किन काठमाडौंको फोहोर उठ्न छाड्यो ?
राजधानीको फोहोर व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ । काठमाडौं र ललितपुर महानगरसहित १८ स्थानीय तहको फोहोर व्यवस्थापन भइरहेको सिसडोल ल्यान्डफिल साइट पूर्णरूपमा भरिएपछि उपत्यकाको फोहोर व्यवस्थापनमा गम्भीर समस्या आएको हो ।
विगत दुई महिनायता दर्जनौं पटक फोहोर उठ्न सकेको छैन । पछिल्लो एक सातायता फोहोर व्यवस्थापन ठप्प छ । फोहोर व्यवस्थापनमा समस्या आएपछि प्रधानमन्त्री कार्यालयले आइतबार शहरी विकास तथा भवन निर्माण विभाग, सडक विभाग, काठमाडौं महानगरपालिकालाई बोलाएको थियो ।
प्रधानमन्त्री कार्यालयमा भएको बैठकमा सरोकारवाला निकायले बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन हुन सक्ने गरी तयारी भइरहेको बताएको थियो । बैठक लगत्तै दिउँसो प्रधानमन्त्री कार्यालयको निर्देशनमा काठमाडौं महानगरपालिका, सडक विभाग र शहरी विकास तथा भवन निर्माण विभागको टोली बन्चरेडाँडा ल्यान्डफिल साइट पुगेको थियो ।
साइट अवलोकन गर्दा दशैंअघि फोहोर व्यवस्थापन हुन सक्ने अवस्था नदेखिएको कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभुयो । विभागको आलटालको कारण काम अघि बढ्न नसकेको आरोप लगाउँदै अबको दशैंतिहारसम्म पनि फोहोर व्यवस्थापन गर्न समस्या हुने कामपाको भनाइ छ ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
१८ अर्ब डलरको सम्झौतापछि मेटाले फेर्दै फेसबुक–इन्स्टाग्रामका फिचर
आज क्वाटी खाने दिनः घरमै बनाउनुहोस् स्वादिलो र पौष्टिक क्वाँटी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

