अटोमोबाइल ब्रान्ड स्कोडाको नयाँ ‘स्टेट अफ द आर्ट’ सोरुम बिर्तामोडमा
नेपालका लागि युरोपको चर्चित अटोमोबाइल ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले आफ्नो नयाँ ‘स्टेट अफ द आर्ट थ्रिएस (सेल्स, सर्भिस र स्पेयर्स)’ शोरुम पूर्वको बिर्तामोडमा विस्तार गरेको छ । उक्त स्थानका लागि हलेसी अटोमोबाइलले आधिकारिक स्कोडाको बिक्री वितरण तथा बिक्री पछिको सेवाको जिम्मेवारी पाएको हो ।
नेपाली बजारमा स्कोडाको पकड बलियो बनाउन र स्कोडा कारको उपलब्धता बढाउन एमएडब्लु स्कोडाले आफ्नो डिलर सञ्जाललाई विस्तार गर्दै आएको छ । एमएडब्लुले सन् २००८ देखि नेपालमा स्कोडा कार भित्र्याउन सुरु गरेको थियो ।
स्कोडाको नयाँ सोरुमको उद्घाटन बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईं र एमएडब्लु स्कोडा डिभिजनका कार्यकारी निर्देशक रौनक अग्रवालले बुधबार संयुक्त रुपमा गरेका छन् । हामी हाम्रो ग्राहकको सुविधाका लागि स्कोडा सञ्जालको विस्तार गर्न र युरोपको चर्चित कारको पहुँचलाई प्रत्याभूत गर्न प्रतिबद्ध छौं । उत्कृष्ट कस्टमर एक्सपिरियन्सका लागि हामीले बिर्तामोडमा नयाँ स्टेट अफ द आर्ट स्कोडा शोरुम ल्याएका हौं’ एमएडब्लु स्कोडाका कार्यकारी निर्देशक अग्रवालले भने ।
सो अवसरमा सिइओ अग्रवालले यो फेसिलिटीले पूर्वी नेपालमा स्कोडाको बलियो उपस्थिति बनाउने दाबी गरेका छन् । साथै, स्कोडाको नयाँ डिलर हलेसी अटोमोबाइलले दुई दिने विशेष ‘टेस्ट ड्राइभ इभेन्ट’ पनि आयोजना गर्दैछ । यो अवधिमा स्कोडा कार बुकिङ गर्ने ग्राहकले आकर्षक क्यास डिस्काउन्ट, निःशुल्क सडक कर, एक्सचेन्ज बोनसको सुविधा पाउने हलेसी अटो मोबाइलका प्रबन्ध निर्देशक चूडामणि पौडेलले बताएका छन् । हाल स्कोडाको पोखरा, नारायणघाट, विराटनगर, बुटवल, जनकपुर, धनगढी र काठमाडौंमा डिलरसिप रहेको छ ।
सम्बन्धित समाचार
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्याउने लक्ष्य
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
