i caur 23 Archives - Jankari Kendra

आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत
काठमाडौं । नेपालका लागि आईकार (iCAUR) ब्रान्डको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले आईकार भी २३ (V23) विद्युतीय एसयूभीमा सीमित स्टक अफर सार्वजनिक गरेको छ। कम्पनीले हाल स्टकमा रहेका सीमित सङ्ख्याका गाडीहरू पुरानै मूल्य ५० लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराउने जनाएको छ, जसबाट ग्राहकले प्रतिगाडी ३ लाख रुपैयाँसम्म बचत गर्न सक्नेछन्।

हालै सार्वजनिक भएको नयाँ आर्थिक वर्षको बजेटपछि कर तथा राजस्व संरचनामा भएको परिवर्तनका कारण आईकार भी २३ (V23) को आधिकारिक बिक्री मूल्य ५३ लाख ९९ हजार रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ। यद्यपि, ग्राहकहरूको उच्च रुचि र विश्वासप्रति कृतज्ञता व्यक्त गर्दै कम्पनीले मौज्दातमा रहेका केही गाडीहरू पुरानै मूल्यमा उपलब्ध गराउने निर्णय गरेको हो।

कम्पनीका अनुसार यो विशेष अफर हाल स्टकमा उपलब्ध गाडीहरूमा मात्र लागू हुनेछ। सीमित स्टक समाप्त भएपछि हुने सबै नयाँ बुकिङ तथा डेलिभरीमा संशोधित मूल्य ५३ लाख ९९ हजार रुपैयाँ नै लागू हुनेछ।

आईकार भी २३ (V23) पछिल्लो समय नेपाली बजारमा लोकप्रिय बन्दै गएको लाइफस्टाइल इलेक्ट्रिक एसयूभीमध्ये एक रहेको कम्पनीको दाबी छ। रेट्रो शैलीबाट प्रेरित आकर्षक डिजाइन, आधुनिक विद्युतीय प्रविधि तथा प्रिमियम फिचरका कारण यो मोडलले ग्राहकको ध्यान आकर्षित गर्न सफल भएको कम्पनीले जनाएको छ।

यस गाडीमा ५९.९३ किलोवाट–घण्टा क्षमताको ब्याट्री जडान गरिएको छ, जसले एकपटकको पूर्ण चार्जमा ४०१ किलोमिटरसम्म (CLTC मापदण्डअनुसार) यात्रा गर्न सक्ने कम्पनीको दाबी छ। साथै २१० मिलिमिटर ग्राउन्ड क्लियरेन्स, आधुनिक सुरक्षा सुविधा तथा उत्कृष्ट ड्राइभिङ अनुभवले यसलाई नेपाली ईभी पारखीहरूको रोजाइको गाडी बनाएको कम्पनीले जनाएको छ।

कम्पनीले इच्छुक ग्राहकलाई देशभर रहेका आईकार (iCAUR) का शोरुम तथा आधिकारिक डिलरशिपमा सम्पर्क गरी सीमित स्टक अफरको लाभ लिन आग्रह गरेको छ। कम्पनीका अनुसार स्टक समाप्त भएसँगै यो अफर स्वतः समाप्त हुनेछ।

एसपीजी अटोमोबाइल्स प्रालि नेपालमा आईकार (iCAUR), OMODA तथा JAECOO ब्रान्डका सवारीसाधनहरूको आधिकारिक वितरक हो।

The post आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत appeared first on Jankari Kendra.