कक्षा ११ मा साउन मसान्तसम्म विद्यार्थी भर्ना लिन निर्देशन
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा ११ मा साउन मसान्तसम्म विद्यार्थी भर्ना गर्ने व्यवस्था गर्न देशभरका विद्यालयलाई निर्देशन दिएको छ । बोर्डले गत साउन ११ गते २०७८ सालको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक गरेपछि कक्षा ११ पढाई हुने अधिकांश विद्यालयले एक साताभित्र विद्यार्थी भर्ना गर्ने गरी आवेदन आह्वान गरेपछि बोर्डले सार्वजनिक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।
शैक्षिकसत्र २०७९/०८० का लागि कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सम्बन्धमा विभिन्न विद्यालयरक्याम्पसले फरकफरक भर्ना तालिका तय गरी छोटो समयको मात्र म्याद राखेपछि बोर्डले सूचना जारी गर्दै साउन मसान्तसम्म भर्ना गर्न निर्देदन दिएको हो । छोटो समयमा दुर्गम क्षेत्रका विद्यार्थीले भर्नाका लागि आवेदन दिने अवसरबाट वञ्चित हुने अवस्था रहेकोले सबै विद्यालयले एसइईको नतिजा सार्वजनिक भएको कम्तीमा १५ दिनसम्म आवेदन दिन सक्नेगरी भर्नाको व्यवस्था गर्न बोर्डले निर्देशन दिएको छ ।
बोर्डले साउन मसान्तसम्म विद्यार्थी भर्ना लिने व्यवस्था मिलाउन सम्बन्धित सबै विद्यालय एवं क्याम्पसलाई निर्देशन दिँदै स्थानीय तहलाई समेत आफ्नो पालिकाअन्तर्गतका विद्यालयमा समन्वय र सहजीकरण गरी विद्यार्थी भर्ना एवम् कक्षा सञ्चालनको व्यवस्था गर्न आग्रह गरेको छ ।
सम्बन्धित समाचार
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
