TOYOTA Archives - Jankari Kendra

टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन
काठमाडौं ।  नेपालमा टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटिएस) प्रालिले चितवनमा आफ्नो सेवा सञ्जाल विस्तार गरेको जनाएको छ । कम्पनीले अटोवेज पोखरा प्रा.लि. लाई आधिकारिक डिलर नियुक्त गर्दै नारायणगढमा अत्याधुनिक थ्री-एस (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) सुविधा सहितको नयाँ शोरुम सञ्चालनमा ल्याएको बताएको छ ।

नयाँ केन्द्रबाट ग्राहकहरूले टोयोटा गाडी खरिद, अन्तर्राष्ट्रिय मापदण्डअनुसारको मर्मत सेवा तथा जेन्युइन स्पेयर पार्ट्स एउटै स्थानबाट सहज रूपमा प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार यस सुविधाले चितवन, नवलपुर, मकवानपुर तथा आसपासका जिल्लाका ग्राहकलाई छिटो, भरपर्दो र गुणस्तरीय सेवा उपलब्ध गराउनेछ ।

उद्घाटन समारोहमा अटोवेज पोखरा प्रा.लि. का अध्यक्ष नारायणप्रसाद पौडेलले ग्राहकको विश्वास नै कम्पनीको सबैभन्दा ठूलो सम्पत्ति भएको बताए । सन् २०११ मा भरतपुरबाट यात्रा सुरु गरेको अटोवेजले विगत १५ वर्षमा ग्राहकसँग बलियो सम्बन्ध निर्माण गर्न सफल भएको उल्लेख गर्दै उनले अत्याधुनिक थ्री-एस सुविधा ग्राहकलाई उत्कृष्ट स्वामित्व अनुभव र प्रभावकारी बिक्रीपछिको सेवा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको बताए ।​​​​​​​​​​​​​​

उनले उद्योग, यातायात र कृषि क्षेत्रको तीव्र विकाससँगै चितवन नेपालको सबैभन्दा सम्भावनायुक्त अटोमोबाइल बजारमध्ये एक बनेको उल्लेख गर्दै ग्राहकलाई विश्वस्तरीय सेवा उपलब्ध गराउनु कम्पनीको प्राथमिकता रहेको बताए ।

कार्यक्रममा वैद्य अर्गनाइजेशन अफ इन्डस्ट्रिज (भोइथ) का अध्यक्ष सुरज वैद्यले टोयोटाको सेवा विस्तार ग्राहकप्रतिको दीर्घकालीन प्रतिबद्धताको निरन्तरता भएको बताए । उनका अनुसार गुणस्तर, सुरक्षा, टिकाउपन र विश्वासका कारण टोयोटाले विश्वव्यापी पहिचान बनाएको बताए ।

‘चितवनमा अत्याधुनिक थ्री एस सुविधा सञ्चालनमा आउनु यस क्षेत्रका ग्राहकका लागि महत्वपूर्ण उपलब्धि हो’, उनले भने ‘अब चितवनका ग्राहकले राजधानी धाउनुपर्ने झन्झट बिना आफ्नै शहरमा अन्तर्राष्ट्रियस्तरको बिक्री तथा बिक्रीपछिको सेवा प्राप्त गर्न सक्नेछन्।’

पछिल्ला वर्षहरूमा उद्योग, व्यापार, पर्यटन, यातायात तथा कृषि क्षेत्रमा तीव्र विस्तारसँगै चितवन प्रमुख आर्थिक केन्द्रका रूपमा स्थापित हुँदै गएको बताइएको छ।

यस्तो अवस्थामा टोयोटाको आधुनिक थ्री-एस सुविधा सञ्चालनमा आउनुले स्थानीय ग्राहकलाई अझ सहज, छिटो र गुणस्तरीय सेवा उपलब्ध गराउँदै यस क्षेत्रको अटोमोबाइल बजारलाई थप गतिशील बनाउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।

The post टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा  पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन appeared first on Jankari Kendra.