किन काठमाडौंको फोहोर उठ्न छाड्यो ?
राजधानीको फोहोर व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ । काठमाडौं र ललितपुर महानगरसहित १८ स्थानीय तहको फोहोर व्यवस्थापन भइरहेको सिसडोल ल्यान्डफिल साइट पूर्णरूपमा भरिएपछि उपत्यकाको फोहोर व्यवस्थापनमा गम्भीर समस्या आएको हो ।
विगत दुई महिनायता दर्जनौं पटक फोहोर उठ्न सकेको छैन । पछिल्लो एक सातायता फोहोर व्यवस्थापन ठप्प छ । फोहोर व्यवस्थापनमा समस्या आएपछि प्रधानमन्त्री कार्यालयले आइतबार शहरी विकास तथा भवन निर्माण विभाग, सडक विभाग, काठमाडौं महानगरपालिकालाई बोलाएको थियो ।
प्रधानमन्त्री कार्यालयमा भएको बैठकमा सरोकारवाला निकायले बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन हुन सक्ने गरी तयारी भइरहेको बताएको थियो । बैठक लगत्तै दिउँसो प्रधानमन्त्री कार्यालयको निर्देशनमा काठमाडौं महानगरपालिका, सडक विभाग र शहरी विकास तथा भवन निर्माण विभागको टोली बन्चरेडाँडा ल्यान्डफिल साइट पुगेको थियो ।
साइट अवलोकन गर्दा दशैंअघि फोहोर व्यवस्थापन हुन सक्ने अवस्था नदेखिएको कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभुयो । विभागको आलटालको कारण काम अघि बढ्न नसकेको आरोप लगाउँदै अबको दशैंतिहारसम्म पनि फोहोर व्यवस्थापन गर्न समस्या हुने कामपाको भनाइ छ ।
सम्बन्धित समाचार
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
