आज नेप्सेमा करेक्सन, १ अर्ब ६४ करोडमाथि कारोबार
काठमाडौं । आज बिहीबार सेयर बजारमा करेक्सन देखिएको छ । गत मंगलबारदेखि लगातार बढेको सेयर बजारमा आज करेक्सन देखिएको छ ।
आज सेयर कारोबार मापक नेप्से परिसूचक ५.८७ अंकले घटेर २०४४.७२ विन्दुमा पुगेको छ । नेप्से ०.२९ प्रतिशतले घटेको हो । सेन्सेटिभ परिसूचक भने ०.८६ अंकले बढेर ३९१.६४ विन्दुमा पुगेको छ ।
यस दिन जम्मा २२५ वटा कम्पनीको ३९ लाख ८ हजार ३ सय ९५ कित्ता सेयर कारोबार भई १ अर्ब ६४ करोड २६ लाख ४८ हजार ५ सय ८७ रूपैयाँको कारोबार भएको छ । त्यस्तै, कूल १३ उपसमूहमध्ये आज २ उपसमूहको सेयर बढेको छ भने बाँकी ११ उपसमूहको सेयर घटेको छ । बैंकिङ्ग र अन्य उपसमूहबाहेक बाँकी सबै उपसमूह घटेका छन् ।
बिहीबार पनि शिवम् सिमेन्टले १७ करोड ८० लाख एक हजार रूपैयाँले सर्वाधिक कारोबार गरेको छ ।
यसैगरी, आज सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । सेयरमूल्य ३.१६ प्रतिशतले बढेर ३ सय २६ रूपैयाँ पुगेको छ । आज १२ प्रतिशत आइसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८३ को मूल्य सबैभन्दा धेरै घटेको छ । जहाँ सेयरमूल्य ६.७१ प्रतिशतले घटेर प्रतिकित्ता १ हजार ४६ रूपैयाँमा रोकिएको छ ।
नेपाल राष्ट्र बैंकले भोलि शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने हुँदा लगानीकर्ताहरू नीतिगत परिवर्तनमा चासो लिएर बसेका छन् । यही परिवर्तनको आधारमा बजारको यात्रा तय हुनेछ ।
सम्बन्धित समाचार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
