आजदेखि लामा तथा छोटा दूरीका सम्पूर्ण सार्वजनिक यातायात सञ्चालनमा
शुक्रबारदेखि लामा तथा छोटा दुरीका सम्पूर्ण सार्वजनिक यातायातहरू पूर्ण रुपमा सञ्चालनमा आएका छन् । शुक्रबार राजधानीमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँका जिल्ला प्रमुख (सीडीओ) कालीप्रसाद पराजुली, महानगरीय प्रहरी परिसर, टेकुका प्रहरी वरिष्ठ उपरिक्षक अशोक घिमिरे, सशस्त्र प्रहरी उपरिक्षक विष्णुप्रसाद भट्ट, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायव उपरिक्षक सुनिलजङ्ग शाहीसहित यातायात व्यवसायी मजदुरहरुको संयुक्त बैठकले आवश्यक स्वास्थ्य सुरक्षाका अधिकतम प्रयोग गरी सार्वजनिक यातायात पूर्ण रुपमा खोल्ने निर्णय गरेको हो ।
बैठकले दुई महत्वपूर्ण निर्णय गर्दै शुक्रबार देखिनै सार्वजनिक यातायात पूर्ण रुपमा सञ्चालन गर्ने गरी निर्णय गरेको अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष रामचन्द्र कार्कीले जानकारी दिए । बैठकले गत साउन ५ गतेको गृहमन्त्रालयको पत्रअनुसार नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम काठमाडौँ उपत्यकाबाट मध्यम तथा लामो दूरीका सार्वजनिक सवारी साधन स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गरी संचालन गर्ने र प्रस्थान विन्दुबाट यात्रुबाहक बस प्रवेश विन्दुमा प्रवेश गर्दा अनिवार्य रुपमा यात्रुहरूको मोबाइल नम्बरको विवरणसहित चलानी प्रवेश विन्दुको ट्राफिक प्रहरी पोष्टमा बुझाउनु पर्ने निर्णय गरेको छ ।
मुलुकमा कोरोना भाइरसको दोस्रो संक्रमण बढेसँगै गत बैशाख १६ गतेदेखि निषेधाज्ञामा गएसँगै सार्वजनिक यातायातको क्षेत्र पूर्णतः प्रभावित हुँदै आएको छ ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
१८ अर्ब डलरको सम्झौतापछि मेटाले फेर्दै फेसबुक–इन्स्टाग्रामका फिचर
आज क्वाटी खाने दिनः घरमै बनाउनुहोस् स्वादिलो र पौष्टिक क्वाँटी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

