्ध, सहकार्य, आबद्धता वा आधिकारिक स्वीकृति नरहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यी अनधिकृत डिजिटल प्लेटफर्महरूले गलत सूचना प्रवाह गर्दै विभिन्न अफर, योजना तथा प्रचारमार्फत ग्राहकलाई भ्रममा पार्ने र आर्थिक ठगी गर्ने उद्देश्य राखेको आशंका गरिएको छ। यसले ग्राहकको विश्वास, ब्रान्डको विश्वसनीयता तथा उपभोक्ता सुरक्षामा गम्भीर असर पार्न सक्ने भन्दै साइमेक्स इंकले चासो व्यक्त गरेको छ।

सर्वसाधारण, ग्राहक तथा सरोकारवालाहरूलाई यस्ता नक्कली तथा अनधिकृत डिजिटल प्लेटफर्महरूसँग कुनै पनि प्रकारको सम्पर्क, प्रचार–प्रसार वा आर्थिक कारोबार नगर्न कम्पनीले आग्रह गरेको छ। नेपालमा बीवाईडी सवारीसाधन, अफर, बिक्रीपछिको सेवा तथा विभिन्न अभियानसम्बन्धी आधिकारिक जानकारीका लागि साइमेक्स इंकका प्रमाणित डिजिटल प्लेटफर्महरू तथा आधिकारिक डिलरहरूमार्फत मात्र जानकारी लिन अनुरोध गरिएको छ।

बीवाईडी ब्रान्ड नामको दुरुपयोग रोक्न तथा ग्राहक एवं उपभोक्ताको हित संरक्षण गर्न अनधिकृत डिजिटल प्लेटफर्महरू विरुद्ध आवश्यक कानुनी तथा नियामक प्रक्रिया अघि बढाइएको पनि कम्पनीले जानकारी दिएको छ। आगामी दिनमा यस्ता गतिविधि नियन्त्रण गर्न सम्बन्धित निकायसँग सहकार्य गर्दै थप कदम चालिने साइमेक्स इंकले जनाएको छ।

The post साइमेक्स इंकद्वारा नक्कली पेज/वेबसाइट विरुद्ध सार्वजनिक सूचना appeared first on Jankari Kendra.

विवाईडी डल्फिनको विश्वव्यापी बिक्री १० लाख नाघ्यो, नेपालमा पनि शीर्ष ह्याचब्याकको रूपमा स्थापित
काठमाडौँ । चिनियाँ कम्पनी विवाईडीले उत्पादन गरेको विद्युतीय सवारी ‘डल्फिन’को विश्वव्यापी बिक्री १० लाख पुगेको छ । योसँगै विवाईडी डल्फिन चिनियाँ अटो बजारमा सबैभन्दा छिटो १० लाख युनिट बिक्रीको उपलब्धि हासिल गर्ने ह्याचब्याक ईभी बन्न सफल भएको कम्पनीले जनाएको छ ।

नेपालका लागि विवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले यो उपलब्धिलाई गर्वको क्षण भएको बताएको छ । “विवाईडी डल्फिनले ह्याचब्याक सेग्मेन्टमा नयाँ परिभाषा स्थापित गरेको छ, सुरक्षित, स्मार्ट र वातावरणमैत्री सवारी खोज्ने नेपाली परिवारको पहिलो रोजाइमा डल्फिन बनेकामा हामीलाई निकै खुसी लागेको छ, हामी ईभी इकोसिस्टम विस्तार, उत्कृष्ट बिक्रीपछिको सेवा र नेपाललाई स्वच्छ गतिशीलतामा रूपान्तरण गर्ने यात्रामा निरन्तर साथ दिन प्रतिबद्ध छौँ”, कम्पनीले भनेको छ ।

कम्पनीका अनुसार विवाईडीले २०२६ का लागि नयाँ संस्करणको डल्फिन परीक्षण सुरु गरिसकेको छ । जुन हाल चीनमा विकास परीक्षणको चरणमा देखिएको छ । प्रारम्भिक रिपोर्टहरूका अनुसार डिजाइन र ड्राइभिङमा महत्वपूर्ण सुधार हुने अपेक्षा गरिएको बताइएको छ ।

विश्वव्यापी रुपमा मात्रै विवाईडी डल्फिनको बिक्री नेपालमा पनि उल्लेख्य मात्रामा भइरहेको कम्पनीको भनाइ छ ।

साइमेक्स इंक प्रालिले नेपालमा सन् २०२३ सेप्टेम्बरमा डल्फिन सार्वजनिक गरेको थियो । डल्फिन नेपालमा सबैभन्दा धेरै बिक्री हुने विद्युतीय सवारीमा पहिलो स्थानमा छ । हाल नेपालका सडकमा २५०० भन्दा बढी डल्फिन गुडिरहेका छन्।

नेपालमा ह्याचब्याक सेग्मेन्टको बिक्री घट्दो अवस्थामा हुँदाहुँदै पनि, डल्फिनको आगमनले उपभोक्ताहरूको रुचि फेरि जागृत गर्‍यो — उत्कृष्ट सेफ्टी, इन्टेलिजेन्ट फिचरहरू, र अपूर्व मूल्य प्रदान गरेको छ। नेपाली बजारमा डल्फिन सुरक्षित र स्मार्ट पारिवारिक कारका रुपमा स्थापित भएको जनाएइको छ । विवाईडीको ई–प्लेटर्म ३.० मा आधारित यो गाडीमा ७८.२ प्रतिशत उच्च–शक्ति हाइ स्ट्रेन्थ स्टिल प्रयोग गरिएको छ । यसले नेपाली सडकहरूको विविध परिस्थितिमा समेत यात्रु सुरक्षामा विशेष ध्यान दिने कम्पनीको भनाइ छ ।

डल्फिनमा १२.८ इञ्चको घुमाउन मिल्ने टचस्क्रिन, मोबाइल कनेक्टिभिटी र २७०० मिमी ह्विलबेससहित प्रशस्त क्याबिन स्पेसको सुविधा छ । यसका अतिरिक्त, विवाईडी डल्फिनमा लेभल २ एड्भान्स ड्राइभर एसिस्टेन्ट सिस्टम (एडिएएस)को सुविधा पनि छ । ...

The post विवाईडी डल्फिनको विश्वव्यापी बिक्री १० लाख नाघ्यो, नेपालमा पनि शीर्ष ह्याचब्याकको रूपमा स्थापित appeared first on Jankari Kendra.

बीवाईडी २०२५ फर्च्युन ग्लोबलको सूचीको ९१औं स्थानमा पर्न सफल
काठमाडौं । बीवाईडी २०२५ फर्च्युन ग्लोबलको सूचीको ९१औं स्थानमा पर्न सफल भएको बताइएको छ। सूचीमा रहेका कुल ५०० कम्पनीमध्ये चिनियाँ अटोमेकर बीवाईडी पहिलोपटक शीर्ष १०० भित्र परेको हो। सन् २०२४ मा १४३औं स्थानमा थियो। सन् २०२२ यता बीवाईडी फर्च्युन ग्लोबलको सूचीमा लगातार पर्दै आएको जनाइएको छ।

गत वर्ष बीवाईडीले आफ्नो ग्रोथमा अप्रत्यासित उछाल देखाएको थियो। बीवाईडीका चार उद्योगको व्यापार चम्किएको थियो। कम्पनीको वार्षिक आम्दानी ७ खर्ब ७७ अर्ब चिनियाँ युआन (१४ खर्ब ३८ अर्ब रुपैयाँ) पुगेको थियो। यो बीवाईडीको आम्दानीमा २९ प्रतिशतको वृद्धि हो।

कम्पनीले सन् २०२४ मा न्यू इनर्जी भेहिकल (एनइभी)को बिक्रीमा पनि नयाँ रेकर्ड हात पारेको थियो। बीवाईडीले गत वर्ष ४२ लाख ७० हजार युनिट न्यू इनर्जी भेहिकल बेचेको थियो। यो भनेको ४१ प्रतिशतको वार्षिक वृद्धि हो। यही व्यापारिक रफ्तारका कारण बीवाईडीले लगातार तेस्रो वर्ष पनि ग्लोबल न्यू इनर्जी पेसेन्जर भेहिकल बिक्रीमा उपाधि जित्न सफल भएको बताइएको छ। जसका कारण बीवाईडी विश्व अटो बजारमा झन् झन् बलियो प्लेयर बन्दै गइरहेको कम्पनीको दाबी रहेको छ ।

कम्पनीका अनुसार, बीवाईडीको यस्तो ऐतिहासिक उछालको कारण प्राविधिक इनोभेसनकै कारण सम्भव भएको हो। कम्पनी “प्रविधिमा-आधारित, इनोभेसन केन्द्रित” दर्शनको विकास गर्दै रिसर्च एण्ड डेभलपमेन्टमा गरेको लगानीका कारण नै यी उपलब्धी हासिल गर्न सफल भएकोमा विश्वास गर्छ।

सन् २०२४ मा बीवाईडीले आरएण्डडीमा ५४ अर्ब २० करोड युआन खर्चिएको थियो। अघिल्लो वर्षको तुलनामा यो ३६ प्रतिशत बढी हो। कम्पनीले गरेको खुद नाफालाई समेत लगानीको यो आँकडालाईसमेत उछिनेको जनाइएको छ। विगत १४ मध्ये १३ वर्ष (सन् २०११ देखि २०२४)मा आरएण्डडीमा गरिएको लगानीले बीवाईडीको खुद नाफालाई उछिनिरहेको छ। आरएण्डडीमा गरिएको लगानीकै कारण कम्पनीले ब्लेड ब्याट्री, डफआईएसयुएस इन्टेलिजेन्स बडी कन्ट्रोल सिस्टम, मेगावाट फ्ल्यास चार्जिङलगायतका मुख्य प्रविधि आविष्कार गर्न सक्षम भएको कम्पनीले बताएको छ।

कम्पनीका अनुसार, सन् २०२५ मा बीवाईडीले ग्लोबलाइजेसन र लोकलाइजेसनलाई आक्रामक ढंगले विस्तार गर्दै लगेको छ। बीवाईडीले १ करोड ३० लाख युनिट सवारी साधन उत्पादन गरेर एक महत्वपूर्ण कोशेढुंगा (माइलस्टोन) हासिल गरेको ...

The post बीवाईडी २०२५ फर्च्युन ग्लोबलको सूचीको ९१औं स्थानमा पर्न सफल appeared first on Jankari Kendra.

बीवाईडीले उत्पादन गर्यो १ करोड ३० लाख न्यु इनर्जी भेइकल, उत्पादनका साथ मनायो उत्सव
काठमाडौं । न्यु इनर्जी भेइकल्स (एनईभीज) क्षेत्रमा विश्वकै अग्रणी सवारी निर्माता कम्पनी बीवाईडीले १ करोड ३० लाखौं युनिट सवारी साधन उत्पादन गरेर एक महत्वपूर्ण कोशेढुंगा (माइलस्टोन) हासिल गरेको बताइएको छ । कम्पनीका अनुसार, चीनको सेन्झेन–शानवेई स्पेसल कोअपरेसन जोनमा रहेको जियाओमो प्रोडक्सन बेसमा माइलस्टोन मोडलको रुपमा याङवाङ यु७ लाई कम्पनीले १ करोड ३० लाखौं सवारीको रुपमा सार्वजनिक गरेर सो उत्सव मनाएको हो ।

सन् २०२५ को पहिलो अर्धवार्षिक अवधिमा बीवाईडीको बिक्री लगातार रुपमा बढिरहेको जनाइएको छ । गत जनवरी देखि जुन सम्मको अवधिमा बीवाईडीको घरेलु बिक्रीमा गत वर्षको यही अवधिको तुलनामा ३१.५ प्रतिशत वृद्धि भई २१ लाख १३ हजार युनिट पुग्नुका साथै अन्तर्राष्ट्रिय बिक्री १२८.५ प्रतिशत वृद्धि भई ४ लाख ७२ हजार युनिट पुगेको बताइएको छ ।

कम्पनीका अनुसार, यही उत्कृष्ट बजार प्रदर्शनका कारण ग्लोबल न्यु इनर्जी भेइकल बिक्रीमा बीवाईडी पहिलो स्थानमा रहन सफल भएको छ र १ करोड ३० लाख न्यु इनर्जी भेइकल सार्वजनिक गर्ने विश्वकै पहिलो सवारी निर्माता कम्पनी समेत बनेर यो उद्योगमै एक महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।

प्रोडक्सन लाइनमा १ करोड ३० लाखौं सवारीको रुपमा न्यु इनर्जी भेइकल सार्वजनिक गरेको छ र यसले बीवाईडीले घरेलु र अन्तर्राष्ट्रिय दुवै बजार र प्रयोगकर्ताहरुको आशा र विश्वासलाई प्रतिविम्बित गरेको कम्पनीले जनाएको छ । याङवाङ १० हजार युनिट बिक्री पार गर्ने चीनको पहिलो अल्ट्रा–लक्जरी अटोमोटिभ ब्रान्डको रुपमा परिचित छ र उच्च–गुणस्तरीय उपभोक्ता बजारमा यसले प्राविधिक निपुणता र ब्रान्ड भ्याल्युका लागि छुट्टै पहिचान कायम गरेको कम्पनीको दाबी रहेको छ ।

याङवाङले प्राप्त गरेको निरन्तर उपलब्धिहरूले केवल उच्च–स्तरीय अटोमोबाइल क्षेत्रमा चिनियाँ ब्रान्डहरूको ऐतिहासिक फड्को मात्र जनाउँदैन, यसले न्यु इनर्जीको युगमा चिनियाँ अटोमोबाइल निर्माता कम्पनीहरूको प्रबल प्रतिस्पर्धात्मक क्षमता र औद्योगिक आत्मविश्वासलाई पनि प्रमाणित गरेको कम्पनीले जनाएको छ ।

The post बीवाईडीले उत्पादन गर्यो १ करोड ३० लाख न्यु इनर्जी भेइकल, उत्पादनका साथ मनायो उत्सव appeared first on Jankari Kendra.

बीवाईडी बन्यो इन्टर मिलानको ग्लोबल अटोमोटिभ पार्टनर
काठमाडौं । विश्वभरि विद्युतीय सवारीसाधन र दिगो मोबिलिटी समाधानमा प्रख्यात बनिरहेको चिनियाँ प्रविधि कम्पनी बीवाईडी समूह इटालियन फुटबल क्लब इन्टर मिलानको ग्लोबल अटोमोटिभ पार्टनर बनेको बताइएको छ ।

यो सम्झौता अटोमोबाइल र फुटबल क्षेत्रबीचको सबैभन्दा महत्वपूर्ण सहकार्यहरूमध्ये एक हो । यसले विश्वस्तरीय संस्थाहरूलाई एउटै दृष्टिकोणले एकताबद्ध गरेको जनाइएको छ । भावनालाई यथार्थमा रूपान्तरण गर्नु, प्रतिभाको प्रवद्र्धन गर्नु, आ–आफ्नो क्षेत्रमा नेतृत्वको लागि प्रयास गर्नु, उत्कृष्टताको खोजी गर्नु र भविष्यप्रतिको नवीन र अगुवाइ गर्ने सोचलाई आत्मसात गर्नु यसको मुख्य उद्देश्य भएको बताइएको छ ।

इन्टर मिलानका विश्वभर ५३ करोड ३० लाख भन्दा बढी समर्थक छन् । पछिल्ला पाँच वर्षमा समर्थक वृद्धिको आधारमा विश्व फुटबल क्लबहरूमा यो दोस्रो स्थानमा पर्छ।

बीवाईडीको हेटक्वाटर रहेको चीनमा क्लबका १५ करोड फ्यान रहेका छन् भने बीवाईडीको मुख्य बजार दक्षिण अमेरिकामा ९ करोड बढी फ्यान रहेका छन् ।

बीवाईडी ग्रुपले इन्टर मिलानको मुख्य व्यवस्थापन, प्राविधिक टोली र खेलाडीहरूका लागि करिब ७० वटा सवारी साधन उपलब्ध गराउनेछ । यस अनुसार फुटबल टोलीले बीवाईडीका अत्याधुनिक इलेक्ट्रिक र सुपर प्लग–इन हाइब्रिड प्रविधिहरूको अनुभव लिन पाउनेछन्, जहाँ आराम र दिगोपनको अद्वितीय संयोजन प्रस्तुत गरिनेछ ।

सुरुवातमा, इन्टर मिलानलाई विशेष संस्करणको बीवाईडी सिलायन ७ प्रदान गरिनेछ, जुन ब्रान्डको फ्ल्यागसिप मोडल हो । यो सवारी साधनलाई क्लबको रङ र भावना झल्कनेगरी त्यसै अनुसार डिजाइन गरिनेछ । यही विशेष संस्करण सीमित मात्रामा इन्टर मिलान समर्थकहरूका लागि पनि उपलब्ध गराइनेछ, जसले गर्दा उनीहरूले आफ्नो मनपर्ने टिमको रङमा सजिएको सवारी साधनको अनुभव लिन सक्नेछन् । आगामी केही दिनमै बीवाईडीले विश्वभरका इन्टर मिलान समर्थकहरुका लागि स्पेसल सवारी साधन समेत किन्न र भाडामा लिन सकिने गरी स्किम सार्वजनिक गर्ने जनाइएको छ ।

बीवाईडी हाल विश्वमै अग्रणी चिनियाँ ईभी ब्रान्ड हो । सन् २०२४ मा बीवाईडीले अघिल्लो वर्षको तुलनामा ४१ प्रतिशत बढी अर्थात ४२ लाख भन्दा बढी सवारी साधन बिक्री गरेको थियो । यस वर्षको पहिलो ६ महिनामै पनि बीवाईडीले २० लाख भन्दा बढी सवारी साधन ...

The post बीवाईडी बन्यो इन्टर मिलानको ग्लोबल अटोमोटिभ पार्टनर appeared first on Jankari Kendra.