अभियान लघुवित्तको आइपिओ निष्काशन
काठमाडौं । आजदेखि अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने जनाएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले प्रतिसेयर रु. १ सय अङ्कित रु. ९ करोड ७५ लाख मूल्य बराबरका ९ लाख ७५ हजार कित्ता आइपिओ सर्वसाधारणमा निष्कासन गर्न लागेको हो । कम्पनीको सार्वजनिक आह्वानपत्रअनुसार निष्कासन गर्न लागेको कुल ९ लाख ७५ हजार कित्ता सेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात् १२ हजार ५ सय कित्ता कर्मचारीका लागि तथा ५ प्रतिशत अर्थात् ४८ हजार ७ सय ५० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरीएको छ । बाँकी ९ लाख १३ हजार ७ सय ५० कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
लगानीकर्ताले न्यूनतम १० देखि ३ हजार कित्ताका लागि छिटोमा यही साउन २२ र ढिलोमा आगामी भदौ १ गतेसम्म आवेदन दिन पाउनेछन् । आवेदकले अनुमतिप्राप्त सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयरको वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीलाइ इक्रा नेपालले (इक्राएनपी आइआरबीबी माइनस) रेटिङ दिएको छ ।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
