आज नेप्सेमा करेक्सन, १ अर्ब ६४ करोडमाथि कारोबार
काठमाडौं । आज बिहीबार सेयर बजारमा करेक्सन देखिएको छ । गत मंगलबारदेखि लगातार बढेको सेयर बजारमा आज करेक्सन देखिएको छ ।
आज सेयर कारोबार मापक नेप्से परिसूचक ५.८७ अंकले घटेर २०४४.७२ विन्दुमा पुगेको छ । नेप्से ०.२९ प्रतिशतले घटेको हो । सेन्सेटिभ परिसूचक भने ०.८६ अंकले बढेर ३९१.६४ विन्दुमा पुगेको छ ।
यस दिन जम्मा २२५ वटा कम्पनीको ३९ लाख ८ हजार ३ सय ९५ कित्ता सेयर कारोबार भई १ अर्ब ६४ करोड २६ लाख ४८ हजार ५ सय ८७ रूपैयाँको कारोबार भएको छ । त्यस्तै, कूल १३ उपसमूहमध्ये आज २ उपसमूहको सेयर बढेको छ भने बाँकी ११ उपसमूहको सेयर घटेको छ । बैंकिङ्ग र अन्य उपसमूहबाहेक बाँकी सबै उपसमूह घटेका छन् ।
बिहीबार पनि शिवम् सिमेन्टले १७ करोड ८० लाख एक हजार रूपैयाँले सर्वाधिक कारोबार गरेको छ ।
यसैगरी, आज सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । सेयरमूल्य ३.१६ प्रतिशतले बढेर ३ सय २६ रूपैयाँ पुगेको छ । आज १२ प्रतिशत आइसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८३ को मूल्य सबैभन्दा धेरै घटेको छ । जहाँ सेयरमूल्य ६.७१ प्रतिशतले घटेर प्रतिकित्ता १ हजार ४६ रूपैयाँमा रोकिएको छ ।
नेपाल राष्ट्र बैंकले भोलि शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने हुँदा लगानीकर्ताहरू नीतिगत परिवर्तनमा चासो लिएर बसेका छन् । यही परिवर्तनको आधारमा बजारको यात्रा तय हुनेछ ।
सम्बन्धित समाचार
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

